Home मत / मतान्तर हङकङका नेपाली मिडियासँग सम्बन्धित खस्रोमसिनु कुराहरु

हङकङका नेपाली मिडियासँग सम्बन्धित खस्रोमसिनु कुराहरु

E-mail Print PDF
AddThis Social Bookmark Button

Summary in English : Some discussion about the state of Nepalese media in Hong Kong

बोल्नेको पिठो बिग्छ, नबोल्नेको चामल विक्दैन भन्न उखान सामान्यत सबैतिर लाग्ने रहेछ। हङकङ नेपाली डटकम गत जनवरी १, २००९ देखि शुरु भएको हो। प्रशंग हामीलाई कसरी हेरी रहेका छन् त हङकङका बरिष्ठ पत्रकारहरु र केहि संस्थाहरुले  ? यसो त यहाँका संघ संस्थाहरुले सामान्यत मिडियाहरु प्रति खासै महत्व दिदैन। त्यैपनि मिडियाहरुले आफ्नो भूमिका खेलिरहेका छन। यस वेला मलाई सम्झना भएका घटनाहरुको स्मरण गरिरहेको छु।

. हङकङेली नेपाली समाजमा मिडिया र संघ संस्थाहरु बीच वेला वेलामा समाचार बन्ने गर्छ। ती मध्य विशेषगरी सेप्टेम्बर २३, २००७ मा एनआरएन हङकङद्वारा आयोजित हिमालयन कमेडी कार्यक्रममा पत्रकारहरुलाई निमन्त्रणा नगर्नु र रिपोर्ट गर्न गएकाहरुलाई प्रवेशको व्यवस्था नगर्नु। त्यस घटनापश्चात हङकङेली नेपाली पत्रकारहरुले सार्बजनिकरुपमा एनआरएन, हङकङको कार्यक्रमहरुमा उपस्थित तथा रिपोर्टिङ नगर्ने ऐक्यबद्वता गरेका थिए। झण्डै २ महिनाको चिसोपना पछि  दुबै पक्षले वार्ता गरे पछि आयोजकले प्राविधिकरुपमा कमजोरी भएको स्वीकारेर सामान्य भएको थियो। साधारणतय हङकङका नेपाली संघ/संस्थाहरु वा आयोजकहरुले ठूला कार्यक्रमहरु गर्दा मिडियाहरुलाई निमन्त्रणा गर्ने गर्दछन्। हामीलाई थाहा छ मिडिया पास बिना भित्र फोटो खिच्न तथा रिपोर्ट गर्न मनाहि छ।

. त्यस्तै मगर संघ हङकङको गत छैठौ अधिवेशनमा वन्दसेसनमा रिपोर्टिङ गर्न गएका फोटोपत्रकार जगत गुरुङलाई अध्यक्ष मण्डलबाट बहिरगमन गराएको हुनाले कम्तिमा मगर संघको यो कार्यकालसम्म आफूले कुनै रिपोर्टङ नगर्ने भनेका थिए त्यस समय तर मलाई थाहा छैन उनको त्यो अघोषित बहिसकार कायम छ वा छैन।

यसैगरी हङकङ नेपाली डटकमसँग भएका घटनाहरुलाई पनि स्मरण गरेको छु।

. मे ३० तारिख झण्डै १ महिना नेपाल बसेर म फर्केको थिएँ। अप्रिल ४, २००९ लम्जुङ सेवा समितिले आयोजना गरेको मर्स्याङदी साँझ- मा एभरेष्ट साप्तिहकका सम्पादक तथा प्रकाशक किसन राईसँग भेटमा मार्च २१ मा महासंघले दिल बहादुर लिम्बुको हत्या विरुद्व संघर्ष समिति अन्तर्गत गठित बाहय सम्पर्क उपसमितिमा हङकङका सबै मिडियाहरुको प्रतिनिधि राखेर किन हङकङ नेपाली डटकमबाट नराखिएको हो भनेर सोध्दा उनले छुटेछ भन्ने जवाफ दिए। मैले सोचे साथीहरु हङकङे नेपालीहरुको लागि अत्यन्तै गम्भिर हुनु पर्ने घटनाबारे भएको वैठकमा किन नगएका होलान् । गएको भए त छुट्ने थिएनन् होलानी भनेर मन मनै सम्झे‌। त्यसको भोलिपल्ट हाम्रा टीमका साथीहरुलाई यसबारे कुरा गर्दा उक्त वैठकमा भरत आले, मनोज सूर्यवंशी र तुल्सी राना उपस्थित हुनुभएको रहेछ। वैठकमा निर्णय भए पछि पनि छुटेछ भनेर देवराज राई र अर्का एक जनालाई उक्त समितिमा समावेश गरिएछ तर हाम्रा प्रतिनिधिहरुलाई भने एक पटक पनि सोधिएनछ।

. यसै गरी हालै नेपाल सरकारबाट सचिव पदमा बढुवा हुनुभएका महावाणिज्यदूत केशव प्रसाद भट्टराईको सम्मान तथा विदाई कार्यक्रम याक एण्ड यति रेष्टुरेण्टमा म पुग्दा महासंघका महासचिव बसन्त निरौला प्रवेश टिकट लिएर बसेका थिए। मैले शुल्क तिरेर टिकट लिए पछि बसन्तजीलाई सोधे‌ पत्रकारहरुको लागि के कस्तो व्यवस्था छ ? हङकङ नेपाली डट कमको तर्फबाट प्रतिनिधि साथी आउदै हुनुहुन्छ। फ्रि गरेर साध्य छैन उनले भने। फेरी उनले विगतको घटना स्मरण गर्दै महासंघले कोशी बाढीपिडितहरुको लागि सहयोग कार्यक्रममा पत्रकारलाई शुल्क लगाउदा आलोचित हुनु परेको घटना सुनाउदै एभरेष्ट, सनराईज, एचके नेपाल, नेपाल एचके बाहेक अरुलाई लिनु पर्ला। मैले तत्काल विरोध गर्दै यदि लिने हो भने सबै पत्रकारलाई लिने, नलिने हो भने कसैलाई पनि लिनुहुदैन भने। त्यसपछि उनले अध्यक्षसँग यसबारे कुरा गर्नेछु भने। पछि हाम्रा प्रतिनिधिलाई प्रवेश फि लिए कि लिएनन् भनि बुझ्दा नलिएको थाहा भयो।

. अगष्ट ९ तारिख नेपाल आदिवासी जनजाति महासंघ, हङकङको आयोजनामा १५ विश्व आदिवासी दिवसको अवसरमा रिर्पोट गर्न गएका हङकङ नेपाली डटकमका प्रतिनिधिलाई आयोजकले पत्रकारको हैसियतमा स्वीकार्न चाहेन। सबै पत्रकारहरुलाई पत्रकार भन्ने ब्याच लगाइदिएका थिए भने हाम्रा प्रतिनिधिलाई भने दिइएको थिएन। मैले सोचे ब्याच पुगेन होला वा त्यो माहोलमा फुर्सद भएन होला तर त्यसो पनि रहेनछ किन भने हाम्रा प्रतिनिधि भन्दा निकै ढिला आएका नेपाल डट एचकेका प्रकाश केसीलाई आयोजकले पत्रकारको ब्याच लगाइदिइयो। यधपि म पत्रकार भएर गएको थिइन तैपनि कता कता चस्किरहयो। संयोगवस मंकिहिलमा मगर संघको १२ औ वार्षिक कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ, हङकङका प्रवक्त भक्त दुरालाई भेटमा प्रशंग कोट्याउदा नियतवस भएको होइन तथापि म व्यक्तिगतरुपमा त्यसप्रति क्षमा चाहन्छु उनले भने।

यी माथिका घटनाहरु सामान्य जस्तो लाग्छ तर सामान्य होइनन् । एक पछि अर्को गरी प्रत्यक्ष अप्रत्यक्षरुपमा घट्दै जानु शुभ संकेत होईन भन्न मेरो बुझाई छ। किन पत्रकारहरुबीच वा मिडियाहरुबीच सकरात्मक धारणा बनाउन सकेका छैनौ ? यसले गर्दा पत्रकारहरु वा मिडियाहरु तारो बन्ने गरेका छन। यस किसिमको स्थिति कहिले सम्म रहने ? यस प्रति सबै पत्रकारहरु गम्भिर हुने कि नहुने ? मेरो सम्झनामा हङकङेली नेपाली समाजमा  छापा पत्रिका एभरेष्टसनराईज साप्ताहिक हुन भने अनलाइन मिडियाहरुमा एचके नेपाल, नेपाल डट एचके, मुलबाटो, हङकङ नेपाली, आलोपालो,  बँगैचा, जेपीटी एचके र खुर्सानी छन् भने संवैधानिक तथा मुख्य भूमि मामिला ब्यूरोद्वारा प्रायोजित साप्ताहिक संदेश रेडियो नेपाली नियमितरुपमा प्रसारण भैआएको छ।अघिल्ला दुई छापा पत्रिका व्यावसायिकरुपमा प्रकाशित हुन्छन भने सबै अनलाईन मिडियाहरु १०/१२ घण्टाको ड्युटी गरेर बचेको समय निकालेर चलाएका छन्। यसरी समय र पैसा खर्च गरेर हङकङका नेपाली समाजहरुलाई सुसुचित गरिरहेका छन यस प्रति हङकङेली समाजका प्रबुद्व व्यक्तिहरु र जिम्मेवार संघ संस्थाहरु पनि उत्तिकै गम्भिर हुनुपर्दछ। झण्डै १ दर्जनको हाराहारीमा रहेका हङकङेली नेपाली मिडियाहरु अझै अपुग हुन भन्ने मलाई लाग्छ। यसैले मिडियाहरु बीच एक अर्का प्रति सदभाव र सहअस्तित्व स्वीकार्नु पर्छ। यसो गर्न सके समग्र मिडियाको मात्र होईन हङकङेली नेपाली समाजको विकासमा पनि महत्वपूर्ण भूमिका खेल्ने छ। भाई फूटे गबारा लुटे भन्ने उखान कम्तिमा पनि हङकङेली नेपाली पत्रकारहरुले भुल्नुहुदैन कि ?

अन्तमा, हङकङमा क्रियाशील नेपाली पत्रकारहरुले गत जुलाई १२ किसन राईको संयोजकत्वमा हङकङ नेपाली पत्रकार संघ गठन गरेका छन् भने प्रकाश केसीको संयोजकत्वमा विधान मस्यौदा समिति पनि गठन भएको । संघलाई दर्ता गर्ने र मिडिया क्षेत्रलाई मर्यादित, विश्वासनिय, जिम्मेवारपत्रकारीताको क्षेत्र तथा पत्रकारहरुको भूमिकाबारे कम्तिमा पनि संघलले तत्काल आचारसंहिता  (Code of Conduct) बनाएर जारी गर्नुपर्ने देखिन्छ । जस्ले गर्दा मिडियाहरु अझ ससक्त भएर अगाडि बढ्न सक्ने वातावरण  बन्दै जानेछ।  

 

Latest News