Home विशेष लेख स्याङ्जाको तामीकोट पहाडको आस-पासका मगर संस्कृतिमा स्वास्थ्य सम्बन्धी अवधारणाहरु : एक अध्ययन

स्याङ्जाको तामीकोट पहाडको आस-पासका मगर संस्कृतिमा स्वास्थ्य सम्बन्धी अवधारणाहरु : एक अध्ययन

E-mail Print PDF
AddThis Social Bookmark Button
विष्णुकुमार सिङ्जालीमगर

१. परिचय

१.१ विषय प्रवेश :

स्वास्थ्य सबै संस्कृतिको मूल विषयवस्तु हो। सबै समुदायसंग संस्कृतिको रुपमा स्वास्थ्यको बारेमा अबधारणा हुन्छ (Park 2005, P.12)। मानिस सामाजिक प्राणी हो मानव समाजमा मानिसहरुको सामाजीक ब्यवहारले संस्कृतीको निर्माण गर्दछन्। नेपाल पनि सांस्कृतिक विविधताले भरिएको संस्कृतीको धनी देश हो। मगर संस्कृती पनि नेपालको संस्कृतीको पुूलबारीको एक हिस्सा हो। मगर जाति नेपालमा आदिबासी जनजातिहरुमा सबभन्दा धेरै जनसंख्या भएको र सम्पूर्ण जातिहरु मध्ये तेस्रो धेरै जनसंख्या भएको आदिम जाति हो। मगर संस्कार र संस्कृतीमा धनी छ। मगरहरुको संस्कार र संस्कृति विगतमा अन्य जातिले पनि अनुसरण गरि धारण गरेको पनि पाईन्छ प्रा। बालकृष्ण पोखरेल संग १२ भदौ २०६७ को कुराकानीमा आधारित। मगरका संस्कृतीले अरु जातिलाई प्रभाव पार्ने र केही अन्य जातिबाट मगरले ग्रहण गरेर सिङ्गो नेपालको संस्कृती बनेको तथ्य धेरै विद्धानहरुले उल्लेख गरेका छन्।

समाजको संस्कृतिमा स्वास्थ्य सम्बन्धी आफ्ना धारणा प्रथा चाल चलन र संस्कार रहेको हुन्छ। जसबाट सो समाजलाई स्वस्थ्य व्यवहार गर्न मद्दत पुग्दछ। उदाहरणको लागि नेपाली संस्कृतीमा विवाह अघिको दम्पती भन्दा बाहिरको शारीरिक सम्बन्धलाई वैद्यता दिईएको छैन। यसले प्रजनन् प्रणालीका सर्ने संक्रमण (STI) हरु तथा एच आई भी - एड्सको बचावटमा मद्दत गर्दछ। मानिस सधैं निरोगी र स्वस्थ्य रहन प्रयाश गर्दछ। भनिन्छ ुस्वास्थ्य नै धनु हो। मानव समाज र संस्कृतीमा स्वास्थ्य प्रमुख विषयबस्तु (Theme) रहेको हुन्छ। बास्तविक रुपमा सबै मानव समाज र संस्कृतीमा स्वास्थ्यको बारेमा कुनै न कुनै अवधारणा रहेको हुन्छ। धेरै जसो मानव समाज र संस्कृतीमा रोगबाट छुटकारा (Absence of disease is health) नै स्वास्थ्य हो भन्ने अवधारणा रहेको पाईन्छ जुन निकै प्राचिन अवधारणा हो। तर 'स्वास्थ्य' आँफैमा एउटा बृहत अर्थ बोकेको शब्द हो यसको परिभाषा समय अनुसार परिष्कृत बन्दै गएको पाईन्छ। विश्व स्वास्थ्य संगठन ९ध्ज्इ० ले स्वास्थ्यलाई ूरोगहरु र दुर्वलता वा रोगब्याधीबाट छुटकारा मात्र स्वास्थ्य होईन स्वास्थ्य भनेको त शारीरीक मानसिक र सामाजीक रुपमा निरोगी रहनु होू भनेको छ। यसले गर्दा स्वास्थ्यमा शारीरीक सामाजीक र मानसिक रुपमा स्वस्थ्य रहनुपर्ने कुरा आएको छ। यस अर्थमा स्वास्थ्य शारीरीक सामाजीक र मानसीक गरी त्रि-आयामिक छ। यसरी सामाजीक स्वास्थ्यको कुरा आईसकेपछि संस्कृतीको कुरा आईहाल्ने नै भईहाल्यो।
 
स्वास्थ्य र स्वास्थ्य सेवाका कार्यक्रमहरुमा संस्कृतिको महत्वपूर्ण भूमिका रहन्छ। कुनै पनि समुदायको स्वास्थ्य सम्बन्धी सांस्कृतिक धारणा र व्यवहार यति जटिल हुन्छ कि उसको भित्री दिमागमा घुसेको कुरा त्यति सजिलै परिवर्तन गर्न सक्दैन। यस अर्थमा संस्कृतिले स्वास्थ्य विज्ञानले परिवर्तन गर्न चाहेको ज्ञान ९पलयधभिमनभ० प्रवृत्ति ९ब्ततष्तगमभ० र व्यवहार ९एचबअतष्अभ० सजिलै परिवर्तन हुन िदंदैन। जसको उदाहरणको रुपमा आजको बैज्ञानिक युगमा पनि बोक्सी प्रथा कायम नै छ। संस्कृतीले मानिसहरुको जीवनको धेरै पक्षहरु लगायत तिनीहरुको विश्वास आचरण-ब्यवहार संस्कार धर्म पारिवारिक संरचना खानपान पहिरन शरीरको प्रारुप वा आकृति ठाउँ ९क्उबअभ० र समयको अवधारणा विरामीपन प्रतिको गुणहरु दुखाई ९एबष्ल० र अन्य दुर्भाग्यका स्वरुपहरु आदि समेटेको हुन्छ जुन स्वास्थ्य र स्वास्थ्य सेवाको लागि महत्पवूर्ण रहन्छ (Helman, 2007, P. 3)।

मगर संस्कृति पनि प्राचिन कालदेखि मगरहरुले विकास गरेको उनीहरुले आफ्नो जीवीका चलाउँदै आएको तथा मगर समाजको अनुभवहरु हो। मगर संस्कृतीमा पनि स्वास्थ्य सम्बन्धी नैतिकता सदाचार धर्म कानुन प्रथाहरु पाईन्छ जसको आफ्नो विशेषता छ। मगर संस्कृतीमा पनि घाँटु नाच संसारी माईको पुजा चण्डी पुजा नाग तथा देवी देउरालीको पुजा वायु पुजा कुलाईन पुजा बाजीबज्यै पुजा साउने संक्रान्ति माघे सक्रान्ती आदि पुजाआजाहरु तथा चाडपर्वहरु संस्कृतीहरु पनि स्वास्थ्य सँग सम्बन्धीत छन्। त्यस्तै गरि जन्म विबाह मृत्यु जस्ता संस्कारहरुमा गरिने संस्कृतीमा पनि स्वास्थ्य सम्बन्धी मिथकहरु पाईन्छ। मगर समाजमा अझ पनि लामा धामी झाँक्री को विश्वास बन्नाईनी भुतप्रेत तथा राक्षसको विश्वास आदि छ। सो बाट मुक्ति पाउन बिरामी भएका वखत कुखुरा उठाउने ग्वा गाराङ्के र अनुकुल मिलाएर पुजा गर्ने चलन आज पनि मगर संस्कृतिमा छ। मगरहरु प्राकृतिक पुजारी भएको कारणबाट पनि उनीहरुको संस्कृतीमा स्वास्थ्य सम्बन्धी अवधारणा पनि मगर समाज रहेको बातावरणसंग सम्बन्धित रहने गर्दछ। यस अर्थमा एक ठाउँको मगर समाज भन्दा भिन्न ठाउँको मगर समाजको संस्कृतीमा स्वास्थ्य सम्बन्धी धारणाहरु फरक पाइन सक्दछ। मगरका संस्कृतिमा भएको स्वास्थ्य सम्बन्धी धारणा प्रवृत्ति र व्यवहार कतिपय राम्रा समय सापेक्ष छन् त कतिपय अवैज्ञानिक र अन्धविश्वास पनि छ। यसले गर्दा मगर संस्कृति र स्वास्थ्य (Medical socilogy/anthropology) को सम्बन्ध बारेमा अध्ययन अनुसन्धान गर्न सकेमा मगरहरुको सु-स्वास्थ्यमा सही सेवा प्रदान गर्न तथा उनीहरुलाई सो सेवा प्राप्त गर्न सजिलो हुन्छ। 

१.२ समस्याको प्रस्तुतीकरण :

मगर एक पिछडिएको जाति हो। जसको आफ्नै संस्कृति छ र सो संस्कृतिमा स्वास्थ्य सम्बन्धी धारणाहरु पनि लुकेको छ। मगर संस्कृतिमा भएका स्वास्थ्य सम्बन्धी धारणाहरु कतिपय आज विज्ञान सम्मत छैन भने भने कतिपय परसंस्कृति ग्रहणले राम्रा कुराहरु हराउँदै गएका छन्। अर्कोतर्पु मगर संस्कृति पनि परिवर्तनको संघारमा उभिएको छ। विश्वव्यापीकरण आधुनिकीकरण विज्ञान तथा प्रविधि र सूचना प्रणालीले मारेको फड्को आर्थिक उदारीकरण तथा पश्चिमा र अन्य संस्कृतीको प्रभाव आज मगर संस्कृतिमा परेको छ। यसले गर्दा मगर संस्कृतीलाई जोगाउँदै समय सापेक्ष बनाउनु पर्ने देखिन्छ स्वास्थ्य पनि संस्कृतीको एक हिस्सा भएकोले यस विषय अध्ययन गर्नु पर्ने कारणहरुको निम्न समस्या देखेको छु। क मगर संस्कृतिमा के-कस्तो स्वास्थ्य सम्बन्धी अवधारणाहरु छन् ख ती स्वास्थ्य सम्बन्धी अवधारणहरु कति बिज्ञान सम्मत छ र कति अन्धविश्वास वा कुरीती छ ग अन्धविश्वास कुरीती हटाउन के गर्न सकिन्छ 

१.३ अध्ययनको उद्देश्य :

यस अध्ययनको उद्देश्य स्याङ्जा जिल्लामा बसोबास गर्ने मगरहरुको संस्कृतिमा के कस्ता स्वास्थ्य सम्बन्धी अवधारणाहरु रहेका छन् त्यसको ब्याख्या विश्लेषण गर्ने रहेको छ। यसका विशिष्ट उद्देश्यहरु यस प्रकार छन् : क स्याङ्जा जिल्लाको मगराँत क्षेत्रमा बसोबास गर्ने मगरहरुको स्वास्थ्य सम्बन्धी सांस्कृतिक अवधारणाहरु पहिचान गर्ने ख उनीहरुले सु-स्वास्थ्य कायम गर्न अँगालेका संस्कृतिहरुको ब्याख्या विश्लेषण गर्ने ग उनीहरुको संस्कृतिमा स्वास्थ्य सम्बन्धी भएका अन्धविश्वास कुरीति अवैज्ञानिक प्रथाहरुको पहिचान गर्ने। 

१.४ पूर्व अध्ययनको समिक्षा :

मगर संस्कृतिको बारेमा नेपालका लागि बि्रटिश मिशनरी कर्कप्याट्रीकले सन् १७९३ मा नेपाल आउँदा आफ्नो कृती 'नेपाल अधिराज्यको बृतान्त' अर्का बृटिश मिसनरी ह्यामिल्टनले पनि आफ्नो कृती 'एन एकाउन्ट अफ द किङ्डम अफ नेपाल' मा डानियल राइट ले आफ्नो कृती 'नेपालको इतिहास' मा वर्णन गरेका छन्। यस्तै गरि स्वीजरल्याण्डका भू-गर्भशास्त्री टोनी हेगनले पनि एक दुई कुरा मगर संस्कृतिको उल्लेख गरेको पाईन्छ। प्रा। बालकृष्ण पोखरेलको ूखस जातिको इतिहासू कृतीमा पनि मगरका संस्कृती र मिथकहरु उल्लेख भएको पाईनछ। अरु पनि थुप्रै देशि विदेशी विद्धानहरुले मगर संस्कृतिमा कृति रचनाहरु प्रकाशन गरेको पाईन्छ। मगर विद्धानहरु मध्येबाट प्रा. डा. केशरजङ्ग बराल मगरले वि.सं. २०३९ मा 'पाल्पा स्याङ्जा र तनहूँका मगरहरुको संस्कृति' नामक शोधपुस्तक तयार पारेको पाईन्छ। पछिल्ला समयमा मगर समुदायबाट प्रकाशित पुस्तक पत्रपत्रिकाहरु जस्तै: लाफा ग्याहोट बिमलीक रोश पुनहिल कानुङ लाम लाङ्घाली आदिमा मगर संस्कृति सम्बन्धी लेख रचनाहरु पाइन्छ। मगर अध्ययन केन्द्रको स्थापना र यसले निकाल्ने शोधमालाले भने मगर संस्कृती सम्बन्धी शोधमुलक लेखहरु प्रकाशन गरेको पाईन्छ। तर पनि स्वास्थ्य सम्बन्धी समान्य विश्वासका कुरा बाहेक मगर संस्कृतीमा स्वास्थ्य सम्बन्धी अवधारणाहरुको लेख रचनाहरु भेट्न भने गाहारो पर्दछ। 

१.५ अध्ययन विधि :

यस अध्ययनको बिधी मुख्यतया विवरणात्मक छ। यसको अध्ययन विधी मगर संस्कृतिको अवलोकन तथा सर्वेक्षणहरुबाट प्राप्त विवरणहरुको आधारमा ब्याख्यात्मक विश्लेषणात्मक पद्धती अवलम्बन गरिएको छ। 

१.६ तथ्याँक तथा समाग्रीहरुको संकलन

यस अध्ययनको लागि अध्ययनकर्ताले अध्ययन क्षेत्रको मगर संस्कृतिको प्रत्यक्ष अवलोकनको आधारमा ब्यक्तिगत अध्ययन (Case Study) र सो क्षेत्रका मगर संस्कृतीका जानकार ब्यक्तिहरु (key informants) बाट सुचनाका आधारमा तथ्याँक संकलन गरिएको छ। कपिपय अवस्थामा पूर्व प्रकाशित पुस्तक पत्र पत्रिकाबाट पनि सुचनाहरु संकलन गरिएको छ। 

१.७ अध्ययनको क्षेत्र

यस अध्ययनको लागि स्याङ्जा जिल्लाको तामीकोट पहाडका र गल्याङ बजारका आसपासका निवुवाखर्क पिडीखोला पेलाकोट जगत्रदेवी र श्रीकृष्णगण्डकी गा.वि.स.हरुका मगर बस्तीहरुलाई समेटीएको छ। 

१.८ अध्ययनको सीमा

यस अध्ययन मगर जातिको एक सिमित क्षेत्र भित्र गरिएकोले सम्पूर्ण मगरहरुको संस्कृतीमा स्वास्थ्य सम्बन्धी अवधारणाहरु समेट्न सकिएको छैन। यो अध्ययन स्याङ्जा जिल्लाको तामीकोट पहाड र गल्याङ बजारको आसपास क्षेत्रका मगरहरुको संस्कृतीमा मात्र सिमित छ। ऐतिहासिक खोज भन्दा पनि वर्तमानको संस्कृतीलाई अध्ययन गरि सरसर्ती मात्र ब्याख्या र विश्लेषण गरिएको छ। 

२. ब्याख्या र प्रस्तुतीकरण 

२.१ स्वास्थ्य र संस्कृित

स्वास्थ्य सवै संस्कृतीको मूल विषयबस्तु (Theme) हो। सबै समुदाय सँग संस्कृतीको रुपमा स्वास्थ्यको बारेमा अवधारणा हुन्छ (Park, 2005, P. 12)। संस्कृतीलाई विभिन्न विद्धानहरुले विभिन्न तरीकाबाट परिभाषित गरेको पाईन्छ। ई.बी. टेलर महोदयको परिभाषा ब्यापक छ उनका अनुसार 'Culture or civilization, taken in its wide ethnographic sense, is that complex whole which includes, belief, art, morals, law, custum and any other capabilities and habits aquired by man as a member of society' (Primitive Culture, 1871, Cited by Debakota & Ojha, 2064, P. 62-53)। यसरी टेलर महोदयले संस्कृती भित्र विश्वास कला नैतिकता कानुन प्रथा अन्य क्षमताहरु तथा ब्यवहार-आचरण आदि जटिल कुराहरु मानिस समाजको सदस्य भएकोले ग्रहण गर्ने कुरा उल्लेख गर्नुृ भएको छ। यसले पनि स्वास्थ्य र संस्कृती बीच सम्बन्ध स्पष्ट पारेको पाईन्छ। स्वास्थ्य सम्बन्धी अवधारणालाई समुदायको संस्कृतीले फरक पार्दछ। मगर समुदायको पनि आफ्नो आदिम कालदेखिको संस्कृती छ यसले गर्दा उनीहरुको स्वास्थ्य अवधारणाहरु पनि अरु समुदाय भन्दा फरक छ।

संस्कृतीलाई कीसीङ र स्टथर्न ले यसरी बताएका छन् - 'Culture comprises systems of ideas, systems of concepts and rules and meaning that underline and are expressed in the ways that human being live' (Cultural Anthropology: A contemporary Prespective, 1998, third edition, cited by Helman 2007, P. 2)। यस परिभाषाले के बुझाउँदछ भने मानव जीवनको लागि संस्कृतीले बिचारहरुको प्रणाली अवधारणा र नियम कानुनको प्रणाली लाई गाभेर मानव जीवन उपयोगी बनाएको हुन्छ। यसले गर्दा मानव जीवनको स्वास्थ्य पनि एक हिस्सा भएकोले सो कुरालाई समुदायको संस्कृतीले स्वास्थ्य सम्बन्धी अवधारणा र बुझाईलाई फरक पार्दछ।

स्वास्थ्य र स्वास्थ्य सेवाका कार्यक्रमहरुमा संस्कृतीको महत्वपूर्ण भुमिका रहन्छ। कुनै पनि समुदायको स्वास्थ्य सम्बन्धी सांस्कृतीक धारणा र ब्यवहार यति जटिल हुन्छ कि उसको भित्री दिमागमा घुसेको कुरा त्यति सजिलै परिवर्तन गर्द सकिदैनन सो कुरा गलत नै किन नहोस्। यस अर्थमा संस्कृतीले स्वास्थ्य विज्ञानले परिवर्तन गर्न चाहेको ज्ञान (knowledge) प्रवृती (Attitude) र ब्यवहार (Practice) सजिलै परिवर्तन हुन िदंदैन। जसको उदाहरणको रुपमा आजको बैज्ञानिक युगमा पनि बोक्सी प्रथा कायम नै छ। संस्कृतीले मानिसहरुको जीवनको धेरै पक्षहरु लगायत तिनीहरुको विश्वास आचरण-ब्यवहार संस्कार धर्म पारिवारिक संरचना खानपान पहिरन शरीरको प्रारुप वा आकृती ठाउँ (Space) र समयको अवधारणा विरामीपन प्रतिको गुणहरु दुखाई (Pain) र अन्य दुर्भाग्यका स्वरुपहरु आदि समेटेको हुन्छ जुन स्वास्थ्य र स्वास्थ्य सेवाको लागि महत्पवूर्ण रहन्छ।

संस्कृतीक रुपमा स्वास्थ्य सम्बन्धी विश्वास र आचरण-ब्यवहारलाई निम्न तत्वहरुले प्रभाव पार्दछ।

क) ब्यक्तिगत तत्वहरु : यस्ता तत्वहरुमा उमेर लिङ्ग आकार स्वरुप व्यक्तित्व चलाख अनुभव शारीरीक अवस्था मानसिक अवस्था आदि ब्यक्ति सँग सम्बन्धीत तत्वहरु पर्दछन्।

ख) शैक्षिक तत्वहरु : औपचारीक तथा अनौपचारीक शिक्षा लगायत धर्म जात जाति र व्यवसायीक सह-संस्कृती सम्बन्धी शिक्षा

ग) सामाजिक-आर्थिक तत्वहरु : गरीबी सामाजीक बर्ग आर्थिक अवस्था पेशा वा ब्यवसाय-बेरोजगारी भेदभाव वा जातिबाद (Discrimination or Racism) अरु मानिसहरुसँगको साजालमा समाजीक आधार सहयोग

घ) वातावरणीय तत्वहरु : मौसम जनसंख्याको घनत्व वा जनसंख्याको बसोबास र उपलब्ध भौतिक संरचनाहरु जस्तैः आवास सडक पुल सार्वजनिक यातायात स्वास्थ्य सेवा आदि।(Helman, 2007 P. 4)

स्वास्थ्य र स्वास्थ्य सेवामा माथी उल्लेखित तत्वहरु सबै जसोले केही न केही भुमीका खेलेका हुन्छन्। तर यसको अनुपात भने कमबेसी हुन सक्दछ। मगर समाजमा पनि माथिका सांस्कृतीक तत्वहरुले स्वास्थ्य सम्बन्धी अवधारणा स्वास्थ्य सेवाको उपभोगमा अबधारण तथा बुझाईमा फरक पार्न सक्दछ। 

२.२ अध्ययन क्षेत्रको भौतिक अवस्था र स्वास्थ्य सेवा

अध्ययन क्षेत्र स्याङ्जा जिल्लाको पहाडी ग्रामीण ईलाका हो। अध्ययन क्षेत्रको गल्याङ बजार भएर सिद्धार्थ राजमार्ग गएको छ। श्रीकृष्णगण्डकी गा.वि.स. मा कालिगण्डकी ए र जगत्रदेवी गा.वि.स. को गल्याङ बजारमा आँधीखोला आङ्डी जलविद्युत परियोजना छ। सिद्धार्थ राजमार्गबाट कालीगण्डकी ए परियोजना जोड्ने पक्की बाटो छ। निवुवाखर्क पिडीखोला पेलाकोट गा.वि.स. का गाउँहरु जोड्ने कच्ची सडकहरु हिउँदमा साचालमा आउँदछ। अध्यन क्षेत्रको पिडीखोला गा.वि.स. मा हेल्थपोष्ट र अन्य गा.वि.स.हरुमा सव-हेल्थपोष्टको सुविधा सरकारले प्रदान गरेको छ यद्यपी नियमीत सेवा भने पाउन नसकेको स्थानीयबासीले गुनासो गर्ने गर्दछन्। गल्याङ बजारमा २०६६ सालदेखि सामुदायीक अस्पताल र कृष्णगण्डकीको मिर्मीबजारमा निजी अस्पताल २०६५ बाट साचालनमा छ। गल्याङ पिडीखोला जैपते छाप मिर्मी गुठी आदिमा औषधी ब्यवस्था विभागमा दर्तावाल औषधी पसलहरु छन् भने विना दर्ताका औषधी पसलहरु पनि गाउँ-गाउँमा खुलेका छन्। गल्याङ बजार मिर्मि मा निजी चिकित्सक क्लिनीक पनि छ। यस क्षेत्रमा उपचार हुन नसक्ने बिरामीहरु तानसेनको मिसन अस्पताल लुम्बीनी मेडीकल कलेज तथा पोखराका अस्पतालहरुमा लैजाने चलन छ। स्वास्थ्य खाने पानी अध्ययन क्षेत्रका मगर गाउँहरुमा करीब चालीस प्रतिशत गाउँमा मात्र उपलब्ध छ। मगरहरुको बाहुल्य क्षेत्र भएर पनि स्वास्थ्य सेवामा मगर स्वास्थ्यकर्मीहरु नगन्य मात्रामा छन्। 

२.३ मगर संस्कारमा स्वास्थ्य सम्बन्धी अवधारण 

क) गर्भावस्था : अध्ययन क्षेत्रका मगरहरुको संस्कृतीमा गर्भ अवस्थामा स्वास्थ्य सम्बन्धी अवधारणा आफ्नै प्रकारको छ। गर्भवती महिला र निजका श्रीमानलाई पुजा कार्यमा चोखो मानिदैन। गर्भावस्थामा दम्पतीले कुनै जीवको जानीजानी हत्या गर्नुहुँदैन भन्ने विश्वास छ यस्तो गरेमा बच्चाको स्वास्थ्यमा समस्या जस्तै : सर्प मारेमा पछि जन्मने बच्चाले जिब्रो सर्पले जस्तो निकाल्ने हुन्छ कुखुरा काटेमा बच्चालाई मुर्छापर्ने वा कुखुरा काट्दा छट्पटीए जस्तो रोगहरु लाग्दछ सुँगुर वा पाडा आदि काटेमा सुस्त मनस्थीतीको बच्चा जन्मन्छ आदि आउने विश्वास छ। गर्भवती अवस्थामा केरा माछा खाएमा बच्चा जन्मे पछि छारे रोग लाग्ने बालब्यथाले सताउने मुटु सम्बन्धी रोग लाग्ने आदि विश्वास पनि पाईन्छ।
 
ख) जन्म तथा सुत्केरी : मगर गाउँहरुमा सुत्केरी सामान्य अवस्थामा घरमै गराउने र अप्ठेरो नै परेको बेलामा मात्र अस्पताल लैजाने गरेको पाईयो। सुत्केरी ब्यथा लागेमा बोक्सी वा प्रेतआत्मा लागेको भनी लामा धामी गर्ने देवीदेउराली लाई 'अक्षतापाती वा ग्वा गराङ्के' भाकल गर्ने पनि गर्ने गर्दछन्। सुत्केरी ब्यथा गाहारो भएमा गर्भवतीले आफ्नो रौ खाने वा टोक्ने गरेको पनि कुनै कुनै गाउँमा गरेको पाईन्छ यसो गर्दा बच्चा जन्माउन सजिलो हुन्छ भन्ने विश्वास छ।

बच्चा जन्मेपछि नाल काट्ने चलन छ। यसको लागि हँसिया प्रयोग गरिने चलन धेरै गाउँमा छ सो हँसिया अन्य प्रयोगमा चाहिँ नल्याउने चलन छ। यस्तो गर्दा धनुष्टँकार रोगको खतराबारे मगर गाउँमा कम सचेतना पाईन्छ। आजकल पढेलेखेका जानबुझ केही मगरहरु भने स्वास्थ्य सेवाले सिफारीश गरेका 'सुत्केरी समाग्री' प्रयोग गर्ने पनि गरेका छन्। बच्चा जन्मे पछि मनतातो पानीले नुहाईदिनु पर्दछ नत्र घाउ खटीरा निस्कन्छ भन्ने विश्वास कायम छ यसरी नुहाउँदा बच्चालाई निमोनिया हुन सक्ने खतरा प्रति कम सचेत छन्। बच्चाको खसेको नाभी नाल घरको चुल्होमा पोलीदिएमा भविष्यमा बच्चा खाना खानेबेला घरमा आउँदछ घर विस्रदैन भन्ने विश्वास पनि छ।

सुत्केरीलाई आगो वा चुल्होको नजीक बिस्तारा लगाईदिने चलन छ। यसो गर्दा बच्चा र आमालाई प्रयाप्त ताप आउँदछ भन्ने विश्वास छ। सुत्केरीलाई प्रयाप्त मात्रामा जुवानोको सुप खसी वा कुखुराको मासु र सुप वा रगत घिउ घिउमा पकाएको भात खाजा आदि दिने गरेको पाईन्छ। यस अवस्थामा सुँगुर र राँगाको मासु लसुन पिडालु आदि दिन नहुने र दिएमा आमाको घाउ पाक्ने विश्वास छ। हरियो सागसब्जी सुत्केरी आमालाई दिन नहुने विश्वास मगर गाउँहरुमा पाईन्छ। हरियो सागसब्जीले आमालाई पोषणका प्रदान गर्नुका साथै कब्जीयत हुनबाट जोगाउने विज्ञानले प्रमाणीत गरेको छ। सुत्केरी अवस्थामा कब्जीयत भयो भने पाठेघर खस्ने समस्या आउन सक्दछ।

बच्चाको न्वारन संस्कार गरेपछि सुतक चोख्याईन्छ। यो संस्कारमा भलायो कुरीलो कुकुरदाईनी आदि ल्याएर धुप धुँवार सँगै पोल्ने गरिन्छ। यसो गर्नाले बच्चालाई घाउ खटिरा एलर्जी नहुने स्वस्थ्य रहने विश्वास छ। बच्चा स्त्री भएमा पाँच महिना र पुरुष भएमा छ महिनामा पहिलो पटक अन्न खुवाईन्छ यसलाई ूछो कास्केू भन्दछन्। यो संस्कार भन्दा अगाडी वा यो संस्कार नगरीकन अन्न खुवाएमा बच्चा खन्चुवा हुने विश्वास पनि पाईन्छ। 

ग) बिबाह : विबाह मानव संस्कृतीको एक महत्वपूर्ण संस्कार हो। विबाह अगाडी कुनै पनि महिला पुरुष बीचको यौन सम्बन्धलाई नेपाली समाजले मान्यता दिएको पाईंदैन। त्यसैले यौन सम्बन्धको साथ साथै स्त्रीले पुरुष-माथी र पुरुषले स्त्री-माथी बैधानिक रुपमा अधिकार पाउनलाई गरिने संस्कारको नाम विबाह हो। बैबाहिक सम्बन्धबाट मानव परिवार नातागोता र समाजको विकास हुन्छ। “Marriage is a socially accepted phenomenon in order to set up a family with children.”– Gillin & Gillin. “Marriage is a legal contract between a man and woman to live together as husband and wife.”-Blacks. “Marriage is an institution through which man and woman enter the family life.”- E.S. Bogardus ( Cited by Dhakal, 2057 P. 87)। यसरी विबाह मानव संस्कृतीको एक अभिन्न अंग हो।

मगर जातिमा पनि विबाह प्रथा आफ्नै किसिमको पाईन्छ। नेपालको विभिन्न ठाउँमा छरीएर बसेका मगरहरुको पनि भौगोलिक र परिवेशिय कारणले गर्दा परम्परा र संस्कारमा विभिन्नता पाईन्छ ता पनि मौलिक परम्परा र संस्कारमा भने त्यति फरक पाईदैन बराल २०५० पे।६५। मगरहरुमा मामा चेली फुपुचेला बिबाह हुने प्रचलन अझ पनि कायमै छ। यसरी नजीकको नातामा विबाह गर्दा जन्मने बच्चामा लुप्त वंशानुगत रोगहरु देखापर्न सक्दछ भन्ने सचेतनामा कमी पाईन्छ। मगरहरुमा लगन्या मागी बिवाह प्रेम बिबाह दुवै हुने गरेकेा पाईन्छ। जे सुकै भए पनि रीत फुकाउन 'ढोगभेट फसाक्के' संस्कार गर्दछन्।

बिकाह संस्कारमा पनि मगरहरुको स्वास्थ्य सम्बन्धी पृथक अवधारणा रहेको पाईन्छ। अध्ययन क्षेत्रका मगरहरुले विबाह संस्कारमा ूढोगभेट फसाक्केू को दिनमा केटापक्षले भाले पोथी एक जोडी कुखुरा माईती पक्षमा लान्छन्। विधी पुर् याएपछि कुटुम्बले सो कुखुराहरु काटी छोडीदिन्छन् सो कुखुरा भुटभुट गर्दै उप्रषदै गर्दा प्राण छोड्दा एकै पट्टी फर्केर मरेमा वा शिरतिरको भाग एकै तिर भएमा वा आमन्ने सामान्ने भएमा दुलाहा दुलही जीवन स्वस्थ्य हुने सँगै जीउन पाउने अन्यथा भएमा रोगब्याधीले सताउने स्वास्थ्यमा खराबी तथा पाराचुके हुन सक्ने भविष्यबाणी गर्दछन्। त्यस्तै गरि ढोगभेटको संस्कारमा केटापक्षबाट जाने जन्तीहरुले सगुन एक विशेष किसिमको जाँड दहीको ठेकी माईती पक्षमा लैजाने चलन छ। सो माईतीको पितृ तथा बायु लाई चढाउनु पर्दछ। यसरी लैजान लागेको सगुन र दहीको ठेकी बाटोमा पल्टेमा वा कुनै क्षति भएमा पितृलाई चढाउन नपाउँदै अन्यथा भएमा दुलाहा दुलहीलाई रोगब्याधीले सताउने दुई मध्ये कुनै एकको मृत्यु हुने जस्ता भविष्यबाणी गर्ने परम्परा मगर संस्कृतीमा छ। 

घ) मृत्यु संस्कार : मृत्यु संस्कार मानव जीवनको अन्तिम संस्कार हो। मगर समाजमा लाशलाई जलाउने र गाड्ने दुवै प्रचलन छ। परिवार वा समुदायमा कुनै ब्यक्तिको मृत्युपछि उसको रीतपूर्वक दाहसंस्कार गर्नुपर्ने र यदि नगरेमा यसले परिवार तथा समुदायमा बायु मोरी बनेर दुःख दिन्छ भन्ने अवधारणा मगर समाजमा पाईन्छ। बायु मोरी मानिसहरुलाई बिरामी बनाउँदछ भन्ने विश्वास पाईन्छ। मगर समाजमा लाशलाई अरु जातले र जनावरले छोएमा अगति पर्दछ र बायु मोरी भएर जाग्दछ भन्ने अन्धविश्वास पाईन्छ (बराल २०५० पे. ८०.) त्यसैले लाशलाई जनावर र अरु जातलाई छुन िदंदैनन्। बायु जागेमा परिवारका सदस्यलाई ज्वरो आउने खोकी लाग्ने मुटु सम्बन्धी रोग ब्याधी समस्या आदि बिमार बनाउँदछ भन्ने विश्वास बोकेको पाईन्छ।

मृतकको काजकि्रया गर्दा चोखिने दिन सम्म दुई महिना छोएमा दोमासे भएमा र मृतक कृष्णपक्ष वा चतुर्दशी परेमा मृतकको आत्मा बायु भएर आउँदछ र परिवारलाई स्वास्थ्य समस्या दिन्छ भन्ने विश्वास अध्ययन क्षेत्रमा पाईन्छ। त्यसैले त्यस्तो अवस्था परेको बेलामा मृतकसँगै कुश एक किसीमको घाँस को मान्छे बनाएर मृतकसँगै जलाउने वा गाड्ने गरिन्छ। मृत्यु संस्कारको अन्तिम दिन चोखिने कार्य हु्न्छ। सो विधीमा ूउङ्ग्या भाक्केू आत्म छोडाउने रीत पुर् याउनु पर्दछ। यस विधीमा कुटुम्बले कुखुरा काटेर पकाउँदछन् यसरी पकाएको मासु आधा कुटुम्ब र आधा मृतकका छोराहरु तथा भाईहरुले बिधी गरी खान्छन्। यस उङ्ग्या भाक्के विधीमा रीत पुगेन भने मृतकको आत्म बायु मोरी बनेर परिवार वा समुदायका सदस्यहरुको स्वास्थ्य विगार्दछ भन्ने विश्वास मगरहरुमा छ। 

२.४ मगर संस्कृतिमा रोग ब्याधीको छेकबार

मगर संस्कृतीमा रोगब्याधी नलागोस् स्वस्थ्य होस् भनेर साउने सक्रान्ती मनाउने माघे सक्रान्ती मनाउने संसारीमाईको पुजा गर्ने बायुको पुजाआजा गर्ने बाजीबज्यैको पुजाआजा गर्ने खोलानालाको पुजा देवीदेउरालीको पुजा चण्डी पुजा भुतप्रेत वा बन्नाईनी वा राक्षसको पुजाआजा तथा धुपधुँवार आदि प्रकृतीको पुजा गर्दछन्। यी सबै परिवार तथा समुदायलाई बर्षभरी रोगब्याधीले नछोओस् बिरामी हुन नपरोस् भनेर गरिन्छ। खानेपानी भएको कुवा वरीपरी ूठानू बनाएर पुजा गरिन्छ र सो वरीपरी दिसापिसाब गर्न नहुने विश्वास गरिन्छ जसले पानीबाट सर्ने रोगहरुबाट बचाउन साँच्चिकै मद्दत गर्दछ।

साउने सक्रान्तीमा भलायो कुरीलो कुकुरदाईनी आदि विषालु काँडावाल बोटविरुवाको भागहरु ल्याएर जलाउने धुप धुँवार गर्ने र सो राती बिषालु बोटविरुवाका भागहरु जलाईएको आगोको अगुल्ठो पुरा लाङ्घा गाउँ लाई लुतो एलर्जी छालाका रोगहरुका साथै अन्य रोगब्याधीहरु मुक्त गरोस् भन्दै फालिन्छ। संसारी माईको पुजा विफर दादुरा जस्ता भाईरल रोगहरुबाट छेकबार लगाउन गरिन्छ। चण्डी पुजा वातावरण स्वस्थ्यकर होस् मौसम अनुकुल होस जसले रोगब्याधी नल्याओस् भनी छेकबार लगाउन गरिन्छ। बाजीबज्यै भुतप्रेत राक्षस बन्नाईनी बायु आदि प्रेतआत्माले स्वास्थ्यमा दुःख नपुर् याओस भनी छेकबार गर्न गरिन्छ। माघे सक्रान्तीलाई मगरहरु 'मीनाम ल्हेस' नयाँ बर्षको उपलक्ष्यमा दीर्घायुको कामना गर्दै मनाउने गर्दछन्।

मगर संस्कृतीमा हरेक जसो पुजा आजामा रक्सीको प्रयोग गरिन्छ। देवताको ठान वा पुजा गर्ने स्थलमा रक्सी छर्कने चलन छ। रक्सी स्प्रीट भएको कारणबाट यसले किटाणुहरु मार्न सक्दछ र एन्टीसेप्टीकको काम गर्न सक्दछ। तर यसको दुरुपयोगले भने क्षति निम्त्याउँदछ कुनै रोगहरुको छेकबार गर्दैन। 

२.५ मगर संस्कृतिमा परम्परागत उपचार पद्धती :

मगर संस्कृतीमा परम्परागत उपचारक (Healers) हरु लामा धामी वा झाँक्रीहरु हुन्। यीनीहरु गुरुबाट विद्या सिकेर वा कुनै भुईफुट्टा अर्थात आँफै विद्या हासिल गरि उपचारक बनेको पाईन्छ। प्राचिन समयमा बौद्धग्रन्थ अनुसार लामाहरुले उपचार गर्ने गरेको विद्धानहरु बताउँदछन् पछि हिन्दु धर्मको प्रभावबाट दुवै तरीको पद्धती मगरहरुले अँगालेको पाईन्छ। अध्ययन क्षेत्रका मगरहरुले परम्परागत उपचारक (traditinal healer) लाई लामा भन्ने गर्दछन्। मगर ढुटमा यसको अर्थ दर्शनशास्त्री वा विद्या जानेको वा पथ प्रदर्शक भन्ने हुन्छ। मगर संस्कृतीमा परम्परागत उपचारकहरुले निम्न कार्यहरु गर्दछन्।

क रोगको निदान गर्ने : उनीहरु विरामीको नाडी छाम्ने रोगको इतिहाँस लिने बिरामीलाई अक्षता छुवाएर सो अक्षता विधीपुर्वक हेरेर आदि गरेर रोग खुट्टयाउँदछन्। उनीहरु मसान राक्षस पिचास बोक्सी बन्नाईनी बायु बाजी बज्यै आदि लागेको भन्दछन् र यसको लागि आवस्यक पुजापाठ तथा औषधी खुवाउने गर्दछन्। ख उपचार गर्ने : मगर संस्कृतीमा लामाहरुले यस अनुसार उपचार गर्ने गर्दछन् १ म्हुट्के : यो उपचार पद्धती भनेको बिरामीलाई मन्त्र वा विशेष श्लोकहरु उच्चारण गरि फु .. फु .. गर्दै उसको शरीरमा रोग गराउने प्रेतआत्माहरु भगाउनु हो यसमा बढनी कुचो ले छुने वा झार्ने आदि विधी पनि प्रयोग हुन्छ।। 'म्हुट्के' प्रकि्रयमा उच्चारण गरिने मन्त्र वा विशेष श्लोकहरु हिन्दु धर्मग्रन्थ र बौद्ध ग्रन्थ दुवैबाट प्रयोग गर्ने गरेको पाईन्छ। २ गराङ्के : बिरामीको रोग निको होस् कुन पे्रतआत्मा वा बोक्सी लागेको हो उसको भाग छुट्टयाई अक्षतापाती कुखुरा बोका आदि पछि विधी विधान गरी दिनेछु भनि बाचा कवोल गरी राखिन्छ यसलाई 'गराङ्के वा सोट्के' वा भाकल गर्ने भन्दछन्। पछि पुजा आजा गर्नै पर्दछ। यस सम्बन्धी पनि धेरै ब्यक्तिगत अध्ययन (Case Study) गरिएको थियो तर यो सानो लेखमा लामो हुने भएको कारणबाट प्रस्तुत गरिएको छैन। ३ पुजा-आजा जाट्के-चर्हईट्के : बिरामीलाई रोगअनुसारको अक्षतापाती धुपधुवाँर गरी प्रेतआत्मा खुसी बनाउने संस्कार हो। यसमा लामाले भनेको दिशामा लगेर चर्हाउने कार्य हुन्छ। ूमसान लोहोकेू चलन पनि छ। यसका साथै लामाहरु मन्त्र उच्चारण गर्दै कुखुरा बोका आदिको बली दिने चलन पनि छ। यसका साथै माटोको हाँडीमा कुखुराको चल्ला राखेर आधा रातमा दोबाटोमा गाड्ने चलन पनि छ निवुवाखर्क धुसेनीका ग्वाईला मामा भन्ने मगर लामा बर्ष ६० जो आफै भुईफुट्टा लामा हुनुहुन्छ सँगको कुराकानीमा आधारीत। ४ जडीबुटीको प्रयोग : मगर लामाहरु स्थानीय रुपमा पाईने असुरो हर्रोबर्रो टोप्रे झार तितेपाती तुलसी निमपत्ता तेजपत्ता टिमुर ढँयरो बोझो पाखनबेट आदि जडिबुटीका साथै शिलाजित खरानी बिरे नुन आदिको समिश्रण गरि आर्युवेद औषधीको अभ्यास गर्ने गरेको पनि पाईन्छ। तर आधुनिक औषधीको प्रयोगले परम्परागत औषधी वा जडीबुटीको प्रयोग मगर समाजमा हराउँदै गएको छ। ५ साटो एट्के : लामाहरुले यो उपचार बच्चाहरुको लागि गर्ने गर्दछन्। यसमा बच्चा डराई वा कसैलाई पच्छ्याई बिरामी भएमा एक बिशेष मन्त्रको उच्चार गरी मगर लामाहरु 'साटो एट्के' गर्दछन्। ६ रिफर : मगर लामाहरुले उपचार गर्न नसक्ने भएमा आफु भन्दा जान्ने लामा वा एलोप्याथी पद्धतीमा रिफर गर्ने चलन पनि छ। लामाहरुले घाँटु नाच्न घाँटु गुरुमा कहाँ पठाउने पनि गर्दछन्। 

२.६ मगर संस्कृतिमा घाँटु नाच र स्वास्थ्य सम्बन्धी अवधारणा

घाँटु नाच मगर संस्कृतिको एक भाग र प्रकार्य हो। घाँटु नाच विभिन्न ठाउँमा विभिन्न प्रकारको पाईन्छ। आजसम्मको अध्ययनमा सती मेरे कुसुण्डा र लामा गरी चार प्रकारको घाँटु पाईएको छ। कुसुण्डा र मेरे घाँटु नाममा मात्र फरक छ अरु सबै एकै प्रकारको हुन्छ। मगर समुदायमा नाचिने घाँटुहरुलाई घाँटुको हाउभाऊ र नाच्ने समयको आधारमा १ राच्य घाँटु २ बाह्रमासे घाँटु र ३ माराच्य घाँटु गरि तीन भागमा विभाजन गरिएको छ बराल २०५० पे। ९९-१०१। अध्ययन क्षेत्रको जगत्रदेवी कृष्णगण्डकी निवुवा खर्क लगायतका सबै गा।वि।स का मगर गाउँहरुमा घाँटु नचाउने चलन थियो। आजकल हराउँदै गएर पेलाकोटको राम्चे र पिडीखोलाको चितुङ मगर गाउँमा मात्र नचाईने गरेको छ। यहाँ नचाईने घाँटु राच्य घाँटु अर्थात झाँक आएर नाचिने घाँटु नाच हो। घाँटु नाच मगर समाजमा स्वास्थ्य अवधारण सँग जोडिएको पाईन्छ एक केश अध्ययन (case study) को चर्चा गरौं :

'निवुवाखर्क खोलाखर्क निवासी बर्ष ५० की थनीसारा सिङ्जालीमगरलाई २०६४ सालमा मुटु पोल्ने शरीर झमझम गर्ने नैराश्यता हुने पेट पोल्ने आदि जस्ता लक्षणहरु देखिए। निजले स्थानीय औषधी पसलहरुमा उपचार गरिन् उनले ग्यास्ट्रयाईटीस एपीडी डिप्रेशन न्यूराईटिस आदि रोगको थुप्रो औषधी सेवन गरिन्। थुप्रै लामा धामी देखाइन्। तर रोग निको भएन। अनि एकदिन उनी घाँटु गुरुमाकहाँ पुगिन् उनलाई घाँटु लागेको र छोरी वा कुनै कन्यालाई तीन बर्ष घाँटु नचाउने सल्लाह दिईएछ। अध्ययनकर्ताले उनलाई २०६४ सालको अन्त्यतिर गल्याङ बजार भेट्यो। उनले आफ्नो समस्या बताईन तर घाँटुबारे चाहिँ केही पनि भनिन्। अध्ययनकर्ताले उनको अरु पनि जाँच गर्नुपर्ने थाईर्वाईट फङ्सन टेष्ट आदि गर्नुपर्ने र विशेषज्ञ चिकित्सक भेट्ने सल्लाह दिएर पोखरा मनिपाल अस्पताल पठायो। त्यहाँ हाईपोथाइर्वाईडीज्म रोग निदान भएछ। उनले त्यहाँबाट दिएको औषधी पनि खाईन् र घाँटु नचाउनलाई १८ बर्षीया कुमारी छोरी निरुलाई पठाउने कार्य गरिन् उनी स्वस्थ्य भईन्। अध्ययन कर्ताले २०६६ मा फेरी उनलाई भेट्यो। उनले घाँटु लागेर मेरो रोग पत्ता नलागेको म निको नभएको भन्ने कुरा गरिन अनि घाँटु नचाए पछि मेरो सबै ठीक भयो भनिन्। उनी मानसिक रुपमा र सामाजीक रुपमा स्वस्थ्य भएको महशुस गरेको थिईन् कुनै शारिरीक रोगको अनुभुति थिएन।'

यसरी थनसरी मगरले घाँटु सम्बन्धमा स्वास्थ्य सम्बन्धी अवधारण बोकेको पाईयो। अध्ययन क्षेत्रमा घाँटु नाचले एकातिर मनोरन्जन दिएको छ भने अर्कातिर बिरामी र विरामी पक्षलाई मानसिक सान्त्वना प्रदान गरेको पाईन्छ। यस्तै सोरठी वा मारुनी यौनाट कौर्हा आदिमा पनि स्वास्थ्य सम्बन्धी मिथक र विश्वास रहेको मगर संस्कृतीमा पाईन्छ। 

२.७ मगर संस्कृतिमा आधुनिक चिकित्सा :

आधुनिक समय विज्ञान र प्रविधीको हो। एलोप्याथी चिकित्सा प्रणालीले प्रमाणको आधारमा चिकित्सा उपचार गर्दछ। अध्ययन क्षेत्रमा पनि आधुनिक चिकित्सा एलोप्याथी को प्रभाव परेको छ। बरु दक्ष स्वास्थ्यकर्मीहरुको अभाव मेडीकल एन्थ्रोपोलोजी-सोसीओलोजी ज्ञानको अभावले गर्दा मगर गाउँमा स्वास्थ्यकर्मीहरु सकरात्मक ज्ञान प्रवृती र व्यवहारको विकास गर्न सकेको छैन। सरकारी स्वास्थ्यकर्मीहरु ूसरकारको काम कहिले जाला घामू को अवस्थामा छन् भने निजी स्वास्थ्य-चिकित्सा ब्यवसायीहरु नाफा-घाटामा ब्यस्त छन्। मगर संस्कृतीमा पनि आधुनिक चिकित्सा विज्ञानले भनेको वा जनस्वास्थ्यको दृष्टीकोणबाट सकरात्मक चलनहरु जस्तो पानीको मुल वा कुवा वा पँधेरा वरीपरी दिशापिसाब गर्न नहुने सुत्केरीलाई पोषिलो खुवाउनुपर्ने बच्चालाई दुध खुवाउने आदि छन्। त्यस्ता सकरात्मकलाई प्रवर्धन गर्नुपर्छ भने बोक्सी प्रथा तथा अन्धविश्वासहरुलाई हटाउँदै लानुपर्दछ। जे होस् मगर संस्कृतीमा पनि आधुनिक चिकित्सा प्रणालीको प्रभाव परेको छ बिरामी हुँदा अस्पताल जाने सुत्केरी हुँदा अस्पताल जानेको संख्या पनि बढ्दै गईरेको पाईन्छ। 
३। निश्कर्ष-सारांश र सुझाब 

३.१ निश्कर्ष-सारांश

स्वास्थ्य सवै संस्कृतीको मूल विषयबस्तु ' (Theme) हो। सबै समुदाय सँग संस्कृतीको रुपमा स्वास्थ्यको बारेमा अवधारणा हुन्छ। तर 'स्वास्थ्य' आँफैमा एउटा बृहत अर्थ बोकेको शब्द हो यसको परिभाषा समय अनुसार परिष्कृत बन्दै गएको पाईन्छ। विश्व स्वास्थ्य संगठन (WHO) ले स्वास्थ्यलाई 'रोगहरु र दुर्वलता वा रोगब्याधीबाट छुटकारा मात्र स्वास्थ्य होईन स्वास्थ्य भनेको त शारीरीक मानसिक र सामाजीक रुपमा निरोगी रहनु हो' भनेको छ। यसले गर्दा स्वास्थ्यमा शारीरीक सामाजीक र मानसिक रुपमा स्वस्थ्य रहनुपर्ने कुरा आएको छ। यस अर्थमा स्वास्थ्य शारीरीक सामाजीक र मानसीक गरी त्रि-आयामिक छ। यसरी सामाजीक स्वास्थ्यको कुरा आईसकेपछि संस्कृतीको कुरा आईहाल्ने नै भईहाल्यो। मगर संस्कृतीमा पनि स्वास्थ्य सम्बन्धी आफ्नै अवधारणा प्रथा चलन तथा प्रवृती र आचरण पाईन्छ।

मगर संस्कृतीमा रहेको पानीको पँधेरो धारो पुजा गर्ने र सरसफाई राख्ने सुत्केरीमा पोषीलो खुवाउने पुजा आजा गर्दा किटाणुको नाश गर्न रक्सी छर्कने वा रक्सी चढाउने स्थानीय जडिबुटीहरुको प्रयोग र प्रबद्धन बच्चाको पास्नी मानसीक तथा मनोबैज्ञानिक उपचार सु-स्वास्थ्यको कामना आदान प्रदान गर्ने खाना खाँदा पितृलाई चर्हाएर मात्र खाने पुजाआजा पछि माछामासु खाने जसले पोषण प्रदान गर्दछ ऋतु अनुसार मनोराजन प्रदान गर्ने प्रचलन आदि स्वास्थ्यका लागि सकरात्मक पक्षहरु हुन्। यसलाई सम्पूर्ण मगरहरुले प्रवद्र्धन गर्नु पर्दछ। सकरात्मक पक्षको अध्ययन अनुसन्धान गरेर प्रचार प्रसार गरि ब्यवहारमा ल्याउनु पर्दछ।

मगर संस्कृतीमा रहेको बोक्सी प्रथा भुतप्रेत वा राक्षस वा दैबी शक्ती प्रती रहेको अन्धविश्वास बिरामीको उपचार गर्दा अनावस्यक रुपमा कुखुरा वा बोका आदि काटी खर्च बढाउने प्रथा सुत्केरीमा हरियो सागसब्जी खान हुँदैन भन्ने अवैज्ञानिक कुरा बिरामी साहारो पर्दा पनि घरमै लामा धामीको भर पर्ने प्रथा आदि अन्धविश्वासहरु भने मगर समाजबाट हटाउनु पर्दछ। यसले मगर संस्कृतीको रक्षा गर्दैन। अन्धविश्वास कुरीतीले समाजलाई हानी गर्दछ र मानिसहरु त्यस्ता संस्कृती प्रति घृणा जाग्दछ। यदि यस्तो अवस्था आईपरेमा राम्रा संस्कृतीहरु त्यसको घानमा मिसिन जान्छ जसले मगर संस्कृती लोप हुन सक्दछ। यसले गर्दा मगर अगुवाहरु नेपाल सरकार चिकित्सक तथा स्वास्थ्यकर्मीहरु तथा विद्धानहरु मगर संस्कृतीका खराब पक्षलाई हटाएर राम्रा संस्कृतीलाई संरक्षण प्रदान गर्ने बाटोमा अग्रसर हुनुपर्दछ।

यो अध्ययन लेख एउटा सानो क्षेत्रको मगर बस्तीको अवलोकन जानकारहरुसंगको अन्तरवार्ता सांस्कृतीक चलनहरुमा अध्ययनकर्ता सहभागी हुँदाका तथ्यहरु यसमा उल्लेख गर्ने जमर्को मात्र गरिएको हो यस्ता कुरामा अझ धेरै अध्ययन अनुसन्धानको आवस्यकता छ। अध्ययन अनुसन्धानबाट पत्ता लागेका स्वास्थ्य सम्बन्धी विषयवस्तुहरुलाई मगर समुदायलाई पे्रश्कृप्सन दिन आवस्यक छ। यस अनुसन्धानले मगर सम्बन्धी चासो राख्ने विद्धानहरुलाई संस्कृती र स्वास्थ्यको बारेमा पनि कलम चलाउन उजागर गरोस् भन्ने आशा पनि रहेको छ। 

३.२ सुझाबहरु

मगर समुदाय नेपालको तेस्रो धेरै र आदिवासी जनजाति मध्ये पहिलो धेरै जनसंख्या भएको जाति हो। मगर यस ठाउँका आदिम बासी भएकोले उनीहरुको संस्कृतीले पनि राष्ट्रिय संस्कृती बनाउनमा योगदान छ। मगर संस्कृतीलाई जिवन्त र व्यवहारीक राख्न सो संस्कृतीमा भएका सकरात्मक स्वास्थ्य सम्बन्धी अवधारणाहरुको प्रचार प्रसार गर्नुपर्दछ र प्रवद्र्धन गर्नुपर्दछ। यसको लागि अझ गहिरो अध्ययन अनुसान्धान हुन जरुरी छ। नेपाल सरकार मगर सम्बन्धी काम गर्ने संघ संस्थाले लगानी बढाउनु पर्दछ किनभने स्वास्थ्य नै धन हो।

मगर संस्कृतीमा रहेको बोक्सी प्रथा भुतप्रेत वा राक्षस वा दैबी शक्ती प्रती रहेको अन्धविश्वास बिरामीको उपचार गर्दा अनावस्यक रुपमा कुखुरा वा बोका आदि काटी खर्च बढाउने प्रथा सुत्केरीमा हरियो सागसब्जी खान हुँदैन भन्ने अवैज्ञानिक कुरा बिरामी साहारो पर्दा पनि घरमै लामा धामीको भर पर्ने प्रथा आदि अन्धविश्वासहरु भने मगर समाजबाट हटाउनु पर्दछ।

पिछडीएका मगर गाउँहरुमा शिक्षा र चेतनाको आवस्यकता छ। जसले मगरका सकरात्मक स्वास्थ्य सम्बन्धी अवधारणा बोक्ने संस्कृती र विकृती बोक्ने संस्कृती बीच भिन्नता छुट्टयाउन मद्दत गर्दछ। यस्तो स्वास्थ्य शिक्षा सम्बन्धी कार्यक्रम लक्षित मगर समुदायको मानवशास्त्र-समाजशास्त्रको अध्ययन गरि प्रदान गर्नुपर्दछ। हाल जस्तो जथाभावी दिईएको स्वास्थ्य सम्बन्धी कार्यक्रमबाट मगर समुदायलाई दिगो स्वास्थ्य ब्यवस्थापन गर्न सक्दैन। तसर्थ यसबारे सबै सकरात्मक हुनुपर्दछ।

मगर संस्कृतीमा अर्को देखिएको अल्कोहल रक्सी जन्य पदार्थको दुरुपयोग हो। मगर संस्कृतीमा यसले महत्वपूर्ण भुमिका खेल्दछ। तर यसको सदुपयोग भन्दा दुरुपयोग बढेकोले सो सम्बन्धी चेतना फैलाउन जरुरी छ। 

४. सन्दर्भ सामाग्रीहरु

Acharya, Balaram 2002 - Research Methodology and Report Writing (Nepali) Ktm, Nepal

Acharya, Balaram 2058 BS: Perpective on Socio-Cultural Change and Development (A Sociological Analysis), Ktm

Baralmagar, Dr. Kesharjung 2050 BS - Palpa, Tanahun ra Syangjaka Magarharuko Sankriti, , Published by Royal Nepal Academy Kathmandu, Nepal

Bhatta, Dr. Bhimdev 2004- Development Administration, Published from Kathmandu Nepal

Bista, Dorbahadur, 2055 BS: Sabai Jatako phulbari, 2055 BS,7th edition, Published by Sajha Prakashan Lalitpur

Buramagar, Harhabahadur & Rokemagr, Gopalbdr 2060 BS :”Magar culture” with in Nepalese culture: Different Dimensions, Royal Nepal academy.

Bhattarai, Gyaneswar : Brihat gyankosha 25th edition 2066 BS, KTM

Bell, Dion R. 1998 - Tropical Medicine, fourth edition, Blackwell science U.K.

BMJ, Jun 2006, - Clinical evidence concise, UK

BMJ, 2004 - Health in south Asia, 3Apr 2004, UK

BMJ, 2001 - Sport Medicine, December 2001, UK

Bohannan, Paul & Glazer, Mark 1998 - High Points in Anthropology, New York

Coller, Judith, Longmore Murray & Scanlly, Peter 2003, -Oxford Handbook of clinical specialities, 6th edition, UK

Central Bureau of Statistics 2001 - National Census (Government of Nepal)

Chemjong, Imansing, 1967 -History of culture of Kirat people, KTM

Chaulagain, Balaram 2007- Illuminating Nepal’s Health care & Social Issues, Makalu publication,KTM

DDA, 1999, - Standard Treatment Schedule for Health post and Sub- Health post

Devkota, Dr. Padamlal & ojha Netrakumar, 2064 BS - Models of Culture (Nepali), KTM

Dixit, Dr. Hemang 2005, -Nepal’s quest for health (The health service of Nepal), Kathmandu, Nepal

Dhakal, Somnath 2057 BS, -Family Life Education (Nepali), KTM

Gurung, Dr. Harka 1998 - Nepal Social Demography and Expectations, Published by New Era KTM.

Gurung, Dr. Harka 2001 - Social Demography of Nepal census 2001, Himal books, KTM

Gurung, Gopal 1992 AD : Ranjitima Adhekha Sachaiharu, KTM

Harding, J.W. Richard, 1996 - Medical problems for Health post Workers, third edition HLMC T.U,

Hamilton, F.B., 1815 - An Account of the Kingdom of Nepal, 1815 AD UK, Reprint 1997, Delhi India

Helman, Cecil G, 2007 - Culture, Health and Illness, Fifth edition UK.

Kirkpatrik, William J. 1793 AD : An Account of Tha kingdom of Nepal, Published by Rupa Co India, 2007 AD.

Mathur J S, 2007 - Preventive and Social Medicine (A Comprehensive Text book, with special focus on Nepal), India.

Maski Ranamagar, Shreedhar : Magar Jatiko Mulbato 2066 BS, Butwal

Mishra, Dilliram, 2057 BS - Nepal Adhirajyama Tanahun, Published by Sharmila Mishra, Nepal

Park, K. 2005 - Park’s text book of preventive and social Medicines 18th edition, India

Punmagar, Mejan 2066 BS : A study of Pun Magar, KTM

Rai, Ram chandra, 2064 BS – Heritage of the Kiratas (Nepali)

Ritzer, George 2000 - Sociological Theory, Fifth edition, MC Graw wall New Delhi.

Sinjali, BK 2007 - Health awareness among the rural Magars towards communicable disease (A dissertation to TU for

MPA degree)

Shrismagar, Min 2066 BS : Paschimanchal Bikas Chhetraka Magar Samudayama Prachalit Lokgit nrityako Bartaman Abastha ra chunautiharu, Published by Magar Study Centre Ktm

Shrestha, Gyaindra Bahadur 2066 BS- Hindu Jurisprudence and Nepalese Legal System (Nepali), Ktm

Tuker, Francies, 1957– Gurkha : the story of the Gurkhas of Nepal country

Thapamagar, Lokanesh 2057 BS : Eitihasik pristhabhumima pratham sahid lakhan thapamagar, Butwal

Thapa, Khildhoj, 2036 BS : Magar jati Ek aitihasik ruprekha, Serophero barsa 1, anka 1, Falgun 2036 BS, p.7-8.

Thapa, Hirasing, 2007AD: Magar through the age (Magar History) (Manuscript)

Thapa, M S 2049 BS : Prachin Magar ra Akkha Lipi, Kathamandu

Thapa, Hirasing, 2066 BS: Magar (Dhut)-Khas- English Dictionary

Tamang, Sitaram 2061 BS : Nepal Samaj Bikasko eitihasik bhautik nirupan, KTM

Udas (pokhareli), Dr, Gehendra man …. : Nepalka adibasi janajatima hindukaran, KTM

Ukyab, Tamil & Adhikari, Shyam 2000– The nationalities of Nepal, by Ministry of Local dvmt,

Worner, David, 2044 BS - Daktar Nabhayama (Nepali) 2nd edition, HLMC Kathemandu

Wright, Danial 1877 - History of Nepal 

Newspaper & Journals 

Professional Nurse, May 2003, September 2004, April 2002, UK

HSJ, Health Service Journal, 22 April 2004 UK

Smarika Mitrasen Pratisthan, Different Serials.

Shodhamala (A Journal of Magar Studies Centre) Different Serials

Poon hill, Different Serials

Kanung Lam, Monthly newspaper Kathemandu, Different serials

Gorakhapatra, Kantipur Daily Different Serials

Kantipur Daily, Dfferent Serials

Kathmandu Post Daily Different Serials

Nepal weekly Different Serials

Himal khabar Patrika monthly Different Serials


५. परिशिष्ट - मुख्य सुचना दाताहरु (key Informants)

यस अध्ययनका लागि अध्ययन क्षेत्रका धेरै सर्वसाधरण सँग अध्ययनक कर्ताको बार्तालाप भएको थियो। अध्ययन क्षेत्रका ठुला मगर गाउँहरु गराङ्दी ईल्हुङ्गा बलाम छाप दब्छे मोतीचौर डुडीचौर ग्वादी राम्चे चितुङ सल्यान स्यालबास आदि गाउँहरुका साथै अन्य मगर बस्तीहरुमा पनि मगर संस्कृती अवलोकन गरिएको थियो। सो अध्ययनको लागि निम्न उत्तरदाताहरुलाई मुख्य सुचना-दाताको रुपमा लिएको छु।

क) जगत्रदेवी गा।वि।स तल्लो गल्याङ निवासी बर्ष ४३ का दुर्गबहादुर श्रीसमगर मगर अगुवा-समाजसेवी

ख) जगत्रदेवी गा.वि.स. गराङ्दी निवासी बर्ष ७७ का प्रमसिङ रानामगर

ग) पेलाकोट गा.वि.स. राम्चे निवासी बर्ष ४६ का मुक्ती रानामगर समाजसेवी

घ) श्रीकृष्ण गण्डकी गा.वि.स. दब्छे निबासी बर्ष ३४ का हिराबहादुर थापामगर शिक्षक

ङ) पिडीखोला गा.वि.स. सल्यान निवासी बर्ष ४७ का यामबहादुर सिङ्जालीमगर अवकाशप्राप्त प्र.ह. - समाजसेवी

च) निवुवाखर्क गा।वि।स ग्वादी निवासी बर्ष ५० का दलबहादुर रानामगर शिक्षाविद-समाजसेवी