HongKongNepali.com, The Next Media

Friday
Sep 22nd
Home हङकङ समाचार माघे सक्रान्तीको शुभकामना दिदै मगरातको निम्ति विश्वभरका मगरहरु एकजुट हुन आवहाँन - रेनुका काउचा

माघे सक्रान्तीको शुभकामना दिदै मगरातको निम्ति विश्वभरका मगरहरु एकजुट हुन आवहाँन - रेनुका काउचा

E-mail Print PDF
AddThis Social Bookmark Button

१५ जनवरी २०१७ हङकङ

तुल्सी राना मगर

मगर संघ हङकङले बिगतका बर्षहरुमा भन्दा यो बर्ष मगरहरुको राष्ट्रिय चाड माघ्या सक्राटी(माघे सक्रान्ती) लाई  ब्रिहत भब्य कार्यक्रम  गरेर सम्पन्न गरेको छ । कार्यक्रममा नेपाल, जापान, मलेशिया,कोरिया,युके बाट बिशिष्ट मगर ब्याकित्वहरुको सहभागिता रहेको थियो । प्रमुख अतिथिको रुपमा नेपाल बाट आमन्त्रित नेपाल मगर संघ केन्द्रिय समितिका मुख्य सचिब रेनुका काउचा मगरले प्रमुख अतिथीको आशन बाट बोल्दै हङकङ मगर संघले नेपाल मगर संघले काठमाण्डौमा आयोजना गरीने माघे सक्रान्ती कार्यक्रम भन्दा हङकङ मगर संघले गरेको कार्यक्रम ब्रिहत र भब्य भएको भन्दै जातिय पहिचानको निम्ती मगर संघ हङकङले खेलेको भूमिकाको प्रसंसा गरेकी छिन् ।

बर्तमान परीवेशमा मगरातहरुको एतिहासिक भुमीलाई प्रदेश नम्बर ४ मा समावेश गर्ने प्रस्तव आउँदा  मगरातको निम्ति स्वागतयोग्य भएको तर उक्त प्रस्तव बिफल बनाउन भिभिन्न समुदाय र तत्व लागी परेको बताएकी छिन् । ति सुमुदाय र तत्वलाई परास्त पार्न अव देश बिदेशमा रहेका सम्पूर्ण मगरहरु एकजुत भएर अगाडी बढ्न  पनि आवहाँन गरेकी छिन् । मगर समुदायको जातिय पहिचान र संघिय लोकतान्त्रिक गणतन्त्र स्थापनाको निम्ती मगर समुदायको बिभिन्न दबाबमुलक कार्यले गर्दा नै संबिधान सम्सोधन मार्फत मगरात भुमीलाई प्रदेश नम्बर ४ मा समावेश गर्न प्रस्तव आएको दाबी गरे ।

बिशेष अतिथीको रुपमा आमन्त्रित अर्का बक्ता मगर अध्यन केन्द्रका सचिब तथा संस्कृतिबिद डा.मीन श्रीस मगरले माघे सक्रान्तीको बारेमा छोटो चर्चा गरेका थिए । माघे सक्रान्तीलाई मगरहरुको जातिय बिशेष पर्वको रुपमा घोषणा गरे पनी यो चाड सबैले मान्ने र यस्को सामाजिक पक्ष,धार्मिक पक्ष र साँस्कृतिक पक्ष जोडीएको छ । मगरहरुले माघे सक्रान्तीको बेला आफ्नो पित्रीको पूजा गरेर सम्झना गर्ने साथै चेलीबेटी बोलाएर पाहुना खुलाउनुको साथै तरुल खाने, खिचडी खाने, बारा खाने, ठेलो हाने, धनुष बाण हान्ने, नाचगान गर्ने मौलिक परम्परा रहेको छ । माघे सक्रान्ती मान्ने मुख्य दुई कारण मध्य एक बर्खे बाली भित्राएर हिउदे बाली लगाइसकेको अवसरमा मनाइने र दोश्रो माघे सक्रान्ती पछी सुर्य उत्तरायण हुँदा जाडो काम हुँदै जाने र जाडो सकिएको साङ्केतिक पर्वको रुपमा मान्ने चलन रहेको बताएका थिए ।

अन्य अतिथीहरु युके मगर संघका अध्यक्ष नेम थापा, जापान मगर संघका भुपु अध्यक्ष दिलिप राणा मगर, मलेशिया मगर संघका अध्यक्ष नर बहादुर पुन, दक्षिण कोरिया मगर संघको तर्फ बाट प्रतिनिधी शुशिला थापा मगर र नेपाल मगर पत्रकार संघका उपमहासचिव तथा संचारकर्मी रुद्र श्रीस मगरले पनी माघे सक्रान्तीको शुभकामना मन्तब्य दिएका थिए । हङकङका बिभिन्न धार्मिक, सामाजिक, जातिय,क्षेत्रिय संघ सस्थाको अध्यक्ष तथा तिनको प्रतिनिधिहरुको बाक्लो उपस्थितीमा कागजी अतिसबाजीको बिच नेपाल बाट आमन्त्रित प्रमुख अतिथीले पानसमा बत्ती प्रजावलन गरेर कार्यक्रमको समुद्घाटन गरेका थिए । उपाध्यक्ष थाल श्रीश मगरले कार्यक्रममा स्वागत मन्तब्य दिएका थिए भने संघकी अध्यक्ष श्रीमती चन्द्र ज्योती आले मगरको अध्यक्षतामा बसेको औपचारिक कार्यक्रमलाई सस्थाका महासचिव बोधबिक्रम थापाले सन्चालन गरेका थिए ।

औपचारिक कार्यक्रम पस्चात मनोरन्जनात्मक कार्यक्रमलाई गायिका मन्जु थापाले सन्चालन गरेकी थीईन् । पुन मगर समाजअको तर्फ बाट पुर्खेउली नाच,थाली नाच, लांघाली कल्याण समाजको तर्फ बाट हुररा नाच, युके बाट आएका गायक तथा नायक मधुसुदन थापा, मन्जु थापा, समावेशी गायक तिलक सोमै लगायत अन्य गायक गायिकाहरुले आफ्ना प्रस्तुती राखेका थिए । हङकङका स्थानिय चर्चित डान्सर टिना मगर र शुकु लिम्बुको समुह लगायत अन्य धेरै डान्सरहरुले मनमोहक कौर्हा न्रित्य पस्केका थिए ।

कार्यक्रम स्थलमा राखेका स्टलमा मगरहरुले घरयासी कामकाजमा प्रयोग गरीने बिभिन्न सामाग्रीहरु लिएर फोटो खिच्नेहरुको भिड अबेर सम्मै  देखिन्थे । अत्याधिक मान्छेको उपस्थितीले गर्दा आयोजकहरुलाई खाध्य तथा पेय पदार्थ पुर्याउन धौ धौ परेको थियो । बिगतमा झै यो बर्ष पनी ठेलो हाने, डोरी तान्ने, धनुष बाण हान्ने खेल राखिएको थियो ।

 

Add your comment

Your name:
Subject:
Comment: