HongKongNepali.com, The Next Media

Wednesday
Oct 18th
Home हङकङ समाचार हाङकङको सायङमी ध्यान केन्द्रमा मुघ्ध ध्यान गर्दा केहीले चेतना गुमाए

हाङकङको सायङमी ध्यान केन्द्रमा मुघ्ध ध्यान गर्दा केहीले चेतना गुमाए

E-mail Print PDF
AddThis Social Bookmark Button

चन्द्र मादेन (आन्छन)

३० जनवरी,हङकङ

चुनमुन स्थित सिएम चोइ छोङ कोक सेकेन्डरी स्कुलको सभाहलमा हेभेन्ली पाथ हङकङको आयोजनामा वृहत सायाङ्मी ध्यान  (एन्जलीक मेडिटेशन)  सम्पन्न  भएको छ । उक्त संस्था प्रेमवादका प्रतिपादक दार्शनिक, गुरु गड्यान्जल, ॐनन्द द्वारा दुईसय भन्दा वढि उपस्थित जनसमुदायहरुलाई ध्यानमा वस्दा हुने फाईदावारे प्रष्ट पार्नुहुदै झण्डै दुई घण्टा आँखा चिम्लिएर स्वर्ग  र अनन्त संसारको अनुभूति  गराउनु भएको थियो

जस्लेगर्दा डेड् दर्जन जति महिला र पुरुषहरु ध्यानको गहिराहीमा लिप्तभै केहिक्षण मस्तिष्कको चेतना गुमाएकाहरुलाई गुरु स्वयंवाटै मन्त्रोंचारण गरि आसिस दिनुभएर होसमा ल्याउनु परेको थियो । ध्यान पश्चात  गीतकार, संगीतकार र गायक तीनै कुराका माहिर  गुरु गड्यान्जलले केहि वंहाका एलवम र केहि  चाँहि नँया सृजनाका कोशेली प्रत्यक्ष  पस्किनु भएको थियो, जुन गीतहरुले अधिकांश दर्शकहरु तल्लिन भएर नृत्यमा भरपूर  रमाएका थिए । त्यस्तै नेपालवाटै आउनुभएका अर्का प्रतिभा यूवा गायक सुरविन राईको नेतृत्वमा  स्थानीय कलाकार डोलमान लिम्वु, सेलमिका लामा, मेनुका राई र कल्पना राईले मन्त्रमुघ्ध भजन प्रस्तुत  गर्नुभएको  थियो ।

संस्थाका अध्यक्ष  नैनकला तामाङको सभापतित्वमा सम्पन्न भएको उक्त  कार्यक्रममा ईसाई, हिन्दु, बुद्धिष्ट, किरात आदि विभिन्न धर्मावलम्विहरुको  नौ वर्षको किशोर वालक देखि नव्वे वर्षको वृद्ध  र  विभिन्न  प्रतिष्ठित वौद्विक व्यक्तित्वहरु सम्मले सायाङ्मी ध्यान, प्रवचन र सुमधुर संगीतको रसस्वादन गरेका थिए । ध्यान र संगीत पश्चात्  कमीलाका ताँतिझैं लाईनका उपस्थित महानुभावहरुलाई परम गुरुवाट आर्शिवाद दिनुहुदै मायाको चिनो ध्वजा(डोरी) पहिर्याई दिनुभएको थियो ।

चार घण्टा सम्म निरन्तर  चलेको उक्त कार्यको उद्घोषक संस्थाका महासचिव  चन्द्र मादेन आन्छनले गरेका थिए । अन्त्यमा अध्यक्ष  नैनकला तामाङद्वारा यातायात, खाजापानी, सभाहल आदिमा आर्थिक  प्रायोजन गर्नुहुने, उपस्थितहरु र प्रत्यक्ष  अप्रत्यक्ष   सहयोगी  सवै प्रति हार्दिक  कृतज्ञता व्यक्त गर्नु हुदै  कार्यक्रमको विसर्जन  भएको घोषणा  गर्नुभएको थियो ।

स्मरणीय रहोस गुरु ओमनन्द गड्यान्जलद्वारा विश्व व्रमाण्ड, जगत जीवन दर्शनका पुस्तक र अन्य सृजनाहरु नेपाली र अग्रेजीमा गरि झण्डै एक दर्जन लेखिएको छ भने, हेभेन्ली निर्भाणा पाथ, प्रेमवादी संस्था नेपाल केन्द्र लगायत शाखाहरू झन्डै तीन दर्जन  जिल्लाहरुमा  र प्रवासका दुई दर्जन वढि राष्ट्रहरुमा सकृय रुपले अगाडी वढिरहेको छ ।

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News