Home विशेष लेख लोकसंगीतको दुनियाँमा सुरिलो स्वरकी स्मृति चर्चा बटुल्दै

लोकसंगीतको दुनियाँमा सुरिलो स्वरकी स्मृति चर्चा बटुल्दै

E-mail Print PDF
AddThis Social Bookmark Button
लोकसंगीतको दुनियाँमा सुरिलो स्वरकी स्मृति चर्चा बटुल्दै छिन्। उनी 'यसै मेरो सरुमैरानी जलेको मन छ अझै रुखो सरुमैरानी नबोल चर्कन्छ' भन्ने बोलको गीत गाएर एकताका सबैको वाहवाही पाएकी थिइन्। सुरिलो स्वरकी धनी उनको स्वरको सबैले मुक्तकण्ठले प्रशंसा गरेका थिए।

बागलुङको छिस्ती-७ मा बुबा कुलबहादुर पुनमगर र आमा मनकला पुनमगरको कोखमा जन्मे हुर्केकी स्मृतिको प्रारम्भिक अध्ययन जनकल्याण उच्च मावि छिस्तीबाट प्रवेशिका उत्तीर्णसँगै पूरा भएको हो। त्यसपछि उनी पोखरा झरिन् उच्च शिक्षा अध्ययनका लागि। पृथ्वीनारायण क्याम्पसमा भर्खरै मात्र बि.एस्सी. भौतिकशास्त्र तेश्रो वर्षको परीक्षा दिएर बसेकी उनी एम.एस्सी तथ्यांकशास्त्र अध्ययनका लागि काठमाडौं जाने सोंचमा छिन्। सानैदेखि पढाइमा अब्बल दर्जाको विद्यार्थीमा पर्ने उनको अध्ययनमा निकै लगाव छ। अध्ययनमा मात्रै नभएर उनी विद्यालयमा अध्ययनरत छँदा अन्य अतिरिक्त कि्रयाकलापहरुमा पुरस्कृत भएका थुप्रै रमाइला अनि खुशीका क्षणहरु उनीसँग अझै ताजै छन्। त्यसरी पुरस्कृत हुँदा उनलाई साथी र शिक्षकहरुले प्रशंसा गरेको कुरालाई पनि उनी भुल्न सक्तिनन्। त्यसमा पनि उनलाई सबैभन्दा छोएको संगीतले हो। सांगीतिक कार्यक्रमहरु त उनका लागि अति नै पि्रय हुन्थे। हरेक सांगीतिक प्रतियोगीताहरुमा पनि उनको सहभागीता हुन्थ्यो। स्वर निकै राम्रो भएकाले सबैको प्रशंसा पाउनेमा उनी नै पहिलो नम्बरमा पर्थिन्। सबैले राम्रो भन्दा उनलाई कम्ती रमाइलो लाग्थेन। उनलाई लोकगीत औधी मन पर्छ। लोकगीत मात्र नभएर उनी लोकपप र आधुनिक गीत पनि गाउन सक्छिन्।
 
उच्च शिक्षाका लागि पोखरा आएपछि उनी अध्ययनमा मात्रै सीमित रहिनन्। सँगसँगै संगीत प्रशिक्षण केन्द्र पोखरामा संगीतको प्रशिक्षण पनि लिन सुरु गरिन्। त्यही क्रममा पोखराको स्थानीय रेडियो अन्नपूर्ण एफएम र अलिमियाँ लोकवाङ्मय प्रतिष्ठानले आयोजना गरेको प्रथम अलिमियाँ लोकतारा भएपछि त झन् उनको चर्चाको सीमा नै रहेन। उनलाई चारैतर्फबाट बधाईहरु आउन थाले अनि झन् लोकसंगीतको सेवामा समर्पित हुन प्रेरणा मिल्यो भन्छिन् उनी। त्यसपछि उनले एल्बम निकाल्ने अवसर पाइन्। कहाँ छौ र निरमाया नामक लोकदोहोरी एल्बम निकालेपछि उनी अहिले निकै व्यस्त छिन्। अहिले एल्बमको सबै काम भ्याएर बजार व्यवस्थापन र प्रचार प्रसारमा लागेकी छिन्। उनको पहिलो एल्बम भएपनि नराम्रो भन्ने सायदै कोही होलान्।

स्व। लोककवि अलिमियाँ र चर्चित संकलक शिव सुवेदीको अत्यन्तै मार्मिक शब्द र लय वरिष्ठ लोकगायिका हरिदेवी कोइरालाको मीठासपूर्ण लय चर्चित गायक राजु परियार र रामजी पौडेलको कर्णपि्रय स्वर र स्मृतिको सुरिलो स्वरको संयोजनले एल्बमलाई साँच्चै सफलताउन्मुख बनाएको छ। स्मृतिको एल्बममा कहाँ छौ र निरमाया बोलको दोहोरी गीत सरुमैरानी एकल गीत सलल डुंगा र छन त सबै राम्रा छन् बोलको गीत समावेश छन्। एल्बम निकाल्दाको अनुभव के हो भन्ने प्रश्नमा उनको जवाफ यस्तो छ "गाह्रो भन्ने त सबै कुरामा हुन्छ नि त्यही हो भनेको समयमा केही काम नहुने। पहिलोचोटि पर्दा गाह्रै छ।" पहिलो एल्बमबाट उनले निकै आशा गरेकी छिन्। उनी भन्छिन् "मेरो ठूलो सपना र भविष्य जोडिएको छ यो एल्बमसँग।" दर्शक र श्रोताले गीत मन पराइदिनेमा उनी आशावादी छिन् किनभने यसका लागि उनको ठूलो परिश्रम खर्च भएको छ। गायन प्रस्तुतीको शिलशिलामा स्मृति काठमाडौं बागलुङ गलकोट स्याङ्जा पोखरा कुश्मा लगायतका ठाउँहरुमा पुगिसकेकी छिन्। अन्य ठाउँहरुमा पनि उनलाई थुप्रै प्रस्तावहरु आएका छन्। गम्भीर स्वभावकी उनी आफूलाई यहाँ सम्म ल्याइपुर् याउनमा घर परिवार र दाजु जय पुनमगरको ठूलो हात छ भन्छिन्। एल्बमले बिस्तारै चर्चा बटुल्दै जान थालेकोमा उनी हर्षित पनि छिन्। रेडियो कान्तिपुरको लोकगीतको कार्यक्रममा उत्कृष्ट पाँचमा पर्न सफल भएकोमा उनी निकै खुशी भएकी छिन्। 

संगीतको बारेमा उनी भन्छिन् "अरुले मनोराजनको माध्यमका रुपमा लिन्छन् तर मलाई जीवनमा अघि बढ्न प्रेरणाको श्रोत जस्तो लाग्छ। समयअनुसार संगीतको परिभाषा पनि फेरिएको छ।" जे होस् संगीतविनाको जीवन अधुरो हुन्छ भन्नेमा उनी पनि सहमत छिन्। सुख दुःखको संगमलाई नै जीवनको रुपमा मान्ने उनी नेपाली संगीतको भविष्य आशालाग्दो भएपनि चुनौतीपूर्ण पनि देख्छिन्। सानो बजार र नयाँ प्रविधिका कारण श्रष्टाहरुलाई अप्ठ्यारो भएको उनको ठम्याइ छ। नेपाली संगीत अन्य बाह्य संगीतका तुलनामा जान नसक्नुमा अभ्यास र प्रविधिको कमी जस्तो लाग्छ उनलाई। अध्ययनका साथसाथै संगीतलाई अझ बढी समय दिन्छु भन्ने छ स्मृतिको भावी योजना। पूराना लोकगीतहरुको बारेमा अनुसन्धान पनि गर्न मन लागेको छ उनलाई। जेहोस् स्मृति पुनमगर भनेर सांगीतिक आकाशमा चम्किलो तारा बन्नुमा उनको चाहना अनि लगाव छ। उनीसँग फरक प्रसंगमा पनि कुराकानी भयो। मगर भाषा र संस्कृतिको बारेमा के भन्नुहुन्छ उनको जवाफ छ "पहिलेदेखि नै बाबाआमाले नबोलेकाले आफ्नो मातृभाषा बोल्न सकिएन। बोल्न जानेको भए राम्रै हुन्थ्यो। मगर भाषा सिक्नुपर्छ भन्ने मनमा छ सिक्ने तरखर गर्दैछु।"

संगीतमा आउन चाहने नयाँ पुस्तालाई उनको सुझाव छ "संगीतमा लाग्नलाई मेहनत गर्नुपर्छ सिकेर आउँदा राम्रो। संख्या भन्दापनि गुणस्तरलाई ध्यान दिनुपर्ने बेला आएको संगीत क्षेत्रमा।" आउँदै गरेको तिहार पर्वको उपलक्ष्यमा सम्पूर्ण श्रोता एवम् दर्शकहरुलाई शुभकामना दिन पनि उनी पछि परिनन्। एल्बमलाई माया गरिदिन सबैलाई उनको आग्रह छ "तपाईहरुको माया विना म अधुरो हुन्छु माया गरिदिनुहोला।"

हाम्रो तर्फबाट पनि उदीयमान प्रतिभा मगर चेली स्मृति पुनमगरलाई एल्बमको सफलता अनि उत्तरोत्तर प्रगतिको सतत् शुभकामना।

शब्द र तस्वीरः रुद्र श्रीस मगर, हङकङ नेपाली डटकम