Home विशेष लेख हङकङमा थोरै जनसंख्या धेरै संघ संस्था

हङकङमा थोरै जनसंख्या धेरै संघ संस्था

E-mail Print PDF
AddThis Social Bookmark Button
नेत्र पहराईमगर 

हङकङमा नेपालीहरुको आगमन उनीहरु बि्रटिश सेनामा कार्यरत रहंदा देखि नै सुरु भएको थियो। तर प्रायः नेपालीहरुको आगमन भने बेलायतले आफुले उपनिवेशको रुपमा शासन गरेको हङकङ चीनलाई हस्तान्तरण गर्नु भन्दा एक दुईबर्ष अघि देखी भएको पाईन्छ। बि्रटिश सरकारले हङकङ चीनलाई सन् १९९७ जुलाईमा हस्तान्तरण गरेको हो। बि्रटिश सेनामा कार्यरत रहंदा जन्मिएका नेपालीहरुले आफनो जन्मसिद्ध अधिकारको हैसियतले हङकङ आउन पाएका हुन। तर सन् १९९८ देखि हङकङ सरकारले यहा प्रवेश गर्न पाउने रोजगारी भिसा, घरेलु कामदारको भिसा, अध्ययन भिसा लगायतका प्रवेशाज्ञा अर्को निर्णय नहुँदासम्मका लागि बन्द गरिदिएको हुनाले नेपालीको हङकङ प्रवेश अहिले पातलो रहेको छ। 

तथ्याडक विभाग र अध्यायगमन विभाग हङकङले गतसाल निकालेको २००९ फेब्रअरीसम्मको नेपालीहरुको जनसंख्या हङकङमा १७५५५ भएको र नेपालीहरुको बसोबास देखिन्छ। उक्त तथ्याडक अनुसार स्थायी नागरिकता (Permanent ID) हुनेको संख्या १२४१९ र अस्थायी नागरिकता (Dependent ID) धारकको संख्या ५१३६ छ। त्यस्तै घरेलु कामदारका रुपमा हङकङ आउनेको संख्या ७९३ जना, अध्ययनका लागि १२ जना र रोजगारका लागि ४ जना नेपाली तत्कालीन समयमा हङकङ छिरेको देखिन्छ। यो संख्या विगत बर्षहरुको तुलनामा थोरै हो। 

नेपालीहरुले हङकङ छाडेर अन्यत्र देशमा जाने क्रम बढेकाले नेपालीहरुको संख्या घटिरहेको देखिन्छ। विशेषगरि बेलायत सरकारले बिएनओ धरकलाई त्यहां बस्ने प्रवेशाज्ञा दिने घोषणा गरे पछि बेलायत जानेहरुको संख्या उल्लेख्य छ। यधपि हङकङमा स्थापित नेपाली संघ संस्थाका प्रतिनिधिहरुका अनुसार हङकङमा नेपालीहरुको जनसंख्या हङकङ सरकारले सार्वजनिक गरेको तथ्याडक भन्दा अत्यन्त ठूलो रहेको दावी गर्दै आएका छन्।

प्रायः संस्थाहरु हङकङको आधारभूत कानुनको सामाजिक ऐन अन्तर्गत दर्ता भएका छन् भने केही संस्थाहरु सामाजिक ऐन अन्तर्गत दर्ता नभइ पनि आपसी सदभाव र विश्वासको भरमा सामाजिक कार्यमा संलग्न छन्। तर कुन जातिको जनसंख्या कति हो भन्ने आधिकारिक तथ्यांक कतै उपलब्ध छैन। यो लेखमा हङकङमा स्थापित विभिन्न संस्थाहरुको नामावली र मुख्य जातिहरुको जनसंख्याको अनुमानित विवरण प्रस्तुत गरिएको छ। यो विवरण सम्बन्धित संस्थाका अध्यक्ष र तिनका प्रतिनिधिहरु संग गरिएको कुराकानीका आधारमा तयार पारिएको हो। 

हङकङमा स्थापित प्राय संस्थाहरुको उद्देशय मिल्दाजुल्दा प्रकृतिका छन्। केही संस्थाहरुले सिंगै नेपाली समाजको हितका निम्ति र केही संस्थाहरु निश्चित दायरा, राजनीति, जातीय, धार्मिक र क्षेत्रियताका आधारमा स्थापना गरिएका छन्। केही संस्थाहरुले नेपाली समाजलाई हङकङको स्थानीय समाजसंग घुलमिल गराउने प्रयत्न स्वरुप केही कार्यक्रमहरु पनि आयोजना गर्दै आएका छन्।

तल उल्लेखित संस्थाहरु केही इकाई समिति, भातृ संस्था र केही स्वतन्त्र रुपमा कार्य गर्दै आएको पाइन्छ।

हङकङमा रहेका जातीय संस्थाहरुः
 
१ आदिवासी जनजाति महासंघ हङकङ
२ मगर संघ हङकङ
३ तमु ट्यो-हूयोल र तमु प्ये ल्हू हङकङ
४ किरात राइ यंायोंख्खा हङकङ
५ किरात याक्थुडम चुम्लुडग हङकङ
६ तामाङ धेदुडग हङकङ
७ खस-क्षेत्री समाज
८ अल्पसंख्यक समाज हङकङ
९ नेवार समाज हङकङ
१० ठकुरी समाज हङकङ
११ थकाली समाज हङकङ
१२ शेार्पा समाज हङकङ
१३ दुरा समाज हङकङ
१४ मगर महिला संघ हङकङ
१५ पुन मगर समाज हङकङ
१६ लाङघाली कल्याण समाज हङकङ
१७ मगर रोस गुमष्ठा हङकङ
१८ किरात चामलिङ्ग खाम तिन
१९ कंचनजङघा तमु समाज हङकङ
२० मादेन समाज हङकङ
२१ लुडमाडफा समाज हङकङ
२२ लावती समाज हङकङ
२३ साम्पाड समाज हङकङ
२४ पुमा राई समाज हङकङ
२५ लोहोरुड समाज हङकङ
२६ वनेम समाज हङकङ
२७ इंङ्गनाम समाज हङकङ

 
अन्य संस्थाहरुः 
 
१ हङकङ नेपाली महासंघ
२ हङकङ एकिकृत नपाली समाज -हिन्स
३ एनआरएन हङकङ
४ च्याम्बर अफ कमस्र
५ भू पू सैनिूक संघ हङकङ
६ हङकङ गोर्खा फोरम
७ हङकङ गोर्खा संघ
८ नेपाली जनसम्पर्क समिति हङकङ
९ फियोना हङकङ
१० नेपाली जनअधिकार सरोकार समाज हङकङ
११ अखिल हङकङ नेपाली एकता समाज
१२ लोकतान्त्रिक गणतन्त्र मांच
१३ मगर राष्ट्रिय मुक्ति मोर्चा हङकङ
१४ लिम्बुवान राष्टिय मोर्चा हङकङ
१५ किंरात राष्ट्रिय मुक्ति मोर्चा हङकङ
१६ तमुवान राष्ट्रिय परिषद
१७ राष्ट्रिय जनमुक्ति पार्टी हङकङ
१८ गोर्खा चिल्र्डेन संघ
१९ लालीगुरांस संघ
२० नेपालीज युथ क्लव हङकङ
२१ सिभिक फोरम
२२ गोर्खा सन् एण्ड डटर संघ हङकङ

 
मजदुर युनियनहरुः 
 
१ मजदुर युनियन हङकङ
२ घरेलु कामदार युनियन हङकङ
३ गोर्खा सेक्युरिटी गार्ड संघ हङकङ
४ नेपाली निर्माण कामदार युनियन हङकङ

 
नेपालीज फउण्डेसन अन्तर्गत रहेका संस्थाहरुः 
 
१ नेपालीज फाउण्डेसन
२ हङकङ नेपाली शिक्षक संघ
३ हङकङ नेपाली विधार्थी संघ
४ हङकङ नेपाली महिला संघ
५ हङकङ नेपाली अभिभावक संघ
६ हङकङ नेपाली खॆलकुद संघ
७ हङकङ माइनोरिटी कम्युनीटिज संघ
८ नेपाल चीन मैत्री संघ
९ गोर्खा सिमॆन्ट्रीज ट्रष्ट
१० हङकङ नेपाली कलामन्दिर
११ हङकङ नेपाली साहित्य परिषद
१२ हङकङ नेपाली भाषा तथा परीषा वोर्ड
१३ हङकङ नेपाली पाठयक्रम विकास परिषद
१४ हङकङ नेपाली भाषा तथा परीषद वोर्ड

 
धार्मिक आस्थाले खोलिएका संस्थाहरुः
 
१ बौद्ध समाज हङकङ
२ नमों बौद्ध आमा समूह हङकङ
३ मगर बौद्ध समाज हङकङ
४ नेपाली कि्रस्चियन संघ हङकङ
५ हेभेन्ली पाथ हङकङ
६ किरात राष्ट्रिय उत्थान प्रतिस्थान हङकङ

 
मनोरंजनः
 
१ टयालेण्ट हण्ट हङकङ
२ मिस पर्ल हङकङ
३ बडि बिल्डिङ संघ हङकङ


साहित्यीक संस्थाहरुः
 
१ अन्तराष्ट्रिय नेपाली साहित्य समाज
२ नेपाली साहित्य प्रतिस्थान हङकङ
३ जनजाति साहित्य समुह हङकङ
४ सृजनसिल साहित्य समाज हङकङ

 
जिल्ला र क्षेत्रिय संस्थाहरुः
 
१ लुम्बिनी माच हङकङ
२ गुल्मी समाज हङकङ
३ बाग्लुडग समाज हङकङ
४ पर्वत मंच हङकङ
५ लमजुडग सेवा समिित
६ स्याडजा जन सेवा समिित
७ गोर्खा संघ
८ तनहुँ समाज हङकङ
९ चितवन समाज हङकङ
१० पाल्पा श्रीनगर समाज हङकङ
११ सडखुवासभा मंच हङकङ
१२ धरान हङकङ मंच
१३ ताप्लेजुडग समाज हङकङ
१४ तेह्रथुम मंच हङकङ
१५ खोटाडग समाज हङकङ
१६ मोरड संघ हङकङ
१७ पांचथर समाज हङकङ
१८ मोना हङकङ
१९ बहु-कलाकर-सांस्कृतिक संगठन हङकङ
२० भोजपुर सेवा समिति हङकङ
२१ हङकङ सोलोखुम्बु सेवा समिति
२२ इलाम समाज हङकङ
२३ मितेरी सेवा समिति हङकङ
२४ आर्थर डाडाखर्क हङकङ
२५ सिद्धार्थ परिवार हङकङ
२६ ढोरेली समाज हङकङ
२७ घान्द्रुक समाज हङकङ
२८ दुर्लु्रडग समाज हङकङ
२९ चौबिसे समाज हङकङ
३० डाँडागाउँले समाज
३१ गुल्मी कुर्घा समाज हङकङ
३२ गुल्मी भार्सेली समाज हङकङ
३३ पैंयु खोला समाज
३४ माछापुच्छ्रे घाचुक समाज
३५ वेग खोला समाज हङकङ
३६ मर्दीखोला समाज हङकङ


हङकङमा नेपाली जातिको अनुमानित संख्या

मगरः ६ देखि ७ हजार
गुरुङः ६ देखि ७ हजार
राईः ३ देखि ४ हजार
लिम्बुः ३ देखि ४ हजार
तामाङः २ देखि ३ हजार
बाहुन क्षेत्रीः २ देखि ३ हजार
नेवारः ३ देखि ५ सय
ठकुरीः २ देखि ३ सय
थकालीः ८० देखि १००
शेर्पाः ७५ देखि ९०
दुराः ६५ देखि ८० 

स्रोतः माथी उल्लेखित संस्थाका प्रमुखहरुसंग संकलन गरिएको तथ्यांकमा आधारित

तर विविध समस्याहरु जस्तैः स्थानीय बासिन्दाहरुसंग घुलमिलको वातावरण नहुनु शिक्षा भाषा र नयां प्रविधिसंग नेपाली समाजले प्रतिस्पर्धा गर्न नसक्नु लगायतका समस्याहरुले वर्तमान पुस्तालाई स्थानीय समाजसंग घुलमिल हुन निक्कै समस्या परेको देखिन्छ। तर यसका निम्ति हुर्कदै गएका नयां पुस्ताले हङकङको स्थानीय समाजसंग घुलमिल हुन सक्ने प्रयाप्त सम्भावनाहरु छन। त्यसका लागि यी संघसंस्थाहरुले प्रभावकारी भूमिका खेल्न सक्छन् र खेल्नु पर्दछ।

स्थानीय समाजसंग हङकङमा रहेका नेपाली नयां पुस्ता घुममिल हुनसक्ने सम्भावना संगै विभिन्न खाले गलत संस्कारको पनि देखासिकी गर्ने प्रवृत्ति पनि छ। किनकी नयां पुस्तालाई वर्तमान नेपाली समाजले सहि ढङ्गले गाइड गर्न सकिरहेकोछैन। तर यस्ता एकाध कमजोर पक्षलाई छादिदिने हो र एकापसमा खुट्टा तान्ने प्रवृत्तिलाई त्यागेर सदभाव र सहकार्य गरेर अगाडि बढ्ने हो भने हंगकगमा नेपालीहरुको उज्जवल भविष्यलाई कसैले रोक्न सक्नेछैन।