HongKongNepali.com, The Next Media

Thursday
May 25th
Home हङकङ समाचार अाँधीखोला स्पोर्ट्स क्लवले रनिङ कप सहितको ३५ हजार डलर आफ्नो पोल्टामा पार्न सकेन

अाँधीखोला स्पोर्ट्स क्लवले रनिङ कप सहितको ३५ हजार डलर आफ्नो पोल्टामा पार्न सकेन

E-mail Print PDF
AddThis Social Bookmark Button

तुल्सीराज राना मगर

डिसेम्बर १८ हङकङ

अाँधीखोला स्पोर्ट्स रनिङ सिल्ड पुरुष भलिबल प्रतियोगितामा यो बर्षको बिजेता पर्वत क्लव भएको छ । दुई बर्ष लगातर जितेर रनिङ सिल्डको निम्ति मुख्य दाबेदार बनेको अाँधीखोला स्पोर्ट्स क्लव स्याङ्जाले यो बर्ष फाइनल खेलमा पर्वत क्लव संग अत्यान्तै प्रतिस्पर्धात्मक खेल खेले पनि जित हासिल गर्न नसक्दा रनिङ सिल्ड उठाउन बाट बन्चित भएको छ । समय अभावको कारण फाइनल खेल बेस्ट अफ थ्रीको आधारमा खेलाइेको खेलमा पर्वतले लगातर स्याङ्जालाई २ सेट जितेर रनिङ सिल्ड उचाल्न बाट रोकेको छ । यो बर्ष स्याङ्जाले बिजय हासिल गरेको भए रनिङ सिल्डको २५ हजार हङकङ डलर साथै प्रथम पुरुस्कार १० हजार हङकङ डलर गरेर जम्मा ३५ हजार डलर जित्ने संभावना रहेको थियो । बिजेता पर्वतले प्रथम पुरुस्कार १०,००० हङकङ डलर साथै उपबिजेता स्याङ्जाले ६,००० डलर पुरुस्कार प्राप्त गरेको छ । अव फेरी २५,००० हजार डलर राशीको रनिङ् सिल्ड उचाल्न फेरी पर्वत क्लवले लगातर २ पटक बिजय हासिल गर्नु पर्ने भएको छ ।

 

पर्वत कल्वको तर्फ बाट नेपालका राष्ट्रिय खेलाडी सन्जय अर्याल, पुन क्लवको तर्फ बाट मिलन मल्ल अाँधीखोला स्पोर्ट्स क्लवका तर्फ बाट सुनिल श्रेष्ठ र मकाउ बाट आएको खेलाडी नबिन थापा नेपालको राष्ट्रिय तथा क्षेत्रिय स्तरका नाम चलेका खेलाडीहरुको सहभगिताले खेललाई अझै थप् रोचक बनाएको थियो । बेस्ट प्लेयरको उपाधी सञ्जय अर्यालले प्राप्त गरेको थियो भने फाइनल खेलको म्यान अफ दी म्याचको उपाधी सुनिल श्रेष्ठलाई प्रदान गरेको थियो । पुरुष तर्फ १४ टिमको सहभागिता रहेको भलिबल प्रतियोगितामा पहिलो सेमीफाइनलमा पर्वतले सनराइजलाई र स्याङ्जाले बाग्लुङलाई जितेर फाइनल प्रवेश गरेको थियो ।

महिला तर्फ स्याङ्जा,घान्द्रुक,पर्वत र पुन क्ल्वले सहभागिता जनाएका थिए । पर्वतले स्याङ्जालाई र घान्द्रुकले पुन क्लवलाई जितेर महिला तर्फको फाइनल खेलमा अत्यान्त प्रतिस्प्राधात्मक खेलमा घान्द्रुकले पर्वतलाई जितेर महिला तर्फको बिजेता बन्न   सफल भएको छ । बिजेता घान्द्रुकले २ हजार डलर साथै उपबिजेता पर्वतले १५०० डलर प्राप्त गरेका छन् ।

बिजेता खेलाडीहरुलाई पुरुस्कार बितरण समारोहमा स्याङ्जा जनसेवा समिती हङकङका अध्यक्ष इश्वर गुरुङ र अाँधीखोला स्पोर्ट्स क्लवका अध्यक्ष शङ्कर गुरुङले बिजेता तथा उपबिजेता खेलाडीहरुलाई मेडल, कप र प्रमाणपत्र बितरण गरेका थिए । भलिबल खेललाई रेफ्रीहरु राजकुमार गुरुङ, याम गुरुङ र रबिन्द्र थापाले सन्चालन गरेको थियो ।

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News