HongKongNepali.com, The Next Media

Friday
Aug 18th
Home हङकङ समाचार आँधीखोला स्पोर्ट्स् रनिङ कप भलिबल प्रतियोगिता १८ डिसेम्बरमा भब्य हुँदै

आँधीखोला स्पोर्ट्स् रनिङ कप भलिबल प्रतियोगिता १८ डिसेम्बरमा भब्य हुँदै

E-mail Print PDF
AddThis Social Bookmark Button

तुल्सी राना मगर

३ डिसेम्बर २०१६ हङकङ

आँधीखोला स्पोर्ट्स् रनिङ कप भलिबल प्रतियोगिता १८ डिसेम्बरको दिन चुनमुन स्थित बाटरफलाई बिचको भलिबल कोर्टमा भब्यरुपमा आयोजना गर्ने भएको छ । बिकास, अनुशासन, गतिशिलता र स्वास्थ्यको लागी खेलकुद भन्ने मुल सन्देश बोकेर बिगतका बर्षहरुमा झै यो बर्ष पनी भब्यरुपमा भलिबल प्रतियोगितालाई सम्पन्न गर्ने कुरा जानकारी सभा द्वारा सन्देश प्रवाह गरेको छ । जोर्डन स्थित नमोबुद्ध क्लव हाउसमा आयोजित कार्यक्रममा हङकङमा बसोबास गर्ने स्याङ्जालीहरुले जानकारी सभा पस्चात खेलकुद बिकासको बारेमा छलफल गरेको थियो । 

हङकङमा आयोजना हुने भलिबल प्रतियोगिता मध्य सधैं जस्तो बिजेता अथवा उपबिजेताको मुख्य दाबेदारको रुपमा चिन्दै आएको आँधीखोला स्पोर्ट्स् क्लव स्याङ्जा आँफैमा आर्थिक रुपले सवल भएको कल्व हो । १८ डिसेम्बरमा आयोजना हुँदै गरेको रनिङ् सिल्ड भलिबल प्रतियोगिता सम्पन्न गर्न  अनुमानित् ७६,४०० डलर लाग्ने बताएको छ । कार्यक्रम स्थलमै शुभचिन्तकहरु बाट ३८,७०० डलर सङ्कलन गरेका छन् भने जानकारी सभामा उपस्थित हुन नस्क्नेहरुले आर्थिक सहयोग भाईबर तथा फोन बाट आउने क्रम जारी रहेको बताएका छन् ।

आँधीखोला स्पोर्ट्स् रनिङ कप तीन पटक सम्म लगातर बिजेता बने रनिङ कप बिजेताले २५ हजार हङकङ डलर प्राप्त गर्ने छ । प्रथम पुरुस्कार १० हजार हङकङ डलर साथै दोश्रो पुरुस्कार ६,००० रहेको छ । स्मरण रहोस् यो भन्दा अगाडी लगातार स्याङ्जाले दुई पटक जितिसकेको छ भने यो बर्ष पनी जितेको खन्डमा रनिङ सिल्ड स्याङ्जाको पोल्टामा पर्ने छ ।

आँधीखोला स्पोर्ट्स् क्लवको अध्यक्ष शङ्कर गुरुङको अध्यक्षतामा औपचारिक कार्यक्रमलाई सचिव खगेन्द्र गुरुङले सन्चालन गरेका थिए । स्याङ्जा जनसेवा समिती हङकङका अध्यक्ष इश्वर गुरुङ,छिमेकी गाउ समाजका अध्यक्ष प्रेम थापा लगायत अन्य अतिथीहरुले प्रतियोगिताको भब्य सफलताको शुभकामना मन्तब्य दिएका छन् ।

भलिबल खेलाडीहरुको उत्साह र बिकासको निम्ती यो बर्ष पनी महिला भलिबल प्रतियोगिता पनी गर्ने भएको छ । आँधीखोला स्पोर्ट्स् रनिङ कप लगतै २५ डिसेम्बरमा फियोना रनिङ् कप हुँदै छ भने ११ डिसेम्बरमा पुन मगर समाज हङकङले माहाबिर पुनले स्थापना गरेको "राष्ट्रिय अबिस्कार केन्द्र" को निम्ती सहयोगार्थ पुरुष भलिबल प्रतियोगिता गर्ने हुँदा भलिबलका दर्शक हरुले नेपाल बाट आएका भलिबल खेलाडीहरुको खेल हेर्न पाउने छन् ।

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News