गोविन्द सिाजाली मगर
"ओई गोविन घर कहिले जाने यार दशें त आइसक्यो नि !"
साथी दिपेशको सोधाईले म झस्किएँ।
मैले भनें "अँ जानुपर्ला नि दशैंको २-४ दिन अगाडि"
"किन पोखरा कुर्न विचार छ कि क्या हो?" उनकेा प्रश्न थियो।
"होइन यार विदा नै फूलपातिदेखि हुन्छ अनि के गर्ने त"
साँच्ची दशैंको बेलामा पनि समयमै विदा नपाउने कस्तो जागिर खाएछु मैले मनमनै सोचें। यो सन्चारकर्मी सुरक्षाकर्मी डाक्टरको जागिर पनि कस्तो हो कस्तो आफ्नो भन्दा पनि अरुको लागि बढी सोच्नुपर्ने। खै केही छैन मेरो नसिवमै यस्तो लेख्या होला भन्नुपर्यो।
दशैं मान्ने बित्तिकै मलाई बाबुआमाको याद आयो अनि साथीसँगीको साथै त्यो भैरवनाथको परिवेशको सबैभन्दा बढी मलाई के को याद आयो भनु? मलाई त सबभन्दा बढी चन्द्रे र गोरेको याद आयो। को हन् यी चन्द्रे र गोरे तपाईलाई पनि जान्न मन लाग्यो होला हैन र ?
चन्द्रे मेरै गाउँका दाई हुन्। योग्यताले उनले एसएलसी सम्मको अध्ययन गरेका छन्। हाल उनी सिँगापुरे पुलिसमा छन्। उनले गाउँ छाडेको त्यस्तै एक दशक भन्दा बढी भए होलान् तर उनको याद घुमिल मेरा स्मृतिपानामा बाँकी छ। जब दशैं आउँछ उनको याद मलाई एक न एक पटक आउँछ। याद अझ कुन बेला आउँछ भने दशैंको टीका ग्रहण गर्ने बेलामा आउँछ।
अर्को गोरे को हुन् तपाईलाई थाहा छ ? गोरे राजनीतिज्ञ हुन्। जो मगर समुदायबाट एक आशा लाग्दा राजनीतिज्ञको रुपमा मगर समुदायले अपेक्षा गरेका थिए। उनी थिए यो दशैं तिहार मगरको चाड होइन कुनै बेला यसलाई हामीले वहिष्कार गर्नुपर्छ। यो त मगरहरुलाई हिन्दूकरण गर्न खोजिएको उदाहरणको नमूना हो। यो तथ्यको अनुयायी थुप्रै मगरहरु भए। पूर्वदेखि पश्चिमसम्मका केही मगरहरुले यसलाई साँच्चैं ठाने र दशैं तिहारमा टीका बहिष्कार अभियानमा हो मा हो हो लगाए। बस यही अभियानका अभियन्ता गोरेका एक अनुयायी भए मेरा गाउँका चन्द्रे। मलाई थाहा छैन चन्द्रे त्यो बेला हावासँगै समर्थनको टाउको हल्लायो या सत्यताको पछि दौडियो। तर आज मलाई लाग्छ यी दुवै आज पनि मेरा मगजमा दशैंको बेला हट केक हुन छाडेका छैनन्।
चन्द्रेले धेरै वर्षसम्म दशैंको टीका लगाएका थिएनन्। मानौं कि उसँग दशैं बारे राम्रोसँग थाहा छ साथै जातीय चेतनाको माया दह्रो थियो। तर त्यसपछि चन्द्रले दशैंका टीका लगायो वा छैन मलाई जानकारी छैन तर यसका अभियन्ता गोरेले भने टीका ग्रहण गरे राजाको बाहुलीबाट। त्यसपछि यो कार्यको व्यापक विरोध भयो। स्वयं गोरेलाई पार्टीबाट समेत धोकेवाज र राजावादीका विल्ला भिराइयो। त्यसपछि उनको राजनीतिक यात्रा ओरालो लाग्यो। अहिले उनले टीका लगाउछन् या लगाउँदैनन् मलाई थाहा छैन तर चन्द्रेले गाउँलाई गोरेले मगर समुदायलाई एउटा प्रश्न नै छाडेर गएका छन् त्यो प्रश्न हो मगर समुदायप्रति दर्शै पर्व वहिष्कार या आत्मसाथ यो अनुत्तरित प्रश्न मजस्तो सूक्ष्म मगज भएका देखि द्विग्गज सोंच भएकाहरुले पनि खोजिरहेका छन्। तनहूँ स्याङ्जा लगायतका थुप्रै जिल्लाहरुमा अहिले पनि दशैंमा टीका लगाइदैन ईष्टमिात्रलाई निम्तो गरिदैन या त भनों उमंगका कुनैं रंग हुँदैन। यसलाई गोरेले कसरी लिएका छन् तिनीहरुले यो कार्य गरेर गल्ती गरे वा सही यसको यथार्थता बारे मगर बुद्धिजीवीबाट मगर समुदायले उत्तर खोजिरहेका छन्।
ठीक छ यस्तो गरौं दशैंको टीका लगाउने वा नलगाउने आ-आफ्नो निर्णय अधिकारको कुरा होला यदि लगाउने नै हो भने पनि मेरो एउटा सुझाव छ। अब दशैंको आर्शीवाद अलि फेरौं पहिला आर्शीवाद दिँदा के भन्थे तपाईलाई मलाई पनि थाहा छ "बाबु लाहुरे भएस् ल्याप्टेन क्यम्पटेन भएस् इज्जत राखेस्।" सानोमा सुन्दै निकै राम्रो लाग्थ्यो हो आशिष। तर समय बदलियो युग बदलियो हाम्रो मगर पछि परे भनेर भन्छौं। पछि पर्नुमा एउटा कारण या आशिष भित्र पनि लुकेको छ। जस्तो की बाबुआमाले लाहुरे हुने सुवेदार कप्तान हुने आशिष दिन्छन्। अनि छोराको ध्यान जसरी पनि लाहुरे हुने हुन्छ। त्यसपछि उसको अन्य सम्भावनाको ढोका बिस्तारै बन्द हुँदै जान्छ। किनकि उसले अध्ययनलाई भन्दा भर्ति हुनुपर्ने कर्तव्यलाई ठूलो ठान्छ। यदि भर्ति भएन भने ऊ निराश बन्छ हतोत्साही हुन्छ पढ्न छोड्छ अनि कुलत कुवाटो समाउँछ। तसर्थ अब लाहुरे भएस् भन्ने आर्शीवाद मात्र नदिऊ न डाक्टर भएस् वकिल भएस् नेता भएस् ईाजनियर भएस् सरकारी जागिरे भएस् शिक्षक भएस् भन्ने आर्शीवाद दिए हाम्रो मगरहरुका पनि विभिन्न ठाउँमा पहुँच पुग्थ्यो कि जसले गर्दा समानतामूलक समाज निर्माणमा सहयोग पुर् याउँछ। तसर्थ अब लाहुरे होस् भन्ने आशिषसँग यी सबै आशिष दिनु तब हामी मगर पनि पछाडि छैनौं है भन्न सक्छौं।
तसर्थ मगर बाबु आमाहरु साथीहरु यदि यो दशैंमा तपाईं टीका ग्रहण गर्नुहुन्छ भने छोरालाई आशिष अलि बढी दिनुस् हामी मगर अब मात्र लाहुरे हुने होइन हामी वकिल सभासद् पाइलट सन्चारकर्मी ईन्जिनियर समाजसेवी शिक्षक किन नबन्ने अनि मगर दाजुभाईहरु पनि यही आशिष माग्नुस् मगरले अब पिछडिएका विगत नहेरे आगतक झनै पछि पर्नेछ। समाजको भविष्य युवाको काँधमा छ युवाहरुको भविष्य बुबाआमा को हातमा छ।