Home मत / मतान्तर ताल सफा गर्ने रोबोट

ताल सफा गर्ने रोबोट

E-mail Print PDF
शिव शर्मा ,कान्तिपुर

कास्की, सुन्दर नगरी पोखरालाई शोभा दिने फेवातालमा बढेको फोहोर कहिले सम्म ? १५ वषर्ीय तल्लज बरालले यही सोच्दासोच्दै बनाए, ताल सफा गर्ने रोबोट। उनले दुई महिना लगाएर बनाएको 'रारा जलारी रोबोट' उनी अध्ययनरत रत्न ज्योति बोर्डिङ स्कुलले मंगलबार सार्वजनिक गरेको छ। बेलाबेलामा सफा गरे पनि तालमा झारपात र प्रदूषण नघटेपछि उनी रोबोट बनाउन लागिपरेका हुन्। 'जति नै सफा गरेपनि सुधार नआएकाले रोबोट बनाउने रहर जाग्यो,' १० कक्षाका तल्लजले भने, 'यसलाई विकास गर्न सके ठूलो उपलब्धि हुने विश्वास लिएको छु।'

उनले खेर गएका बोतल, छाताको डन्डी, बोरा, मसिना तार र साइकलका इन्जिनहरू प्रयोग गरेर रोबोट बनाएका छन्। रिमोर्टबाट चल्ने रोबोटमा भएको क्रेनले तालको फोहोर उठाएर बाक्सा भित्र हाल्छ। उनले रोबोट बनाएर जलारीको जीवनस्तर उकास्न सकिनेसमेत बताए। यी रोबोट बनाउँदा ७० हजारभन्दा बढी खर्च भइसकेको उनले बताए।

उनका रोबोट पुरस्कृतसमेत भइसकेका छन्। विज्ञान तथा वातावरण मन्त्रालयले उनको प्रतिभाको कदर गर्दै २५ हजार प्रोत्साहन पुरस्कार दिने भएको छ। पढाइमा समेत अब्बल तल्लजको यो प्रयास इन्जिनियरका लागि पनि चुनौती भएको विद्यालयका पि्रन्सिपल हेमन्त अधिकारीले बताए। 'सरकारले उसको प्रतिभा चिन्नुपर्छ', उनले भने।
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Good News !!!

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Gallery

Music Archive : दुई थुँगा (सबीन राई)

सबीन राईको नयां एल्बम "रँगमञ्च" बाट

free counters

(Since April 2009)