Home हङकङ समाचार गुरुङ संस्कृतिमा आधारित चलचित्र क्यु प्र्हो छे (भेडी गोठाले) हङकङमा प्रदर्शन हुने

गुरुङ संस्कृतिमा आधारित चलचित्र क्यु प्र्हो छे (भेडी गोठाले) हङकङमा प्रदर्शन हुने

E-mail Print PDF
AddThis Social Bookmark Button

तुल्सी राना मगर

१ अप्रिल २०१७

हङकङ

मिलन डि.जी इन्टर्नेशनल प्रा.ली नेपालको आयोजनामा ७ मे आईतवारको दिन याउमातेइ कम्युनिटी हलमा चलचित्र भेडी गोठाले प्रदर्शन गर्ने भएको छ । जोर्डन स्थित नमोबुद्ध क्ल्व हाउसमा आयोजित पत्रकार सम्मेलन द्वारा उक्त कुराको जानकारी गराएका छन् । मिलन डि.जी इन्टर्नेशनल प्रा.लीका अध्यक्ष दुर्गा मिलन गुरुङले उक्त चलचित्र प्रदर्शन बाट आएको सम्पूर्ण रकम स्वास्थ्य र शिक्षाका लागी अक्षयकोष स्थापना गरीने बताएका छन् ।

 

मिलन डि.जी इन्टर्नेशनल प्रा.लीका अध्यक्ष तथा भेडी गोठाले चलचित्रका कार्यकारी निर्माता दुर्गा मिलन गुरुङले अहिले सम्म मिलन फाउनडेसन् मार्फत नेपालमा धेरै परोपकारी काम गरी सकेका छन् । उनले यो चलचित्र निर्माण गर्दा फाईदा र घाटा नहेरी आफ्नो समुदायको संस्कार र संकृतीमा आधारीत चलचित्र निर्माण गर्दा यो एउटा दस्ताबेजको रुपमा पछी सम्म रहने र अहिलेका नयाँ पिडीले आफ्नो पुर्खाको बारेमा जान्न र बुझ्न् सहयोग पुग्ने हेतुले चलचित्र निर्माण गरेको बताएका छन् । शिक्षा र स्वास्थ्य लगायत बिभिन्न क्षेत्रमा उनले धेरै योगदान गरीसकेको साथै उक्त चलचित्रको लगानी पनी समाजसेवा कै अर्को पाटो रहेको बताए ।क्यु प्र्हो छे (भेडी गोठाले) नेपालको लमजुङ्मा पहिलो प्रदर्शन भै सकेको र त्यस बाट प्राप्त रकम पनी क्वाइ बो धी निर्माणको लागी प्रदान गरीसकेको बताएका छ्न् ।

शुबास गुरुङको लेखन तथा निर्देशन रहेको भेडी गोठाले लमजुङ्कै भेडी खर्कहरुमा छायाङ्कन गरीएको बताएका छन् । ९० प्रतिशत सम्बाद नेपाली भाषा रहेको हुँदा यो चलचित्र गुरुङ समुदाय लगायत गैर गुरुङ सम्पूर्णलाई उपयुक्त रहेको बताए । चलचित्र प्रदर्शनको दिन मिस तमुस्यो २०१६ बिजेता निशा तमुस्यो र भेडी गोठालेका नायिका आश्मी तमुस्योलाई हङकङमा निमन्त्राणा गर्नुका साथै उक्त दिन बिशेष प्रस्तुती रहने छ । प्रमुख अतिथीको रुपमा उपस्थित गुरुङ फ्लिम एसोसियसन हङकङका अध्यक्ष रोशन गुरुङले हङकङमा रहने सम्पूर्णलाई चलचित्र हेरीदिन अनुरोध गर्दै भब्य प्रदर्शनको शुभकामना मन्तब्य दिएका थिए ।

{gallery}gallery/bhidi_gothale_press_meet{/gallery}

 

Latest News