Home मत / मतान्तर प्रथम शहिदको तस्विर र साप्ताहिक ‘एभरेष्ट’को अभिमत

प्रथम शहिदको तस्विर र साप्ताहिक ‘एभरेष्ट’को अभिमत

E-mail Print PDF
AddThis Social Bookmark Button
"‘सरकारी आधिकारीता नपाइसकेको बस्तु किन महावाणिज्यदूतवासमा राखियो ? यसले नेपाली मात्र होइन अरु समुदायमा पनि गलत समाचार सम्प्रेषण भएको छ’ हङकङबाट प्रकाशित साप्ताहिक ‘एभरेष्ट’ सम्पादक किसन राईले फ्रन्टपेजमा राखिएको समाचारमा लेखेका छन्। उनले स्थापित शहिदको तस्विरलाई सामान्य वस्तुको रुपमा सम्झे। कहिले देखि शहिदको तस्विर वस्तुमा परिणत भए? कम्तिमा शहिदको योगदान र वलिदानहरुकोमात्र पनि सम्झना गर्ने हो भने सायद यस्ता शब्दहरु प्रयोग हुदैन भन्ने मलाई लाग्छ।"
ईन्द्र एलजी थापामगर
अप्रिल  १४, २०११
गत मार्च ८, २०११ हङकङ नेपाली महासंघ र मगर संघ हङकङले हङकङ स्थित नेपाली महाबाणिज्यदूतावासको कार्यालयमा नेपालका प्रथम शहिद लखन थापामगरलाई नेपाल सरकारले अविलम्ब प्रथम शहिद घोषणा गरियोस भन्ने माग सहित ज्ञापन पत्र बुझाए पछि उनको तस्विर हङकङ स्थित नेपाली महाबाणिज्य दूतवासको कार्यालयमा राखिएको छ। त्यस पश्चात गत हप्ता अप्रिल ६, २०११ हङकङबाट प्रकाशित साप्ताहिक ‘एभरेष्ट’ले उनीसँग सम्बन्धित विषयमा समाचार प्रकाशित गरेको छ। पत्रिकाले संप्रेसन गर्न खोजेको कुरा आफ्नो ठाँउमा ठिक होला तर यसले समग्ररुपमा उनलाई प्रथम शहिद घोषणा गर्न नैतिक दबाब दिन सक्दैन भन्ने मेरो बुझाइ छ।
२३ फेब्रुवरी २००० मा नेपाल सरकारले लखन थापा मगरलाई शाहीद घोषणा गरिसकेको भए पनि  नेपाल आदिवासी  जनजाति महासंघसँग  आवद्व मगर संघले निरन्तररुपमा उनलाई प्रथम शहिद घोषणा गर्न दबाब दिईरहेको छ। उनकोबारे ईतिहाँसकाल देखि सबैले पढेको र सुनेको यथार्थ कुरा के हो भने उनी नेपालको प्रथम शहिद हुन। सायद ‘एभरेष्ट’ साप्ताहिका सम्पादक तथा प्रकाशक साथै किराँत राई यायोक्खा हङकङका अध्यक्ष किसन राईले पनि आफ्नो अध्ययनको समयमा धेरै चोटि पढेका होलान। यति हुदाँ हुदै पनि फ्रन्टपेजमा समाचार मात्र बनेको छैन सम्पादकीयमा पनि स्थान पाएको छ। आधिकारिताको प्रशंग हो भने समाचार नै काफि हुदैन र ? सम्पादकीय नै लेख्नु भनेको विषयलाई गम्भिर लिनु हो। यस अर्थमा कम्तिमा नेपाल सरकारको एक निकायले जुनसुकै अर्थमा होस कार्यालयमा उनको तस्विर राखेर शहिदको मात्र होइन सिङ्गो आदिवासी जनजातिहरुको भावनालाई कदर गरेकोमा आपत्ति वा विमती जनाउन खोजिएको देखिन्छ।
जहाँ सम्म विषयको आधिकारीताबारे सायद कसैको बिमति हुदैन तर बिना आधिकारीता पनि पहिचान युक्त विषय/व्यक्तिको आधिकारिता पनि त्यति नै सत्य हो। उनलाई प्रथम शहिद भन्ने विषयमा सायद अहिले सम्म नेपालमा विमत देखिएको छैन साथै अहिले सम्मको ईतिहाँस, खोज र तथ्यहरुले पनि यो कुरालाई सिद्व गर्छ। अर्को कुरा यदि उनी गैर जनजातिको भएको भए राज्यले पहिलै प्रथम शहिद घोषणा गरिसक्ने थियो। नेपालका करिब सय भन्दा बढि आदिवासी जनजाति हुन वा वाहुन/क्षेत्री वा दलित कसैले पनि अझ सम्म प्रथम शहिदबारे दाबी नगर्नु र शुरु देखि नै उनलाई प्रथम शहिद मान्दै आएको यथार्थ सबैलाई अवगत भएको कुरा हो। अहिले सम्म पनि नेपालको लोकसेवा आयोगमाहोस् वा अन्य कुनै पनि सरकारी नोकरीको लागि तयारी कुनै पनि सामान्य ज्ञानको पुस्तकहरुमाहोस् वा विकिपेडिया (दि फ्रि इन्साइक्लोपेडिया)माहोस् वा उनीसँग सम्बन्धित लेख/रचनाहरुमाहोस् सबैमा उनी नेपालको प्रथम शहिद हुन भनेर उल्लेख गरेको छ।
यति मात्र  होइन अहिले पोखराको मुख्य पहिलेको पृथ्वि चोक अहिले लखन चोकमाहोस् वा गोर्खामाहोस् वा नवलपरासीमाहोस् वा हालै वुटवलमा निर्माण गर्न गैरहेको उनको मूर्ति र मूर्तिसँगैको शिलालेखमा उनको संक्षिप्त जीवनीमा नेपालका प्रथम शहिद भनेर लेखिएको छ। यसमा आम मानिसहरुले स्वीकारेका देखिन्छ। त्यति मात्र होइन नेपाल सरकार यस कार्य प्रति मौन रहेको छ। यसको अर्थ उनलाई प्रथम शहिदको मान्यता दिनु हो। किन भने देशको मुख्य शहर वा ठाँउको सार्बजनिक स्थानमा उनको शालिक स्थापना हुदै जानुले पनि पुष्टि गर्दछ। यसैले उनले हङकङमा मात्र होइन नेपालमा नै अघोषित आधिकारिता पाइसकेका छन। यसैले औपचारिकरुपमा आधिकारिताको घोषणा गर्न दबाब दिने की इस्यु बनाउदै जाने ? कम्तिमा ढिलै भए पनि नेपाल सरकारको प्रतिनिधिमुलुक संस्थाले उनको तस्विर राखेर स्वंय उनलाई मात्र होइन नेपालका आदिवासी जनजातिले पनि सम्मान पाएका छन यसले त जनजाति आन्दोलनका हिमायति वा पक्षपाती वा इमान्दार सिपाही हुँ भन्ने किसन राई जस्तालाई झन उत्साह र उर्जा थपिएको होइन र ?
‘सरकारी आधिकारीता नपाइसकेको बस्तु किन महावाणिज्यदूतवासमा राखियो ? यसले नेपाली मात्र होइन अरु समुदायमा पनि गलत समाचार सम्प्रेषण भएको छ’ सम्पादक किसन राईले फ्रन्टपेजमा राखिएको समाचारमा लेखेका छन्। उनले स्थापित शहिदको तस्विरलाई सामान्य वस्तुको रुपमा सम्झे। कहिले देखि शहिदको तस्विर वस्तुमा परिणत भए? कम्तिमा शहिदको योगदान र वलिदानहरुकोमात्र पनि सम्झना गर्ने हो भने सायद यस्ता शब्दहरु प्रयोग हुदैन भन्ने मलाई लाग्छ।
अन्तमा, कम्तिमा हङकङ स्थित नेपाली महावाणिज्यदूतवासले उनको तस्विर राखेर उनी प्रति न्याय दिन खोजेको छ। वास्तवमा यस प्रकारको कार्य धेरै पहिले नै नेपाल आदिवासी जनजाति महासंघ नेपाल र मगर संघ नेपालको नेतृत्वमा नेपाल लगायत विदेशमा रहेका सरकारी निकायहरुमा ज्ञापन पत्रको साथ उनको तस्विर झुण्ड्याउने मात्र होइन छानबिन गरि प्रथम शहिद घोषणा गर्न निरन्तर दबाब दिएको भए सायद यसबेला प्रथम शहिद को हुन भन्ने आधिकारिताको प्रश्नमा शब्दहरु खर्च गर्न पर्दैन्थ्यो की?