HongKongNepali.com, The Next Media

Thursday
May 25th
Home हङकङ समाचार हङकङमा जुम्बा डान्स फिटनेसको क्रेज बड्दै

हङकङमा जुम्बा डान्स फिटनेसको क्रेज बड्दै

E-mail Print PDF
AddThis Social Bookmark Button

आम्भु जेठा

हङकङ, २० फेब्रुअरी

मानिसको ससिरलाई फिटनेस राख्नको लागि आजकाल विभिन्न तरिकाहरु अपनाइने गरिन्छ । त्यस्तै पछिल्लो समय अलि रमाइलो पारामा शरीरलाई  फिटनेस राख्ने तरिका अर्थात क्लासहरुको विकाश हुदै गइरहेको छ । रमाइलो ढंगले शरीरलाई  फिटनेस राख्ने मध्ये जुम्बा डान्स फिटनेस पनि एक  मानिन्छ ।

हङकङको नेपाली समुदायमा आफुलाई स्वस्थ्य र फिटनेस राख्नको लागि जिम, मार्सलाआर्ट, मनिङवाक, साउना, बाथ स्टिम लगायत अन्य धेरै खेलकुद संगै पछिल्लो समय हरेक हप्ता हाइकिङ जाने चलन पनि बड्दो छ । त्यस संगै ४ वर्ष नेपालमा जुम्बा डान्स फिटनेस क्लास गराइ सकेका ज्योती थापा तीन महिना अघि हङकङ छिरे संगै जुम्बाको क्रेज पनि बड्दै गइरकेको छ ।

नेपाली समुदायमा छुट्टीको समयमा मात्र हुने जुम्बा डान्स फिटनेस क्लास  चौथो पटक संचालन भईसकेको छ । त्यस्तै ज्योती थापा द्वारा  नै संचालित चाइनिज समुदायमा पनि जुम्बा डान्स फिटनेस क्लास सुरु भएको तीन महिना पुगेको छ । चाइनिज समुदायहरुमा हप्ताको दुइदिन  दुईघण्टा क्लास संचालन हुदै आइरहेको क्लास इन्स्ट्रक्टर थापाले बताए ।

नेपाली समुदायको लागि जुम्बा डान्स क्लास ब्यवस्थापिका टिना मगरले तेश्रो क्लासबारे सबै सहभागीहरुलाई धन्यवाद दिएकी छिन । आफुहरुले आस गरे भन्दा धेरै सहभागिता रहेकोमा खुसि ब्यक्त गर्दै आउने हप्ताहरुमा यस्तै रमाइलो क्लासहरु निरन्तर हुने मगर वताउछिन ।

संगितको भरमा शरीरको विभिन्न भागहरुको कसरत गरिने जुम्बाले शारिरिक  र मानसिक दुवै तरिकाले शरीरलाई स्वस्थ्य राख्ने मानिन्छ । प्रत्येक दिन १ घण्टा जुम्बा डान्स गर्दा सरिमा भएको मोटोपन घट्ने, सरिरमा नयाँ उर्जा थपिने, अनुहारमा चमक आउने जस्ता कामहरु जुम्बाले गर्ने क्लास इन्स्ट्रक्टरको भनाइ छ ।

कोरियोग्राफर समेत रहेकी इन्स्ट्रक्टर थापाले हङकङको महिला विभागको कार्यक्रममा नेपाली समुदायको एक मात्र नृत्यको कोरियोग्राफर गरेकी थिइन । एक कम्पनीमा काम गरिरहेका थापा कोरियोग्राफर संगै जुम्बा फिटनेस गराइरहने वताउछिन् । ङकङमा सम्वभत आफुनै जुम्बा क्लासको पहिलो इन्स्ट्रक्टर हुनसक्ने थापा बताउछिन् ।

सन १९९० मा एकजना कोलम्बियन कोरियोग्राफरले जुम्बाको सुरावता गरि अर्का ब्राजिलियन पप सिङ्गर अन्तराष्ट्रिय  एम्बेसेडर जुम्बा फिटनेस बने संगै संसार भरिनै फैलिएको मानिन्छ । अहिले संसारको १८० भन्दा धेरै राष्ट्रहरुमा जुम्बा फिटनेस क्लास संचालन हुन्छ ।

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News