Home विशेष लेख नेपाली तेक्वान्दोको मूल्याङ्कनमा महासंघको त्रुटि

नेपाली तेक्वान्दोको मूल्याङ्कनमा महासंघको त्रुटि

E-mail Print PDF
AddThis Social Bookmark Button

महेश राई

आज धेरैदिनको अन्तरालमा केही लेख्ने जमर्को गर्दैछु । लेखनमा कुनै उत्साहजनक विषय वा सामाग्री नभएपनि बजारमा चलिरहेको सामाजिक प्रतिष्ठा र आस्थाका सम्वन्धमा सम्बन्धीत् एक विषय माथि जानकारीमूलक चर्चा गर्ने मैले ठाने । मैले उठान गरेको विषय यो समयको हकमा कतै पूर्वाग्रही मानसिकताले ग्रसित भावना त होइन भन्ने लाग्न सक्छ तर यो विल्कुलै त्यसो नभएर मलाई ज्ञान भएसम्मका तथ्यहरु नेपाली समाजप्रति सकारात्मक सोच राख्ने विद्वान ,बुद्विजिवी ,समाजशेवी प्रति जानकारी गराउने धृष्टता मात्र हो । हालै हङकङ नेपाली महासंघले १३ औं वार्षिक उत्सव मनाउनेक्रममा हङकङ नेपाली समाजप्रति बफादार भई विभिन्न विधामा योगदान पुर्याउने विशिष्ट व्यक्त्तिहरु र संस्थाहरुलाई विभिन्न शिर्षकमा सम्मान गरेको छ । नेपाली समाजमा खेल जगतमा तेक्वान्दोका लागि विशिष्ट योगदान पुर्याए वापत टप माउण्टेन तेक्वान्दो डोजाङका संस्थापक मास्टर गणेशबहादुर गुरुङ सम्मानीत भएका छन् ।

यसै विषयलाई उठान गर्दा यसरी हङकङ नेपाली महासंघले गर्ने गरेको यस्ता सम्मान तेक्वान्दोका खेलाडी र सम्वन्धीत निकायका लागि गर्वको कुरा हो । यसप्रकारको सम्मान हङकङ नेपाली महासंघले सन् २००७ बाट थालनी गरेको हो । त्यसवखत पनि नेपाली समाजमा तीनवर्षको समय अवधी सम्म योगदान गर्ने विशिष्टताका आधारमा तेक्वान्दोलाई विभिन्न शिर्षकमा सम्मानित गरेको थियो जसमा क्रमस गा्रण्डमास्टर तुलसीकुमार गुरुङ, गा्रण्डमास्टर ङमरजंग गुरुङ र मास्टर राजु खड्का विभिन्न सम्मानले पुरस्कृत भएका थिए । यो क्रम यो वर्षसम्म चल्दै आयो तर विगतमा गरेको निर्णय र सम्मानमा केही साधारण त्रुटी देखिएपनि सन्तुष्टि हुनु पर्ने आधारका मार्गहरु प्रशस्त थिए भन्दा दुईमत नहोला । यस वर्ष हङकङ नेपाली महासंघले तेक्वान्दोको व्यक्तित्वलाई पुरस्कार दिने निर्णय गम्भिर तुट्रीपूर्ण र¥ह्यो भन्ने मेरो ठहर हो । तेक्वान्दोले नेपाली समाजलाई मात्र नभएर सिङ्गो राष्ट्रलाई के कति कसरी योगदान दिएको छ सामाजिक संस्थालाई भन्दा  सम्पूर्णरुपमा बढि सम्वन्धीत खेलकूद संघसंस्था ,सम्वन्धीत व्यक्तिलाई थाहा हुने विषय हो । हङकङ नेपाली महासंघले विगत वर्षहरुमा यससंग सम्वन्धीत व्यक्तिसंग कुरा बुझेर निर्णय लिएको वा यससंग सम्वन्धीत व्यक्तिलाई निर्णायक भूमिका दिएको भन्ने सुनिएको थियो तर यस वर्ष कुन त्यस्ता व्यक्तिसंग तेक्वान्दो सम्वन्धी जानकारी लिइयो, के का आधारमा निर्णय गरियो ? र निर्णायक मण्डललाई तेक्वान्दोको जानकारी के कति छ ? खोजको विषय बन्न सक्छ । कला, साहित्य, गीतसंगीत वा खेलकूद जुनै विषय भएपनि कुनै निर्णायकले मूल्याङ्कन गर्दा  निर्णय गर्ने आधारसंग विषयवस्तुको मर्मलाई बुझ्न अति आवश्यक हुन्छ । कुनैपनि निर्णायकले निर्णय गर्दा विषयवस्तुको निर्णय मात्र हुदैन, त्यो गरेको निर्णयले निर्णायकलाई र यस सम्वन्भी संगठनलाई पनि हरेक दृष्टिकोणबाट मुुल्याङ्कन गर्ने कुरा हामीले बिर्सनु हुन्न । जेभएपनि म हाम्रा महासंघका आदरणीय निर्णायक ज्यूहरुलाई र सम्वन्धीत निकायलाई विशेष गम्भिरताकासाथ अध्यायन गर्न विनम्र आग्रह गर्दछु ।

 

विषय तेक्वान्दो र नेपाली समाजमा गरेको योगदानको चर्चा र सामान्य जानकारी तर्फ लागौ । विश्वमा मुख्यरुपमा दुई प्रकारका तेक्वान्दो भएपनि संसारभरि लोकप्रिय बन्दै आएको तेक्वान्दो ,वल्र्ड तेक्वान्दो फेडेरेसन अन्र्तगतको तेक्वान्दो संगठन हो । जुन तेक्वान्दो एसियन गेम, साउथ एसियन, इष्ट एसियन गेम,वल्र्ड तेक्वान्दो च्यान्प्यासिप, ओलम्पीक गेम जस्ता गरिमामय र सम्मानित खेल र खेलकूद संगठनसंग आवद्व छ । जसका कारण तेक्वान्दो मार्सल आर्ट भैकनपनि वल्र्ड तेक्वान्दो फेडेरेसन अन्र्तगतको तेक्वान्दो आधुनिकरणसंगै परिस्कृत भएर खेलकूदको रुपमा स्थापीत भएको हो । यसको आधुनिकरण र लोकप्रियता संगै वर्तमान समयमा यसका क्षेत्र दुई भागमा विभाजन भएको देखिन्छ ।

 

१. राष्ट्रिय खेलकूद परिषद अन्र्तगतको राष्ट्रिय तेक्वान्दो संगठन

 

वल्र्ड तेक्वान्दो फेडेरेसनको यो वैधानिक र आधिकारीक संयन्त्र सहितको क्षेत्र हो । जुन हरेक राष्ट्रमा राष्ट्रिय खेलकूल परिषद अन्र्तगतको राष्ट्रिय तेक्वान्दो संगठनको रुपमा एउटा तेक्वान्दो संगठनले मात्र मान्यता प्राप्त गर्दछ भने त्यो तेक्वान्दो संगठन राष्ट्रभरिकै महासंघ जस्तै छाता संगठनकोरुपमा स्थापित भएको हुन्छ । र अन्य तेक्वान्दो संगठन भने यसै संगठनमा आवद्व भएका हुन्छन् तर यस संगठन संग आवद्वहुनको लागि आवश्यक निश्चित दक्षता र निति नियमका दायरा पूरा गर्नु पर्ने हुन्छ । यो क्षेत्रवाट राष्ट्रिय खेलमा निसर्त सहभागि हुदै अन्र्तराष्ट्रिय स्तरका राष्ट्रको प्रतिनिधित्व गर्न सक्छन् । जुन तेक्वान्दो एसियन गेम, साउथ एसियन, ईष्ट एसियन गेम,वल्र्ड तेक्वान्दो च्यान्प्यासिप, ओलम्पीक गेम जस्ता अन्य धेरै गरिमामय र सम्मानीत खेल र खेलकुल संगठनसंग आवद्व छ । यो संगठन सरकारी निकायसंग सम्वन्धीत भएकोले राष्ट्रियस्तरका तेक्वान्दोका खेल र कार्यक्रमहरु गरिरहेको हुन्छ भने यसका सदस्य संगठनका खेलाडीले मात्र यो राष्ट्रिय संगठनका कार्यक्रममा भाग लिन पाउछन् । हङकङको हकमा भने हङकङ तेक्वान्दो संघ (Hong Kong Taekwondo Association)नै राष्ट्रिय तेक्वान्दो संगठन हो जसमा हालः ४२ वटा तेक्वान्दो संगठन यसका सदस्य सहेका छन् । नेपाली तेक्वान्दोको हकमा यसको सदस्यता प्राप्त एक मात्र तेक्वान्दो संगठन–हङकङ नेपाली तेक्वान्दो संघ(एचकेएनटिए) हो । तर अर्को सदस्यता प्राप्त तेक्वान्दो संगठन कोरिया चुङदो क्वान अन्र्तगत नेपालीद्वारा संचालित न्यू जेनेरेसन र एभरेष्ट एकेडेमी दुई तेक्वान्दो संगठन पर्दछन्  । यसका ब्ल्याक बेल्ट खेलाडीले अन्र्तराष्ट्रिय प्रमाण पत्र लगायत दक्षता अनुसारका राष्ट्रिय तेक्वान्दोका प्रमाण पत्र समेतगरि दुई प्रकारका प्रमाण पत्र प्राप्त गर्दछन् ।

 

२. निजि तथा पेशागत क्षेत्रका तेक्वान्दो संगठन

 

यो तेक्वान्दो संगठन राष्ट्रिय खेलकूद परिषद अन्र्तगतको राष्ट्रिय तेक्वान्दो संगठनको दायराभित्र आउन नसकेको तेक्वान्दो संगठन हो । जुन तेक्वान्दो संगठन कुनै राष्ट्रको आधिकारिक तेक्वान्दो संगठन होइन र राष्ट्रियताका आधारमा अन्र्तराष्ट्रिय स्तरमा पनि आधिकारिक हुन सक्दैन । यो योग्य व्यक्ति विशेषले संचालन गर्न सक्ने भएकोले कसैले यसलाई व्यक्तिगत तेक्वान्दो त खेलको आधुनिकिकरणसंगै पेशागतरुपले संचालनमा ल्याएका कारण कसैले पेशागत तेक्वान्दो संगठन भनेर भन्दछन् । यस संगठनले तेक्वान्दोको अन्र्तराष्ट्रिय प्रमाण पत्र दिन पाउने र अन्र्तराष्ट्रिय प्रशिक्षक तालिमको सिफारिस गर्न सक्ने योग्यता रहन्छ । यो संगठन र यसका खेलाडीलाई  अधिकतम अवसरमा बन्देज लगाइएको छ । तर अधिकांस राष्ट्रमा यस्ता संगठन  खोल्नु र संचालन गर्नुमा खेलाडीको मौलिक हक अधिकारको हनन् हुनेहुदा गैरकानुनी भने मानिदैन । यस्ता तेक्वान्दो संगठन पनि संगठीत हुदै संस्थागत हुन थालेका छन् । र वेला वेलामा प्रतियोगिताको आयोजना गर्ने , रेफ्री तथा प्रशिक्षण सम्वन्धि तालिमको आयोजना गर्ने गरेका छन् । यस्ता संगठन सदैव राष्ट्रिय तेक्वान्दो संगठनको सदस्य बन्न प्रयासरत देखिन्छ । तर वैधानिक कमी कमजोरी र दक्षताको कारणले जटिलता पाएको देखिन्छ ।

 

हङकङ तेक्वान्दो संघ (Hong Kong Taekwondo Association)

यो संगठन राष्ट्रिय खेलकूद परिषद अन्र्तगतको राष्ट्रिय तेक्वान्दो संगठन हो जुन संगठनको अन्र्तराष्ट्रिय विभिन्न खेलकूद संगठन र खेलसंग आधिकारिक सम्वन्ध भएको र ओलम्पीक गेमको सदस्य समेत रहेको छ । ४२ वटा तेक्वान्दो संगठन यसका सदस्य रहकोे यो संगठनले वर्षभरिनै विभिन्न तह र स्तरको राष्ट्रिय तेक्वान्दो प्रतियोगिता गर्ने गर्दछ भने बेलाबखत अन्र्तराष्ट्रिय तेक्वान्दो प्रतियोगिता समेत यो संगठनको संयोजकत्वमा हुने गरेको छ । प्रतियोगिताको तथाङ्क तस्विरमा हेर्नहोस । यो संगठनले प्रतियोगिता मात्र नगरेर राष्ट्रियस्तरको कलरवेल्ट तथा ब्ल्याकबेल्ट प्रमाण पत्र समेत प्रदान गर्छ । तेक्वान्दो सम्वन्धी तालिम सेमिनार गरि राष्ट्रियस्तरको प्रशिक्षक तथा रेफ्री पनि उत्पादन गर्दछ । विशेषत अन्र्तराष्ट्रिय रेफ्री बन्न समेत यो संघको सिफारिसमा मात्र तालिम लिन सकिन्छ । त्यसमा पनि यस संघका प्रसिडेण्टले यस्तो सिफारिस गर्ने मान्यता रहेको छ । जसमा हङकङको राष्ट्रियस्तरको वरिष्ट रेफ्री( First Class) प्राप्त गरेपछि रेफ्रीको योगदान र दक्षताका आधारमा मुल्याङ्कनगरि सिफारिस गरिन्छ । हङकङमा सन् १९९७ यता हालसम्म हङकङबाट नेपाली कोहीपनि अन्र्तराष्ट्रिय रेफ्री भएका छैनन् ।

हङकङ राष्ट्रिय तेक्वान्दो संगठनले आयोजना गरेको प्रतियोगिताको नेपाली खेलाडीको नतिजा

 

स्पाइरिङ प्रतियोगिता–सन् २०११

 

खेलाडीको नाम प्रतियोगिता तेक्वान्दो क्लव

 

गोकुल तामाङ – स्वर्ण पदक कलरवेल्ट न्यू जेनेरेसन

खेमराज पुन – रजत पदक ब्ल्याक बेल्ट न्यू जेनेरेसन

राहुल राई – रजत पदक ब्याइज एभरेष्ट

ओमप्रसाद गुरुङ – कास्य पदक कलर बेल्ट न्यू जेनेरेसन

सुश्री लीना गुरुङ – कास्य पदक गल्र्स एचकेएनटिए–यून लोङ

 

माथिका तालिका र जानकारी अनुसार अब आफै निल्र्यौल गर्न सकिन्छ कि तेक्वान्दो संघसंस्था , संरचना र उपलव्धीका बारेमा के कस्तो धारणा बन्नसक्छ । तेक्वान्दो खेलको मुख्य उदेश्य भनेको नै उच्चस्तरिय प्रतियोगितामा उच्चकोटिको पदक हासिल गर्नु हो । खेलको अभीष्ट पनि यो नै हो । यसैबाट निर्धारण हुन्छ , खेल खेलाडीको पहिचान , योगदान र उपलब्धी । पदक प्राप्तीले नै समाज,राष्ट्र, जाती, क्षेत्रको राष्ट्रिय र अन्र्तराष्ट्रिय जगतमा पहिचान गराउँछ र नै यो ठुलो उपलब्धीको रुपमा हेर्ने गरिन्छ । हङकङको सन्दर्भमा सन् १९८२ र १९८३ का हङकङ च्याम्पियन तथा वल्र्ड तेक्वान्दो च्याम्पियनसिपमा हङकङको प्रतिनिधित्व गरेका ग्राण्ड मास्टर तुलसीकुमार गुरुङ हाम्रै सामु छन् । हाल हङकङ नेसनल तेक्वान्दो टिमका वरिष्ट प्रशिक्षक जस्तो गरिमामय पदमा रहनुको कारणपनि पदक प्राप्ती कै नतिजा हो । साथ गेमका गोल्ड मेडलिष्ट र हङकङ च्याम्पियन राजकुमार राई पनि हङकङका प्रडक्ट हुन । यी द्वय जस्ता वरिष्ट नेपाली खेलाडीलाई तेक्वान्दो इतिहासमा अझै हङकङले बिर्सेको छैन ।

नेपालका विधान लामा सन् १९८८ ओलम्पिकको तेक्वान्दो (प्रदर्शन खेल)का कास्य पदक विजेता त्यसैका कारण आदरणीय छन् । नारायण गुरङ, सीता राई, संघीना वैध र दिपक विष्ट ओलम्पिक खेलमा सहभागि र उच्च रणकौशता र पदक प्राप्तीकै कारणले राष्ट्रभरी सम्मानीत भै तेक्वान्दो जगतका धरोहर मानिएका छन् ।नेपालका अन्य धेरै खेलाडीहरु प्नि खेलबाट पदक प्राप्ती नै कारणले प्रख्यात भएका हुन् । नेपाल राष्ट्र र नेपाली जातीलाई खेलजगतबाट विश्वसामु चिनाएको तेक्वान्दो खेलबाट प्राप्त पदकहरुको प्राप्तीको योगदान नै प्रमुख तत्व हो । अब भन्न सकिन्छकि तेक्वान्दो खेलमा पदक प्राप्तीको मुल्य र योगदानलाई कसरी लिनेगरिन्छ र लिइनुपर्दछ ।

विषय विशेषत सन् २०११ हङकङको राष्ट्रिय खेलमा पदक प्राप्त गर्ने मध्यपनि स्वर्ण पदक विजयी कुशल खेलाडी गोकुल तामाङलाई महासंघले बिर्सनु सामाजिक प्रतिष्ठाका लागि गम्भिर त्रुटि हो भने खेल र खेलाडीका लागि निन्दनीय उपेक्षा गरेको ठर्हछ । महासंघ जस्तो नेपालीका लागि ठुलो गौरव, आस्था,प्रतिष्ठा र आशा बोकेको संघले गरेको यस्तो कार्य आफैमा अनुचित र हास्यस्पद लाग्दछ ।

 

सामाजिक योगदानको सवालमा हङकङको तेक्वान्दो क्षेत्रमा सामाजिक मर्यादामा रहेर योगदान गर्ने धेरै प्रशिक्षक र मास्टर छन् । टप माउण्टेन तेक्वान्दो डोजाङ सन् २००९ मा स्थापना भएको र दृतगतीमा अधिक प्रशिक्षार्थी समावेश गराएको र विभिन्न स्थानमा क्लवहरु संचालनमा आएको तेक्वान्दो डोजाङ हो । यो डोजाङका स्थापक मास्टर गणेशबहादुर गुरुङले यसलाई कुशलरुपमा स्थापना गराएका छन् । यसरी सफलरुपमा स्थापित नेपालीका अन्य क्लवहरु पनि प्रशस्त छन् । विशेषगरि सन् २००३बाट निरन्तररुपमा संचालनमा रहदैआएको हिमालयन तेक्वान्दो एकेडेमी संघसंस्थाको नजरमा कोसौदूर छन् , यसमा स्थापक तथा प्रशिक्षक मास्टर पुरन घले हुन ।

हङकङ नेपाली तेक्वान्दोको इतिहास हेर्दा ब्रिटिस फोर्सेस तेक्वान्दो एसोसिएसनको योगदान उच्च रहेको छ । यसैको उच्च योगदानबाट वर्तमान समयको हङकङ नेपाली तेक्वान्दोको विकास यहाँसम्म आइपुगेको हो । केही खेलाडी नेपालबाट यहाँ आएपनि कहि न कहि यसैको प्रभावको सम्बन्धले लाभान्वित भएका छन् । सन् १९९७ अगाडी योगदान दिने विशेष व्यक्तिहरुमा (प्रशिक्षक) स्वाइपा लेप्चा र रमेश गोसाई पर्दछन् । स्वाइपा लेप्चा हङकङमा छैनन् भन्ने सुनिन्छ । तर  रमेश गोसाई भने हङकङमा नै छन् भन्ने सुनिएपनि उनी कुन कंक्रिटको दुलोभित्र भूमिगत छन् ,कसैलाई थाहा छैन । उनी सन् १९८३ देखि १९९७ सम्म ब्रिटिस फोर्सेस तेक्वान्दो एसोसिएसनको प्रमुख प्रशिक्षक भएर काम गरेका व्यक्तित्व हुन् । एचकेएनटिएका प्रशिडेण्ट ग्राण्डमास्टर तुलसीकुमार गुरुङ र हङकङ फरेनर तेक्वान्दो एसोसिएसनको प्रशिडेण्ट ग्राण्डमास्टर ङमरजंग गुरुङ समेतका  उनी गुरु (प्रशिक्षक) हुन्  । हङकङका सामाजिक संघसस्थाको कुरा परै जाओस्  हङकङको कुनै तेक्वान्दो संगठनले समेत आजसम्म उनलाई सम्झेको छैन । उच्च योगदान भएपनि उनलाई सबैले बिर्सिएको भान हुन्छ । यस्ता व्यक्तिको खोज हुनुपर्छ कि पर्दैन, उनी नेपाली समाजमा सम्माननीय छन् कि छैनन् यो खोज र सोचको गम्भिर विषय बन्न सक्छ ।

हङकङको व्यस्त जीवनमा पनि बचेको समयलाई सदुपयोग गर्दै योगदान दिदै आएको सबै नेपाली तेक्वान्दो क्लव र प्रशिक्षकको मुल्य र मान्यता आ–आफ्नै ठाँउमा अतुलनीय छन् । सबै प्रसङ्सनीय र सम्माननीय छन् । तर टप माउण्टेन तेक्वान्दो डोजाङलाई कदर गरिनुहुदैन थियो भन्ने भने होइन । एउटा खेलका हिरोलाई ओझेलमा पारेर उपेक्षा गरिनु, जानकारी पाउँदा पाउँदै गैरजिम्मेवारीपूर्ण भूल गर्नु ,महाँसंघको हचुवाको ताल बाहेक के हुन सक्छ । यस वारे महासंघ लगायत विशेष तेक्वान्दो खेललाई मायाँ गर्ने र सकारात्मक सोच राख्ने, संघसस्था, विद्वान बुद्विजिवी समाजशेवी सबैले गम्भिर भएर सोच्नै पर्ने कुरा हो ।

 

लेखक परिचय

साहित्यिक नामः आशीष साम्पाङ ‘महेश’

योग्यताः अन्र्तराष्ट्रिय तेक्वान्दो प्रशिक्षक/हङकङ राष्ट्रिय तेक्वान्दो प्रशिक्षक/हङकङ राष्ट्रिय तेक्वान्दो रेफ्री

4th Dan Black Belt(World Taekwondo Federation-International)

4th Dan Black Belt(Hong Kong Taekwondo Association-National)

संलग्नताः हङकङ नेपाली तेक्वान्दो संघ(एचकेएनटिए)का सल्लाहकार तथा प्रशिक्षक

भूतपूर्व हङकङ वेवपत्रीका NEPAL.HKका पत्रकार हालःस्वतन्त्र (खेलकूद तेक्वान्दो विशेष)

सम्पादनः हङकङ नेपाली तेक्वान्दो संघ(एचकेएनटिए)को मुखपत्र (सन् २००८ र २००९)

 

Latest News