Home विशेष लेख छिङ मिङ पर्व (Ching Ming Festival)

छिङ मिङ पर्व (Ching Ming Festival)

E-mail Print PDF
AddThis Social Bookmark Button
किन्दर राई
raikindar@gmail.com

परिचयः

जन्मसँग संगै मृत्यु बोकेर आएको मान्छे एक दिन मरेर जान्छ। मरेर गइ सकेपछि उस्को आत्माको अस्तित्व रहने हो वा नरहने हो, उसका भावी सन्ततीले गरेको प्रगती, भोगेको जिन्दगीको बारेमा जानकार हुने हो होइन र आफु प्रति गरेको श्रद्धा वा अपहेलना थाहा पाउने हो होइन तर मान्छेले आफ्ना मरेर गएका पुर्वजहरुलाई मान्दै आएका छन् , श्रद्धा गर्दै आएका छन् र पुजा गर्दै आएका छन्। यसरी आफ्ना मरेर गएका पुर्वजहरुलाई श्रद्धा गर्नका लागि स्थापित भएको चाइनिजहरुको एउटा प्रमुख चाड हो "छिङ मिङ पर्व"।
 
हङकङका हामि नेपाली समुदाय बिचमा "चिङ मिङ" भनेर प्रचलीत भएको यस पर्वको वास्तवीक नाम "छिङ मिङ" हो। चाइनिज(क्याण्टोनिज)मा यसको पुरा नाम छिङ मिङ चित् (清 明 節) हुन्छ भने अंग्रेजीमा Ching Ming Festival वा Qing Ming Festival हुन्छ। चाइनिजको दुइवटा शब्द "छिङ् (Ching/Qing) Æ र "मिङ्(Ming)" मिलेर यो पर्वको नाम रहेको छ। यहाँ छिङको अर्थ शुद्ध (Clear) वा सफा हुन्छ भने मिङ को अर्थ चम्किलो (Bright) हुन्छ। यर्सथ "छिङ मिङ चित्"को शाब्दीक अर्थ सफा र चम्कीलो पर्व हुन्छ। यो पर्व वर्षा ऋतुको आगमनमा अर्थात अप्रील महिनाको ४ वा ५ तारिकको दिन पर्दछ। वर्षा ऋतु लागेपछि घुलो मैलो हराउने आकास पनि स्वच्छ र सफा भई जताततै हरियाली छाउने भएकोलो नै यस पर्वको नाम छिङमिङ अर्थात सफ र चम्कीलो पर्व (Clear and Bright Festival) रहन गएको हो भन्ने भनाइ रहेको छ। तर यस पर्वको मुख्य मर्म चाही मरेर गएका पुर्वजहरु प्रति श्रद्धा देखाउनु भएकोले अंग्रेजीमा भने अन्य विभिन्न नामहरुले चिन्ने गरिएको छ। जस्तो Festival for Tending Graves, Grave Sweeping Day, Chinese Memorial Day, Tomb Sweeping Day आदी। चाइनिजहरुको मौलीक परम्परा अनुसार मरेका मृतकहरुलाई गाड्ने चलन छ। गाडे पछि बनेको चिहानलाई राम्ररी सरसफाई गर्नु पनि यस पर्वको मुख्य एउटा पक्ष भएकोले यसलाई अंग्रजीको माथिको नामहरु दिइएको हो। त्यसैलै चिनमा प्रकाशन हुने अंग्रेजी पत्रिकाहरुमा सबै भन्दा प्रचिलीत अंग्रेजी नाम चाही Tomb Sweeping Day अर्थात चिहान सफा गर्ने पर्व हो। यस दिन चीन, ताइवान, हङकङ र मकाओमा र्सार्वजनीक बिदा दिइन्छ भने सिंगपुर मलेसिया क्यानाडा लगायत चाइनिज सामुदाय भएको ठाउँमा पनि यसलाई धुमधामसँग मान्ने गरिन्छ। धार्मीक रुपमा भन्ने हो भने बुद्धिष्ट, ताओइष्ट, र अन्य चाइनिज लोक धर्मालम्बीहरुले यो चाड मनाउने गर्दछन्। 

शुरुवात र मनाउने तरीकाः मरेर गएका पुर्वजहरुको आत्माले पनि जिउदो हुदाको अवस्थाका आवस्यक चिजहरु चाहन्छन भन्ने आम धारणा चाइनिजहरु पनि रहेको थियो। आजको आधुनिक युगसम्म आइ पुग्दा पनि यस्ता धारणाको अवसेष रहीरहेकै छन। यस अनुसार उनिहरुले आफ्ना मरेर गएका पुर्वजहरुलाई उनिहरुको आत्माले चाहने भनिएको चिजहरु उनिहरुको चिहानमा राखी दिने चलन परापुर्वकाल देखी चल्दै आएको थियो। भनिन्छ आफ्नो क्षमताले भ्याए सम्मका सरसामनहरु चिहानमा राखी दिनेकाम प्रत्येक दुइ दुइ हप्तामा वर्षौभरि हुने गर्दथ्यो। यो क्रम ताङ वंशिय राज्यकालको राजा शुवाङ चोङ (Xuang Zong) को पाला सम्म रहेको थियो। अनावस्यक धेरै खर्चबाट बच्नको लागि राजा शुवाङ चोङले सन ७३२ मा एक वर्षमा एक पटक मात्र यस्ता सामानहरु राखी दिने र चिहानको सरसफाई गर्ने नियम बनाई दिए पछि यसलाई वर्षो एकपटक अप्रील ५ मा मनाउन थालिएको हो।

यस चाडमा चिहानमा गएर गर्नु पर्ने धार्मीक विधीहरुमा चिहानको सर सफाई, खानेकुरा चढाएर पुजा गर्ने काम नै हो। चिहानका वरीपरी उम्रेका अनावस्यक झारहरु उखेल्ने, मरेका र ओलाएका फुलहरु उखेलेर त्यसको ठाउँमा नयाँ फुलहरु रोप्ने चिहानको ढुंगा वा सिमेण्टको ढलान भए यसलाई सफा गर्ने गरिन्छ। यसपछि धुप वाल्ने कामका साथै मरेकामान्छेको आत्माहरुलाई भनेर खानेकुरा र कागजको नक्कली नोट चढाउने काम हुन्छ। उनिहरुको बिस्वास छ कि स्वर्गमा पनि बैंक हुन्छ र यो पैसा उनिहरुले प्रयोग सक्छन। खानेकुरामा चाही, सिंगै उसिनेको कुखुरा जस्को टाउको पछाडी फर्काइएको हुन्छ , कडा हुने गरि उसिनेको अण्डा बोक्रासँगै लाम्चो गरि दुइ फ्याक गरि काटिएको, सानो सानो गरि काटेर रापमा पकाएको सुंगुरको फलमासु (छास्यु), रोष्ट गरिएको सुंगुरको छाला सहितको मासु लगायत तिमसम प्याष्ट्री र चाइनिज रक्सी मुख्य रुपमा रहेका हुन्छन्। यस वाहेक तिनजोर चपेष्टिक र तिनवटा चाइनिज रक्सी पिउने कप रहन्छन्। यी सबै चिजहरु चिहानको मुख्य ढुंगा वा ढलानमाथी राखे पछि पुजाको कार्य आरम्भ हुन्छ। सर्वप्रथम घरको मुलीले चिहानको अगाडी हातमा रक्सीको कप लिएर तिन पटक झुकेर ढोग्दै रक्सी चढाउँदै गर्दछन (भुइमा पोख्छ)। यस क्रमलाइ तिन पटक सम्म पुरा गरेपछि परिवारका अन्य सबै सदस्यहरुले यो कृया दोहोर्याउछन। यस पछि त्यहाँ लगेर चढाइएका खानेकुराहरु सबै परिवारजनहरु मिलेर खान्छन्। यस्तो ठानिन्छ कि उनिहरु सबैले मरेर गएका आफन्तहरुसँगै पिकनिक खाइरहेका छन्। यसरी चिहानमा गएर चढाएको खानेकुरा खानाले पनि सुख, स्वास्थ्य र संबृद्धी ल्याउछ भन्ने आम धारणा रहेकोछ।

नक्षत्र बिज्ञान र छिङमिङ पर्वः पृथ्वी र र्सुयको गतिसँग पनि यो चाड सम्बन्धीत छ। खासगरि चाइनिज वर्षलाई जम्मा २४ खण्डमा विभाजन गरिएकोमा यो चिङ्ग मिङ्ग पर्व चाहि पाचौं खण्डको पहिलो दिनमा पर्दछ। पृथ्वीको सापेक्षमा सुर्यको अवस्थिती १५ डिग्री अक्षांसमा परेको दिन नै यस छिङमिङ को दिन अप्रील ५ तारिक हो। अर्को तरिकाले भन्ने हो भने यो स्प्रीङ सिजनको दिन र रात बराबरी भएको दिनबाट पन्ध्रौ दिन नै यो छिङमिङको दिन हो। स्प्रिङमा मार्चको २० तारिकका दिन सुर्यले भुमध्य रेखा पार गर्ने हुदा त्यसदिन दिन र रात बराबरी हुन्छ। यसवाट १५ दिन भनेको प्राय अप्रील ५ मा पर्दछ। फेब्रुअरी महिना २९ दिनको भएको वर्ष(लिप यीयर)मा भने यो छिङमिङ पर्व अप्रील ४ मा नै पर्दछ। जस्तो २००८ साल पनि फेब्रुअरी महिना २९ दिन भएको साल (लिप यीयर) परेको हुनाले छिङमिङ पर्व पनि अप्रील ४ मा नै परेकोछ थियो भने यसपटक २०१० सालमा अप्रिल ५ नै परेको छ।