HongKongNepali.com, The Next Media

Thursday
Dec 14th
Home हङकङ समाचार खोटाङे टेम्माली परिवार हङकङले भेट्घाट कार्यक्रमको आयोजना गरे

खोटाङे टेम्माली परिवार हङकङले भेट्घाट कार्यक्रमको आयोजना गरे

E-mail Print PDF
AddThis Social Bookmark Button

मुक काजी (काजी) गुरुङ, हङकङ

खोटाङ जिल्लाको टेम्माली गाबिस अन्तर्गत रहेका टेम्मालीबासीहरुले सन २०१४ मा स्थापना गरेका टेम्माली परिवार हङकङले यहि २६ फेब्रुअरी २०१७ का दिन सिङ्मुन कन्ट्री पार्क (भ्याली) मा एक भेट्घाट तथा बीबीक्यु कार्यक्रमको आयोजना गरेका छन।

 

टेम्माली परिवारका अध्यक्ष तथा भारतीय गोर्खा भूपू सैनिक संघ हङकङका अध्यक्ष समेत रहेका श्री जजिन चाम्लिङको अध्यक्षतामा उक्त भेट्घाट कार्यक्रमको आयोजना गरेका हुन। कार्यक्रममा टेम्माली परिवारका सक्रिय सदस्य आशिष राईको नव दाम्पत्य जीवनलाई बधाई तथा शुभकामना ब्यक्त गरे भने टेम्माली परिवारकै कोषाध्यक्ष श्रीमती हम कुमारी राईको छोरा कौलन राईले उच्च माध्यमिक तहको एघारौं कक्षा (फर्म ५) मा छात्रबृति पाउंन सफल भएको भन्दै टेम्माली परिवारको तर्फबाट खादा लगाई हौसला स्वरुप केही नगद पुरुस्कार पनि प्रदान गरे। यसैगरि टेम्माली परिवारकै वरिष्ठ सल्लाहकार श्री गंगा प्रसाद राईको ज्येष्ठी सुपुत्री निलम राईले नेपालको मेडिकल कलेजबाट एमबीबीएस उतीर्ण गरेको खुशीयालीमा सल्लाहकार श्री गंगा प्रसाद राईलाई बधाई तथा सम्मान गरेका थिए।

स्मरण रहोस, हङकङमा रहेका उक्त टेम्माली परिवारले सोहि टेम्माली गाबिस अन्तर्गत रहेका कृष्ण उच्च माध्यमिक बिधालयमा नेपाली ११ लाख रुपैंयाको लागतमा पुस्तकालय भवन निर्माण गरिरहेका छन भने उक्त पुस्तकालय भवनको निर्माण अन्तिम चरणमा पुगेका अध्यक्ष जजिन चाम्लिङ बताउंछन।

कार्यक्रमको अन्तमा २ दर्जनको हाराहारीमा रहेका उक्त टेम्माली परिवार हङकङले भाग्यशाली चिठ्ठा र रमाईलो नाचगान सहित कार्यक्रमलाई पुन अर्को बर्षमा भेट्ने वाचा गर्दै समापन गरे।

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News