HongKongNepali.com, The Next Media

Sunday
Jun 25th
Home हङकङ समाचार उज्यालो नेपालको अभियान अन्तर्गत "नेपालको पानी,जनताको लगानी" बिदेशमा पहिलो कार्यक्रम हङकङमा

उज्यालो नेपालको अभियान अन्तर्गत "नेपालको पानी,जनताको लगानी" बिदेशमा पहिलो कार्यक्रम हङकङमा

E-mail Print PDF
AddThis Social Bookmark Button

५ मार्च २०१७ हङकङ

तुल्सी राना मगर

उज्यालो नेपाल अभियानका मुख्य नाइक दोय नेपाल बिधुत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङ र उर्जा मन्त्री जनार्दन शर्मा "नेपालको पानी,जनताको लगानी" अभियान लिएर हङकङ अाइपुगेका छन् । नेपाल भन्दा बाहिरको पहिलो कार्यक्रम हङकङमा भएको छ ।

 

गैर आवसिय नेपाली संघ हङकङ र नेपाल चेम्बर अफ कमर्सको संयुक्त आयोजना सम्पन्न कार्यक्रममा दुबैजनाले सम्बोधन गरेका थिए । बिगतका बर्षहरुमा चरम लोडसेडिङको मारमा परेको राजधानी र पोखरामा लोडसेडिङ मुक्त गरेर जनताको स्याबासी पाएका कुलमान घिसिङको भाषण सुन्न याउमातेई स्थित हेनेरी जि ल्योङ कम्युनिटी हलमा हङकङका नेपालीहरु खचाखच भरीएको थियो । कुलमान घिसिङले सम्बोधन गर्ने क्रममा १० बर्षमा १०,००० मेगावत बिजुली उत्पादन गर्ने लक्ष सहित् कामहरु अगाडी बधीरहेको अव्स्थामा अबको ३ बर्ष भित्र १५०० मेगावत बिधुत थप हुने बताएका छन् । नेपालमा लगानी गर्ने ठुलो कुरो होइन लगानी गर्ने विश्वाशको बातावरण श्रीजना गर्ने तर्फ अगाडी बढेका छौ । देश बिकासको लागी औधोगिकरण गर्नुपर्ने र त्यसको लागी उर्जा मुख्य रहेको बताए । उज्यालो नेपाल अभियान अन्तर्गत केही सफलता मिलेको छ । नेपाली जनतामा नैराश्यता छाएको थियो अहिले केही हद सम्म आशामा पारीणत गर्न सकिएको छ । अब चैत्र ३ गते देखी देश भर एसएलसी परिक्षा अबधी भर देश भरी लोडसेडिङ नगर्ने गृहकार्य भैरहेको र यस्को उदेश्य बिधार्थीहरुले राम्रो सँग पढ्न पाइयोस भन्ने रहेको बताएका छन् ।

 

लोडसेडिङ मुक्त भए पछी शिक्षा, स्वास्थ्य, उधोग,सुचना संचार लगायत बिभिन्न क्षेत्रमा सकरात्मक प्रभाव देखा परेको भन्दै अहिले २४ घण्टा बिद्युत प्राप्त गरे पछी १६ बर्ष पछी उदयपुर सिमेन्ट कारखाना फाईदामा गएको उदाहरण दिएका थिए । देश बिदेशमा रहेका नेपालीहरुको लगानी भित्राउन अहिले सरकारको तर्फ बाट काम भैरहेको बताए ।

उर्जा मन्त्री जनार्दन शर्माले नेपालको केही मुख्य शहरहरुमा केही हद सम्म लोडसेडिङ अन्त्य गर्न सफल भएको र अब नेपालको राजनीतिक लोडसेडिङ पनी यसरी नै अन्त्य हुनुपर्ने धारणा ब्यक्त गरेका छन् । उज्यालो अभियान अन्तर्गत जनतालाई केही राहात दिन सकेको हुनाले  अहिले जनता बाट समर्थन प्राप्त गर्दै गैरहेको छौ । यो अभियानलाई बिफल बनाउन केही उज्यालो नचाहने शक्तीहरु ,सही र सक्षम मान्छेलाई पन्छाउनेहरु संग संघर्स गर्नु पर्‍यो । अनियमितता र ब्याक्तीगत स्वार्थको निम्ती लाग्नेहारुको बिरुद्ध संघर्स गर्नु पर्‍यो । हिजो म त लडाईं लडेर आएको हुँ । हजारौ योद्धाहरु गुमाएर आएको छु । उनिहरुको अगाडी कसम खाएर आएको हुँदा ब्याक्तीगत स्वार्थको पछी लाग्दा तिनै शाहीदको सपनामाथी कुठराघाट गर्नु हुँदैन भन्ने भावना रहेको बताउदै बिदेशमा बस्ने नेपालीहरुलाई ब्याक्तीगत अथवा समुहगत रुपमा भए पनी उर्जामा लगानी गर्न आवहाँन गरेका छन् ।

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News