HongKongNepali.com, The Next Media

Friday
Jun 23rd
Home हङकङ समाचार हङकङमा ३५ औ मगर दिवस सम्पन्न

हङकङमा ३५ औ मगर दिवस सम्पन्न

E-mail Print PDF
AddThis Social Bookmark Button

तुल्सी राना मगर

१२ मार्च २०१७

फागुन १५ गते अर्थात नेपाल मगर संघको स्थापना भएको दिनलाई नेपाल लगायत विश्वका बिभिन्न देशमा मगरहरुले भब्यताका साथ बिभिन्न कार्यक्रम गरेर मगर दिवस मनाउदै अाइरहेको छ । यस बर्षको ३५ औ मगर दिवस मगर संघ हङकङले यहाँको सार्वजनिक बिदा र हल ब्यावस्थापनाको कारणले मार्च १२ गते ३५ औ मगर दिवस भब्यताका साथ सम्पन्न गरेको छ । याउमातेइ स्थित कम्युनिटीहलमा आयोजित मगर दिवस कार्यक्रममा यो बर्ष भने मिस मगर हङकङ प्रतियोगिताले निरन्तरता पाउन सकेन ।

३५ औ मगर दिवसको अवसरमा मगर संघ हङकङले नयाँ बन्ने आजीवन सदस्यहरुलाई सदस्यताको ताम्रपत्र प्रमुख अतिथीको हातबाट हस्तान्तरण गरीएको  थियो । बिगतका बर्षहरुमा झै यो बर्ष पनी मगर संघ हङकङले मगर संघ र मगर समुदायलाई गरेको योगदानको उच्च कदर गर्दै "मगर बर्ष पुरुष" २०१७ - पत्रकार तुल्सीराज राना मगर र "मगर बर्ष नारी" २०१७ को उपाधी मगर महिला संघकी अध्यक्ष युगमाया रानालाई सम्मान पत्रले सम्मानित गरेको छ ।

उक्त अवसरमा धनकुटा जिल्ला भेडेटार गाबिस वडा नम्बर ६ निवासी सुनिता मगरको दुबै मिर्गौला खराब भएको र घरको आर्थिक स्थिती नाजुक भएको ब्याहोरा सहितको पत्र अनुरुप उपस्थित सम्पूर्णले आर्थिक सहयोग सङ्कलन पनी गरेका छन् । २०१२ सालमा स्थापना भएको  नौमती बाजा समुह हङकङका सम्पूर्ण सदस्यहरुलाई मगर संघ हङकङको तर्फ देखी खादाले सम्मान गरेका थिए ।

मगर संघ हङकङकी अध्यक्ष चन्द्र ज्योती आलेमगरको अध्यक्षतामा बसेको औपचारिक कार्यक्रममा प्रमुख अतिथीको रुपमा ८२ बर्सिय नर बहादुर सारु मगर आसिन थिए । सचिव सुमन थापाले स्वागत मन्तब्य दिएका थिए भने महासचिव बोधबिक्रम थापाले कार्यक्रम सन्चालन गरेको थियो । प्रमुख अतिथी तथा मगर संघ हङकङकी अध्यक्ष चन्द्रज्योती आलेमगरको संयुक्तरुपमा पानसमा दियो प्रज्वलन गरेर कार्यक्रमको शुभरम्भ गरीएको थियो । कार्यक्रममा हङकङका बिभिन्न संघ सस्थाका अध्यक्ष तथा तिनका प्रतिनिधीहरुको  उपस्थिती रहनुका साथै अतिथीहरु द्वारा शुभकामना मन्तब्य दिएका थिए ।

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News