HongKongNepali.com, The Next Media

Thursday
May 25th
Home हङकङ समाचार एभरेष्ट साप्ताहिक प्रकाशनको १५ औ बर्ष पुगेको अवसरमा सगरमाथा साँझ-३ हुँदै

एभरेष्ट साप्ताहिक प्रकाशनको १५ औ बर्ष पुगेको अवसरमा सगरमाथा साँझ-३ हुँदै

E-mail Print PDF
AddThis Social Bookmark Button

तुल्सी राना मगर

२४ जनवरी २०१७

हङकङमा प्रकाशित हुने एभरेष्ट साप्ताहिकले आफ्नो प्रकाशनको १५ औ बर्ष पुगेको अवसरमा सगरमाथा साँझ-३ आयोजना गर्ने भएको छ । जोर्डन स्थित नयाँ पेजको कार्यालयमा आयोजित जानकारी सभामा एभरेष्ट साप्ताहिकका प्रकाशक तथा सम्पादक किसन राईले पत्रकारहरुलाई जानकारी गराएका हुन् । १५ बर्षको दौडानमा अहिले यो भन्दा अगाडी सगरमाथा साँझ पहिलो र दोश्रो सम्पन्न गरीसकेको र सगरमाथा साँझ तेश्रो मार्च ११ तारिक शनिबारको दिन युनलोङ थियटर हलमा गर्ने भएको छ । जोर्डन बाट युनलोङ कार्यक्रम स्थल सम्म जान आउनको लागी दर्शकहरुलाई सजिलोको लागी बसको ब्यावस्था पनी गरीएको बताएका छन् । पोस्टरमा टिकटको मुल्य ३००,२०० डलर निर्धारण गरीएको छ ।

 

सगरमाथा साँझ-३ ले सशस्त्र प्रहरी बलको साँस्कृतिक समुहलाई बिशेष प्रथामिकता दिएको बताउदै उहिहरुलाई बिदेशमा हुने यस्तो कार्यक्रमहरुमा खासै मौका नमिल्ने हुँदा यस् पटक उक्त समुहको ८ जना कलाकारहरु पहिलो प्राथमिकतामा परेको छ।पुरानो गायक राजन राई पनी अहिले सम्म देश भन्दा बाहिरको कार्यक्रममा अवसर नपाएको हुँदा उहालाई पनी प्रथामिकतामा परीएको बताए । बिमल मगर र अमृता सम्बाहाम्फे दुबै जना नयाँ कलाकार हुन् भने चर्चित हास्य कलाकार विल्सन बिक्रम राईलाई सगरमाथा साँझको ब्रान्ड एम्बेसेडरमा चयन् गरेको बताएका छन् । सगरमाथा साँझ-३ लाई भब्य तथा सभ्यरुपमा सम्पन्न गर्न किसन राई लगायत ५ जनाको समुह लागी परेका छन् ।

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News