HongKongNepali.com, The Next Media

Friday
Aug 18th
Home हङकङ समाचार तमु समाज हङकङले ल्होसार कार्यक्रमको बारे जानकारी सभा गरेर १ लाख १७ हजार संकलन गर्‍यो

तमु समाज हङकङले ल्होसार कार्यक्रमको बारे जानकारी सभा गरेर १ लाख १७ हजार संकलन गर्‍यो

E-mail Print PDF
AddThis Social Bookmark Button

मुककाजी (काजी) गुरुङ, हङकङ

यही २६ नोभेम्बर २०१६ का दिन जोर्डनस्थित भारतीय गोर्खा भूपू क्लबमा तमु समाज हङकङले एक कार्यक्रम बिच तमुहरुको महान धार्मिक पर्व (राष्ट्रिय पर्व) च्या ल्होसार (चरा बर्ग) बारे जानकारी सभाको आयोजना गरेका छन।

 

तमु समाज हङकङका अध्यक्ष कोमल कान्छा गुरुङको अध्यक्षतामा सम्पन्न उक्त जानकारी सभामा हङकङस्थित बिभिन्न संघसंस्थाका अध्यक्षहरु एन आर एन हङकङका निवर्तमान अध्यक्ष दुर्गा गुरुङ, मिलन फाउण्डेशन नेपालका अध्यक्ष तथा तमु राष्ट्रिय मुक्ति मोर्चा हङकङका अध्यक्ष दुर्गा घोताने गुरुङ, हिन्सका अध्यक्ष बिनय शाह, नेपाली जन सम्पर्क समिती हङकङका वर्तमान तथा निवर्तमान अध्यक्ष बसन्त श्रीनेट, राम गुरुङ, भारतीय गोर्खा भूपू सैनिक संघ हङकङका अध्यक्ष जजिन चामलिङ राई यसैगरि नमो बुद्ध आमा समूहका अध्यक्ष पदम कुमारी गुरुङ, तमु प्ये ल्हु संघ हङकङ आमा समूहका अध्यक्ष श्री कुमारी गुरुङ र स्याङ्जा सोंपाल समाजका अध्यक्ष याम गुरुङलाई मञ्चमा अतिथिको रुपमा आसिन गराएका थिए। यसैगरि तमु समाज महिला बिभागकी अध्यक्ष श्रीमती पुष्प गुरुङ, तमु समाज हङकङका प्रमुख सल्लाहकार तथा अन्य सल्लाहकारहरु नरेन्द्र गुरुङ, किरण गुरुङ, काशीराम गुरुङ, श्रीमती सबिता घले र समाजकै प्रथम उपाध्यक्ष मन प्रसाद गुरुङलाई पनि आतिथ्य प्रदान गरिएको थियो।

कार्यक्रममा तमु समाज हङकङका मिडिया प्रवक्ता मुक काजी गुरुङले स्वागत मन्तब्य दिएका थिए भने मञ्चमा आसिन अतिथिहरुले क्रमबद्ध रुपमा ल्होसार पर्वको शुभकामना सहित ल्होसार पर्वलाई भब्य तथा सभ्यका साथ सम्पन्न गर्नको लागि दिल खोलेर आर्थिक सहयोग पनि गरेका थिए। कार्यक्रममा उपस्थितजनहरुले संयुक्त रुपमा च्या ल्हो (चरा बर्ग)को ब्यानर अनाबरण गर्दै सार्वजनिक गरेका थिए भने अध्यक्ष कोमल कान्छा गुरुङले तमु समाज हङकङद्वारा यही आउंदो डिसेम्बर २६ तारिख २०१६ का दिन मंकी हिलमा आयोजना हुन गईरहेको तमुहरुको महान धार्मिक पर्व (राष्ट्रिय पर्व) च्या ल्होसारको बारेमा जानकारी गराएका थिए। र उक्त ल्होसार पर्वलाई भब्य तथा सभ्यका साथ सम्पन्न गर्नको लागि हङकङमा रहेका सम्पूर्ण तमुहरुलाई सहयोग र उपस्थितिको लागि हार्दिक आग्रह गरे भने सो दिन ल्होसार पर्वलाई अझ हर्षौल्लासमय बनाउंनको लागि नेपालबाट चर्चित लोकगायक तथा गायिका र नृत्याङ्गना सहितको टोलीलाई आमन्त्रण गरेको बताए। यसैगरि तमुहरुको संस्कार तथा संस्कृतिलाई संरक्षण तथा सम्वर्द्धन गर्नको लागि पनि नेपालबाट तमु खेगीहरुलाई आमन्त्रण गरेको बताए भने ल्होसार बिशेषको रुपमा भाग्यशाली पुरुस्कारहरु, प्रथम पुरुस्कार एक तोला सुनको सिक्री र दोस्रो सामसुङ मोबाईल फोन पनि रहेको जानकारी गराए।

स्मरण रहोस, उक्त ल्होसार जानकारी सभाले हङकङ डलर १ लाख १७ हजार आर्थिक संकलन गर्न सफल भएको छ भने आर्थिक सहयोग आउंने क्रम अझै पनि जारी रहेको कार्यक्रम सञ्चालिका तमु समाजका सचिव अनिता गुरुङले जानकारी गराएकी थिइन।

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News