HongKongNepali.com, The Next Media

Sunday
Jun 25th
Home हङकङ समाचार हजुरहरुको अमुल्य माया र सहयोगले गर्दा म बाचेर आए - बरिष्ठ गायिका तारा थापा

हजुरहरुको अमुल्य माया र सहयोगले गर्दा म बाचेर आए - बरिष्ठ गायिका तारा थापा

E-mail Print PDF
AddThis Social Bookmark Button

तुल्सी राना मगर

५ फेब्रुवरी २०१७

बगैंचा नाइटका दर्शकहरुको माझ भावुक हुँदै गायिका तारा थापाले आज हजुरहरुकै माया र अमुल्य सहयोगले गर्दा यहाँ बाचेर फेरी उपस्थित हुन पाएकी छु । हङकङ बासी नेपालीहरुले गर्नु भएको अमुल्य सहयोग प्रती हार्दिक आभार प्रकट गर्दछु भन्दा कार्यक्रम स्थल सन्नतालाई चिर्दै तालिको गडगडाहातले हल गुन्जयमान भएको थियो । स्तन क्यान्सर बाट पीडित गायिका तारा थापालाई उपचारको निम्ती हङकङका नेपालीहरु द्वारा  आर्थिक सहयोग सङ्कलन अभियान चलाएका थिए । क्यान्सर रोगलाई जितेर फेरी दर्शकहरुको माझ उपस्थित हुन पाउदा हर्सले भावबिभोर भएकी गायिका तारा थापाले दर्शकहरुलाई सबैले दिने उस्तै हुन्छ माया र कट्टर कट्टरमा भन्ने गीत गाएर सुनाएका थिए ।

युनलोङ स्थित थियटर हलमा बगैंचा अक्षयकोष निर्माणार्थ आयोजना गरीएको कार्यक्रममा बगैचा संचारले बरिष्ठ गायिका तारा थापालाई बिगत ४ दशक देखी नेपाली गीत संगित जगतमा पुर्याएको अमुल्य योगदानको कदर गर्दै सम्मान पत्रले सम्मानित गरीएको थियो । हङकङमा रहेर चित्रकारीता पेशाको साथ साथमा नेपाली बालबालिकाहरुलाई पनी चित्रकला सिकाउने चित्रकार दिपेन्द्र राईलाई बगैचा संचार हङकङ द्वारा ५ हजार हकङकङ डलर सहित सम्मान पत्रले सम्मान गरीएको थियो ।

 

दारजेलिङका चर्चित हास्यकलाकार महेन्द्र बागदास आउने भने पनी जागिरको कारणले उनी उपस्थित हुन् सकेनन् । नेपाल बाट आएका युवा पुस्ताको प्रख्यात गायिका आस्था राउतले आफ्नो चर्चित गीतहरु चौबन्दीमा पटुकी बाध्या छैन भन्दैमा,माया यो माया,सालको पात टपरी गासेर गीत गाएर दर्शकहरुलाई भरपुर मनोरन्जन गराएका थिए । गायक पुष्कर सुनुवार, गयिका सुनिता थेगिम,गायक बिनोद राइले पनी आफ्नो चलेको गीतहरु पस्केर मनोरन्जन गराएका थिए । नेपाल बाट आएका डान्सर सुरेश राई याख्खा र हङकङकै स्थानिय डान्सर सोना लाओतीको जोडीले राम्रो नृत्य पस्केका थिए ।

हङकङकै स्थानिय गायिका पबित्र साम्पांग राई द्वारा जहाँ छन् बुद्धका आँखा भन्ने गीत गाएर साङ्गितिक कार्यक्रमको शुभारम्भ भएको थियो भने अन्त्यमा बरीष्ठ गायिका तारा थापा सँग हङकङका स्थानिय गायक एल बि सुनुवारले कट्टर कट्टरमा भन्ने गीत गाएर समापन गरेका थिए । उद्घोषक देवराज राइले कार्यक्रमलाई सन्चालन गरेका थिए ।

 

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News