HongKongNepali.com, The Next Media

Sunday
Jun 25th
Home हङकङ समाचार क्याप्टेन हर्क बहादुर राइको वुडलावा वाशावली पुस्तक हङकङमा विमोचित

क्याप्टेन हर्क बहादुर राइको वुडलावा वाशावली पुस्तक हङकङमा विमोचित

E-mail Print PDF
AddThis Social Bookmark Button

हङकङ  ३० जनवरी २०१७

मकीहिलमा क्याप्टेन हर्क बहादुर राइको वुङलावा वाशावली नामक  पुस्तक  नेपाली  लेखक संघका वैदेशिक  उपाध्यक्ष तथा साव्लावुङका सम्पादक राज कुमार  राइले विमोचन  गरे । साहित्य  एक कोठामा वसेर लेखन गर्न सकिन्छ  यस्तो इतिहास भाषा सस्कृति सस्कर को पुस्तक लेख्नु अत्यन्तै  गम्भीर  अनुशन्धन   खोज गर्नु पर्ने हुन्छ ।  किराँत इतिहास भाषा सस्कृति  अनुशन्ध मुलक पुस्तक  भएको   पुस्तक  वुङलावाहरुको लागि  मात्रै  नभएर इतिहास  भाषा सस्कृतिको पाठकहरुका निम्ति  पनि उपयुुक्त  भएको  विश्लेषणत्मक  विचार ब्याक्त गर्दा उहाँ जस्तो  किराँत  भाषा सस्कृतिमा बर्षौवाट  काम गर्दै  अाउनु  भएको  व्यतित्व लाई  वुङलावा राई समाजले मात्रै  होइन  किरात योयक्खाले समेत सम्मान दिनु पर्ने  वताए ।

पछिल्लो  समय हङकङमा  बौद्धिक  गतिविधिहरु बाक्लिदै गएकोमा सकारात्मक  सन्देश  भएको  बिचार राख्दै विदेशमा रहेको  नेपाली  लेखकहरुको तर्फवाट शुभकामना दिदै प्रमुख  अथिति  राज कुमार  राईले  उत्त विचारहरु  ब्याक्त गरेका थिए  । लेखक क्याप्टेन  हर्क वहादुर राइले अाफु अार्मीमा हुँदा अन्य भाषालम्वीहरु अाफ्नो भाषामा कुरा गर्ने सस्कार सस्कृति कुरा गर्दा अाफ्नो लोपोन्मुख  भइ सकेको  भाषा सस्कृति थाहा नभएकोले  पिडा वोध भएको बिचार ब्याक्त गरेका थिए । नेपाल  फिरे पछि १० बर्ष अनेक खोज अनुशन्धन गरेर पुस्तक  प्रकाशन गरेको  वताए । वुङलावा भाषा वोल्ने पांच प्रतिसात पनि नरहेको अवस्था  छ यसैले वुङलावा शव्दकोष लेखन अन्तिम चरणमा पुगेको पनि लेखकले जानकारी  दिए ।

स्मरण होस नेपालको लोपोन्मुख  १० भाषा भित्र  वुङलावा भाषा पनि पर्दछ। सगीतकार यादप राइले वुङलावाहरुको निम्तो स्वीकार गरेर  अाउने पाहुनाहरुलाई  स्वागत भाषण रहेको उत्त कार्यक्रम  अान्जन राइले सन्चालन गरेको  थियोे ।वुङलावा राई समाज हङकङले क्याप्टेन  हर्क वहादुर राईलाई कदर पत्रवाट सम्मान  समेत  गरिएको थियो । कार्यक्रममा  वनभोज नाच गान सुन्दर  व्यवस्थापन  व्यवस्था  गरिएको  थियोे ।  कार्यक्रमको सभापति  विशन राइले  वुङलावा राइहरुको काठमाडौंमा चुलाघर निर्माण  गर्न सवै वुङलावाहरुलाई अनुरोध  गर्दै  उपस्थित  सवैमा धन्यवाद  सहित सभा विर्सजन गरे ।

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News