HongKongNepali.com, The Next Media

Friday
Sep 22nd
Home हङकङ समाचार उज्यालो नेपालका अभियान्तद्धयलाई हङकङमा भारतीय गोर्खा भूपूको सम्मान

उज्यालो नेपालका अभियान्तद्धयलाई हङकङमा भारतीय गोर्खा भूपूको सम्मान

E-mail Print PDF
AddThis Social Bookmark Button

मुक काजी (काजी) गुरुङ, हङकङ

०६ मार्च २०१७ का दिन भारतीय गोर्खा भूपू सैनिक संघ हङकङले जोर्डनस्थित संघकै क्लबमा एक रात्री भोजको आयोजना गरि नेपालबाट आमन्त्रित नेपाल सरकारको माननीय उर्जा(मन्त्री जनार्दन शर्मा र नेपाल बिधुत प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई सम्मान गरेका छन।

 

संघका वर्तमान अध्यक्ष जजिन चाम्लिङको अध्यक्षतामा माननीय उर्जा मन्त्री श्री जनार्दन शर्मा प्रमुख अतिथि थिए भने नेपाल बिधुत प्राधिकरणका प्रमुख कुलमान घिसिङ बिशेष अतिथिको रुपमा थिए। यसैगरि माननीय उर्जा मन्त्रीको धर्मपत्नी पुष्प पौड्याल, नेपाल बिधुत प्राधिकरणका प्रमुख कुलमान घिसिङका धर्म पत्नी दिपा तामाङ्, हङकङ तामाङ् घेदुङका अध्यक्ष सरस्वती घिसिङ, यसैगरि स्वकीय सचिव बसन्त शर्मा लगायत बिभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधी र संघका सल्लाहकारहरुलाई पनि अतिथिको रुपमा आसिन गराएका थिए।

वरिष्ठ उपाध्यक्ष मन प्रसाद गुरुङको स्वागत मन्तब्य रहेको कार्यक्रमलाई संघकै सचिव दुर्जोधन लिम्बुले सञ्चालन गरेका थिए। कार्यक्रमको पहिलो चरणमा उज्यालो नेपालका अभियान्तद्वय माननीय उर्जा मन्त्री जनार्दन शर्मा र नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई कार्यभार सम्हालेको छोटो अवधीमा नै नेपालको उर्जा क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरि देशलाई लोडसेडिङ मुक्त गर्न लागि पर्नु भएको भन्दै वहाँहरुको अतुलनीय योगदानको उच्च कदर स्वरुप अध्यक्ष जजिन चाम्लिङ्ले संघको तर्फबाट खादा लगाई सम्मान पत्रद्वारा सम्मान गरे भने वहाँहरुको पत्नीद्धयलाई पनि पछ्यौरा ओढाई सम्मान गरेका छन। यसैगरि माननीय उर्जा(मन्त्री जनार्दन शर्माको स्वकीय सचिव बसन्त शर्मालाई पनि खादा लगाई सम्मान गरेका छन।

कार्यक्रममा नेपाल बिधुत प्राधिकरणका प्रमुख कुलमान घिसिङले केही बर्ष अघिदेखि नै माननीय उर्जामन्त्रीसंग उर्जा क्षेत्रमा केही गर्नु पर्छ भन्न सल्लाह भईरहेको र अहिले आएर वहाँ उर्जा मन्त्री भएपछि केही हदसम्म सफल भएको भन्दै नेपालीको पानी जनताको लगानीमा अगाडि बढी रहेको बताए। यसको लागि लगानी मात्र नभएर दक्ष तथा अनुभवी सीप भएको मानिसहरुको आवश्यकता हुनु पर्ने पनि बताए। यसै प्रसंगमा हङकङको चाईना लाईट पावरको अधिकारिकहरुसंग पनि यसको बारेमा छलफल भएको र अबको नेपालको बिकास भनेको हाईड्रो पावर भएको बताउंदै जसको लागि अनुभवी सीप भएको तपाई हङकङबासीहरुको पनि आवश्यकता भएको बताए।मन्तब्यकै क्रममा अबको दिनमा उज्यालो नेपाललाई निरन्तर रुप दिंदै चांडै नै नेपाललाई लोडसेडिङ मुक्त गर्ने अभियानमा लागि परेको र चांडै नै सफल हुनेमा विश्वाश पनि ब्यक्त गरे। र त्यसमा सफल मात्र हाम्रो सफलता नभएर त्यसलाई दिर्घाकालिन रुपमा आत्मानिर्भर र समृद्ध बनाउंने साथै नेपालको जलश्रोत भण्डारलाई नेपाली जनताको लगानीबाट आर्थिक क्रान्ति गर्न सकिन्छ कि भन्ने अभियान रहेको बताए। जसको लागि देशबिदेशमा रहेका नेपालीहरुको जलश्रोतमा लगानीलाई आकर्षित गर्ने ढंगले अगाडि बढी रहेको छ।त्यो नै भबिष्यको सफलता भएको बताए। साथै दिर्घाकालिन सफलता भनेको नै हाम्रो लगानी र हामी आत्मानिर्भर हुने बताए। यसैगरि लोडसेडिङ्का अभियान्त घिसिङ्ले नेपालीहरुको माया, ममता, विश्वास र आशालाई बिस्वासघात नगर्ने प्रतिवद्ध्ता जाहेर गर्दै भारतीय गोर्खा भूपू सैनिक संघ हङकङले दिएको माया र सम्मानलाई सधैं सम्झिरह्ने भन्दै आफ्नो मन्तब्यलाई अन्त गरे।

मन्तब्यकै क्रममा प्रमुख अतिथि माननीय उर्जा मन्त्री श्री जनार्दन शर्माले प्रवासमा रहेर पनि भारतीय गोर्खा भूपूहरुको संघठनले दिएको माया, सम्मानलाई धन्यवाद ब्यक्त गर्दै उक्त माया र सम्मानले अझ आफुहरुको जिम्मेवारी थपिएको बताए। बोल्ने क्रममा उर्जा मन्त्री शर्माले आफु उर्जा मन्त्री भए लगतै देशलाई कसरी लोडसेडिङ मुक्त बनाउंने भन्ने बारेमा चिन्तित भएको र सम्माननीय प्रधानमन्त्रीको अनुमति प्राप्त भए पश्चात नयाँ कार्यकारी निर्देशक सहितको टिमले आज देशको उर्जा क्षेत्रमा केही हदसम्म सुधार भईरहेको बताउंदै चांडै नै देश उज्यालोमय बन्ने बताए। जसको लागि सारा नेपाली जनताहरुको माया, समर्थन र सहयोगको आवश्यकता भएको पनि बताए।

अन्तमा, संघका अध्यक्ष जजिन चाम्लिङले भारतीय गोर्खा भूपू सैनिक संघ हङकङद्वारा आयोजित भेट्घाट तथा सम्मान कार्यक्रममा माननीय उर्जामन्त्री लगायत नेपाल बिधुत प्राधिकरणका प्रमुख जस्तो उच्च ओहोदाका ब्यक्तित्वहरुलाई संघले भेट तथा सम्मान गर्न पाउंदा उज्यालो नेपालका अभियान्तद्धयलाई बिशेष धन्यवाद ब्यक्त गरे भने कार्यक्रममा उपस्थित सम्पूर्ण महिला तथा भद्रभलादमीहरुलाई पनि धन्यवाद ब्यक्त गर्दै नेपालीको पानी जनताको लगानी अभियानमा भारतीय गोर्खा भूपूहरुको पनि बिशेष समर्थन र सहयोग रहने बताए।

 

Add your comment

Your name:
Subject:
Comment: