Home विशेष लेख सिलाइकटाई ब्यबसायबाट आत्म निर्भर बन्दै अपाङ्गहरु

सिलाइकटाई ब्यबसायबाट आत्म निर्भर बन्दै अपाङ्गहरु

E-mail Print PDF
AddThis Social Bookmark Button
देविका घर्तीमगर

दाङ २७ कार्तिक- अपाङ्गता भएका व्यक्तिहरु आफै व्यवसाय गरेर आम्दानी भएपछि खुसी हुँन थालेका छन्। सिलाईकटाई ब्यबसायबाट दाङ जिल्लाका अपाङ्गता भएका व्यक्तिहरु आत्मनिर्भर बनेका छन्। सिलाईकटाई व्यवसायबाट आत्मनिर्भर बन्दै गएपछि उनिहरु खुसी हुन थालेका छन्। 

सतबरीया - ७ खोलि गाउ निवासी कुजुराम चौधरीले सिलाईकटाई व्यवसायबाट जिबिकोपार्जन गरी घर परीवार चलाउनु सफल हुनुभएको छ। "सुरुमा सिलाईकटाइ व्यवसाय सुरु गर्दा के गर्न सकिएला भन्ने लाग्दथ्यो विस्तारै आत्मनिर्भर भन्दा राम्रो लागेका छ"  उहाले भन्नुभयो। आफूले २०५९ सालमा सिलाई कटाई ब्यबसाय सिकेको जानकारी दिदै उहाले २०६० सालमा आएर आफुले व्यावसायिक रुपमा सिलाईकटाई व्यवसाय अगालेको बताउनुभयो।
 
नेपाल अपाङ संघ झिगौराले २०५९ सालमा अपाङगता भएका ब्यक्तिहरुलाई जिल्लामा तालिम सन्चालन दिएपपछि उहाँले व्यवसाय सुरु गर्नुभएको हो। कुजुराम चौधरीले अपाङ्ग संघ झिगौराले सिलाईकटाई तालिम दिएर सहयोग स्वरुप बिना रिण धितो ५ हजार रपैया उपलब्ध गराएपछि व्यावसाय गर्न सजिलो भएको बताउनुभयो। उहासँग अहिले खुट्टे मेसिन २ वटा ईन्टर लक १ वटा सहित ३ बटा मेसिन रहेका छन्। उहाँले बालि घरेका रुपमा समेत काम गर्नु हुन्छ। उहाले बालि घरे बाट धान तोरी मसुरो ल्याउने गरेको जानकारी दिनु भयो। बालि घरे बाट उहाले बर्ष भरीमा लगभग ४० देखि ५० मुरी धान ४ मुरी मसुरो ४ मुरी तोरी आम्दानि हुने गरेको जानकारी दिनुभयो। श्रिमतीले पनि काममा साथ दिने गरेको उहाँ बताउनु हुन्छ। सिलाईकटाई व्यवसायबाट महिनामा ३ हजार ५ सय रुपैया आम्दानी गर्नुहुन्छ। घर खर्च चलाएर उहाँले बचत पनि गर्नुहुन्छ। घोराहीस्थित रतनपुर स्थानमा आफूले सिलाईकटाई व्यवसाय गर्दै आएको बताउदै उहाले बार्षिक ६ हजार रुपैया केाठा भाडा तिरी आफुले व्यवसाय सन्चालन गर्नुहुन्छ। उहाँ सिलाईकटाई व्यवसायबाट आम्दानी भएको रकमले आफनो छोरालाई समेत बोडिङमा पढाउन सफल हुनु भएको छ। उहाले ब्यबसाय सन्चालन गर्ने क्रममा सुरुका दिनमा १०० रुपैया आम्दानी गर्ने गरेको जानकारी दिनुभयो। अहिले ५ सय देखि १ हजार सम्म आम्दानी गर्नुहुन्छ।

तुलसिपुर निवासी यमकुमारी चौधरी पनि सिलाईकटाइ व्यवसायबाट आत्म निर्भर बनेको बताउनुहुन्छ। उहाले २०६२ सालदेखि व्यावसायिक रुपमा सिलाईकटाइ व्ययवसाय सन्चालन गर्नु भएकोथियो। उहा संग अहिले सिलाई कटाई ब्यबसायका लागि ५ बटा मेसिनहरु रहेका छन्। उहासंग ३ बटा हाते मेसिन खुट्टे मेसिन ३ बटा र ईनटर लक १ वटा ५ वटा मेसिन रहेका छन्। उहाले नेपाल अपाङ सघ झिगौराले कृषि बिकास बैङक कार्यालय मार्फत ५ हजार रुपैया बिना धितो रीण दिएको रकम बाट आफुले ब्यबसाय सन्चालन गरेको उहाको भनाई छ। उहाले सुरुमा २ बटा सिलाई कटाई मेसिनबाट आफनो ब्यबसाय शुरु गर्नु भएको थियो। उहाले महिनाको १५ सय रुपैया कोठा भाडा तिरी तुलसिपुरमा सिलाई कटाई ब्यबसाय सन्चालन गर्दै आएको बताउदै महिनामा सिलाई कटाई ब्यबसायबाट ४ हजार रुपैया आम्दानि गर्ने जानकारी दिनु भयो। उहा शारीरीक अपाङगता भएपनि उहाले १२ जना लाई अहिले सिलाई कटाई तालिम दिई रहनु भएको छ। उहाले सो तालिमबाट महिनामा साढे ५ हजार रुपैया आम्दानि गर्ने बताउनु भयो। 

स्थानिय बिकास अधिकारी सुर्यकान्त झा ले अपाङगता भएका ब्यक्तिहरुको जिबन्स्तर उकास्नका लागि जिल्लामा पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो। अपाङगता भएका ब्यक्तिका लागि नेपाल अपाङग संघ झिगौराले २०५९ सालमा सन्चालन गरेको सिलाई कटाई तालिममा १५० जनाले लिएको अपाङ संघ झिगौराका सदस्य सचिब केपि मसालले जानकारी दिनु भयो। उहाले तालिम लिएका मध्ये ६० जना अपाङगता भएका ब्यक्तिहरुले ब्याबसायिक रुपमा सिलाई कटाई ब्यबसाय अगालेको जानकारी दिनु भयो। अपाङग मानब अधिकार तथा सरोकार माचका जिल्ला अध्यक्ष तथा अपाङ कार्यदलका सदस्य चिन्ता मणि पौडेलले अपाङगता भएका ब्यक्तिहरुको आत्म निर्भरका लागि राज्यले स्पष्ट योजना बनाई अगाडि बढ्नु पर्ने बताउनु भयो। दाङ जिल्लाको कुल जनसङख्याको १० प्रतिषत अपाङगता भएका ब्यक्तिहरु रहेको जानकारी दिदै उहाले जिल्लाका ३९ बटा गाबिसमा अपाङगता भएका ब्यक्हिरुका लागि घुम्ति बिबिर साचाल गरेको जानकारी दिनु भयो। उहाले जिल्लामा अपाङ भएका ब्यक्तिहरुका लागि लगभग २ सय बटा ट्राइ साईकल ३४सय बटा हुईल चिएर र १ हजार बटा बैशाखि दिईएको जानकारी दिनु भयो। आर्थिक बर्ष २०६६/६७ मा लगभग २ लाख रुपैया बजेट छुट्याएको जानकारी दिदै उहाले आर्थिक बर्ष उहाले आर्थिक बर्ष २०६५/६६ मा जिल्ला बिकास समिति दाङले एलजिसिडि कार्यक्रम लगाएर ५ लाख रुपैया बजेट छुट्टयाएको जानकारी दिनुभयो। उहाले अब बन्ने सबिधानलाई अपाङग मैत्रि संबिधा बनाउनलाइ सबै कि्रयाशिल भएर लाग्नु पर्ने उल्लेख गर्नु भयो।

चालु आर्थिक बर्षामा जिल्ला बिकास समिति दाङले जिल्लामा अपाङगता भएका ब्यक्तिहरुका लागि लगभग २ लाख रुपैया छुट्टाएको जिल्ला बिकास कार्यालय दाङका सामाजिक बिकास अधिकृत बालकृष्ण खनालले जानकारी दिनु भयो। जिल्लामा जिबिस बोर्ड मार्फत अपाङ कार्यदल निर्माण गरीने जानकारी दिदै उहाले अपाङग कार्यदलले नै चालु आर्थिक बर्षमा अपाङगता भएका ब्यक्तिहरुका लागि गर्ने भाबि कार्ययोजना तयार पार्ने जानकारी दिनु भयो। यस अघि जिल्ला बिकास समिति दाङले अपाङ्गता भएका ब्यक्तिहरुलाई १ लाख मुल्य बराबरको विभिन्न सामग्रीहरु वितरण गरेको छ। अपाङ्ग न्यूनिकरण कार्यक्रम अन्र्तगत जिल्ला बिकास समिति दाङले ११ जना अपाङगता भएका ब्यक्तिहरुलाई बिभिन्न सामागि्रहरु बितरण गरेको हो। जिल्ला बिकास समिति दाङका सामाजिक बिकास अधिकृत बालकृष्ण खनालले अपाङगता भएका ब्यक्तिहरुका लागि सिलाई कटाई मेशिन मैनबर्ति मेशिन छाला मेसिन आईरन र कैचि बितरण गरीएको जानकारी दिनु भयो।