HongKongNepali.com, The Next Media

Thursday
Dec 14th
Home हङकङ समाचार हङकङ भर्जिनिया उल्फ र आशुको फुल नियात्रा सग्रहको परिचर्चा

हङकङ भर्जिनिया उल्फ र आशुको फुल नियात्रा सग्रहको परिचर्चा

E-mail Print PDF
AddThis Social Bookmark Button

वेलायत निवासी कथाकार नियात्राकार जया राईको चौथो कृति भर्जिनिया उल्फ र आशुको फुल नियात्रा सग्रहको परिचर्चा साथमा जया राई सँगको अन्तर्क्रिया कार्यक्रम हङकङमा सम्पन्न भएको छ । साव्लावुङ साहित्यिक पत्रिकाको आयोजनामा नेपाली लेखक संघका वैदेशिक उपध्यक्ष तथा साव्लावुङका सम्पादक राज कुमार राईको सभापतित्वमा भारतीय भु.पु. क्लव जोर्ड्नमा भव्यरुपमा भएको थियो । जेवी किरातीले स्वागत भाषण गर्दै जया राईको साहित्यिक परिचय दिएका थिए ।

पुस्तकको समीक्षा गर्दै  बज्र कुमार राइले कवितामय शव्दमा लेखिएको नियात्रा भार्जिनिया उल्फ र आशुका फुलमा यात्राका लागि पनि उपयुक्त गाइड जस्तै हुने बिचार राख्दै

-सरल र सुधो रुपमा भाषाको सुगठन भएको छ।

-कतै विक्षिप्तताको मात्रा अधिकताले उपन्यासका कुनै निरिह पात्रा पो पढ्दै छु कि जस्तो लाग्यो।

-कतै कवितात्मकताको राग आउँछ।

-नियात्राकार स्वयमकै मात्र जताततै उपस्थितिले केहि फिक्का लाग्छन् नियात्राका यात्रा।

-भाषा,शिल्प-शैली सबै निलिप्त हुने प्रकारका छन्।

-डायस्पोरिक साहित्यलेखनमा एक उत्तम कृति हो।

-भावनात्मकता,आत्मरागरन्जिता,अनुभवात्मक सम्बन्धको लेखाईमा मर्मस्पर्सी छन।

- विधागत लेखन निक्कै उपयोगीमूलक छ।

- मनको गहिराइबाट उठेका उदाहरणीय वाक्य र शिल्पका कारण पढ्दा किन्चित प्रस्टेशन हुँदैन।वा पाठकको ध्यान विषयवस्तु र सारमाथि केन्द्रित भै नै रहन्छ।

भन्दै लेखनमा आग्रह र पूर्वाग्रहरहित छ भनेर बुदागत रुपमा बिस्लेशण गरेका थिए ।

नियात्राकार जया राईले आफु पहिले कविता लेखे पनि बिचमा कथाहरु लेखन गरेको तर पछिल्लो  समय  नियात्रामा रुचि भएको वताउदै हङकङले आफुलाइ सम्मान दिएको गुण कसरी तिर्नु भनी सवैलाई आभार ब्याक्त गरे । परिचर्चा कार्यक्रममा साझा साहित्यिक सृखला हङकङका सम्योजक लाल वहादुर गुरुङ, नेपाली साहित्यिक प्रष्ठिष्ठान हङकङका अध्यक्ष टंक सुब्बा, सृजनाशील साहित्यिक समाजका अध्यक्ष हाङयुग अज्ञात, बाल साहित्यिक पत्रिकाका प्रधान सम्पादक रबिन राई, किराया अध्यक्ष रजिन राई, नेका महासमिति सदस्य वसन्त श्रीनेट, वी पी चिन्तन प्रतिष्ठानका अध्यक्ष कुल प्रसाद गुरुङ, नेपाली जन सम्पर्क समिति हङकङका अध्यक्ष जगत शाह, हिन्सका अध्यक्ष विनय शाह,थुलुङ  समाजका अध्यक्ष रामली राई, गोरखा भु पु सैनिक संघका अध्यक्ष हेम प्रताप गुरुङ, झापा मन्चका अध्यक्ष छत्र सुब्बा, टेनिस सोसाइटीका अध्यक्ष मगेन्द्र राई,सहयोगी हातहरु हङकङका नरेन्द्र गुरुङ, शिवा सतासी समाजका अध्यक्ष नवीन सुहाङको अतिथि रहेको थियो । कार्यक्रममा झापा मन्चको तर्फवाट अध्यक्ष छत्र सुव्वाले जया राईलाई कदर पत्र प्रदान गरिएको थियो । नियात्राकारको पुर्खौली घर संखुवासभा हाल झापामा वसोवास गर्नु हुन्छ ।

सभा विर्शजन गर्दै राज कुमार राईले जया राईका लेखनशैली सरल शिल्पा युक्त शव्दहरुमा पठाकलाई सगै दोहोरउने क्षमता भएको पठाकीय पुस्तक भएको उल्लेख गरेका थिए । भार्जजिनिया उल्फ र आशुका फुल अप्रत्यशित कोरिया यात्रा सग्रहका उत्कृष्ट सृजना सवैको लागि उपयोगी श्रीजना भएको वताए । जया राई लेखक मात्रै  नभइ साहित्यिक अभियन्ता समेत रहेको वेलायतमा अन्तर्राष्ट्रिय सम्मेलनका साथ अनेक साहित्यिक कर्महरुमा सहयोग पनि गर्दै आएको जानकरी पनि दिए । साहित्यकार पत्रकार समाजसेवी राजनीतिज्ञा शिक्षक व्यापारी साहित्य अनुरागी उपस्थिति रहेको कार्यक्रममा साव्लावुङका उप-सम्पादक डी वी पालुङवाले पउण्ड मात्रै होइन साहित्यिक रिमिटेन्स स्वरुप चार वटा कृति नेपाल पठाइ सकेको भन्दै सुरुचिपुर्ण उदघोण गरेका थिए ।

फोटो ज्याप स्टुडियो :

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News