HongKongNepali.com, The Next Media

Friday
Aug 18th
Home हङकङ समाचार इलाम समाजको पाचौ अधिवेशन वाट पुन निर्बिरोध विपिन राईनै अध्यक्ष

इलाम समाजको पाचौ अधिवेशन वाट पुन निर्बिरोध विपिन राईनै अध्यक्ष

E-mail Print PDF
AddThis Social Bookmark Button

५ मार्च २०१७, हङकङ

इलाम समाज हङकङको पाचौ अधिवेशन जोर्डन स्थित नयाँ पेजको कार्यालयमा सम्पन्न भएको छ । उत्त कार्यक्रममा इलाम समाज हङकङ वाट प्रकाशन भएका पुस्तकहरु सचित राइको "माङखिम"  निबन्ध सग्रह, स्व.डिल्लीराम बाङदेल राइको कविता सग्रह"म फुल हुँ", समाजको स्मारिका "इलाम", सन्तोषभक्त राजलवटको गीति एल्बम "सन्तोष" सयुत्त रुपमा साहित्यकार समाजसेवीहरुले विमोचन गरेका थिए । 

कवि शरण सुव्वाले स्वागत भाषणका साथमा इलाम स्मारिका माथि परिचर्चा गरेका थिए । साझा साहित्यिक  सृखलाका सयोजक  लाल वहादुर गुरुङले साहित्यका महत्त्वमा प्रकाश पारेका थिए । समीक्षा समाजका हेम कुमार लवाती,शशि मदन , छत्र सुब्बा, प्रताप कोयु राईले  नेपाली साहित्यका महत्वपूर्ण पुस्तक प्रकाशन गरेकोमा शुभकामना  मन्तव्य राखेका थिए । सचित राइको बहुचर्चित पुस्तक माङखिमको विवेचना गर्दै राज कुमार राईले नेपाली वाङमयमा उत्कृष्ट पाठकीय पुस्तक माङखिमले राजनीतिक  समाजिक धार्मिक बैचारिक विश्लेषण  गरिएको पुस्तकमा राम प्रसाद राईको स्वाभाविक मृत्यु कि हत्या हो ? भन्ने  सन्दर्भमा  खोजमुलक  अालेख अाएको यसै गरि रत्न कुमार  वान्तावाका विषयमा पनि नयाँ  पाटा वाट विश्लेषण गरिएको छ भने । लेखकमा बौद्धिक दृष्टिकोण  प्रचुर  भएको  पुस्तक भित्र  धर्म समाज राजनीति बिषयमा विश्लेषणात्मक बिचार अाएको छ पुस्तक यश बर्ष प्रकाशित  पुस्तकहरुमा उत्कृष्ट पुस्तक भएको वताए ।

समाजका उपध्यक्ष कवि दिपा एवाइ राई ले सन्चालन गरेको उत्त विमोचन कार्यक्रम को प्रमुख अथिति  नेपाली  लेखक संघका वैदेशिक उपध्यक्ष राज कुमार राई र सभाका सभापति समाजका अध्यक्ष विपिन राइले गरेको थिए । पहिलो चरणको कार्यक्रम  विर्शजन गर्दै विपिन राइले विमोचित पुस्तक "म फुल हुँ" को बिषयमा स्व. डिल्लीराम राईले अार्थिक अाभावले जीवनमा पुस्तक प्रकाशन गर्न नसकेको  अहिले  उनको हङकङ निवासी तारा कुलुङ राईले  प्रकाशनमा सहयोग पुराएको मार्मिक भनाइ  राखेको  थियोे । कार्यक्रमको दोस्रो चरणमा इलाम समाजको पाचौ अधिवेशन वाट पुन विपिन राई नै अध्यक्षमा निर्बिरोध निर्वाचित भएको छ।

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News