HongKongNepali.com, The Next Media

Friday
Aug 18th
Home हङकङ समाचार तमु प्ये ल्हु संघ हङकङको क्होईबो धींमा गुरुङ संस्कार तथा संस्कृति अनुसार शुभ विवाह

तमु प्ये ल्हु संघ हङकङको क्होईबो धींमा गुरुङ संस्कार तथा संस्कृति अनुसार शुभ विवाह

E-mail Print PDF
AddThis Social Bookmark Button

मुक काजी (काजी) गुरुङ, हङकङ

२४ नोभेम्बर २०१६ का दिन तमु प्ये ल्हु संघ हङकङको "क्होईबो धीं" मा तमुहरुको संस्कार तथा संस्कृति अनुसार पहिलो पटक शुभ विवाह कार्यक्रम सम्पन्न भएको छ।

 

तमु प्ये ल्हु संघ हङकङका आजीवन सदस्य तथा सल्लाहकार किरण टु क्ल्हेप्री तमुको ज्येष्ठ सुपुत्र अनुप गुरुङको सुश्री निता गुरुङ ९पुन० संग शुभ विवाह तमुहरुको संस्कार तथा संस्कृति अनुसार तमु प्ये ल्हु संघकै खेगीहरु पच्यु चिवा र क्ल्हेप्री चिवाहरुद्वारा सुसम्पन्न भएको हो।यसैगरि पच्यु तथा क्ल्हेप्री चिवाहरुले आ(आफ्नो बेद पढेर तमुहरुको संस्कार तथा संस्कृति अनुसार नव बिबाहित जोडीको जीवन सुखमय रहोस भन्दै सफलताको कामना गरे र उपस्थितजनहरुले पनि नव बिबाहित जोडीलाई बधाई तथा शुभकामना ब्यक्त गरेका थिए। तमु प्ये ल्हु संघ हङकङको क्होईबो धींमा तमुहरुको संस्कार तथा संस्कृति अनुसार शुभ विवाह कार्य भएको यो पहिलो नै हो भने आउंने दिनहरुमा अन्य तमुहरुलाई पनि तमुहरुको संस्कार तथा संस्कृति अनुसार शुभ विवाह पनि गर्न सकिने बाटो खोली दिएको छ।

कार्यक्रममा, गुरुङ भाषाको चलचित्र प्रे सोना (संगै जिउं) प्रदर्शनको लागि नेपालबाट आएका उक्त चलचित्र निर्माता तथा कलाकारहरु खेम चन्द्र गुरुङ, नरजंग गुरुङ र उर्मिला गुरुङलाई पनि तमु प्ये ल्हु संघ हङकङको तर्फबाट फूलको गुच्छा प्रदान गर्दै मायाको चिनो प्रदान गरे।

यसैगरि कार्यक्रममा हाल हङकङमा निजी भ्रमणमा रहेका संस्कृतिविद लेफ्टिनेन्ट ईन्द्र बहादुर गुरुङले खेगीहरुद्वारा तमुहरुको संस्कार तथा संस्कृति अनुसार शुभ विवाह के कसरी गर्न सकिन्छ भन्ने बारेमा आफ्नो भनाई राखेका थिए भने अध्यक्ष जितेन्द्र गुरुङ र उपाध्यक्ष मन बहादुर गुरुङले पनि आफ्नो भनाई राख्दै तमु प्ये ल्हु संघ हङकङले प्रवासमा रहेर पनि तमुहरुको संस्कार तथा संस्कृतिलाई संरक्षण गर्नको लागि यस प्रकारको कार्यलाई शुरुवात गर्ने अवसर जुराईदिनु हुने संघका आजीवन सदस्य तथा सल्लाहकार किरण गुरुङलाई धन्यवाद ब्यक्त गरे र तमु समाज हङकङका अध्यक्ष कोमल गुरुङले पनि तमु प्ये ल्हु संघ हङकङको क्होईबो धींमा आएर तमुहरुको संस्कार तथा संस्कृति अनुसार गरिएको शुभ विवाह कार्यक्रममा सरिक हुन पाउंदा तमु प्ये ल्हु संघ हङकङलाई धन्यवाद दिए।

यसैगरि कार्यक्रममा, सल्लाहकार किरण गुरुङले तमु प्ये ल्हु संघ हङकङको खेगीहरुद्वारा छोराको शुभ विवाह कार्यलाई तमुहरुको संस्कार तथा संस्कृति अनुसार भब्य रुपमा सफल बनाई दिएको भन्दै तमु प्ये ल्हु संघ हङकङ लगायत खेगीहरु र उपस्थित सम्पूर्ण शुभचिन्तकहरुलाई पनि बिशेष धन्यवाद ब्यक्त गरे भने शुभ विवाह कार्यक्रममा उपस्थित भएर छोरा बुहारी र घर परिवारलाई समेत बधाई तथा शुभकामना दिनुहुने सम्पूर्णलाई बिशेष धन्यवाद ब्यक्त गरे।

यसै गरि शुभ विवाह कार्यक्रमलाई खेगीहरुले तमुहरुको संस्कार तथा संस्कृति अनुसार सम्पन्न गरि दिएकोमा सल्लाहकार किरण गुरुङले खेगीहरुलाई र सात कन्याको रुपमा रहेकी कश्मिना गुरुङलाई पनि मायाको चिनो प्रदान गरेका थिए र कार्यक्रमलाई संघकै सचिव भोजेन्द्र गुरुङले सञ्चालन गरेका थिए।

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News