HongKongNepali.com, The Next Media

Thursday
May 25th
Home हङकङ समाचार तमु ट्हो ह्युलले यो बर्षको "च्यह ल्होछार" मङ्कीहिलमा मनाउने

तमु ट्हो ह्युलले यो बर्षको "च्यह ल्होछार" मङ्कीहिलमा मनाउने

E-mail Print PDF
AddThis Social Bookmark Button

तुल्सी राना मगर

४ डिसेम्बर २०१६

तमु ट्हो  ह्युल हङकङ द्वारा जनवरी १ तारिक मङ्की हिलमा यो बर्षको "च्यह ल्होछार" बीगतका बर्ष झै यो बर्ष पनी बिबिध कार्यक्रम सहित भब्य तथा सभ्य तवरमा मनाउने भएको छ । जोर्डन स्थित नमोबुद्ध क्लव हाउसमा आयोजित जानकारी सभामा हङकङका तमु समुदायको बिच"च्यह ल्होछार" मनाउने बारे औपचारीकरुपमा जानकारी सभा गरेर सन्देश प्रवाह गरेका छन् । च्यह ल्होछार सफल पार्न कार्यक्रममा उपस्थित तमुहरुले ६५,२४० हङकङ डलर दान गरेका छन् ।

 

ल्होछार मनाउन जानेहरुको लागी युनलोङ र जोर्डन बाट निशुल्क जान र आउनको लागी बसको ब्यावस्था गरेका छन् । हङकङमा रहेर अध्ययनरत तमु बिधार्थीहरुलाई शिक्षामा प्रोत्साहन गर्न HKDSE परिक्षामा उत्कृष्ट अङ्क प्राप्त गर्ने एकजना छात्र र एकजना छात्रालाई शैक्षिक पुरुस्कार सहित् सम्मान गर्ने भएको छ । मनोरन्जनात्मक कार्यक्रमको निम्ती पुरुषहरुको लागी ठेलो हान्ने प्रतियोगिता,डोरी तान्ने प्रतियोगिता,महिलाहरुको लागी मिउजिकल चियर प्रतियोगिता,तमु भेषभुषा प्रतियोगिता र न्रित्य प्रतियोगिता साथ साथ तमु झाकी प्रदर्शन हुने जानकारी गराएका छन् ।

भुपु अध्यक्ष इच्छा कुमारी गुरुङले पानासमा दियो प्रजवलन गरेर शुभरम्भ भएको कार्यक्रममा भुपु अध्यक्ष अर्जुन गुरुङ, कर्नेल मिन बहादुर गुरुङ, हङकङ नेपाली महासंघकी अध्यक्ष श्रीमती रिता गुरुङ, बिक्रम गुरुङले सम्बोधनको क्रममा तमु एकता, तमुहरुको भाषा,धर्म, संस्कार र संस्क्रीती नयाँ पुस्तालाई हस्तान्तरण गर्दै लैजाने बारेमा बोलेका थिए । तमु ट्हो ह्युल हङकङका अध्यक्ष गणेश गुरुङले अहिले तमुहरु ल्होछार/ल्होसार मनाउने क्रममा जहिले पायो तेहिल्यै ल्होछार मनाउने चलनलाई सबैले बुझ्नु पर्ने आवश्यकता रहेको छ । पुसे १५ नआउँदै कम्सेकम ल्हो नफेरिदै एउटै बर्षमा दुइटा ल्हो मनाउदा नयाँ पुस्तामा ल्होछार कहिले पर्छ भनेर सिकाउने ? भनेर ल्होछार भन्दा अगाडीनै ल्होछार मनाउने तमुजन्य अन्य संघ सस्थालाई प्रतिप्रश्न गर्दै ल्होछार मनाउदा कमसेकम ल्हो फेरिन दिउ न ! भन्ने सन्देश दिएका छन् ।

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News