HongKongNepali.com, The Next Media

Friday
Oct 20th
Home मत / मतान्तर सन्दर्भ शुभकामना साँगातिक साँझ र एनआरएनए, हङकङ

सन्दर्भ शुभकामना साँगातिक साँझ र एनआरएनए, हङकङ

E-mail Print PDF
AddThis Social Bookmark Button
ईन्द्र एलजी थापामगर
अक्टोबर १४, २००९

यहि अक्टोबर  १ तारिख शुक्रवार युनलोङ थिएटरमा गैरआवासीय नेपाली संघ, हङकङले हिन्दुहरुको चाँड दशै र तिहारको उपलक्ष्यमा ‘दशै तिहार शुभकामना साँगीतिक साँझ’ भव्यरुपमा सम्पन्न ग-यो। यसवेला नेपाली संघ/संस्थाहरुको कार्यक्रम गर्ने मौसम हो। सामाजिक कार्यकर्ताहरुको गोजीमा टिकटका ठेलीहरु र कार्यक्रमको तयारीमा दौडधुप गरीरहेका देखिन्छन् यत्रतत्र।

कार्यक्रम हेरेपछि केहि शब्दहरु कोर्न मन लाग्यो। कलाकारहरु निमा रुम्बा र सविन राई बाहेक दिप श्रेष्ठ, चन्द्रा गुरुङ, रबि डङ्गोल र विष्णु खत्री मेरो लागि पहिलो अनुहारहरु हुन्। करीब ३ घण्टाको कार्यक्रम कुनै प्राविधिक कठिनाई बिना र यस पछि कुन कलाकारहरु, कुन गीतहरु, कस्तो प्रहसन र नृत्यहरु प्रस्तुत् हुने हो? भन्ने कौतुहल बाँकी हुदै कार्यक्रम सकियो। यो कार्यक्रम संयोजन गर्नेको खुबी हो भन्ने म ठान्छु।

हल भित्रको करीब ३ घण्टाको समय भरी  मैले म नेपालमा नै भएको महसुस गरेँ। जताततै नेपालीपन, नेपाली सँस्कृति र नेपाली भूमिको स्पर्श गरेँ र यो शुभकामना साँगितिक साँझले मलाई यहि अनुभूति दियो। सायद अरुहरुले पनि यस्तै गरे होलान् भन्ठान्छु म।

कलाकारहरुले कतै दशै मनाउन नपाएको गुनासो त कतै देश भित्रका देखेका, अनुभव गरेका विसंगतिहरुलाई, थोरै गीतहरुबाट र धेरै प्रहसनहरुबाट मनहरु हलुका हुनेगरी हलभरी पोखे। भन्छन् मन भित्र उकुसमकुस भएका दु:खका बह कहँदा हलुको हुन्छ। उनीहरुले यसै गरे। साँच्चै कलाकारहरु कलामा रम्दा रहेछन्, शब्द शब्दहरुमा डुब्दा रहेछन्। मैले यस्तै अनुभव गरेँ। पप गायकद्वय निमा रुम्बा र सबिन राई हुन् वा आधुनिक गीत गायक दिप श्रेष्ठ वा लोक गायक गायिका विष्णु खत्री र चन्द्रा गुरुङ सबैमा पाँए। बेईमान रवि डङ्गोल र संगीतकारहरुको कुरा त आफ्नो ठाउमा छँदैछ। दर्शकमहानुभावहरुको आ आफ्नै अनुभवहरु होलान् त्यतापट्टि नजाँउ।

सदावहार लाग्ने वरिष्ठ गायक दिप श्रेष्ठका गीतहरुले सबै तहका दर्शकहरुको मन जित्न सके। पप गायकद्वय निमा रुम्बा र सविन राईले आफ्ना चर्चित गीतहरु गाएर हल पुरै आफ्नो कब्जामा राख्न सफल भए भने लोक गायकद्वय विष्णु खत्री र चन्द्रा गुरुङले लोकगीत पारखीहरुलाई गाउँघरतिरका सम्झनाहरु बल्झाई दिए। दोहरी गीत सहित २० वटा जति गीतहरुले झण्डै सवा २ घण्टा लिएको उक्त कार्यक्रमलाई दशै र तिहारको  उपलक्ष्यमा आयोजित ‘स्वर सौगात साँगितिक साँझ’ नाम दिँदा बढी न्याय होला जस्तो लाग्यो।

प्रसिद्व हास्य  टेलिश्रृङखला ‘तितो सत्य’का हास्यकलाकार रवि डङ्गोल ‘बेईमान’ले नेपालको समसामायिक विषयलाई मुक्तकद्वारा व्यङ्ग गर्दै कार्यक्रम संचालन मात्र गरेनन् २/३ वटा व्यङ्ग प्रहसन पनि गरेका थिए। तथापि ‘तितो सत्य’मा जस्तो सफल देख्न सकिएन। सायद रंगमंच र पर्दाबीचको फरक यहि होला। उनलाई रिता कुमारी गुरुङले सहयोगिको भूमिका खेलेकी थिइन्। उनीमा कलाकारीताको प्रसस्त सम्भावनाहरु प्रष्टरुपमा देखिन्छ।

यसैगरी स्थानिय  कलाकारहरु युक्ता लिम्बु, सृजना गुरुङ, रोजिना गुरुङका एकल नृत्यहरुमा खोट लागाउने ठाँउ छैन भने ईष्ट लाईफ ब्याण्डको संगित संयोजनमा स्थानिय कलाकार वरिष्ठ संगितकार दिनेश सुब्बा लगायत वहाँका सहकर्मीहरुको प्रस्तुति अब्बल दर्जाको लाग्यो। उक्त साँगीतिक साँझ केही ढिलोगरी शुरु भए पनि समय बढाउनु भन्दा केही गीतहरु हटाएर पूर्वनिर्धारित समयमै सम्पन्न गरेको भए अझ राम्रो हुने थियो।

कार्यक्रमको अर्को  विशेषता भनेको स्लाईड मार्फत नेपालका सुन्दर पर्यटकिय ठाँउहरु, प्राकृतिक दृश्यहरु देखाइएको थियो। यो राम्रो पक्ष हो। साँच्चै नेपाल प्राकृतिक स्रोतले संसारमै अव्बल दर्जामा आँउछ। यदि नेपाल सरकारले यस क्षेत्रलाई गुरुयोजना बनाएर कार्य गर्ने हो भने नेपालीहरु सम्पन्न हुन धेरै टाढाको कुरा थिएन तर ती दिनहरु यसबेला गर्भमा छन्।

संघले आगामी साँगातिक साँझ आयोजना गर्दा नेपालको पर्यटन प्रर्वद्वन गर्न सहयोग पुग्ने किसिमको भए बढी सान्दर्भिक हुन्छ। नेपाल सरकारले ‘नेपाल पर्यटन वर्ष २०११’ मनाउन गैरहेको र गैर आवासीय नेपाली संघ स्वंयले विश्वभरबाट ‘एक साथी देश पठाउ’ अभियान चलाईरहेको परिप्रेक्षमा यस किसिमको साँस्कुतिक कार्यक्रमहरु प्रस्तुत् गर्दा राम्रो हुन्छ। संघले गठन गरेको ‘नेपाल पर्यटन प्रर्वद्वन टास्क फोर्स टिम’ जसमा हङकङको पनि प्रतिनिधित्व रहेकोले पनि अझ बढी आशा गर्नु स्वाभाविक हुन्छ।

मानौ, नेपालमा वस्ने जाति / जनजातिहरुको नाचहरु वा साँस्कृतिक परिचय दिन झाँकीहरु र नेपाल पर्यटन वोर्ड वा सम्बन्धित संघ / संस्था / व्यक्तिहरुबाट नेपालको ऐतिहासिक, साँस्कृतिक धार्मिक स्थल, वास्तुकला तथा प्राकृतिक दृश्यहरु, सुन्दर मनमोहक हिमालहरु, हिमनदी, ताल झरना, -याफ्टीङ आदि/ईत्यादि देख्न सकिने १०/१५ मिनेटका १/२ वटा वृत्तचित्र समावेश भएको साँस्कृतिक कार्यक्रम आयोजना गर्दा कस्तो होला भन्ने मनमा सोचेँ। अझ उक्त कार्यक्रममा हङकङ सरकारको पर्यटन विभागबाट र यहाँका ट्राभल तथा एजेन्सी / संघ/संस्थाहरुका प्रतिनिधिलाई अतिथिको रुपमा निमन्त्रण गरी ‘नेपाल पर्यटन युक्त देश’ हो भन्ने जानकारी दिन सके कस्तो होला यस्तै सोचेँ।

अन्तमा, गत अक्टोबर ११ तारिख संघले विशेष गरी हङकङेली नेपाली युवाहरुलाई मघ्यनजर राखेर लागु पदार्थ तथा दूर्व्यसन विरुद्व गरेको सेमिनार एउटा राम्रो शुरुवात हो। समाजलाई सभ्य, सुसंस्कृत र गतिशिल बनाउन यस्ता किसिमका कार्यक्रमहरु अत्यन्तै महत्वपूर्ण हुन्छन्। यसैले अन्य नेपाली संघ / संस्थाहरुले पनि यथास्थितिबाट एक कदम आगाडि नबढी अब सुखै छैन। गैर आवासी नेपाली संघ हङकङ यस कार्यक्रमको लागि धन्यवादको पात्र भएको छ।
 

Add your comment

Your name:
Subject:
Comment:

Latest News