Home हङकङ समाचार नेपाली गीत सङ्गीतका धरोहर अम्बर गुरुङको सम्मानमा हङकङमा "अम्बर गुरुङ रात्री" साङ्गितीक कार्यक्रम

नेपाली गीत सङ्गीतका धरोहर अम्बर गुरुङको सम्मानमा हङकङमा "अम्बर गुरुङ रात्री" साङ्गितीक कार्यक्रम

E-mail Print PDF
AddThis Social Bookmark Button

१ जनवरी २०१४

हिमालय टोन्स म्युजिक एकेडेमी हङकङको आयोजनामा याउमातेइ स्थित हेनेरी जिल्योङ कम्युनिटी हलमा "अम्बर गुरुङ रात्री" सांगितिक कार्यक्रम भब्यरुपमा सफल भएको छ । नेपाली गीत सङ्गीतका धरोहर अम्बर गुरुङको सम्मानार्थ आयोजित कार्यक्रममा हिमालय टोन्स म्युजिक एकेडिमीको तर्फ बाट वहाँलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

 

"सयौं थुङ्गा फुलका हामी एउटै माला नेपाली" भन्ने राष्ट्रिय गीत बाट शुरु भएको कार्यक्रममा अम्बर गुरुङले नौ लाख तारा उदाए र म अम्बर हुँ तिमी धरती भन्ने गीत दर्शक सामु गाएर कार्यक्रमको सुभारम्भ गरेका  थिए । अम्बर गुरुङको साङ्गितिक जिवनको बारेमा बरिष्ठ सङ्गितकार दिनेश सुबाले राखेका बिभिन्न जिज्ञासाले कार्यक्रमलाई थप रोचक पारेका थिए भने  दर्शकहरूले गुरुङको बिगतलाई  निक्कै उत्सुकताका साथ सुन्ने गर्दथे  ।

 

उक्त कार्यक्रममा हङकङका स्थानिय कलाकारहरू: बिक्रम गुरुङ, चेतमान गुरुङ, नागेन्द्र श्रेष्ठ, गणेश पराजुली, ज्ञान सुब्बा, राज तामाङ्,सरला गुरुङ, कला चेम्जोङ्,शारदा गुरुङ, रोशा लिम्बु,सोनाम महर्जन, हर्षित आले मगर र पवित्रा राईले एकल तथा सामुहिक गीत गाएका थिए । हङकङका प्राय जस्तो सबै कार्यक्रमहरूमा असन र भाषण बढी हुने परम्परालाई तोडेर शुरु देखि अन्त्य सम्म   साङ्गीतिक वातवरणमा कार्यक्रम सफल पार्न हिमालय टोन्स एकेडेमी सफल भएको छ । कार्यक्रमको उद्घोशण देवराजराईले सन्चालन गरेका थिए भने बाधवादनमा दिनेश सुब्बा,धन थापा, कृष्णभक्त महर्जन, यादव राई, मणी बान्तवा,स्वदेश महर्जन, धन थापा र गणेश पराजुलीले साथ दिएका थिए ।

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News

Good News!