Home विशेष लेख हङकङमा नेपाली संघसंस्था बढेको बढ्यै

हङकङमा नेपाली संघसंस्था बढेको बढ्यै

E-mail Print PDF
AddThis Social Bookmark Button

नेत्र पहराई मगर

हङकङमा नेपालीहरुको आगमन उनीहरु ब्रिटिश सेनामा कार्यरत रहंदा देखि नै सुरु भएको देखिन्छ । तर प्रयाश नेपालीहरुको आगमन भने वेलायतले आफुले उपनिवेशको रुपमा करीब १५६ बर्ष सम्म शासन गरेको हङकङ टापू चीनलाई हस्तान्तरण गर्नु भन्दा तीन–चारबर्ष अघि देखी भएको पाईन्छ । ब्रिटिश सरकारले हंगकंग चीनलाई सन् १९९७ जुलाईमा हस्तान्तरण गरेको हो ।

ब्रिटिश सेनामा कार्यरत रहंदा जन्मिएका नेपालीहरुले आफनो जन्मसिद्ध अधिकारको हैसियतले हंगकंग आउन पाएका हुन । तर सन् १९९८ देखि हंगकंग सरकारले यहा प्रवेश गर्न पाउने रोजगारी भिसा, घरेलु कामदारको भिसा, अध्ययन भिसा लगायतका प्रवेशाज्ञा अर्को निर्णय नहुदा सम्मका लागि बन्द गरिदिएको हुनाले नेपालीको हङकङ प्रवेश अहिले पातलो रहेको छ । यधपि अहिले आश्रित भिसामा हङकङ आउनेको संख्या उल्लेख्य रहेको छ । उत्ता बेलायत् जाने नेपालीहरुको संख्या विगत पांच–छ बर्षको अवधिमा निक्कै बढ्यो र वेलायत्तमा गत बर्ष सन् २०१० मा सम्पन्न निर्वाचनमा (Labour Party) को पराजय संगै आएको(Conservative & Liberal Democratic Party)  को संयुक्त मिलिजुली नयां सरकारले नागरिकले पाउदै आएको सुविधामा व्यापक कटौती गरे पश्चात वेलायत्त जाने नेपालीहरुको संख्यामा थोरै मत्थर भएको देखिन्छ । यत्ता वेलायत सरकारको प्रतिनिधिकोरुपमा रहेको व्रिटिश महाबाणिज्यदूतावासको कार्यालय हङकङले व्रिटिश नागरिक्ता वा व्रिटिश राहदानी निवेदन गर्ने नेपालीहरुलाई अनिवार्य अंग्रेजी भाषामा परिक्षा दिनु पर्ने बाध्यत्माक नीति अवलम्बन गरेको छ । यदि निवेदकहरु कानुनत निवेदन गर्नका लागि योग्य छन भने किन अंग्रेजी भाषामा परिक्षा दिनु पर्ने? व्रिटिश महाबाणिज्यदूतावासको कार्यालय हङकङको यो विवादस्पद नीतिले नेपालीहरुमाथि प्रत्यक्ष भेदभाव भएको छ । यधपि वेलायत्त जाने नेपालीको लहर निरन्तर अघि बढीरहेको अवस्थालाई नकार्न भने सकिन्न् ।

नेपालीहरुले हङकङ छाडेर अन्यत्र देशमा जाने क्रम बढेकाले नेपालीहरुको संख्या घटिरहेको देखिन्छ । विशेषगरि बेलायत सरकारले बिएनओ धारक र भू पू ब्रिटिश गोर्खाहरुलाई त्यहां बस्ने प्रवेशाज्ञा दिने घोषणा गरे पछि बेलायत जाने नेपालीहरुको संख्या उल्लेख्य बढेको हो । हाल वेलायत्तमा नेपालीहरुको जनसंख्या वैधानिक र अवैधानिक गरि करीब २ लाख भन्दा बढी रहेको अनुमान गरिएको छ । यता हङकङमा स्थापित नेपाली संघ संस्थाका प्रतिनिधिहरुका अनुसार हङकङमा नेपालीहरुको जनसंख्या हङकङ सरकारले सार्वजनिक गरेको तथ्याडक भन्दा अत्यन्तै धेरै संख्या रहेको दावी हङकङका अगुवा नेपाली र नेपाल सरकारको प्रतिनिधिकोरुपमा रहेका महाबाणिज्यदूत विनोद कुमार उपाध्यायले गर्दै आएका छन ।
 
हङकङ सरकारको तथ्याडक विभाग र अध्यायगमन विभाग हङकङले नेपालीहरुको जनसंख्या हङकङमा १७५५५ भएको र नेपालीहरु वैधानिकरुपमा हङकङ प्रवेश गरेको देखिन्छ । उक्त तथ्याडक अनुसार स्थायी नागरिकता(Permanent ID) हुनेको संख्या १२४१९ र अस्थायी नागरिकता (Dependent ID) धारकको संख्या ५१३६ छ । त्यस्तै घरेलुकामदारका रुपमा हंगकंग आउनेको संख्या ७९३ जना, अध्ययनका लागि १२ जना र राोजगारका लागि ४ जना नेपाली तत्कालीन समयमा हंगकंग छिरेको देखिन्छ । यो संख्या विगत बर्षहरुको तुलनामा थोरै हो । हङकङको जम्मा जनसंख्याको ०.२ प्रतिशत जनसंख्या नेपालीहरुको रहेको अनुमान गरिएको छ । प्राय नेपालीहरुको बसोबास याउचिम मंङ ( Yau Tsi Mong)   जिल्लामा ३३.२ प्रतिशत र यूनलुङग (Yuen Long) जिल्लामा ३३.९ प्रतिशत रहेको छ । अन्य नेपालीहरु हङकङको विभिन्न जिल्लामा बसोबास गर्दै आएका छन । हङकङमा हाल सम्मको तथ्याङक अनुसार हङकङको जम्मा जनसंख्याको करीब ५ प्रतिशत जनता अल्पसंख्यक समुदायका छन । 

हङकङका लागि नेपाली महाबाणिज्यदूत विनोद कुमार उपाध्यायका अनुसार नेपालीहरुको संख्या करीब ४० हजार भन्दा बढी रहेको दावी गर्दछन । ४० हजार नेपालीहरुको आधिकारीक तथ्याङक महाबाणिज्यदूतको कार्यालयमा नभएता पनि अनुमानित भने दावी गर्न सकिन्छ । तर हङकङ सरकारले १७५५५ मात्र नेपालीहरु भएको तथ्याङक सार्वजनिक गरेको छ । यदि हङकङ सरकार संग करीब १८ हजार नेपालीको तथ्याङक छ, भने अन्य नेपाली कहांबाट हङकङ प्रवेश गरे त महाबाणिज्यदूत उपाध्याय प्रति प्रश्न गर्दछन । हङकङमा यस बर्ष सन् २०११ को जुन महिना देखि अगष्त महिना सम्म जनगणना सु सम्पन्न भइसकेको छ । जनगणना पश्चात नेपालीहरुको जनसंख्या हङकङमा कत्ति भन्ने थप जानकारी आउने पक्का भएको छ । हङकङमा यथार्थ नेपालीहरुको जनसंख्या कति छ भन्ने आधिकारिक तथ्यांक कतै उपलब्ध छैन । तर यस बर्षको जनगणनाले थप जानकारी र तथ्याङक प्राप्त हुने आशा भने गर्न सकिन्छ ।

हङकङमा बसोबास गर्ने नेपालीहरुको मुख्य रोजगार निर्माण क्षेत्र, सुरक्षा गार्ड, रेष्टुरेण्ट, सरसफाई, होटल र अन्य रहेको छ । त्यस मध्य पनि निर्माण क्षेत्रमा करीब ४६ प्रतिशत भन्दा बढी जनशक्ति निर्माण क्षेत्रमा कार्यरत छ । उत्ता अन्य ५४ प्रतिशत नेपाली जनशक्ति सुरक्षा गार्ड, रेष्टुरेण्ट, होटल, सरसफाई र अन्य क्षेत्रमा कार्यरत छन । प्राय नेपाली कामदारहरुले करीब ६० घण्टा काम गर्दछन । यो बर्ष गत मे २०११ देखि न्यूनतम प्रतिघण्टाको ज्यालाको कानुन लागु भए देखि कामदारले कत्ति घण्टा काम गर्दछन भन्ने नयां तथ्याङक सार्वजनिक हुन सकेको छैन । त्यस वाहेक केही प्रतिशत नेपालीहरु खुद्रा पसल, निर्माण कम्पनी र रेष्टुरेण्ट लगायत्तका विविध साना–ठूला व्यपार व्यवसायमा संलग्न रहेका छन ।
 
हङकङमा बसोबास गर्ने नेपालीहरुले आफनो हक हितका खातिर विभिन्न प्रकृतिका संघ संस्थाको स्थापना गरि अगाडि बढिरहेका छन । हङकङमा स्थापित संघ संस्थाहरु हङकङको आधारभूत कानुनको सामाजिक ऐन अन्तर्गत दर्ता भएका छन भने प्राय.ं संघ संस्थाहरु सामाजिक ऐन अन्तर्गत दर्ता नभइ पनि सामाजिक र आपसी सदभाव र विश्वासको आधारमा सामाजिक कार्यमा संलग्न छन । यो लेखमा हङकङमा स्थापित विभिन्न संस्थाहरुको नामावली र विवरण तल उल्लेख  गरिएको छ । हङकङमा स्थापित प्राय संघ संस्थाहरुको उद्देश्य मिल्दाजुल्दा प्रकृतिका छन । केही संस्थाहरुले सिंगै नेपाली समाजको हितका निम्ति र केही संस्थाहरु निश्चित दायरा, राजनीति, जातीय, धार्मिक, साहित्य, खेलकुद, मजदुर युनियन, वर्गिय र क्षेत्रियताका आधारमा स्थापना गरिएका छन । केही संस्थाहरुले नेपाली समाजलाई हङकङको स्थानीय समाजसंग समाहित गराउने प्रयत्न स्वरुप केही कार्यक्रमहरु पनि आयोजना गर्दै आएको धुव्र सत्यलाई नकार्न सकिन्न ।

हङकङमा एकाध संस्थाहरु निक्कै पुरानो संस्थाको रुपमा लिन सकिन्छ, फियोना हङकङ सन् १९९३ मा स्थापना भएको सबै भन्दा पुरानो संस्था हो । यो संस्था सबै नेपालीको सरसल्लाहमा सबै नेपालीको साझा संस्थाकारुपमा स्थापना गरिएको थियो । संस्थामा विस्तारै व्यक्तिगत इष्र्या हावी भए पछि नेपाली प्रवासी संघ र हालको नेपाली जनसम्पर्क समिति हङकङको स्थापना र भू पू गोर्खा सैनिक संघ हङकङ लगायत्तका विभिन्न प्रकृतिको संस्थाहरुको स्थापन भएको हो । तथापि हङकङका प्राय संस्थाहरु सन् १९९६ देखि २००० सम्म जातीय र क्षेत्रीय स्तरका धरै संस्थाहरु दर्ता र स्थापना भएका थिए । त्यस पश्चात मजदुर युनियन, क्षेत्रीय धार्मिक, वर्गिय, खेलकुद र जिल्लाको संस्था हुदा हुदै अहिले गा वि स हुदै गाउ र टोलको समेत नेपालीहरुले संस्था निर्माण हुदै आएको छ । जुन क्रम अहिले पनि जारी रहेको छ । हङकङमा संघ संस्थाहरु धेरै निर्माण हुनुको पछाडि धेरै कारणहरु छन तथापि मुख्य कारण भनेको एकले अर्काको अस्तित्व स्वीकार्न र विश्वास गर्न नसक्नुनै मुख्य कारकतत्वको रुपमा रहेकोलाई नकार्न सकिन्न । यधपि समुदायलाई अझ थप बलियो बनाउनका खातिर संघ संस्थाको निर्माण गरिएको र यो राम्रो पक्ष हो भन्ने नेपाली जमात पनि तमाम देखिन्छ । यथार्थमा त्यो राम्रो भएता पनि हङकङ सरकार र गैर सरकारी संस्थाहरको नजरमा हामी नेपालीहरु बीचमा सौहभद्रता र सुमधुर सम्बन्ध छैन भन्ने अर्थमा उनीहरुले बुझिरहेकोलाई नजर अन्दाज गर्न भने सकिन्न ।

हङकङमा अन्य संस्थाहरुको तुलनामा जातीय, गा वि स र गांउ टोल र क्षेत्रीय प्रवृतिका संस्थाहरु हरेक दृष्टिकोणले मजबुट देखिन्छन । आफना संस्थाका सदस्यहरुलाई मर्दा, पर्दा र भईपरि आउने हरेक प्रकारका समस्याहरुलाई सजिलै समाधान गर्न सकिने भएको कारणले पनि हङकङमा जातीय, गा वि स र गांउ टोल र क्षेत्रीय संस्थाहरु बढी स्थापना भएको हुन सक्छन । अर्को विदेशी थलोमा सामाजिक सदभाव र सहयोगका हातहरु पनि तिनै जातीय, गा वि स र गांउ टोल र क्षेत्रीय संस्थाहरुले दिन्छन जस्को कारणले पनि यो प्रवृतिका धेरै संस्थाहरु स्थापना हुनुमा मुख्य कारण जातीय, सामाजिक र पारिवारीक समस्याहरु नै देखिन्छ । त्यस प्रकृतिको संस्था प्रति जनमानसको बढी आकर्षण बढेको देखिन्छ ।

अर्को तर्फ संमग्ररुपमा धेरै संस्थाहरुको स्थापना संगै संस्थामा अवद्ध हुने सदस्य वा व्यक्तिले सामाजिक सहयोग र नेपालको विभिन्न स्थानमा विविध प्रकृतिका कार्यहरु पनि हङकङमा स्थापित क्षेत्रीय संस्थाहरुले गरेका छन । नेपालको सन्दर्भमा पनि थुप्रै कार्य र सहयोगहरु क्षेत्रीय संस्थाहरुबाट भएकाछन । जस्तै धरान हङकङ मंचले घण्टाघरको निर्माण, भोजपुर सेवा समितिले भोजपुरमा प्रस्तुती गृहको निर्माण र गाउ टोलमा विभिन्न प्रकारका सहयोगहरु गरेको पाईन्छ । अस्पताल निर्माण, विधालय निर्माण, पार्टी पौवा, प्राकृतिक प्रकोप लगायत्तका नेपालमा भइपरि आउने साना ठूला सामाजिक कार्यहरु अन्य तमाम विभिन्न संघ संस्था तथा क्षेत्रीय संस्थाहरुले पनि गरेका छन र गर्ने कार्य अगाडि बढिरहेको देखिन्छ । जस्तै मोना (म्याग्दी) हङकङ, गुल्मी समाज, सङखुवासभा समाज लगायत्तका अन्य संस्थाहरुले आफनो सम्बन्धित क्षेत्रमा विविध प्रकारको सहयोगी हातहरु अगाडि बढाएको देखिन्छ । यो कार्यलाई सकारात्मक सोंचका रुपमा लिन सकिन्छ । त्यती मात्रै नभई नेपालको आर्थिक वृद्धिका लागि विविध खाले गतिविधि जस्तो पर्यटन बर्ष २०११ को प्रचार प्रसार लगायतका कार्यहरु पनि हङकङबाट भएको पाईन्छ । जुन कार्यले हङकङबाट नेपाल जाने पर्यटकको संख्यामा उल्लेख वद्धि भएको र हाल प्रति दिन ४ सय देखि ५ सय भिजिट भिसा सरदरमा जारी (इसु) गरिएको हङकङका लागि नेपाली महाबाणिज्यदूत विनोद कुमार उपाध्याय वताउछन ।  

नेपालीहरु अधिक मात्रामा हङकङ प्रवेश गरेको सरदरमा डेढ दशक भन्दा बढि भईसकेको छ । यधपि नेपाली समाजलाई नेपालीपनले अहिले सम्म पनि छोडन सकेको छैन । यसो हुनुको पछाडि मातृभूमि प्रतिको सच्चा माया, राष्ट्र प्रतिको राष्ट्रिय भावना र नेपालको संस्कार संस्कृति अक्षुण हुनु पनि एक महत्वपूर्ण कारण हो जस्को कारणले गर्दा नेपाली भाषा, संस्कार संस्कृतिको जगेर्ना र त्यसको संरक्षण र सम्बद्र्धनका निम्ति नेपाली समाज विदेशीथलो हङकङमा पनि जुरमुराएर लागि रहेको देखिन्छन, र त्यसैमा रमाइरहेको पनि छन ।

नेपाली समाज अब आफनो विगतलाई निरन्तर कायम राख्दा नया शीराबाट अगाडि जाने प्रयत्न गर्नु वर्तमान स्थितिर हङकङको माग हो जुन नेपाली समाजले ग्रहण गर्नु अति आवश्यक छ । समयको माग संगै आएको परिर्वतनलाई नेपाली समाजले बुइन नसकेको खण्डमा भावी सन्ततीहरुको अवस्था पनि पुरातन सोच बाटै ग्रसित हुने भएकोले त्यस तर्फ विशेष ध्यायन दिनु आवश्यक छ । नेपाली समुदाय स्थानीय समाज संग नजिक रहेर यहाको शैक्षिक, राजनीतिक, सामाजिक र सांस्कृतिक क्रियाकलापको आदान प्रदानमा नेपालीहरुको सक्रिय सहभागिता हुनु र जनाउनु आजको प्रमुख आवश्यक्ता रहेको छ । जुन कार्यमा नेपाली समु्दायले ध्यायन दिन नसकेको देखिन्छ । यो कार्यले हामीले आफूलाई आफै स्थानीय समाजको मूल प्रवाहबाट दूरी टाढा बनाउने प्रयत्न गरेका छौ । यो वर्तमान र भोलीका सन्ततीहरुका लागि राम्रो पक्ष होईन । निश्चितरुपमा हामीबीचमा विविध समस्याहरु छन, जस्तैः स्थानीय बासिन्दाहरुसंग घुलमिलको वातावरण नहुनु, शिक्षा, भाषा र नयां प्रविधिसंग नेपाली समाजले प्रतिस्पर्धा गर्न नसक्नु लगायतका समस्याहरुले वर्तमान पुस्तालाई स्थानीय समाजसंग घुलमिल हुन निक्कै समस्या परेको देखिन्छ । तर यसका निम्ति हुर्कदै गएका नयां पुस्ताले हङकङको स्थानीय समाजसंग घुलमिल हुन सक्ने प्रयाप्त सम्भावनाहरु छन । त्यसका लागि हङकङमा स्थापित विभिन्न प्रकृतिका संघसंस्थाहरु र विशेषत.ं हङकङ नेपाली महासंघ, च्याम्बर अफ कमर्स र गैर आवसीय नेपाली संघ हङकङले प्रभावकारी भूमिका खेल्न सके एक हद सम्मको समस्या हल हुन सक्ने देखिन्छ ।

स्थानीय समाजसंग हङकङमा रहेका नेपाली नयां पुस्ता घुममिल हुनसक्ने सम्भावना संगै विभिन्न खाले गलत संस्कारको पनि देखासिकी गर्ने प्रवृत्ति पनि छ ।  किनकी नयां पुस्तालाई वर्तमान नेपाली समाजले सहि ढङ्गले गाइड गर्न सकिरहेको छैन । तर यस्ता एकाध कमजोर पक्षलाई छादिदिने हो र एकापसमा खुट्टा तान्ने प्रवृत्तिलाई त्यागेर सदभाव र सहकार्य गरेर अगाडि बढ्ने हो भने हङकङमा नेपालीहरुको उज्जवल भविष्यलाई कसैले रोक्न सक्ने देखिन्न ।

हङकङमा स्थापित संघ संस्थाहरु हङकङको आधारभूत कानुनको सामाजिक ऐन अन्तर्गत दर्ता भएका छन भने प्राय. संघ संस्थाहरु सामाजिक ऐन अन्तर्गत दर्ता नभइ पनि सामाजिक आपसी सदभाव र विश्वासको आधारमा सामाजिक कार्यमा संलग्न छन । हङकङमा स्थापित संघ संस्थाहरु, राजनीतिक, समाजिक, धार्मिक, शैक्षिक, साहित्यिक, खेलकुद र मनोरञ्जन लगायत्त विभिन्न उद्देश्य र प्रकृतिका संघ संस्थाहरु स्थापित छन । स्तम्भकारलाई जानकारीमा भएका संस्थाहरुको नाम तल उल्लेख गरिएको छ । संस्थाको नाम छुटेका र संस्थाको नाम गलत भएको खण्डमा कृपया जानकारी दिनु होला अर्को स्तम्भमा प्रकाशित गर्ने पयत्न गर्नेछु ।

हङकङमा स्थापित नेपाली संघ संस्थाहरू

क्र सं.                संस्थाको नाम


१ हङकङ नेपाली महासंघ
२ गैर आवसीय संघ हङकङ
३ च्याम्बर अफ कमर्स हङकङ
४ नेपाली जनसम्पर्क समिति हङकङ
५ फियोना हङकङ
६ भूत पूर्व व्रिटिश गोर्खा सैनिक संघ हङकङ
७ आदिवासी जनजाति महासंघ हङकङ
८ भरतीय भूत पूर्व सैनिक संघ हङकङ
९ एकीकृत नेपाली समाज हङकङ
१० नेपाली जनअधिकार सरोकार समाज हङकङ
११ अखिल हङकङ नेपाली एकता समाज
१२ लोकतान्त्रिक गणतन्त्र मञ्च हङकङ
१३ मगर राष्ट्रिय मुक्तिमोर्चा हङकङ
१४ लिम्बुवान राष्ट्रिय मोर्चा हङकङ
१५ किरात राष्ट्रिय मुक्तिमोर्चा हङकङ
१६ तमुवान राष्ट्रिय परिषद् हङकङ
१७ राष्ट्रिय जनमुक्ति पार्टी हङकङ
१८ गोर्खा चिल्ड्रेन संघ हङकङ
१९ लाली गुराँस संघ हङकङ
२० नेपलीज युथ क्लव हङकङ
२१ सिभिक फोरम हङकङ
२२ गोर्खा सन् एण्ड डटर संघ हङकङ
२३ नेपलीज युथ अर्गनाइजेशन हङकङ
२४ गोर्खा युथ क्लव हङकङ
२५ हङकङ गोर्खा फोरम
२६ मगर संघ हङकङ
२७ तमु ट्हो ह्यूल हङकङ
२८ किरात राई यायोक्खा हङकङ
२९ किरात याक्थुम चुम्लुङ हङकङ
३० तामाङ घेदुङ हङकङ
३१ कञ्चनजङघा समाज हङकङ
३२ अल्पसंख्यक समाज हङकङ
३३ नेवार समाज हङकङ
३४ ठकुरी समाज हङकङ
३५ थकाली समाज हङकङ
३६ शेर्पा समाज हङकङ
३७ दुरा समाज हङकङ
३८ मगर महिला संघ हङकङ
३९ पुन मगर समाज हङकङ
४० लाङघाली कल्याण समाज हङकङ
४१ मगर रोष गुमष्ठा हङकङ
४२ किरात–चामलिङ खामा तिन हङकङ
४३ ताप्लेजुङ,पाथीभरा, तमु परिवार संघ हङकङ
४४ मादेन समाज हङकङ
४५ लाङमाङफा समाज हङकङ
४६ लावती समाज हङकङ
४७ साम्पाङ समाज हङकङ
४८ पुमा राई समाज हङकङ
४९ लोहोरुड समाज हङकङ
५० वनेम समाज हङकङ
५१ इङनाम समाज हङकङ
५२ तमु प्ये ल्हो संघ हङकङ
५३ मजदुर युनियन हङकङ
५४ घरेलु कामदार युनियन
५५ गोर्खा सेक्युरिटि गार्ड संघ हङकङ
५६ नेपाली निर्माण कामदार युनियन हङकङ
५७ नेपलीज फाउण्डेसन
५८ हङकङ नेपाली शिक्षक संघ
५९ हङकङ नेपाली विद्यार्थी संघ
६० हङकङ नेपाली महिला संघ
६१ ह्ङकङ नेपाली अभिभावक संघ
६२ हङकङ नेपाली खेलकुद संघ
६३ हङकङ माइनोरिटि कम्युनिटिज संघ
६४ नेपाल चीन मैत्री संघ
६५ गोर्खा सिमेन्ट्रि ट्रष्ट
६६ हङकङ नेपाली कलामन्दिर
६७ हङकङ नेपाली साहित्य परिषद्
६८ हङकङ नेपाली भाषा तथा परिक्षा बोर्ड
६९ हङकङ नेपाली पाठयक्रम विकास परिषद
७० हङकङ नेपाली भाषा तथा परिषद् बोर्ड
७१ मगर बौद्ध समाज हङकङ
७२ बौद्ध समाज हङकङ
७३ नमोबुद्ध आमा समूह हङकङ
७४ नेपाली क्रिश्चियन संघ हङकङ
७५ हेभेन्ली पाथ हङकङ
७६ किरात राष्ट्रिय उत्थान प्रतिस्ठान हङकङ
७७ ट्यालेण्ट हण्ट हङकङ
७८ मिस पर्ल हङकङ
७९ बडि बिल्डिङ संघ हङकङ
८० अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज
८१ नेपाली साहित्य प्रतिस्ठान हङकङ
८२ आदिवासी जनजाति साहित्य समुह हङकङ
८३ सृजनसिल साहित्य समाज हङकङ
८४ लुम्बिनी मञ्च हङकङ
८५ गुल्मी समाज हङकङ
८६ बागलुङ समाज हङकङ
८७ पर्वत मञ्च हङकङ
८८ लमजुङ सेवा समिति हङकङ
८९ स्याङजा जनसेवा समिति हङकङ
९० गोर्खा संघ हङकङ
९१ तनहुं समाज हङकङ
९२ चितवन समाज हङकङ
९३ पाल्पा श्रीनगर समाज हङकङ
९४ सङखुवासभा मञ्च हङकङ
९५ धरान हङकङ मञ्च
९६ ताप्लेजुङ समाज हङकङ
९७ खोटाङ समाज हङकङ
९८ तेह्रथुम मञ्च हङकङ
९९ मोरङ संघ हङकङ
१०० पाँचथर समाज हङकङ
१०१ मोना हङकङ
१०२ बहुकलाकर–साँस्कृतिक संगठन हङकङ
१०३ भोजपुर सेवा समिति हङकङ
१०४ हङकङ सोलोखुम्बु सेवा समिति
१०५ इलाम समाज हङकङ
१०६ मितेरी सेवा समिति हङकङ
१०७ आर्थर डाँडाखर्क हङकङ
१०८ सिद्धार्थ परिवार हङकङ
१०९ ढोरेली समाज हङकङ
११० घान्द्रुक समाज हङकङ
१११ र्दुलुङ समाज हङकङ
११२ चौबिसे समाज हङकङ
११३ डाँडा गाउँले समाज हङकङ
११४ गुल्मी कुर्घा समाज हङकङ
११५ गुल्मी भार्सेली समाज हङकङ
११६ पैँयोखोला समाज हङकङ
११७ माछापुच्छ्र (घाचुक) समाज हङकङ
११८ बेगखोला समाज हङकङ
११९ मर्दीखोला समाज हङकङ
१२० चार भञ्ज्याङ समाज हङकङ
१२१ धनकुटा मञ्च हङकङ
१२२ रान चौकीबारी समाज हङकङ
१२३ नेपाल क्लव
१२४ गोर्खा सितेरियो कराते हङकङ
१२५ टप माउण्टेन डोजाङ तेक्वन्दो हङकङ
१२६ सगरमाथा तेक्वान्दो हङकङ
१२७ हङकङ नेपलीज तेक्वान्दो
१२८ सगरमाथा स्पोर्टस् संगठन हङकङ
१२९ बुढासुब्बा गोल्ड कप हङकङ
१३० किरात खालिङ उत्थान संघ हङकङ
१३१ धम्पुस तमु समाज हङकङ
१३२ मनकामना पेल्काचौर समाज हङकङ
१३३ एभरेष्ट फुटबल क्लव यूनलुङग
१३४ लङदी देउपुर समाज हङकङ
१३५ भुका ताङघे समाज हङकङ
१३६ पञ्चासे सेवा समिति हङकङ
१३७ सम्वाहाङफे उत्थान संघ हङकङ
१३८ दुमी फिनसिलिम समाज हङकङ
१३९ आदिवासी गीतकार समाज हङकङ
१४० लिम्बुवान राष्ट्रिय मोर्चा हङकङ
१४१ नेपाल पत्रकार संघ हङकङ
१४२ आदिवासी जनजाति पत्रकार संघ हङकङ
१४३ नेपालीज आर्टस एण्ड मल्टिकल्चर संघ हङकङ

 

 

 

 

 

 

Latest News