HongKongNepali.com, The Next Media

Thursday
Dec 14th
Home हङकङ समाचार ढिलै भए पनि हङकङमा रहेका भिरकोटेहरुले च्यह ल्होसार मनाए

ढिलै भए पनि हङकङमा रहेका भिरकोटेहरुले च्यह ल्होसार मनाए

E-mail Print PDF
AddThis Social Bookmark Button

मुककाजी (काजी) गुरुङ, हङकङ

२९ जनवरी २०१७ का दिन भिरकोट आठथर तमु समाज (रामबाच्छा सेरोफेरो) स्याङ्जा हङकङले वार्षिक भेट्घाटको साथसाथमा तमुहरुको महान धार्मिक (राष्ट्रिय) पर्व च्यह ल्होसार मनाएका छन् ।

 

सेङ्वानस्थित बासमती रेष्टुरेन्टमा आयोजित उक्त च्यह ल्होसार कार्यक्रममा समाजका अध्यक्ष मन बहादुर गुरुङको अध्यक्षतामा औपचारिक कार्यक्रम सञ्चालन गरिएको थियो भने नेपालबाट निजी भ्रमणमा हङकङ आउंनु भएका भिरकोट आठथर भेगका तथा श्री रामबाच्छा बचत तथा ऋृण सहकारी संस्था लिमिटेडका अध्यक्ष साथै रामबाच्छा ईकाई तमु समाजका सल्लाहकार सुबेदार मेजर हुम बहादुर गुरुङको प्रमुख आतिथ्यमा वहाँको धर्मपत्नी लगायत समाजका सल्लाहकारहरुलाई बिशेष अतिथिको रुपमा मञ्चमा आसिन गराएका थिए।

समाजकै प्रथम उपाध्यक्ष चौ गुरुङको स्वागत मन्तब्य रहेको कार्यक्रमलाई सचिब मुक काजी गुरुङले सञ्चालन गरेका थिए। स्वागत मन्तब्य लगतै नेपालबाट आउंनु भएका समाजकै सदस्य बिशाल गुरुङको पूज्यनिय बाबा तथा आमा सुबेदार मेजर हुम बहादुर गुरुङ र मोती गुरुङलाई समाजको तर्फबाट अध्यक्ष मन बहादुर गुरुङले खादा लगाई फूलको गुच्छा प्रदान गर्दै सम्मान गरे। यसैगरि सुबेदार मेजर हुम बहादुर गुरुङको धर्मपत्नी श्रीमती मोती गुरुङलाई समाजको तर्फबाट पछ्यौरा ओढाई सम्मान गरे। सम्मानकै क्रममा समाजकै निवर्तमान सचिब तथा वर्तमान उपाध्यक्ष डिल कुमार गुरुङ तथा सदस्य श्रीमती हरीकला गुरुङको ज्येष्ठ सुपुत्र बिक्रम गुरुङ र अर्का सदस्य बिल बहादुर गुरुङ र श्रीमती डिल कुमारी गुरुङको ज्येष्ठी सुपुत्री श्रीमती देबी गुरुङले हालसालै मात्र हङकङ यूनिभर्सिटीबाट ब्याच्लर डिग्री गरेको खुशीयालीमा बिक्रम गुरुङ र देबी गुरुङको हौसला र मनोबल बढाउंनको लागि समाजले दुबै जनालाई खादा लगाई फूलको गुच्छाद्वारा सम्मान गर्दै हार्दिक बधाई तथा शुभकामना ब्यक्त गरे। यसैगरि समाजकै आधा दर्जन नव विवाहित सदस्यहरुलाई पनि सफल दाम्पत्य जीबनको शुभ(कामना सहित खादा लगाई हार्दिक बधाई ज्ञापन गरे।

कार्यक्रममा प्रमुख अतिथि सुबेदार मेजर हुम बहादुर गुरुङले प्रवासमा आएर आफ्नो गाउंठाउंको समाजबाट प्रमुख अतिथि जस्तो गरीमामय स्थान ग्रहण गर्न पाउंदा र सम्मानित हुन पाउंदा खुशी ब्यक्त गर्दै भिरकोट आठथर तमु समाजलाई बिशेष धन्यवाद ब्यक्त गरे। यसैगरि समाजले ल्होसार पर्व मनाईरहंदा अबको भावी सन्ततीहरुलाई पनि तमुहरुको संस्कार, संस्कृति तथा भेषभूषाको बारेमा पनि ज्ञान दिनु पर्ने भन्दै र भिरकोट आठथर तमु समाजको उत्तरोतर प्रगतिको कामना होस भन्दै आफ्नो भनाईहरु राखे भने प्रवासमा स्थापित भिरकोट आठथर तमु समाजलाई आफुबाट गर्न सकिने सहयोग र सल्लाह प्रदान गरिरहने प्रतिवद्धता पनि ब्यक्त गरे र भिरकोट आठथर तमु समाजद्वारा आयोजित ल्होसार पर्वलाई केही आर्थिक सहयोग पनि प्रदान गरे। यसै गरि ज्येष्ठ सुपुत्र बिक्रम गुरुङले ब्याच्लर डिग्री गरेको खुशीयालीमा समाजकै उपाध्यक्ष डिल कुमार गुरुङ तथा सदस्य हरीकला गुरुङले कार्यक्रमलाई हङकङ डलर ३००० ९तीन हजार० प्रायोजन गरेका थिए।

अन्तमा, अध्यक्ष मन बहादुर गुरुङले समाजद्वारा आयोजित वार्षिक तथा ल्होसार कार्यक्रमलाई सफल पार्न उपस्थित भिरकोट आठथर समाजका कार्यसमितिका पदाधिकारी लगायत सम्पूर्ण सदस्यहरुलाई उपस्थितिको लागि धन्यवाद ब्यक्त गर्दै नेपालबाट निजी भ्रमणमा आउंनु भएका सुबेदार मेजर हुम बहादुर गुरुङ र वहाँको धर्म पत्नीलाई पनि समाजको कार्यक्रममा भेट गर्न पाउंदा र समाजलाई केही सल्लाह सुझाब प्रदान गरेकोमा धन्यवाद ब्यक्त गरे र वहाँहरुको हङकङ भ्रमण र बसाई सुखमय बनोस भन्दै शुभकामना ब्यक्त गरे।


 

Add your comment

Your name:
Subject:
Comment:

Latest News