हङकङमा बस्दै आएका नेपाली बक्सर सुरेश गुरुङलाई फेरी अर्को सफलता

Print
AddThis Social Bookmark Button

तुल्सी राना मगर

११ मार्च २०१७ हङकङ

हङकङमा बस्दै आएका नेपाली बक्सर सुरेश गुरुङलाई फेरी अर्को सफलता हात लागेको छ । शनिबारको दिन वान्चाई स्थित हङकङ कन्भेन्सन एन्ड इक्जिभीसन सेन्टरमा करिव ८,००० दर्शकले CLASH OF CHAMPIONS 2 हेर्न भिड लागेको थियो । प्रोफेसनल बक्सर सुरेश गुरुङले हङकङका चाइनिज बक्सर वाइ हुङ तोङ सँग कडा प्रतिस्प्राधाका साथ ४ राउन्ड सम्म भिडेका थिए । निर्णायक् जजहरुको निर्णय अनुरुप सुरेशले जित हासिल गरेको छ। सधैं जस्तो यस् पटक पनी बक्सिङ खेल्न  रिङ्गमा छिर्दा नेपाल र हङकङको झन्डा ओढेर छिरेका सुरेशले जित सङै उनको प्रोफेसनल बक्सिङ करीएरमा तीन जित एक हारको रेकर्ड राखेका छन् । नेपाली, फिलिपिनी, चाइनिज, जाप्निज र थाइ बक्सरहरुले CLASH OF CHAMPIONS 2 मा भाग लिएका थिए ।

 

बक्सिङ इभेन्टको मुख्य आकर्शक भनेको WBO INTERNATIONAL SUPERFLYWEIGH TTITLE र WBC ASIAN BOXING COUNCIL SUPERFLYWEIGHT TITLE बिजेता हङकङका बक्सर रेक्स शो र WBO ASIA PACIFIC SUPERFLYWEIGHT TITLE का बिजेता जापानका बक्सर हिरोफुमी मुकाईको बिच घमसान प्रतिस्प्राधा भएको थियो । खेलको आठौ राउन्डमा हङकङका स्थानिय दर्शकहरुको गडगडाहत समर्थन र हौसलाको बिच जापानी बक्सर हिरोफुमीलाई नकाउट हानेर रेक्स शोले अहिले सम्म बक्सिङखेलमा अपराजित हुँदै २१ औ  जित सङै नयाँ रेकर्ड राख्न सफल भएका छन् । हङकङका बक्सर रेक्स सोले २१ जित सङ्गै WBO ASIAPACIFIC SUPERFLYWEIGHT TITLE पनी कब्जा जमाउदै तीन फरक बिधामा च्याम्पियन बनेको छ।

{gallery}gallery/SURES_GRG_BOXING_HK_2017{/gallery}