Home हङकङ समाचार भलिबलका त्रीजा बास्केटबलका सुजनले खेलेरै पाए हङकङ काठमान्डौ हङकङको हवाई टिकेट

भलिबलका त्रीजा बास्केटबलका सुजनले खेलेरै पाए हङकङ काठमान्डौ हङकङको हवाई टिकेट

E-mail Print PDF
AddThis Social Bookmark Button

तुल्सी राना मगर

२ अप्रिल २०१७ हङकङ

पुन मगर समाज हङकङले १३ औ वार्षिक उत्सवको अवसरमा चुनमुन स्थित बटरफ्लाई बिचमा आयोजित महिला भलिबल साथै पुरुष बास्केटबल प्रतियोगिता भब्य रुपमा सम्पन्न गरेको छ । महिला भलिबल प्रतियोगिता को Best Player त्रिजा गुरुङ र पुरुष बास्केटबल प्रतियोगिताको Most Valuable Player सुजन पुनले क्याथे ड्रागन एअरको हङकङ काठमाण्डौ हङकङको दुई तर्फी हवाई टिकट प्राप्त गरेका छन् । यो पुरुस्कार नै हङकङमा रहेका नेपाली खेलाडीले ब्यक्तिगत रुपमा प्राप्त गर्ने अहिले सम्मको ठुलो पुरुस्कार बनेको छ ।

महिला भलिबल तर्फ घान्द्रुक टिम प्रथम भएर ५ हजार हङकङ डलर प्राप्त गर्न सफल भएका छन् भने दोश्रो हुने पर्वत टिमले ३ हजार हङकङ डलर प्राप्त गर्न सफल भएका छन् । पुरुष बास्केटबल टर्फ पुन टिम प्रथम भएर १० हजार हङकङ डलरको प्रथम पुरुस्कार जित्न सफल भएका थिए । दोश्रो हुने एच्केयनईबिई  टिमले ६ हजार डलरको पुरुस्कार जितेको छ ।

पुन मगर समाज हङकङले आयोजना गरेको ८ औ महिला भलिबल प्रतियोगिता हो भने पुरुष बास्केटबल प्रतियोगिता चौथो हो । महिला तर्फ स्याङ्जा,पर्वत, पुन र घान्द्रुक टिमले सहभागिता जनाएका थिए । पुरुष बास्केटबल तर्फ १० टिमले सहभागिता रहेको थियो । जस मध्य पुन क्लव ए र बी , एच्केयनईबिई  ए र बी, घान्द्रुक, बुलेट्स , रिप्पल्स र ह्येना, युनलोङ वरियर् , डेभिलको  सहभागिता रहेको थियो ।

{gallery}gallery/pun_magr_samaj_hk_volleyball_basketball_tournament_2017{/gallery}

 

 

 

Latest News