Home विशेष लेख नेटवर्क बिजिनेस

नेटवर्क बिजिनेस

E-mail Print PDF
किन्दर राई

सम्पर्कः 

मलाई अति इमान्दार लागेको एकजना भाइले धेरै वर्षको अन्तरालमा फोन गरेर भन्यो दाई तपाईसँग एउटा बिजिनेसको कुरा गर्नु थियो कहिले तिर फुर्सद हुन्छ भेटेर कुरा गरौन। हो न हो सानो तिनो आफ्नै बिजिनेस गर्ने भाइले आफ्नो बिजिनेस बिस्तार गर्ने भएकोले सल्लाह गर्ने बिचार गरेछ होला, सोझो मान्छे यही सोचियो। भोलीपल्ट भेट्ने सल्लाह बमोजिम कजवेबे स्थित भिक्टारिया पार्क नजिकको एउटा कमर्सियल बिल्डिग तर्फ लिएर गयो भाईले। उ त्यही बिल्डिंगको १३ तलामा हो, भाइले देखाउँदै भन्यो। भाइको बिजिनेस त पहिले ग्राउण्ड लेभलमा थियो तेसैले शंका लाग्यो।
 
तर बिजिनेसको प्रकृती धेरै किसिमको हुन्छ। सामान्य उपभोग्य बस्तुको ब्यापार त कैयौ तलामाथि हुनसक्छ भने भाइको बिजिनेस पनि १३ तलामा हुनु स्वाभाविकै होला ठानें। हेर्नुहोस न दाई म यो बिल्डिंगमा कैयौ पटक आएको रहेछु तर यो १३ तलामा नपुगेको रहेछु। भाईमा लुकेको रहस्यमय प्रायश्चितको महसुस गरें मैले। भाईको बिजिनेसलाई केहि मोडिफाइड गरिएको होला, यहि सम्झें। अनि मैले भाइलाई सोधें, “भाइले यहाँ बिजिनेस गर्नु थालेको चाही कति भयो नी ?” “यहाँ लागेको त भरखर हो। उता पहिलेको मा चाही एकजना मान्छे राखेकोछु र म यता अब पुर्णकालीन भएर लाग्ने बिचार गरेकोछु, भविस्य एकदम राम्रोछ।” यसो भनेपछि मैले यतीसम्म थाहापाएँ यो बिजिनेस भाइको साबिकको भन्दा भिन्दै रहेछ।
 
१३ तलाको एउटा भब्य फ्लाटमा प्रबेश गर्नु भन्दा अगाडि आइडि कार्ड देखाउनु पर्दो रहेछ। कुनै एउटा सेक्युरिटी कम्पनीबाट नेपाली नै सेक्युरिटी गार्ड राखिएको रहेछ। कम्पनीको हलभित्र प्रवेश गरेपछि भाइले कम्पनीको नाम भएको साइबोर्ड देखाउदै कम्पनीको छोटो परिचय दिए। कम्पनीको नाम रहेछ डिसिएचएल। भित्तामा टाँसि रहेको ३ जनाको संयुक्त फोटो देखाउँदै यस कम्पनीको मुख्य बोस भनेर चिनाए। बोस ताइवानको र पार्टनर फ्रान्सको रहेछ। मुख्य हलभित्र प्रवेश गरिसक्दा म एउटा सानोसानो मेलामा प्रवेश गरे जस्तो लाग्यो कताकता मकाउको जुवा घर जस्तो लाग्ने जताततै मान्छेको झुण्ड झुण्ड देखिन्थ्यो र टेबुल वरिपरि गफ गरि रहेको थियो। एकजनाले २,३ जना ४,५ जनालाई पर्ढाई रहेको थियो। एक ठाउँमा भने सानोसानो लेक्चर नै भइ रहेको थियो त्यहाँ सबैजसो चाइनिजहरु थिए। दाइने पटिको तल्लो कर्नर साइडमा नेपाली र इण्डियनहरुको झुण्डहरु थियो। भुइको कार्पेट जताततै नांगो काठ देखिने गरि दोब्रिएको त कतैकतै फाटेको थियो र धुलैधुलोको पत्रहरु घिनलाग्दो गरि देखिन्थ्यो। जथाभावी राखिएका सानासाना र्‍याकहरुमा पुस्तक पत्रिकाहरु लथालिंगसँग छरि रहेका थिए। मलाई लिएर जाने भाइले अली सिनियर भाइलाई बोलायो र परिचय गरायो। त्यो नयाँ र सिनियर भाइले भेट्ने बितिक्कै सोधि हाल्यो , “तपाईलाई यहाँ आईपुग्दा कस्तो लाग्यो ?” मैले जवाफ फर्काउनुभन्दा अगाडि नै रेडिमेड जवाफ आफैले भन्यो, “सरप्राइज, अनौठो, होइन त ? हामीलाई पनि पहिले त्यस्तै लागेको थियो। तर हेर्नुस दाई, मान्छेले बुझेपछि मात्र थाहा पाउँछ यसको कमाल, पारिको चाइनिजहरु त सब यसैको लागि आइ रहेका छन्।”

बस्ने कुर्सि तर्फलाग्दा नलाग्दै मैले दुबैजनाको आँखा हेर्दै स्पष्टसँग भनि दिएँ, “यो हजारौ मान्छे डुबाएर एकाधजना मालामाल हुने नेर्टवर्क बिजिनेस हो भने चाही मलाई नभन्नु होला है।” “हत्तेरिका काँ तेस्तो हुनु, यो त एकदम राम्रो हो, यो त आफैले गर्नु पर्ने बिजिनेस हो। जति गर्न सक्यो उति फाइदा हुने।” "त्यसो भए ठिकैछ, बुझौन त" मैले भने।

बिजिनेसमा बिक्रि गरिने सामानः

एउटा गोलो पिंध भएको गाढा हरियो रंगको आधा लिटर जति घनत्व भएको सिसि देखाउँदै भाइले बिजिनेसको ब्याख्या शुरु गर्यो। यस कम्पनीले प्रवाह गर्ने चारवटा उत्पादनहरु मध्ये यो एउटा बत्ती पनि रहेछ। यसमा बिभिन्न १९ प्रकारको तेल मध्ये एककिसिमको हालेर बालेर केहि क्षण छोडेपछि यसको तातिएको बत्तीको टुटिले तेललाई बाफ बनाएर वरिपरि छोड्दो रहेछ। यसरी तेलको वाफ भनौ वा ग्याँसले वरिपरिका हावा सफा गर्ने, सास सँगै निलीएर शरिरभित्र पसेपछि यसले शरिरमा भएको विभिन्न रोगहरु निको पार्न सक्छ भनेर त्यस भाईले ब्याख्या गरे। आफ्नो श्रीमतिको टाउको दुखेर बेहोसै हुने रोग डक्टरले निको पार्न नसकेको यसले चट्टै निको पारेको कुरा पनि सुनाए। यसलाई दोश्रो बिश्व युद्धमा पनि अस्पतालमा प्रयोग गरेको र र्सार्स लागेको बेला हंगकंगको अस्पतालहरुमा राख्न भनेर फ्रान्स सरकारले उपहार दिएको पनि थियो रे। यसको नाम ल्याम्बर्जे रहेछ। यसलाई एसियाको अन्त कतै किन्न पाइन्दैन खाली यसै कम्पनीले मात्र बिक्रि बितरण गर्दोरहेछ। कतै नसुनिएको कहिल्यै नदेखिएको तर निकै उपयोगि(?) भनीएको जिनिस देख्‍न पाइयो, एकप्रकार राम्रै लाग्यो। 

दोश्रो उत्पादनमा आयो वाइन। वाइन सबैले थाहा पाइएको मदिरा तर यो भने फ्रान्समा बनेको AOC ग्रेडको वाइन रे। यो पनि बाहिर तिर कुनै पसलमा पनि पाइन्दैन रे। दाम पनि सोधि हाले, बोतलको ३,४ सय डलर पर्छ होला भने। फेरि बिजिनेसमा यो सामान पाएपछि यदी आफु नपिउने भए अरुलाई उपहार दिन सकिन्छ भनेर भाइले सुझाव पनि दिइ हाले।

त्यसपछि तेश्रो सामानको कुरा आयो, यो चाही शरिरमा मसाज गर्ने मल्हम तेल आदी हो रे। चौथो सामानहरुमा पनि महिलाहरुको सृंगारको सामानहरु रहेछ तर यो चाही बेलायतको राज घरनाले प्रयोग गर्ने गरेको यसलाई यस कम्पनीले हामी जस्ता सर्वसाधारणले समेत प्रयोग गर्न पाउँने बनाइ दिएकोकुरा सहर्षजानकारी गराए भाइले। यो पनि अन्त कतै बजारमा किन्न पाइन्दैन रे। भनेपछि चार किसिमको सामानमा ब्यापार गर्नु पर्ने रहेछ।

१) स्वस्थ्य रहन मदत गर्ने ल्याम्बर्जे भन्ने बत्ति, २) मदिरा वाइन, ३) मसाज गर्न हुने तेल वा मल्हम र ४) महिलाहरुको श्रृगारको साधन।

यी माथीका कुनैपनि उत्पादनहरु हाम्रो दैनिक जिवनमा अत्यावस्यक साधनमा पर्दैनन्। मुल्यको पनि विस्वास नभएकोले यसलाई मैले “फकाउनी सामान” भन्न मनासिब ठानेकोछु। तर यसको बजारमा माग हुन्छ भने ब्यापार गर्नै हुँदैन भन्ने पनि हुँदैन। यदी मुल्य र्सवसुलभ किसिमको छ भने सामान्य उपभोक्तहरुले पनि उपयोग गर्ने नै छन्। त्यसैले १३, १४ हजारको जागिर छोडेर फेरि बोसले बोलाउँदा बोलाउँदै पनि यसैमा फुल टाइम भएर लागेको भन्ने भाइको प्रशंगहरु रमाइला थिए।

तर मेरो जिज्ञासा भने एउटै थियो यो बिजिनेसमा लाग्दा लगानी के कसरि कति गर्नु पर्ने हो। मलाई भने लागेको थियो यतिका सोझो र इमान्दार भाइले ल्याएको हुनाले लगानी खासै लगाउनु पर्ने होइन होला, लगाउनै परेपनि यसको साझो-सोझो बिक्रि बितरण हुँदो हो, कमिशन खानु पर्दो हो।

लगानी र खटाईः

यहाँ तीन किसिमको लगानी हुँदो रहेछ। त्यसमध्ये २० प्रतिशत कमिशन भएको सबभन्दा सानो लगानीमा ५ हजार तिर्नु पर्ने रहेछ र यसवापत बिजिनेस लाइसेन्स र माथि उल्लेखित सामान पाइन्दो रहेछ। ३८ प्रतिशत कमिशन सहितको मध्यम किसिमको बिजिनेसमा ७० हजार लगानी गरेर ९० हजार बराबरको सामान पाइंदो रहेछ र ५० प्रतिशत कमिशन सहितको तेश्रो किसिमको बिजिनेसमा ३ लाख ३० हजार लगानी पर्दो रहेछ। यी मोटामोटि प्रावधान बाहेक अन्य प्रावधान र नियमहरु थुप्रै पनी रहेका छन्।

अब आयो यस बिजिनेसमा पसेर लाइसेन्स होल्डरहरुको काम। प्रत्येक होल्डरले आफुभन्दा मुनी ५ हजार तिर्ने ५ जना अन्य मान्छे खोज्नेछन्। एकजनाले ५ जना मान्छे खोजेपछि प्रत्येकबाट २० प्रतिशतको दरले एकएक हजार गरि आफ्नो पाँच हजार उकास्नेछन्। एबं रितले ५ जनाले २५ जना, २५जनाले पनि १२५ जना खोज्नेछन्। ति १२५ जनाले पनि ५,५ जनाको दरले ६२५ जना खोज्नेछन्। यसरि आफुभन्दा मुनी एउटा पिरामिडिकल रुप बन्दो रहेछ। यती भनेपछि मैले उहाँहरुलाई सोधें “यो त नेटवर्किंग बिजिनेस नै भयो नी होइन र ?”

भाईहरु पनि के कम, गुरुहरुबाट हस्तान्तरण हुदै आएको पुर्वतयारी जवाफ दिइ हाले, “होइन दाइ नेर्टवर्क भनेर मात्र हुदैन नी, यिनीहरुको पनि आ-आफ्नै प्रकृति हुन्छ नी। आखेरि यहाँ एउटा मःमः पसल खोलियो भने आफ्नो साथी भाइहरुलाई यसो फोनबाट भनिन्छ नी, मैले मःमः पसल खोलेको छु, यताउती साथीभाइहरुलाई पनी खबर गरेर आउने गर्नु है। , यो पनि त एक प्रकार नेटवर्किंग नै त हो नी, होइन र ? ” 
 
तर्कको लागि त हो भन्नै पर्यो। 

उहाँहरु श्रीमती सहित पुर्णकालिन रुपमा यसैमा लागि परेको र अब चाँडै प्रति महिना ४० हजार कमिसन आउने लागेको कुराको जानकारी दिए मलाई लिएर जाने भाइले। उहाँहरु बिच म कतिको नजिकको मान्छे वा कतिको बिश्वासिलो मान्छे भन्ने कुरा निकै क्लीयर भएर मात्र कुराको थालनी गरेको त्यो भाइले मलाई बिजिनेसको बारेमा सम्झाउँदा प्रयोग गरेको खेस्रा कागज भने लिएर जान दिएनन्। तर आफ्नो भने आइडि नम्बर समेत सम्पुर्ण बिबरण लिएर राखे।

आ-सामको सानो कथाः

यस बिजिनेसको बारेमा चर्चा गर्ने क्रममा अलि जान्ने भाइले यो एउटा कथा पनि सरर्र सुनाउन भ्यायो। कथा यस्तो छ :
मुख्य भुमि चिनको आ-सामले हंगकंगको केटासँग बिहे गरेपछि एउटा बच्चा पायो। तर केटा काम नलाग्ने बराला भएकोले उनले निकै दुख पायो। बच्चा र आफ्नो पेट पाल्न एउटा रेष्टुराँमा भाडा माझ्ने काम गर्न थाल्यो। यसै बिचमा ५ हजार लगानी गरेर नेटवर्किग बिजिनेस शुरु गर्ने र खट्न सके बिस्तारै मालामाल हुदै जान सकिने सल्लाह लिएर एकजना मान्छे उसको सर्म्पर्कमा आयो। उनले बडो दह्रो मुटु लिएर ५ हजार लगानि गर्‍यो र आफ्नो साथिहरुलाई पनि लाग्न भन्यो। तर उनको साथिहरुले उनको कुरा सुनेन। केहि महिना पछि उनको कमिशन महिनाको ३०,४० हजार हुन थाल्यो। यसै बिचमा उनी फेरि अधि भाडामाझ्ने भएर काम गरेको रेष्टुराँमा ग्राहक भएर आयो। तर उनका साथिहरुले बिजिनेसमा डुबेको हुनाले त्यहाँ गएको होला भन्ठानेर जिस्क्याउन थाल्यो “आ-साम बिजिनेस गरिस त?” भनेर। एकपछि अर्कोले यसरी जिस्क्याए पछि उनले अन्त्यमा प्रति महिना ३०,४० हजार कमिशन पाएको बैंकबुक देखाई दियो। यसपछि उनका ति सबै जिस्क्याउने साथीहरुको मुखमा बुजो लाग्यो र उनको सामुन्नेमा उभिन पनि सकेन।

यो कथा भनि सकेपछि त्यो भाइले भनेको थियो कि आफुले ५ हजार तिरेर लाइसेन्स र सामान लिए पछि यो पाँच जनालाई आफ्नो मुनी ल्याउनु पाउनु भनेको आफुसँग भएको पाँचवटा मणि (Ruby) आफ्नो मान्छेलाई बाँड्नु जस्तो हो। यसरी मोटामोटि कुरा बुझिसकेपछि बाँकी कुराहरु अर्को पटक बुझ्ने भनेर म त्यहाँबाट हिडेँ। त्यसपछि त्यस भाइले दिनमा एउटा फोन र एसएमएस पर्ठाई रहे। तर मैले टार्दे गएँ। तर त्यो भाइले भनेको कथाले मलाई यो लेख लेख्‍न प्रेरित गरेको हुनाले लेख्न बसें। 

ल, ठिकै छ यो बिजिनेस राम्रो हो भने, हामी सबै मान्छे यसमा किन नलाग्ने। तर अब हेरौं यसो गर्दा के हुन्छ।

सबैले यस बिजिनेसमा लागे के हुन्छ ?

 
 
सर्बप्रथम तपाई एकजनाले ५ हजार डलर तिरेर सामान सहित एउटा बिजिनेस लाइसेन्स लिनुहुन्छ। त्यसपछि तपाईले ५ जना मान्छे खोज्नुहुनेछ र पाँचहजार सावाँ पनि लिनुहुनेछ। त्यो ५ पाँचजनाले फेरि २५ जना खोज्नेछन्। उनिहरुलेपनि सावाँ उकास्नेछन् र तपाईलाई पनि केहि कमिशन आउनेछ। त्यो २५ जनाले १२५ जना खोज्नेछन्। १२५ जनाले ६२५ जना खोज्नेछन्। 

एवं रितले, यदि यो बिजिनेसमा संसारमा भएका सम्पुर्ण ६ अरब मान्छेले सहभागि जनायो भने पन्ध्रौं स्टेपमा १ अर्ब २२ करोड मान्छेहरु सावाँ उकास्ने र कमिशन खानेहरुमा पर्दछन् भने बाँकी ३ अर्ब ७८ करोड मान्छेहरु ५ हजार तिरेर “फकाउनी सामान” र लाइसेन्स मात्र लिएर बसेको अवस्था हुनेछ। यसपछि त संसार भरिका मान्छे नै सकिएको हुनाले कसैले कसैलाई बेच्ने अवस्था नै रहँदैन। यदि पहिले किनेर माथिल्लो अवस्थामा पुगेकाहरुले पनि पुनः ५ हजार तिरेर सहभागि भई तलकाहरुलाई उकास्ने प्रयत्न गरेर यसलाई चक्रिय प्रणाली अपनायो भने एकपटक यस्तो बिन्दु आइ पुग्नेछ कि संसार भरिको सबै पैसाहरु यस कम्पनीमा जम्मा हुनेछ र यसको उत्पादनले सबैको घर भरिनेछ। माथिल्लो तहकालाई केहि कमिशन बाँडेर यी सबैको रकमहरु यसको मालिकको कम्पनीमा केन्द्रिकृत भएर जम्मा हुनेछ। 
 
यसपछि आ-सामको कथा यहाँ आएर बल्झिन्छ। अब उनको कमिशन आउन बन्द हुन्छ। पहिले कमाएको पैसा सकिन्छ। उनी फेरि त्यही पहिले आफुले काम गरेको रेष्टुरामा काम खोज्दै जान्छीन। पहिले उनले कमाएको देखेर त्यस रेष्टुरामा काम गर्ने सबै कामदार कर्मचारीहरुले ५, ५ हजार तिरेर यस बिजिनेसमा लागेका हुन्छन्। यसमध्ये एकदुइ जनाको मात्र सावा उठेको हुन्छ र बाँकि सबैजना त्यही ३ अर्व ७८ करोड भित्र पर्दछन्। ५ हजार खर्च गरेर त्यही लाइसेन्स त प्राप्त गरेका हुन्छन् कसैले कसैलाई आफ्नो मार्फ बिजिनेसमा तान्नु पर्ने मान्छे पाउँदैन। बिजुलीको बिल तिर्न धौधौ भएकोबेला त्यहि ग्यस फाल्ने बक्ती, चिया पिउन नसकेको बेला त्यही कहिले काँही मात्र पिउँने गरेको वाइन, नुहाउने साबुन नभएको बेला अनेकका सृगारका सामानहरु घरमा भित्रिएको हुनेछ। उनिहरु लगायत ३ अर्व ७८ करोड मान्छेको घरमा यो हालत हुन्छ। अब त्यहाँ भएका सबैले उनलाई गुनासो गर्दछन र उनको पालो उनिहरुको अगाडि झोक्राएर बस्ने हुन्छ।

दिइने सामान, माछालाई बल्छिमा चारोः

यो र अन्य यस्तै बिजिनेसमा दिइने जुन सामानहरु हुन्छन् हाम्रो दैनिक जिवनमा अनिवार्य होइनन् र यसमा तोकिएको मुल्यमा पनि विस्वाश गर्न सकिने आधार हुदैन। त्यसैले यसलाई फकाउनी सामान भन्दा हुन्छ। बियर नै पिउनुपर्छ भने ४, ५ सय डलर बोतल हालेर पिउँनुपर्छ भन्ने छैन। अर्थशाश्त्रको भावना अनुसार जति सक्दो सिमित साधनहरुद्धारा नै आवस्यकताको पुर्ति गरिनु पर्छ भन्ने सोचाई जस्तो सुकै सामान्य मान्छेमा परेको हुनाले यस सामानको मुल्य र उपादेयता देखेर नै मान्छेहरु पन्छिनेछन्। यो सामान्य आर्थिक अवस्थाको मान्छेको लागि बिलासिताको सामान नै पर्दछन्। यो बिजिनेस केहि गरि पनि नाफामा जान नसकेपछि वा प्रचारमा आउन नसकेपछि बिना बिज्ञापन प्रचारमा ल्याई बिक्री गरेर मालामाल हुने एउटा तरिका मात्र हो। जुन बस्तुलाई बजारमा बिक्री गरिन्दैन त्यसलाई मात्र यस्ता नेटवर्किग बिजीनेसमा बिक्री गर्नुको अर्थ के हो ? स्पष्ट छ, यसो गर्दा यसको मुल्य जति तोके पनि भयो। जुन बस्तुलाई बजार प्रतिस्पर्धा नै नगरि बिक्री गर्न सकिन्छ भने १० डलरको सामानलाई १०० डलरको भनिदिँदा कसले थाहा पाउँछ र ? सामान्य अवस्थामा यसरी यहाँ ५ जना सहाभागिहरु मध्ये एकजनाको सावाँ उक्सेको हुन्छ भने बाँकिहरुले “अनिच्छित” बिलासितको सामानमा बिजिनेस शुरु भएको भ्रममा “अनुपयुक्त मुल्य” तिरेर बसेका हुन्छन्। होइन भने यस्तो कम्पनीहरुले किन मान्छेलाई चाहिने आधारभुत र अनिवार्य समानको बिक्री गर्दैनन् ? खाद्यन्न, लत्ताकपडा आदिको यस्तो बिजिनेस गरेर देखाइदिए हुने थियो नि यदी सही कर्म गर्ने हो भने। वास्तवमा यहाँ प्रयोग भएको जे जस्ता समानहरु छन, यो माछा समाउनलाई बल्छिमा राखिएको चारो मात्र हो जहाँ ८० प्रतिशत माछाहरु मर्छन।

चलाक र अगाडिकाले मात्र नाफा गर्छन।

यस्ता प्रायः सबै बिजिनेसमा आफ्नै मान्छेलाई ढाँट्न सक्ने र अगाडि परेकाले मात्र सावाँ उकासेर नाफामा जान सक्छन्। आफ्नो ५ हजार लगानि भई सकेपछि यसलाई उकास्नलाई मात्र भएपनि इमान्दार मान्छे पनि भए नभएको कुराहरु लगाएर झुट बोल्न बाध्य हुन्छन्। यसमा तपाई आफ्नो पुरानो इमान्दारीताको छवि तपाई आफैले थाहै नपाई गुमाइ सकेको हुनु हुनेछ अरु कोहि होइन आफ्नै घरको मान्छेबाट शुरु गरेर। आफ्नै मान्छेले भनेको मात्र पत्याउने सम्भावना भएकोले आफ्नोले आफ्नैलाई यस्तो ब्यावसायमा तान्ने सम्भावना रहन्छ। त्यसमा पनि सिनियरहरुले आफुले ती सामानहरु प्रयोग गरेको र एकदम लाभदायक भएको कुरा भन्न चुकाउँदैनन्। तपाई हामीलाई फुर्क्याएर यति माथि उचाल्छन् कि मानौं हामी बिजिनेस नै नथालि कन करोडपति भइसकेकाछौं। तर यो वास्तवमा आफ्नो फसि सकेको पैसालाई कसरि उकास्ने हो भनेर गरेको एउटा बेदना पनि हो उसको। कसैलाई कुनै पनि ब्यावसायमा लगानी गर्न लगाउनुभन्दा अगाडि यसको सवल पक्ष र जोखिमी पक्ष दुबै बताउनुपर्ने कानुनी प्रावधान हुन्छ तर यहाँ यसको सवल पक्षमात्र उरालेर मान्छेलाई बहकाइन्छ तर यसको कुनैपनि जोखीमी पक्ष बताइएको हुदैन। यो बास्तवमा एउटा कानुनी अपराध पनी हो।

सरकारले किन प्रतिबन्ध लगाउँदैन ?

हजारौंको रकमले एकाधजना मोटाउने पिरामिडिकल नेर्टवर्क बिजिनेसलाई सबै देसले मान्यता नदिए पनि केहि देशले मान्यता दिइ रहेकोछ। अधिकांश जनता ठगिन्छन भन्ने जान्दा जान्दै पनि करको दायरामा आइसकेपछि कार्यवाहि गर्नुपर्ने दह्रो कानुनी आधार नपाएकोले पनि यसो भएकोछ। वास्तवमा यो पुँजिवादको चरम बिकृती हो। देशमा यदी सबैले बहुबिवाह गर्छन भने बहुबिवाह बिरुद्धको कानुन ल्याउन आवस्यक नठानिए झै यस बिजिनेसमा पनि जसरी हुन्छ कमाउको अवधारणा भएको देशमा यस्तो भएको हुनसक्छ। त्यसमा पनी कसैलाई कन्भिन्स् गरेर बिजिनेसमा लगाउँदा ठिकबेठिक छुट्याउने काम आफ्नै हो भनेर सरकार र कानुन नै मौन भएको छ। तर र्सवसाधरण जनतामा यस लगायत सबैकुरामा निर्णय गर्ने पुर्ण क्षमता हुदैन र यो एउटा आधुनिक ठगि अपराध हो भनेर पुर्ण रुपमा प्रतिबन्ध लगाउनुपर्दछ। यसतर्फसमाजशास्त्रि, कानुनबिद र अर्थबिदहरुले गहण भएर सोच्नु आवस्यक छ। जुवा तास जस्तै प्रतिवन्ध लगाउनु पर्दछ।

अन्त्यमा सबैको हविगत एकै हो।

यसरी मालामाल भइने भनेर भ्रामक प्राचरमा आएका यस्ता नेटवर्किग बिजिनेसहरु पहिले पनि थुप्रै थिए र फेरि पनि आउनेछन्। सुनिदैछ हंगकंगको नेपाली समुदायको बिच यो र अर्को युनिटिलाइफ(Unity life) भन्ने अर्को नेर्टवर्क बिजिनेस प्रचारमा आइ रहेकोछ। यिनीहरुको प्रकृति फरक भएपनि मुलमन्त्र एउटै हो। झट्ट हेर्दा एकदम राम्रो लाग्दछ। यसको कमजोरि थाहा पाउन गार्हो हुन्छ , किनभने हामिलाई भनिएको नै हुदैन। तर जब उनिहरुले राम्ररी फकाउन थाल्छन यसैबाट थाहा पाउनु पर्ने हुन्छ यो गतिलो काम होइन। आजसम्म गतिलो काममा कसैले कसैलाई कन्भिन्स गर्नु र फकाउनु पर्छ जस्तो लाग्दैन। हाल सम्मको अनुभवलाई हर्ेदा यो सिमित अवधिकोलागि मात्र टिकेकोछ। झुलुक्क झुल्केर हर्राई हाल्ने यस्ता बिजिनेसले केहिलाई केहि अवधिकोलागि केहि माथि उठाएको जस्तो देखिएपनि अन्त्यमा सामान्य जिवनमा पहिलेको आफ्नै पेशामा फर्किनु परेको कट्टुसत्य हाम्रो अगाडि छँदैछ। गोल्ड क्वेस्टमा रातारात धनी हुनलागेको आभास पाएर अब चाँडै अमेरिकामा घर किन्ने हैसियत हुनलागेको नेपालीहरु पुनः कुल्ली काममा फर्केको उदाहरणहरु हाम्रै अगाडि छन्।

उपसंहारः

यो वा यस्तै नेर्टवर्क बिजिनेसमा लाग्नुभएका सम्पुर्ण मित्रहरु, यस्तो कर्म धार्मिक रुपमा महापाप हो, कानुनि रुपमा अपराध र सामाजिक रुपमा अनैतिक हो। दिउँसै डकैति हो। किनकी यस बिजिनेसमा लाग्ने मान्छेको संख्या सिमित हुन्छ र अन्त्यमा सबभन्दा तल (Bottom level) कोहि न कोहि त परि नै हाल्छन्। सबभन्दा तल पर्नेको सख्याँ सामान्यतः यहाँ माथिको प्रकृतिको बिजिनेसमा ८० प्रतिशत हुन्छ। तल परेका यी ८० प्रतिशतलाई ठगि गरेर आफु चाँडै धनि बन्ने सपना त्यागेर सर्त्कर्ममा लाग्नुहोस र आत्मालाई सुखी र खुसि राख्नुहोस। आगे तपाईको इच्छा, तपाई एकाधजना करोडपति भएर बस्नोस म चाही सेक्युरिटि गार्ड नै गर्न तयार छु। तपाईलाई गार्डको आवस्यक परेमा पनि मलाई चाही यो हाम्रो बिरोधी हो भनेर जागिर नदिए नदिनुस, बरु भोकै मरुँला।

७ नोभेम्बर २००९
कजवे-बे हंगकंग
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
 
Comments (5)
ARE YOU DAD OF BILL CLINTON ABOUT NETWORK MARKETING ?
1 Saturday, 21 November 2009 23:34
YOUR ASS
http://www.youtube.com/watch?v=X_eGbfTPbGY WATCH THIS VIDEO?
Mr. किन्दर राई 100% right !!!
2 Monday, 23 November 2009 10:35
Subekchha
" यस बिजिनेसमा लाग्ने मान्छेको संख्या सिमित हुन्छ र अन्त्यमा सबभन्दा तल (Bottom level) कोहि न कोहि त परि नै हाल्छन्। सबभन्दा तल पर्नेको सख्याँ सामान्यतः यहाँ माथिको प्रकृतिको बिजिनेसमा ८० प्रतिशत हुन्छ। तल परेका यी ८० प्रतिशतलाई ठगि गरेर आफु चाँडै धनि बन्ने सपना त्यागेर सर्त्कर्ममा लाग्नुहोस " if you want be rich, do other business not THIS NEWORKING
thanks
3 Monday, 30 November 2009 23:44
me against the networking business
thanks a lot for this article..i got to know more abt it frm this article....i really hate this type of business...
experience dchl
4 Saturday, 02 January 2010 09:22
nepalibabu
तपाई हामीलाई फुर्क्याएर यति माथि उचाल्छन् कि मानौं हामी बिजिनेस नै नथालि कन करोडपति भइसकेकाछौं। तर यो वास्तवमा आफ्नो फसि सकेको पैसालाई कसरि उकास्ने हो भनेर गरेको एउटा बेदना पनि हो उसको।---- i was right into that situation भोलीपल्ट भेट्ने सल्लाह बमोजिम कजवेबे स्थित भिक्टारिया पार्क नजिकको एउटा कमर्सियल बिल्डिग तर्फ लिएर गयो भाईले। उ त्यही बिल्डिंगको १३ तलामा हो, भाइले देखाउँदै भन्यो। भाइको बिजिनेस त पहिले ग्राउण्ड लेभलमा थियो तेसैले शंका लाग्यो। -----ditto. i was an unemployed than, i was convinced for a good official job with exciting incomes to the extent-- my bro (collegue) was "what is your expectation?" यहाँ लागेको त भरखर हो। म यता अब पुर्णकालीन भएर लाग्ने बिचार गरेकोछु, भविस्य एकदम राम्रो छ।” -----ditto यसो भनेपछि मैले यतीसम्म थाहापाएँ यो बिजिनेस भाइको साबिकको भन्दा भिन्दै रहेछ। -----ditto curiosity १३ तलाको एउटा भब्य फ्लाटमा प्रबेश गर्नु भन्दा अगाडि आइडि कार्ड देखाउनु पर्दो रहेछ। कुनै एउटा सेक्युरिटी कम्पनीबाट नेपाली नै सेक्युरिटी गार्ड राखिएको रहेछ। कम्पनीको हलभित्र प्रवेश गरेपछि भाइले कम्पनीको नाम भएको साइबोर्ड देखाउदै कम्पनीको छोटो परिचय दिए। कम्पनीको नाम रहेछ डिसिएचएल। भित्तामा टाँसि रहेको ३ जनाको संयुक्त फोटो देखाउँदै यस कम्पनीको मुख्य बोस भनेर चिनाए। बोस ताइवानको र पार्टनर फ्रान्सको रहेछ। मुख्य हलभित्र प्रवेश गरिसक्दा म एउटा सानोसानो मेलामा प्रवेश गरे जस्तो लाग्यो कताकता मकाउको जुवा घर जस्तो लाग्ने जताततै मान्छेको झुण्ड झुण्ड देखिन्थ्यो र टेबुल वरिपरि गफ गरि रहेको थियो। एकजनाले २,३ जना ४,५ जनालाई पर्ढाई रहेको थियो। एक ठाउँमा भने सानोसानो लेक्चर नै भइ रहेको थियो त्यहाँ सबैजसो चाइनिजहरु थिए। दाइने पटिको तल्लो कर्नर साइडमा नेपाली र इण्डियनहरुको झुण्डहरु थियो। भुइको कार्पेट जताततै नांगो काठ देखिने गरि दोब्रिएको त कतैकतै फाटेको थियो र धुलैधुलोको पत्रहरु घिनलाग्दो गरि देखिन्थ्यो। जथाभावी राखिएका सानासाना र्याकहरुमा पुस्तक पत्रिकाहरु लथालिंगसँग छरि रहेका थिए। ---what an incredilbe memory मलाई लिएर जाने भाइले अली सिनियर भाइलाई बोलायो र परिचय गरायो। त्यो नयाँ र सिनियर भाइले भेट्ने बितिक्कै सोधि हाल्यो , “तपाईलाई यहाँ आईपुग्दा कस्तो लाग्यो ?” मैले जवाफ फर्काउनुभन्दा अगाडि नै रेडिमेड जवाफ आफैले भन्यो, “सरप्राइज, अनौठो, होइन त ? हामीलाई पनि पहिले त्यस्तै लागेको थियो। तर हेर्नुस दाई, मान्छेले बुझेपछि मात्र थाहा पाउँछ यसको कमाल,-----not a word of exaggeration, I was further more introduced to other next level of seniors’ every time I didn’t give a much signs of acceptance to the proposal. I guess the level of seniority to brief me were in ascending order – the chap (brother), his senior, more senior, the next other senior, so on some well sophisticated typical Indian the final. Should have been introduced to over 5 so-wannabe fags, with very clear traces of well perceiving loosers right in their eyes (just a clear definaition-no words of offensiveness) (तपाई हामीलाई फुर्क्याएर यति माथि उचाल्छन् कि मानौं हामी बिजिनेस नै नथालि कन करोडपति भइसकेकाछौं। तर यो वास्तवमा आफ्नो फसि सकेको पैसालाई कसरि उकास्ने हो भनेर गरेको एउटा बेदना पनि हो उसको।-----its all with the loosers गाढा हरियो रंगको आधा लिटर जति घनत्व भएको सिसि---– ditto, one of ‘em started the brief shortly introduced by my work-related junior brother(collegue) यस कम्पनीले प्रवाह गर्ने चारवटा उत्पादनहरु मध्ये यो एउटा बत्ती पनि रहेछ। यसमा बिभिन्न १९ प्रकारको तेल मध्ये एककिसिमको हालेर बालेर केहि क्षण छोडेपछि यसको तातिएको बत्तीको टुटिले तेललाई बाफ बनाएर वरिपरि छोड्दो रहेछ। यसरी तेलको वाफ भनौ वा ग्याँसले वरिपरिका हावा सफा गर्ने, सास सँगै निलीएर शरिरभित्र पसेपछि यसले शरिरमा भएको विभिन्न रोगहरु निको पार्न सक्छ I यसलाई दोश्रो बिश्व युद्धमा पनि अस्पतालमा प्रयोग गरेको र सर्स लागेको बेला हंगकंगको अस्पतालहरुमा राख्न भनेर फ्रान्स सरकारले उपहार दिएको पनि थियो रे। यसको नाम ल्याम्बर्जे रहेछ। यसलाई एसियाको अन्त कतै किन्न पाइन्दैन खाली यसै कम्पनीले मात्र बिक्रि बितरण गर्दोरहेछ। precise descriptions कतै नसुनिएको कहिल्यै नदेखिएको तर निकै उपयोगि(?) भनीएको जिनिस देख्न पाइयो, एकप्रकार राम्रै लाग्यो। --- ditto curiosity १)स्वस्थ्य रहन मदत गर्ने ल्याम्बर्जे भन्ने बत्ति, २) मदिरा वाइन, ३) मसाज गर्न हुने तेल वा मल्हम र ४) महिलाहरुको श्रृगारको साधन।---the weapons १३, १४ हजारको जागिर छोडेर फेरि बोसले बोलाउँदा बोलाउँदै पनि यसैमा फुल टाइम भएर लागेको भन्ने प्रशंगहरु रमाइला थिए। ----atleast one of ur briefer isn’t gonna miss this तर मेरो जिज्ञासा भने एउटै थियो यो बिजिनेसमा लाग्दा लगानी के कसरि कति गर्नु पर्ने हो।– ditto curiosity उहाँहरु बिच म कतिको नजिकको मान्छे वा कतिको बिश्वासिलो मान्छे भन्ने कुरा निकै क्लीयर भएर मात्र कुराको थालनी गरेको त्यो भाइले मलाई बिजिनेसको बारेमा सम्झाउँदा प्रयोग गरेको खेस्रा कागज भने लिएर जान दिएनन्।--- u don’t get a chance तर आफ्नो भने आइडि नम्बर समेत सम्पुर्ण बिबरण लिएर राखे।---u gotta do it or no entrance I was fully urged in everyways to get in, full of apprehension in lot of ways I tried my best to to get off the situation by promising to be back again next. But than it was time to get to know the next policy there – u won’t be able to get in there or join in the biz for atleast a six months period if u wouldn’t get started rightaway that is after once u get in there n signup the papers in the entrance where the securities are well prepared with a list of forms to fillup ur important particulars. “I wouldn’t mind coming back afer six months if I really liked the idea of joining….” but than before ur finished with the line u get the option of securing the license n not being off from the affairs by handing over the advance fee of atleast 20% of the HK$ 5,000 legal biz license which would be HK$ 1,000. I was sure in everyways that I wouldn’t even wanna think of getting into a thing of it but the same time I could see them desperate in everyways to keep me going even if it took them to introduce me to one more of their next level of senior – ‘’my goodness another round of brief after spending 2 hours with the same thing?’’. I lost my control, I was speechless. Today, still full of memories as fresh. I just took a sound breath next n a desperate bid to get off the situation. I hold back the personnel(slim posture, dark obsession, curly noticeably long hairdo) who goes everytime – “तपाईलाई यहाँ आईपुग्दा कस्तो लाग्यो ?” “सरप्राइज, अनौठो, होइन त ? हामीलाई पनि पहिले त्यस्तै लागेको थियो। तर हेर्नुस दाई, मान्छेले बुझेपछि मात्र थाहा पाउँछ यसको कमाल” I guess n whispered “how about HK$ 500 for now n the rest later?”. He did a well reluctant smile with a slight touch-n-move in the hair with his right hand. I was well relieved hearing his acceptance getting it sort for 10%. It was diabolic.
http://himalkhabar.com/news.php?id=3173
5 Sunday, 18 April 2010 11:46
kamal
अर्बो डुबाउँदै भाग्दै गोल्ड क्वेष्ट, क्विक अर्निङ, डियोेसफ्ट, प्राइम, प्रतीक्षा आदि नेटवर्किङ कम्पनी अर्बौं कुम्ल्याएर भागेको धेरै भएको छैन; तर नेपालीहरूले त्यस्तै कम्पनीमा पैसा लगाउन अझै छाडेका छैनन्। सरकार भने नेटवर्किङ व्यवसायबारे आफ्नै निर्देशिकालाई समेत कुल्चेर जथाभावी सञ्चालन अनुमतिपत्र बाँडिरहेको छ। सन्त गाहा मगर को रिपोर्ट सन्त गाहा मगर प्रिन्ट ईमेल सम्पादकलाई चिट्ठी अक्षरको आकार: | | जावलाखेलस्थित युनिटी लाइफ एस्युरेन्सको मुख्य कार्यालय। २०५८ सालतिर नेपालमा तहल्का मच्चाएर केही समयपछि रु.२ अर्बभन्दा बढी रकम उठाई भागेको नेटवर्क कम्पनी गोल्ड क्वेष्ट इन्टरनेशनलका लागि हङकङमा बसेर काम गर्थे― स्याङ्जाका काशीराम गुरुङ (प्रसाद)। सो कम्पनी भागेपछि कारबाहीका लागि आन्दोलन गर्न गठित गोल्ड क्वेष्ट पीडित सङ्घर्ष समितिका संयोजक थिए― रामेछापका पुष्पराज पौडेल। अहिले प्रसाद, बहुचर्चित नेटवर्क कम्पनी युनिटी लाइफ इन्टरनेशनलका अध्यक्ष छन् भने पौडेल हर्वो इन्टरनेशनलका हर्ताकर्ता। ८१ हजार ५१७ सदस्य भएको हर्वोले वाणिज्य मन्त्री अध्यक्ष रहेको उपभोक्ता संरक्षण समितिद्वारा ४ मङ्सिर २०६६ मा पारित नेटवर्क मार्केटिङ व्यवसायसम्बन्धी निर्देशिका को आधारमा वाणिज्य विभागबाट ९ चैतमा नेटवर्क सञ्चालनको अनुमतिपत्र लिएको छ भने युनिटी अनुमति प्रक्रिया पुर्‍याउने कसरत गरिरहेको छ। निर्देशिकाअनुसार यस्तो व्यवसाय सञ्चालनको अनुमति लिन पूरा गर्नुपर्ने १२ वटा प्रावधानमा रु.२५ लाख धरौटी, वस्तुको गुणस्तर, परिमाण र मूल्यमा पारदर्शिता, कम्पनीको ठेगाना परिवर्तन र शाखा विस्तार गर्दा तथा नयाँ योजना ल्याउँदा वाणिज्य विभागको अनुमति लिनुपर्ने जस्ता बुँदाहरू छन्। यसैगरी, किनेको वस्तुमा उपभोक्ताको चित्त नबुझ्े ३० दिनभित्र फिर्ता, एकल उद्देश्य अर्थात् नेटवर्क मार्केटिङकै लागि मात्र सञ्चालन, नेपालमा कमाएको रकम विदेश लैजानुपर्दा कानुनबमोजिम कर, सदस्यताको आधारमा नभई वस्तुको खरिदबिक्री मात्रै गर्न पाइने जस्ता शर्त पनि छन्। एउटा वस्तुको खरिदमा अर्को चिज किन्न बाध्य नबनाउने, लोभ देखाएर सामान महँगोमा बेच्न र केन्द्रीय अनुगमन समितिको निर्णय अनुसारको क्षतिपूर्ति नभरेसम्म कारोबार गर्न नपाइने कुरा पनि निर्देशिकामा छन्। नेटवर्कले ठग्योः पूर्ण राना र धन पाटा। तर, विभागबाट स्वीकृत पहिलो नेटवर्क कम्पनी हर्वो नै निर्देशिकाअनुरुप सञ्चालित छैन। नेटवर्क व्यवसायीले गर्न नहुने शीर्षकअन्तर्गत नं.२ ङ मा वस्तु बिक्री गरी/नगरी सदस्यता शुल्क उठाउन नपाइने भनिएको अनुमतिपत्रकै पुछारमा स्पष्ट देखिने बुँदालाई हर्वोले बिजनेस किड्स योजनाबाट उल्लङ्घन गरेको छ। रु.५ हजारको सामान किन्न लगाएर सदस्य बनाउने हर्वोले बिजनेस किड्सका लागि छुट्टै रु.१ हजार उठाउने गरेको छ। नेटवर्क मार्केटिङ व्यवसायीहरूको सङ्गठन नेपाल डाइरेक्ट सेल्स एसोसिएसन (एनडीएसए) का कार्यवाहक अध्यक्ष समेत रहेका हर्वोका निर्देशक वसन्त पण्डित भन्छन्, “बिजनेस किड्स नराख्दा भारत र मलेशियामा कारोबार गर्न नपाइने तथा वस्तुको बारेमा बुझ्ाउन सकिँदैन।” १६ चैतमा सञ्चालन अनुमतिपत्र लिएको क्रिस्टल भिजनले सदस्यता शुल्क लिँदैन, तर चारवटा प्याकेज रोज्न लगाएर रु.३५०० बराबरको सामान भिडाउँछ, जुन एक वस्तुसँग अर्को वस्तु किन्न बाध्य पार्न नहुने निर्देशिकाकै शर्त विपरीत छ। क्रिस्टलसँगै अनुमति पाएको बेष्ट वर्ल्ड बिजनेश लिङ्क (बीडब्लुबीएल) को सदस्यता लिन रु.१० हजार ८०० देखि रु.१८ हजारको सामान किन्नुपर्छ। अनुमतिपत्र लिने तयारीमा रहेका अधिकांश कम्पनीले पनि सदस्यता शुल्क उठाइरहेका छन्। निर्देशिकाका प्रावधानसँग कुनै साइनो नभएको र वाणिज्य विभागको दायरामै नपर्ने, प्रति ग्राहक रु.१५ हजार उठाएर एक पैसाको सामान नदिने युनिटी लाइफ इन्टरनेशनललाई सञ्चालन अनुमति दिने तयारीमा छ, वाणिज्य विभाग। विभागका महानिर्देशक अनिलकुमार ठाकुर भन्छन्, “ब्याङ्किङ, बीमा, स्वास्थ्य, पर्यटनलगायतका क्षेत्रमा कारोबार गरिरहेको युनिटीलाई निर्देशिकामा समेट्ने प्रयास भइरहेको साँचो हो।” विभागले सञ्चालन अनुमतिका लागि आवेदन स्वीकृत गरेको १७ कम्पनीमध्ये सेवा बेच्ने युनिटी एक मात्र हो। विभागले युनिटी जस्तै सेवा बेच्ने युनिक क्वेष्ट भ्याकेसनको आवेदन भने अस्वीकृत गरेको छ। एनडीएसएका कार्यवाहक अध्यक्ष पण्डित नेटवर्कको माध्यमबाट सेवा बेच्न नमिल्ने बताउँछन्। सेवा लिने र दिनेबीच लेनदेन हुनसक्ने तर तेस्रो व्यक्तिले किनबेच गर्न नमिल्ने उनको भनाइ छ। तर, युनिटी लाइफका महाप्रबन्धक शिशिर योगी भन्छन्, “वस्तु र सेवालाई फरक व्यवहार गर्नुपर्ने कुनै वैज्ञानिक कारण भए पेश गर्न म सम्बन्धित सबैलाई चुनौती दिन्छु।” रु.६ अर्बको हिसाब छैन कम्पनी रजिष्टार कार्यालयमा १५ फागुन २०६२ मा एस्युरेन्स युनिटी लाइफ इन्टरनेशनल प्रालिको नाममा दर्ता भएको युनिटी लाइफ २ भदौ २०६४ मा पब्लिक लिमिटेड कम्पनी भएको देखिन्छ। नेपालको चर्चित नेटवर्क मार्केटिङ कम्पनीको रूपमा ग्राहक सङ्ख्या बढाइरहेको यस कम्पनीले ब्याङ्किङ, हेल्थ, एयरपोर्ट अराइभल एण्ड डिपार्चर (आफ्ना सदस्यहरूलाई एअरपोर्ट पुर्‍याइदिने तथा लिन जाने), ट्राभल एण्ड टुर्स जस्ता क्षेत्रमा हात हालेको छ। ३०० वटा बोइङ विमान किन्ने, ७ हजार मेगावाट विद्युत् र दुई अर्ब लिटर डिजल उत्पादन गर्ने जस्ता अपत्यारिलो योजना सार्वजनिक गरेको युनिटीले रु.२५ करोड त, ग्राहक डुबाएर भागेका नेटवर्क कम्पनी किन्नमै खर्च गरेको छ, जसमा लाइफ भिजन, नोबेल सफी, नियोसफ्ट, सारथि, क्वेष्ट ड्रिम्स, गानो एक्सललगायत ९ वटा छन्। महाप्रबन्धक योगीले यसलाई कम्पनी मर्ज भएको भने पनि डुबेका कम्पनीका नाइकेबाहेक अन्य सदस्य युनिटीमा परेका छैनन्। स्रोतः सम्बन्धित कम्पनीका वेबसाइट र ब्रोसियरहरु युनिटीले रु.१५ हजार तिरेर ब्याङ्किङ योजनामा सहभागी ग्राहकलाई १३ हजार मुद्दती निक्षेपमा जम्मा हुने र पाँच वर्ष पछाडि एकमुष्ट १९ हजार ५०० फिर्ता दिने आश्वासन दिएको छ। जुन, वाणिज्य ब्याङ्कहरूले मुद्दती निक्षेपमा दिने वार्षिक व्याजका हिसाबले हुन आउने रकमभन्दा पनि कम हो। दुईदेखि ५२ वर्षका व्यक्ति सहभागी भइरहेका यस योजनाका कुनै पनि सदस्यको पाँच वर्षभित्र मृत्यु भए रु.१ लाख राहत र दुर्घटनामा मृत्यु भए रु.५ लाख दिइने पनि कम्पनीको दाबी छ। तर, मुद्दतीमा जम्मा हुने भनिएको १३ हजार सम्बन्धित ग्राहकको नाममा होइन, कम्पनीको नाममा जम्मा गरिएको छ (हे. रसिद)। ब्याङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन २०६३ अनुसार यस्तो पैसामा ग्राहकको कानुनी हक लाग्दैन, अर्थात् पाँच वर्षपछि व्याजसहित फिर्ता दिने भनिएको झ्ण्डै ४ लाख सदस्यहरूबाट अहिलेसम्म उठाइसकिएको रु.६ अर्बमा युनिटी लाइफ सञ्चालकको मात्रै हक लाग्नेछ। त्यसमध्ये पनि हालसम्म रु.१३ करोड मात्रै डिपोजिट राखिएको र बाँकी रकम मन्त्रीदेखि विभागीय कर्मचारीको खातिरदारीमा, डुबेका कम्पनीहरूको फर्निचर खरिद, विज्ञापन र अन्य तामझ्ाममा खर्च गरेको स्रोतको दाबी छ। राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन भन्छन्, “यसमा पैसाका खास मालिकले कानुनी उपचारसमेत पाउँदैनन्।” ग्राहकको गोजीबाट आएको यस्तो रकम सरासर युनिटीका अध्यक्ष प्रसादकै अर्को कम्पनी फिना वर्ल्ड मल्टीपर्पोज को-अपरेटिभमा जाने गरेको छ। फिना वर्ल्डको रसिदमा युनिटीकै लोगो भएकाले यस्तो अनधिकृत कारोबार हाकाहाकी नै गरिरहेको स्पष्ट छ। ब्याङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐनले राष्ट्र ब्याङ्कको अनुमति विना हुने यस्ता कारोबारलाई गम्भीर आर्थिक अपराध मानेको छ। सो ऐनको परिच्छेद ११ मा यसरी निक्षेप सङ्कलन र व्याजदर निर्धारण गर्नेमाथि बिगोको दुई गुणासम्म जरिवाना वा दुई वर्ष कैद हुने व्यवस्था छ। चार वर्षदेखि यसरी खुल्लमखुल्ला अनधिकृत रूपमा ब्याङ्किङ कारोबार गरिरहेको युनिटी लाइफलाई भने कानुनको टाँगाले पनि छोएको छैन। आजीवन स्वास्थ्य बीमाका लागि अधिकारप्राप्त निकायबाट अनुमति नलिएको युनिटीको स्वास्थ्यसम्बन्धी अर्को योजनामा प्रति सदस्य रु.१५ हजार ७५० उठाएर आजीवन निःशुल्क उपचार गरिदिने आकर्षण देखाइएको छ। एक रुपैयाँ पनि फिर्ता नहुने यस योजनाअन्तर्गत सदस्यहरूको उपचारका लागि देशभर १७ वटा अस्पताल स्थापना गरिएको युनिटीको वेबसाइटमा उल्लेख छ। गोल्ड क्वेष्टका लागि हङकङमा काम गर्दा नेटवर्क मार्केटिङ बुझ्ेका प्रसादले नेतृत्व गरेको युनिटी लाइफका अन्य संस्थापकमा विष्णु क्षेत्री प्रबन्ध निर्देशक, भीम गुरुङ अर्थ-निर्देशक, कृष्ण क्षेत्री प्रशिक्षण निर्देशक, इन्द्र विक डिपार्टमेन्ट स्टोर निर्देशक र नेत्र राजवंशी सूचनाप्रविधि निर्देशक छन्। विभिन्न नेटवर्क कम्पनीको उत्थान र पतनमा मुख्य जिम्मेवारहरू नै युनिटीका खम्बा भएका छन्। एस्युरेन्स डाइरेक्टर वीएन गौतम र एयरलाइन्स डाइरेक्टर भूपेन्द्र मल्ल नोबल सफी, ट्रेनिङ टीमका रुपकुमार राई डि'सफ्ट र लाइफ भिजन, विके शर्मा र तिलक भुसाल डियोसफ्ट र नि'सफ्ट, जीवन भण्डारी इन्नोभेटिभ र सुरज यादव एमवाई र मोडिकेयर डुबाएपछि युनिटीमा पसेका खेलाडी हुन्। लाइफ भिजनका सञ्चालकमध्ये एक टुकबहादुर राना अहिले युनिटी छाडेर सुरेन्द्र महर्जन वित्त निर्देशक रहेको क्रिष्टल भिजनमा प्रबन्ध निर्देशक छन्। गुरुङ, शर्मा र राई हुन् या भुसाल र मल्ल यी सबैले यसअघि करोडौं कुम्ल्याउने क्रममा कम्पनी डुबाएको पीडित ग्राहकहरू बताउँछन्। प्रति सदस्य रु.११ हजार सङ्कलन गर्ने रुपकुमार राईहरूको लाइफ भिजनले अन्तिम समयतिर तल्लो तहका ग्राहकले बोनस पाएको चेक समेत नयाँ सदस्यहरूलाई देखाउनुपर्छ भनेर साट्न नदिएको तनहँुका पूर्ण राना बताउँछन्। बाल्यकालका दुई साथीलाई सदस्य बनाएका लाइफ भिजनका अर्का पीडित धनबहादुर पाटा भन्छन्, “नेटवर्क सदस्य बन्दा पैसा त डुब्यो नै पुरानो मित्रता समेत गुमाइयो।” लाइफ भिजनका लागि एक सय ग्राहक बनाएको बताउने काभ्रेका मिङ्मा घिसिङ भन्छन्, “मैले त्यति बेला आमाको ढुङ्ग्री बेचेर गरेको काम अहिले युनिटीको नाममा भइरहेको छ।” नेटवर्किङका विवादास्पद खेलाडीहरूलाई समेट्दै अगाडि बढेको युनिटी लाइफले कानुन मिचेर कसरी काम गरिरहेको छ भन्ने कुरा केही महिनाअघि उक्त कम्पनीको एक कार्यक्रम सम्झ्े पुग्छ। २ भदौमा आयोजित कम्पनीको तेस्रो वार्षिक उत्सवमा शुभकामना दिनेमा परराष्ट्र मन्त्री सुजाता कोइराला, सञ्चार मन्त्री शङ्कर पोखरेल, वाणिज्य मन्त्री राजेन्द्र महतो, सचिव पुरुषोत्तम 'झ्ादेखि प्रमुख प्रतिपक्षी दल एनेकपा मा'वादीका अध्यक्ष पुष्पकमल दाहालसम्म थिए। यसका सञ्चालकहरूलाई सम्मानपत्र दिन राष्ट्रपति र प्रधानमन्त्री उपस्थित भएको समारोहलाई नेपाल टेलिभिजनले दुई घण्टा प्रत्यक्ष प्रसारण गरेको थियो। विधिभन्दा बलमिच्याइँबाट चलेको देखिने युनिटीप्रति सरकारी अधिकारीहरू कतिसम्म जाती देखिन्छन् भने १४ माघ २०६४ मा गृहमन्त्रालयका शाखाअधिकृत दीपकराज नेपालले देशभरका प्रमुख जिल्ला अधिकारीलाई यसको कारोबारमा सहयोग पुर्‍याउन लिखित निर्देशन नै दियो (हे. पत्र, पृ. २० मा)। कमाउधन्दामा लागेको युनिटीको उत्थानमा यसरी जोड लगाउने सरकारी काइदा बुझ्िनसक्नुभएको अधिवक्ता रामचन्द्र सिम्खडा बताउँछन्। तर, युनिटीका महाप्रबन्धक योगी राम्रो उद्देश्य राखेर गरेको काम भएकाले सहयोग पाएको बताउँछन्। निर्देशिका नै ठग्ने प्रपञ्च उपभोक्ता संरक्षण मञ्चका महासचिव ज्योति बानियाँ कानुन नै नबनी ल्याइएको निर्देशिकालाई उपभोक्ता ठग्ने प्रपञ्च मात्र मान्दछन्। संसारका सबै देशमा ऐन, कानुन बनेपछि मात्र नेटवर्क व्यवसाय सञ्चालन भएको बताउँदै उनी भन्छन्, “नियत राम्रो भए कम्तीमा मन्त्रिपरिषद्बाट निर्णय गराएर ल्याउँथे होलान्।” अधिवक्ता सिम्खडा यो निर्देशिकाको भरमा ठगीको मुद्दासम्म लगाउन सकिए पनि कुनै उपभोक्ताले अदालतबाट क्षतिपूर्ति पाउन नसक्ने ठोकुवा गर्छन्। २०६१ मै मस्यौदा तयार भएर पनि नेटवर्क मार्केटिङसम्बन्धी कानुन पारित नभएको अवस्थामा निर्देशिकामार्फत आफ्नो पेशालाई वैधता दिन व्यवसायीहरू सफल भएका छन्। कानुन नल्याई निर्देशिकाबाट नेटवर्क व्यवसायलाई खुला छाड्न नहुने अडान लिएकै कारण २०६४ मा वाणिज्य विभागको महानिर्देशक रहेका प्रेमकुमार राई तत्कालीन वाणिज्य मन्त्री श्यामसुन्दर गुप्ताको कोपभाजनमा परेका थिए। त्यसो त उपभोक्ता अधिकारकर्मीहरू नेटवर्क व्यवसायीले नै मस्यौदा गरेको निर्देशिकालाई वाणिज्य मन्त्री महतो अध्यक्ष रहेको समितिलेे पारित गरेको दाबी गर्छन्। राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष महर्जनका अनुसार अहिले ४० वटा जति कम्पनीले नेटवर्कको नाममा पैसा उठाइरहेका र वाणिज्य विभागमा आएका मध्ये १४ कम्पनीले मात्रै ८ लाख १ हजार ४७३ ग्राहक बनाएर रु.१० अर्बभन्दा बढीको कारोबार गरिरहेको देखिन्छ। एनडीएसएका संयोजक रुपकुमार क्षेत्री उपभोक्तामा पैसा तिरेबापत मैले के र कसरी पाउनुपर्छ भन्ने चेतना नभएकाले ठग मनोवृत्तिका मानिसहरूले नेटवर्किङलाई लुटेराहरूको व्यवसाय बनाएको बताउँछन्। उनी भन्छन्, “सरकारले तुरुन्तै कानुन ल्याएर कानुनी दायरामा नपर्ने कम्पनीमाथि प्रतिबन्ध नलगाए अनेकौं गोल्ड क्वेष्ट काण्ड दोहोरिने निश्चित छ।” हुन पनि कानुनको अभाव, उपभोक्तामा चेतनाको कमी र बेरोजगारीका कारण नेटवर्करहरूलाई ग्राहक बढाउन सजिलो भएको छ। यत्रो आकार लिइसकेको नेटवर्क कारोबारको नियमन र नियन्त्रण गर्नुपर्ने सरकारसँग भने कानुनतः के कति कम्पनी छन् भन्ने तथ्याङ्क समेत छैन। यो अवस्थामा ठगीको उजुरी गर्ने निकाय नहुनु अनौठो भएन। -------------------------------------------------------------------------------- २०० अर्ब डुब्थ्यो पुष्पराज पौडेल पुरुष हर्वो इन्टरनेशनल ठगी नै गर्ने नियतबाट २०५७ सालमा नेपाल आएको गोल्ड क्वेष्ट इन्टरनेशनलले मलगायत ३५ हजार नेपालीबाट उठाएको रकम फिर्ता र दोषीलाई कारबाहीका लागि गठित सङ्घर्ष समितिको म संयोजक थिएँ। गोल्ड क्वेष्टबारे २०५९ मा हिमाल खबरपत्रिका (१६-२८ माघ) मा खोजमूलक समाचार आएपछि सरकारले २० माघमा प्रतिबन्ध नलगाएको भए दुई अर्ब होइन दुई सय अर्ब रुपैयाँ विदेशिने रहेछ। कडा कानुनको अभाव र भ्रष्ट सरकारी अधिकारीहरूका कारण हामीले न पैसा फिर्ता पायौं, न गोल्ड क्वेष्टका मतियारहरूले सजाय पाए। सरकारले छानबिन आयोगसम्म पनि बनाएन। “तपार्इंहरूले सरकारलाई सोधेर गोल्ड क्वेष्टलाई पैसा दिएको हो र?” सम्म भनियो। सङ्घर्ष समितिको संयोजक भएर काम गर्दा मैले नेटवर्क व्यवसाय खराब होइन रहेछ बरु कमजोर कानुन र भ्रष्ट अधिकारीको आडमा धन्दा चलाउने ठगहरूका कारण बद्नाम भएको रहेछ भन्ने थाहा पाएँ। -------------------------------------------------------------------------------- कहालीलाग्दो विगत गोल्ड क्वेष्टः रु.३७ हजार ५०० तिर्ने ग्राहकको घरैमा सुनको सिक्का र अमेरिकी डलर बर्साउने लोभ देखाउँदै २०५७ चैतमा नेपाल भित्रिएको गोल्ड क्वेष्ट इन्टरनेशनलले दुई वर्षभित्रै ३५ हजार सदस्य बनाएर रु.२ अर्बभन्दा बढी रकम विदेश लग्यो। सरकार रकम फिर्ता ल्याउने वा उपभोक्तालाई क्षतिपूर्ति दिलाउने कुरामा कानुनको अभाव देखाएर पन्छियो। डियोसफ्टः रु.१३ हजार ५०० लिएर अनलाइन कम्प्युटर शिक्षा दिने भनिएको डियोसफ्ट रु.६६ करोड ठगेर भाग्यो। साँवा अक्षर नचिन्नेलाई समेत कम्प्युटरमा पढ्ने भन्दै पैसा उठाएको डियोसफ्टले रु.१३ करोड त राजस्व मात्रै छलेको थियो। क्विक अर्निङ प्रोग्रामः रु.३०० तिरेर सदस्य बनेकाले अरू तीन जना थप्नासाथ पैसा फिर्ता पाउने र एवम् रितले पाँचौं तहमा पुगेपछि एकमुष्ट रु.६८ हजार दिने प्रलोभन देखाएको क्विक अर्निङ नेटवर्क कम्पनी पनि रु.२ करोड सङ्कलन भएपछि भाग्यो। संरक्षण नेपालः रु.९ हजार तिरेर सदस्य बन्नेले अरू तीन जनालाई सञ्जालमा ल्याएपछि आफ्नो पैसा फिर्ता पाउने, त्यसपछि अरू सदस्य बढाउँदै, कमिसन पाउँदै जाने भनेर एक वर्षमै १५ हजार ग्राहक बनाएको संरक्षण नेपाल पनि रु.१० करोड उठेपछि गायब भयो। प्राइम ब्याङ्क इन्टरनेशनलः रु.१० हजारमा सदस्यता दिने प्राइम ब्याङ्क इन्टरन्याशनलले सुनको सिक्का, डलरमा कमिसन र लण्डनस्थित ब्याङ्कको शेयर दिने लोभ देखाएको थियो। तर, दुबईमा मुख्य कार्यालय रहेको यो नेटवर्क कम्पनी लण्डनस्थित प्राइम ब्याङ्कले मुद्दा दायर गरेपछि नेपालबाट करिब रु.५० करोड नगदसहित गायब भयो। वेब लाइनः रु.१० हजार ८०० मा सदस्यता लिएपछि अनलाइनमा क्लिक गर्दै आकर्षक कमिशन पाउने लोभ देखाएको वेब लाइन पनि रु.१० करोड सङ्कलन भएपछि भाग्यो। विराटनगरमा मुख्य कार्यालय भएको वेब लाइनले कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएकै भरमा यत्रो कारोबार गरेको थियो। प्राइम इन्टरनेशनलः रु.११ हजार तिरेपछि बीमा र राहत पाइन्छ भनेर सदस्य बनाउँदै हिँडेको प्राइम इन्टरनेशनलको मुख्य कार्यालय झ्ापामा थियो। हालको युनिटी लाइफको झ्ल्को दिने प्राइम इन्टरनेशनल करिब रु.१ अर्ब ठग्न सफल भयो। प्रतीक्षा नेटवर्कः रु.१० हजारमा सदस्य बनाउने प्रतीक्षा नेटवर्कले जीवन बीमा, भारतीय सूट र इलेक्ट्रोनिक सामानको लोभ देखाएको थियो। ४० हजार सदस्य बनाएपछि यो पनि अरू जस्तै भाग्यो।  

Add your comment

Your name:
Subject:
Comment:
Banner

Good News !!!

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Gallery

Music Archive : दुई थुँगा (सबीन राई)

सबीन राईको नयां एल्बम "रँगमञ्च" बाट

free counters

(Since April 2009)