HongKongNepali.com, The Next Media

Friday
Aug 18th
Home हङकङ समाचार हर्क रानाको अध्यक्षतामा लाङघाली कल्याण समाज हङकङको नयाँ कार्यसमिती चयन

हर्क रानाको अध्यक्षतामा लाङघाली कल्याण समाज हङकङको नयाँ कार्यसमिती चयन

E-mail Print PDF
AddThis Social Bookmark Button

तुल्सी राना मगर

२५ मार्च २०१७ हङकङ

मगर संघ हङकङको भात्री सङ्गठनको रुपमा रहेको लाङ्घाली कल्याण समाज हङकङको पाचौ अधिवेशन सम्पन्न भएको छ । जोर्डन स्थित बगैचा रेष्टुरेन्ट एण्ड पार्टी प्यालेसमा सम्पन्न पाचौ अधिवेशन द्वारा हर्क रानाको अध्यक्षतामा लाङघाली कल्याण समाज हङकङको नयाँ कार्यसमिती चयन भएको छ । साथै उपाध्यक्ष - गणेश पुर्वाछाने मगर,महासचिव- अन्जना थापा मगर, सचिव- शिशिर पुर्वछाने मगर, कोषाध्यक्ष- तर्जुमा मगर, सदस्यहरु - उमङ थापा, प्रकाश खपाङ्गी मगर,शुस्मा थापा,शुशिला घले मगर र निल थापा मगर मनोनित भएका छन् ।

मनोनित भएका नयाँ कार्यसमितीलाई मगर संघ हङकङका अध्यक्ष चन्द्रज्योती आले मगर द्वारा सपथ ग्रहण गराएका थिए । सपथ ग्रहण पस्चात मनोनित नयाँ कार्यसमितीलाई अतिथी पाहुनाहरुले अबिर लगाएर बधाई तथा शुभकामना दिएका थिए । पाचौ अधिवेशनको अध्यक्षता गरेका गोपाल थापाले औपचारिक कार्यक्रम समापन भएको घोषणा गर्ना साथ लगतै कार्यक्रमको दोश्रो चरणमा नयाँ कार्यसमिती चयन् गरेका थिए ।

सम्भवत हङकङको ईतिहासमा छोटो तथा छरिटो रुपमा २ घण्टा भित्र लांघाली कल्याण समाजको अधिवेशन सम्पन्न भएको थियो । बिशेष गरेर  लांघाली कल्याण समाजले नेपालको पुर्वी भेगमा बसोबास गर्ने मगर समुदाय बिच एकाअपसमा सङ्गठित गर्नुका साथै लाङघालीहरु बिच परस्पर सहयोग अभिब्रिद्धी गर्न मुख्य भूमिका खेल्ने गरेको छ ।

गोपाल थापा मगर अध्यक्षतामा लाङघाली क्ल्याण समाज हङकङको पाचौ अधिवेशनको मुख्य अतिथी उदय थापा मगर द्वारा दिप प्रज्वलन गरेर कार्यक्रमको समुद्घाटन गरेका थिए । कार्यक्रममा मगर संघ हङकङकी अध्यक्ष श्रीमती चन्द्र ज्योती आले मगर, मगर लगानी समुह हङकङका अध्यक्ष सुमन थापा मगर, लाङ्घाली क्ल्याण समाज हङकङका भुपु अध्यक्ष टङ्क राना मगर, हङकङ नेपाली महासंघकी अध्यक्ष स्रिमती रिता गुरुङ, तमु टहो ह्युल हङकङका उपाध्यक्ष कुमार गुरुङ, साहित्यकार तथा समाजसेवी बज्रकुमार थुलुङ् राइ र समाजसेवी हेम लिम्बुले शुभकामना मन्तब्य दिएका थिए ।

कार्यक्रमको अन्त्यमा मगरहरुको मौलिक गीत हुर्रा नाचेर समापन भएको थियो ।

 

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News