Home विशेष लेख प्रथम शहीद लखन थापा द्वित्तीय

प्रथम शहीद लखन थापा द्वित्तीय

E-mail Print PDF
AddThis Social Bookmark Button
त्रिलोक सिँह थापा मगर

नेपालको प्रथम शहीद लखन थापा हुन भनेर राज्यले विधिवत घोषणा गर्नु पर्दछ। साथै उहाँलाई राष्ट्रिय सम्मान प्रदान गर्नु पर्दछ। यो आवाज केवल भावनात्मक काल्पनिक एंव संवेदनशील आधारमा उठाइएको होइन। ऐतिहासिक तथ्य तथा प्रमाणहरुमा आधारित यो मुद्दा आदिवासी जनजाति मगर समुदाय संग पूर्णरुपमा गाँसिएको छ। अन्तिम समयसम्म यो मुद्दा अझ बढि शसक्त एंव संगठितरुपमा उठि रहनेछ। गैरमगर इतिहासकार र बुद्धिजिवीहरुको पनि सकि्रय संलग्नता क्रमशः बढ्दै गइरहेको हुँदा यस मुद्दालाई थप बल प्राप्त हुन आएको छ। अतः यस मुद्दाको निराकरण गर्न गराउनका लागि नेपाल सरकारलाई धेरै समय सम्म चुप लागेर बस्नु सक्ने अवस्था छैन।
 
प्रख्यात इतिहासकारहरुको धारणाः

केही स्वदेशी एंव विदेशी इतिहासकार एंव विद्वान लेखकहरुले जङ्गबहादुरको एकतन्त्रीय र दमनकारी शासन प्रणालीलाई धवस्त पार्न शसस्त्र जनयुद्धको नेतृत्व तथा सहादत प्राप्त गर्ने लखन थापा द्वित्तीयको सम्वन्धमा आ-आफ्ना पुस्तकहरुमा प्रत्यक्ष वा परोक्षरुपमा तथ्यपूर्ण विवरणहरु उल्लेख गरेका थिए। उदाहरणका लागि प्रख्यात इतिहासकार प्रमोद शमशेर राणा ई.सं. १९७८ जङ्गबहादुरका साँहिला छोरा पदम जङ्ग राणा ई.सं. १९०९ पुरुषोत्तम शमशेर राणा वि.सं. २०४७ ढुण्डिराज भण्डारी वि.सं. २०५५ वेलपटन ई.सं. १९८८ जनक लाल शर्मा वि.सं. २०५५ विक्रम जीत हसरत वि.सं. २०२७ महेश चन्द्र रेग्मी ई.सं. १९८० तथा अन्य विद्वान लेखकहरुको नाम उल्लेख गर्न सकिन्छ।

वर्तमान समयमा लुम्बनी विश्वविद्यालयका कुलपति प्रा. डा. त्रिरत्न मानन्धर वि.सँ. २०४८ सोही विश्व विद्यालयका पूर्व कुलपति प्रा.डा. तुलसी राम बैद्य वि।स। २०६७ नेपाल सरकारका पूर्व मन्त्री चिरिन्जीवी वाग्ले वि।स। २०६६ मुक्ता श्रेष्ठ वि.सं. २०५३ सजीवन महर्जन वि.सं. २०५३ नगेन्द्र शर्मा ई.सं. १९९१ शिव अपि्रय वि।स। २०६६ शिवकुमार श्रेष्ठ वि.सँ. २०५३ दिपक जोशी ई.सँ. २०११ इतिहासकार राजाराम सु्वेदी वि.सं. २०६५ भीम भक्तमान सिँह वि.सं. २००५ डा. जगमान गुरुङ्ग २०६७ उ।प्रा. बाबुराम थापा क्षेत्री पूर्व राजदूत प्रा.डा. मोहन प्रसाद लोहनीवि.सं. २०६७ तथा अन्य गैर मगर विद्वानवर्गले आ-आफ्ना पुस्तक लेख तथा अन्र्तवार्तामा नेपालको सामाजिक राजनैतिक परिवर्तनमा अग्रणी भूमिका खेल्नु हुने लखन थापा द्वित्तीयलाई स्विकार गर्नु भएको पाइन्छ। साथै विभिन्न विविध दृष्टिकोणबाट सो क्षेत्रमा थप अनुसन्धानको आवश्यक्ता रहेको कुरा प्रति पनि ध्यानाकर्षरण पनि गराउनु भएको छ।

मगर इतिहासकार एंव लेखकहरुको धारणाः

नेपाल मगर संघको २०४८को निर्णय पछि सम्भवतः मगर विद्वत वर्ग एंव लेखकहरुले लखन थापा द्वित्तीयको सम्वन्धमा आ-आफ्नो कलम चलाएको पाइन्छ। सम्भवत सर्व प्रथम एम। एस। थापा मगर वि.स. २०४८ शिवलाल गुच्छा मगर वि। स। २०५२ धर्म प्रसाद श्रीस मगर वि.सं. २०५० मगर जुङ्ग दारजलिङ्ग डा. हर्ष वहादुर मगर वि.सं. २०५४ वि.के. राना वि.सं. २०५६ सागर थापा वि.सं. २०५७ जय वहादुर हितान वि.सं. २०५९ वाल कृष्ण काउछा मगर वि.सं. २०६० उमेश राना मगर वि.सं. २०६३ जीवन आले मगर वि.सं. २०६४ झकेन्द्र घर्ती मगर वि.सं. २०५७ लोकनेश थापा मगर २०५७ मेक बहादुर राना मगर वि.सं. २०६६ मीन श्री खिम वहादुर थापा मगर संतोष वुडा मगर संजोक लाफा मगर नरेश खपाङ्गी मगर गोरखापत्र सुश्री बम कुमारी बुढा मगर झक बहादुर रोका मगर ई.सं. १९९९ आदि र अन्य मगर विद्वानहरुको रचनाहरु लखन थापा द्वित्तीयको विषयमा प्रकाशित भइसकेको छ।

उक्त रचनाहरु तर्क पूर्ण तथा विश्लेशणात्मक छन्। तै पनि धेरै जसो रचनाहरुमा लखन थापा संग सम्बन्धित दस्तावेजहरुको खोजी भएको पाइदैन। स्थलगत वार्ता एंव प्रकाशित रचनाहरुलाई मात्र आधार मानिएको छ। सारांशमा सम्र्पूण मगर लेखनकहरुको एउटै गुनासो छ नेपाल सरकारले किन आज सम्म लखन थापा द्वित्तीयलाई नेपालको प्रथम शहिद घोषणा गर्दैनन् 

राष्ट्रिय स्तरका राजनीतिक नेताहरुको धारणाः

एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीका अध्यक्ष एंव पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मन्तव्य यस प्रकार छ 'लखन थापा र उहाँका साथीहरुको हत्या गरेर तत्कालीन रुपमा जंङ्गबहादु्रको राष्ट्रिय आत्म सम्र्पणवाद र निरुकुंशताका विरुद्ध जनस्तर बाट उठेको विद्रोहलाई तत्कालीन रुपमा दमन गरिएता पनि राणा शासनको अन्त गर्ने विउ त्यति बेलै रोपिएको थियो' वि.सं. २०६७। नेपाली काँग्रेसका अध्यक्ष शुशील कोइरालाको मन्तव्य यस प्रकार छ 'लखन थापालाई नेपालमा निरुकुंश शासन व्यवस्थालाई समाप्त पारेर उदार प्रजातान्त्रिक परिपाटी कायम गर्ने लक्ष्यका साथ आन्दोलन गर्दा मारिएका पहिलो व्यक्ति वा पहिलो शहिदको रुपमा सम्मान गरिन्छ' वि.सँ. २०६७। नेपालका अन्य राजनीतिक नेताहरुबाट पनि शहिद लखन थापा द्वित्तीयलाई प्रथम शहिदको रुपमा पैरवी गरिएको छ। प्रथम शहीद लखन थापा स्मारिका २०६७ फागुन

उक्त राजनेताहरुले प्रथम शहीद लखन थापा द्वित्तीय प्रति अर्पण गरेका सम्मान मनक्तव्य तथा उदगार सकरात्मक तथा अत्यन्त सराहनीय छ। कार्यान्वयन पक्ष के कस्तो हुन्छ सो हेर्न केही समय पर्खिनु पर्छ। आशा छ हात्तीको दाँतको कथा दोहरिने छैन।

भ्रामात्मक व्यख्याः

नेपालको राजनैतिक एंव सामाजिक परिवर्तनमा अग्रणी भूमिका खेल्नु हुने लखन थापा द्वित्तीयको बलिदान र योगदानलाई ओझेलमा पारेर केही स्वदेशी एंव विदेशी इतिहासकार तथा लेखकहरुले उनको सम्बन्धमा नकरात्मक धारणाहरु पनि समय समयमा सम्प्रेशण गरेको पाइन्छ। सर्व प्रथम इतिहासकार बालचन्द्र शर्माले लखन थापा द्वित्तीयले नेतृत्व गरेका जनयुद्धलाई ूहास्यापद विद्रोह वि.सं. २०३३ भारतबाट प्रकाशित अजनता शब्दकोषमा 'काम नलाग्ने व्यक्ति' डा. तिलक श्रेष्ठले आफ्नो इमेलमा हल्का टिप्पणी जनवरी २०११ गरेको देखिन्छ। प्रुान्सेली विद्वान मेरी लोकोभेट टीलौइनले आफ्नो कार्यपत्रमा लेख्नु भएको छ 'लखन थापा द्वित्तीय आफै राजा हुन खोज्नु भएको हुदाँ कसरी शहीदको दर्जा दिन मिल्छ' 'In the longer term of sitting on the royal throne himself. This ambition does not fit well with the status of a martyr.' (ई.सं. २०००) (क) विद्वान लेखकको सम्पूर्ण कार्यपत्र वा लेख उक्त हाइपोथेसिस वा प्रश्नको घेरा भित्रमात्र घुमि रहेको जस्तो लाग्छ। (ख) कार्यपत्रको छलफल मुख्यतः मगर गैर मगर इतिहासकारहरुका लेख वा पुस्तकहरुमाथि आधारित रहेको देखिन्छ। लेखक र इतिहासकारहरुको उदहरण भनाई र मन्तव्यहरुको आधारमा आफ्नो छलफललाई अघि बढाउनु भएको छ। (ग) उक्त छलफलका लागि लेखकहरुका उदहरणहरु अत्यन्त आवश्यक छ। यसमा दुई मत छैन। तर स्थलगत अध्ययनबाट त्यसबेला सन् १८३४को नेपाली समाजको सामाजिक र साँस्कृति मूल्य मान्यताको आधारमा लखन थापा द्वित्तीयको मूल्याङ्कन गर्न सक्नु भएको भए राम्रो हुने थियो। घ लखन थापा द्वित्तीयको सम्बन्धमा केही दस्तावेजहरु खोजी भएर समावेश भएको भए सम्भवतः सो कार्यपत्रको रुपनै फेरिन सक्थ्यो।

त्यसबेला एकातिर त्यस क्षेत्रका नेपाली समाज अशिक्षित आर्थिक रुपले विपन्न रुढिवाद धार्मिक अन्धविश्वास सामाजिक कुरीति परम्परावाद हिन्दु धर्म दर्शनमा आधारित सत्ययुग अवतारवाद पुर्नजन्म सपनामा सन्देशबाट ग्रसित तथा राजनैतिकरुपबाट दमन र शोषित थिए। अर्कातिर जङ्ग बहादुरको भयंकर त्रासपूर्ण एंव निरुकुश शासन प्रणालीको विरुद्धमा सोच्न सपना हेर्न अथवा विरोध गर्न कसैले साहस गर्न सक्दैन थिए। त्यस्तो अवस्थामा एउटा मगरको छोरा लखन थापा द्वित्तीयले जङ्ग बहादुरको हुकुमी एंव पारिवारिक शासन प्रणालीविरुद्ध पहिलो पटक जन परिचालन गरेर जनयुद्ध गरेका थिए। यो तथ्यलाई इतिहासरकार एंव विद्वान लेखकहरुले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा स्वीकार गरेका छन्।

अन्य विद्रोहीहरु

वि।संं १९१४ सालमा फौजी अफिसरहरुलाई जङ्गबहादुरको विरुद्ध उत्तेजित र भड्काउने अभियोगमा काली प्रसाद पलटनका जमदार काजीमान गुरुङ्ग प्रकाउ परे। उत्साहित एव साहसी जमदार गुरुङ्गलाई उन्कै पलटनमा गुरुङ्ग सिपाहीहरुद्वारा टुडिखेलमा निर्ममतापूर्वक हत्या गर्न लगाइयो। सो घटना लखन थापा द्वित्तीयको हत्या भन्दा १९-२० वर्ष अगाडि भएको थियो। गोर्खा निवासी काजीमान गुरुङ्ग बहालवाला सैनिक थिए। सम्भवतः आवेशमा आएर वा कुनै कुरामा उनको चित्त नबुझेर जङ्गबहादुरको विरोधमा पल्टनको अफिसरहरुलाई उतेजित गरेका थिए। सो घटनाको उद्देश्य पनि प्रष्ट नभएको तथा सो विरोधमा जनताको सहभागिता एंव समर्थन पनि शुन्य रहेको देखिन्छ। पल्टनकेा घेरा भित्रै उनको विरोध सीमित रहेकेा साथै आफ्नै सहयोगि गुरुङ्ग सैनिकहरुबाट उन्को हत्या गरएको जानकारी प्राप्त हुन्छ। जमदार काजीमान गुरुङ्गले प्रदर्शन गरेको साहस र वीरता प्रति उहाँको कदर गर्नु पर्छ।

सुदुर पच्छिमााचल आछाममा राणाकालीन कर्मचारीहरु विशेष गरि ठकुरीहरु माथि गर्दै आएको अत्याचारलाई साहेबज्यू बलदेब शाह उर्फ बाकेबीरले खपी नसक्नु भयो। त्यस माथि श्री ३ जङ्ग बहादुर राणाले श्री ५ राजेन्द्रलाई बन्दीगृहमा राखी अड्कलेका माना खानु पर्ने व्यवस्था गरे वापत राज परिवार तथा ठकुरीहरु राणाहरु संग आगो भएका थिए। यसै सन्दर्भमा बलदेब शाह उर्फ बाँकेबीरुले राणाहरुको सैनिक माथि लुकी छिपी आक्रमण गर्ने गरेका थिए। तर जङ्ग बहादुरको निर्देशन अनुसार वि.सं. १९०६ सालमा लुकी छिपी रहेका बाँकावीरलाई रुद्रसिँह स्वारले उन्को टाउको काटी हत्या गरेका थिए। यो घटना वास्तवमा राणाहरुले राजपरिवार र राजा रजौटाहरुलाई सताउने दुःख दिने तथा उपेक्षापूर्ण व्यवहारबाट उब्जिएको जस्तो लाग्छ। यो एक प्रकारको पारिवारिक द्वन्दमा आधारित आवेशबाट उत्पन्न भएकेा घटना जस्तो लाग्छ। साथै उहाँको पक्षमा जनसर्मथन थियो भन्ने कुरा प्रत्यक्ष रुपमा कतै देखिदैन। तै पनि त्यसबेला उनले ठूलो साहस देखाएको हुदाँ उन्को कदर गर्नु पर्ने हुन्छ।

यसै क्रममा लखन थापा द्वित्तीयकेा जन विद्रोह पछि उहाँको अनुकरण गर्दै वि.सं. १९३३ सालमा गोर्खा कै शुकदेव गुरुङ्गले आफुलाई ूनौ सरकरा वौद्धवादशाहू घोषित गरि जङ्ग बहादुरको विरुद्ध गाउँ गाउँमा प्रचार गरेका थिए। उनिलाई जङ्ग बहादुरले पक्रन लगाई जेलमा राखे। वि.सं. १९३३ सालकेा चैत्रमा उनी जेल मैे मरे। त्यसै गरि १९३४ सालकेा वैशाख तिर गोर्खा के सुपति गुरुङ्गले पनि आफुलाई ूबौद्ध बादशाहूको रुप प्रस्तुत गरे। तर उहाँको विरोध र विद्रोह पनि असफल रहयो। तर पक्राउ पर्न सकेनन्। उक्त दुबैजनालाई राज्यले सम्मान गर्नु पर्दछ।

कसरी हुनुभयो प्रथम शहीद 

तुलनात्मक रुपमा हेर्ने हो भने लखन थापा द्वित्तीयले नेतृत्व गरेको जनविद्रोह योजनावद्ध संगठीत तथा एउटा निश्चित लक्ष्य प्राप्तिकेा लागि थियो। कुनै व्यक्तिगत पारिवारिक जातिगत स्वार्थ लोभ लालचबाट प्रेरित थिएन। लखन थापा द्वित्तीय आफु राजाबन्ने चाहनाबाट पनि प्रेरित थिएनन्। जनताले नै उनीलाई असीम माया गरेर राजाको रुपमा मान्न थालेका थिए।

क 'सत्ययुग' अर्थात प्रजातन्त्रको स्थापना गर्ने लक्ष्यबाट छ सात वर्ष सम्म जनयुद्धको तयारी गर्दै आएको लखन थापा द्वित्तीयले स्थानीय जनताकेा परिचालन प्रभावकारी ढंगबाट गरे। तदनुरुप राजनैतिक सैधान्तिक धरातलमा उठेको यो विद्रोह संगठित तथा योजनावद्ध थियो। त्यसै लागि भनिन्छ नेपालको इतिहासमा राणाहरुको निरकुशं शासन प्रणालीको विरुद्ध जनस्तरमा जनसकि्रयताबाट उठेको यो पहिलो विद्रोह हो। स्वतः स्र्फुत जनताको सहयोग सहभागिता तथा सहायतामा यो जनविद्रोह संचालन भएको थियो। सीमित साधन तथा श्रोतका अभाव पनि त्यसबेला आफ्नै किल्ला खडा गर्नु मिलिशिया फौज गठन गर्नु सैनिक एंव राजनीतिक तालिम प्रदान गर्नु छरछिमेका जिल्ला वासीहरुमा आफ्नो हक अधिकार हितबारे राजनैतिक चेतना जगाउनु आदि साधारण कुरा थिएन।

वि.सं. १९२८ तिर लखन थापा द्वित्तीयले गोर्खाको बुङ्गकोटमा राजद्रोही सरकार जन सहयोगबाट गठन गरे। यसको मुखियतार प्रधानमन्त्री जनताको अनुरोधमा आफै भए। जयसिँह चुमी राजा मगर प्रधान सेनापति बनाइए। ज्ञानदिलास ब्राम्हण र कामू लम्साल मन्त्री बनाइए। यस प्रकार नेपालको इतिहास पहिलो पटक समान्तर सरकारको गठन हुन गयो। जसको उद्देश्य निरुकुँश शासन प्रणालीलाई अन्त गरेर लोकतन्त्रका बहाली तिर लक्षित थियो।

ूराज्य भित्र आर्को राज्यको स्थापनाूको प्रमाण प्राप्त भएपछि जङ्गबहादुर राणाले तत्कालीन सेनापती धीर शमशेरलाई सो विद्रोह दमन गर्न आदेश दिए। सेनापति धीर शमशेरलाई लखन थापा द्वित्तीयको जनयुद्धलाई दबाउन ज्यादै गाह्रो पर् यो। लखन थापा द्वित्तीयको जनसेना तर्फ गोली बारुद सकियो। युद्ध रोकियो। उनी सजिलै सित तिब्बतमा राजनैतिक शरण लिन सक्थे। कारण त्यसबेला तिब्वत र नेपालकेा सम्बन्ध राम्रो थिएन। तर राष्ट्र भक्त तथा स्वामिमानी लखन थापाले हाँसी हाँसी मृत्युलाई स्विकार गरे। त्यसै लागि भनिन्छ नेपालको इतिहासमा पहिलो पटक प्रजातन्त्रको बीउ रोप्ने क्रममा शहादत प्राप्त गर्ने पहिलो शहीद लखन थापा द्वित्तीय नै हुन्।

लखन थापाको हत्या पछि त्यहाँको स्थानीय जनताहरुले उनका नाममा एउटा घण्टा बनाई २०३३ सालमा देवीलाई सो घन्टा चढाएका थिए। त्यस्तै १३० वर्ष देखि उनीलाई भयरी देउताको नाममा वर्षमा एक पटक पूजा गर्ने वा सम्झना गर्ने चलन छँदैछ। यसरी लखन थापा प्रति स्थानीय जनताको आस्था श्रद्धा ममता तथा स्नेह यथावत देखिन्छ। तर नेपालको प्रतिष्ठित सरकारी संस्था तत्कालीन नेपाल राजकीय प्रतिष्ठानबाट २०४० सालमा प्रथम संस्करणमा पृ। ११५७ मा उनीलाई 'महत्व नभएका ठट्यौला कुरा गरेर हिड्ने व्यक्ति' भनेर छापिएको छ। प्रथम शहीद स्मारिका २०६७ वर्षमा उल्लेखित

नेपालको इतिहासमा पहिलो पटक धार्मिक पृष्ठभूमिमा लखन थापा द्वित्तीयले नेतृत्व गरेको विद्रोह राजनैतिक विद्रोह थियो। वि.सं. १९३३ पौष महिनामा उनकै दरबार किल्ला भित्र प्रतिस्थापना गरिएको मनकामना मन्दिर अगाडि खिराको रुखमा झुण्डाइयो। बाया तर्फ रहेको अम्बाको बोटमा जय सिँह राना चुम्मीलाई झुण्डाइयो। अन्य उन्का सहयोगीलाई सोही स्थानमा मारियो। यसरी एकै दिन एकै ठाउँमा आठ आठ जनाले सहादत प्राप्त गरे। नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहासमा प्रथम सहिद काण्ड भनेर यो घटना चर्चित हुन गयो।

इतिहास भनेको सत्य तथ्यमा आधारित क्रमिक घटना र विवरणको संगालो हो। उक्त विवरणको व्याख्या तथा मुल्याङ्कन तत्कालीन सामाजिक राजनैतिक धार्मिक तथा साँस्कृतिक मुल्य मान्यता परिवेशमा हुनुपर्ने उपयुक्त हुन्छ।