HongKongNepali.com, The Next Media

Thursday
Dec 14th
Home हङकङ समाचार बरिष्ठ गायिका तारा थापाको एकल साँझ सम्पन्न

बरिष्ठ गायिका तारा थापाको एकल साँझ सम्पन्न

E-mail Print PDF
AddThis Social Bookmark Button

तुल्सी राना मगर

११ फेब्रुवरी २०१७ हङकङ

मगर संघ हङकङले जोर्डन स्थित बगैंचा रेष्टुरेन्ट एन्ड पार्टी प्यालेसमा बरिष्ठ गायिका तारा थापाको "एकल साँझ" सम्पन्न गरेको छ । ५ फेब्रुअरीको दिन हङकङमा भएको बगैंचा नाइट दोश्रो सम्पन्न गरेर नेपाल फर्कने क्रममा मगर संघ हङकङले एकल साँझको चाजोपाजो मिलाएको थियो । एकल साँझमा उपस्थित दर्शक श्रोताहरुलाई आफु स्तन क्यान्सर बाट ग्रसित हुँदा माया गरेर अमुल्य सहयोग गर्ने श्रोताहरुलाई आफुले भेटेर केही दिन नसके पनी प्रतक्ष धन्यवाद सम्म दिन पाए हुने थियो । हङकङमा आफ्नो एकल साँझ हुन्छ जस्तो पनी लागेको थिएन तर यसरी सबै सँग भेट्ने अवसर जुटाउने मगर संघ हङकङलाई धन्यवाद दिएका थिए ।

मगर पहिरनमा सजिएर स्तेजमा उक्ले पछी उनले सबैले दिने उस्तै हुन्छ माया, सयथरी बाजा एउटै ताल,तारी नदेउ ए माझी दाई माइतीको पाप लाग्ला है, कटर कटरमा,फुलझरे पनी काँडा झर्दैन लगायत अन्य धेरै कलजयी गीतहरु गाएर भरपुर मनोरन्जन दिएका थिए । आफ्नो साङ्गितिक यात्रााको शुरुवात देखी अहिलेको बर्तमान स्थिती सम्म उहाका अनुभवहरु दर्शकहरुलाई सुनाएका थिए । फ्रान्स, इटली, जर्मन, जापान,हङकङ, थाइल्यान्ड, श्रिलङ्का लगायत बिभिन्न देशहरुमा कार्यक्रमको निम्ती भ्रमण गरीसकेको बताउने त्यो समय महिला गायिकाहरु निक्कै कम हुने साथै सबै जस्तो कार्यक्रमहरुमा आफुलाई भ्याई नभ्याई हुने स्मरण गरेका थिए ।

एकल साँझको अवसर पारेर मगर संघ हङकङ,मगर महिला संघ हङकङ,मगर रोष गुमुस्ठा, मगर नौमती समुह,पुन मगर समाज हङकङ, पाल्पा श्रीनगर समाज हङकङ, तनहुँ समाज हङकङ,गोर्खा समाज हङकङ, जनसंपर्क समिती हङकङ बाट वहाँलाई सम्मानित भएकी थीईन् ।

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News