HongKongNepali.com, The Next Media

Thursday
May 25th
Home हङकङ समाचार १० औ स्याङ्जा कपको तयारी तिब्र

१० औ स्याङ्जा कपको तयारी तिब्र

E-mail Print PDF
AddThis Social Bookmark Button

तुल्सी राना मगर

४ अप्रिल २०१७ हङकङ

स्याङ्जा जनसेवा समिती हङकङले बिगतका बर्षहरुमा झै यो बर्ष पनी खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना गरेर एक आपसमा नयाँ बर्ष २०७४ सालको अवसरमा शुभकामना आदन प्रदान गर्ने भएको छ । प्रतेक बर्ष श्रमिक दिवसको दिन(१ मे) चुनमुन स्थित भलिबल कोर्टमा आयोजना गरीने भलिबल प्रतियोगिता यो बर्ष भने ३० अप्रिल आईतवार सार्वजनिक बिदा साथै १ मे श्रमिक दिवस परेको हुँदा दर्शकहरुको मनोरन्जन साथै भब्य उपस्थिती हुन सक्ने हुनाले  ३० अप्रिलको दिन आयोजना गर्ने भएको छ । जोर्डन स्थित नमोबुद्ध क्लव हाउसमा आयोजित १० औ स्याङ्जा कपको तयारी तथा अनुमानित् खर्च तथा आर्थिक सहयोग सङ्कलन पनी गरेका थिए ।

पुरुष भलिबल प्रतियोगिताको प्रथम पुरुस्कार ११,१११ डलर एस् आर कम्पनीले प्रायोजन गर्ने घोषणा गरेका छन् । दोश्रो पुरुस्कार ६,६६६ डलर आँधीखोला स्पोर्टस क्लवले प्रायोजन गर्ने भएको छ । महिला भलिबल प्रतियोगिताको प्रथम पुरुस्कार ३,००० डलर साथै दोश्रो पुरुस्कार २,५०० डलर रहेको घोषणा गरेका छन् । १० औ स्याङ्जा कप सम्पन्न गर्न अनुमानित् खर्च ५५,२७७ हङकङ डलर लाग्ने बताएका थिए ।

कार्यक्रम स्थलमै बिभिन्न कम्पनी, समाजसेवी,बुद्धीजिवी, समाजका सल्लाहकार तथा ब्यापारी बर्ग द्वारा प्रतियोगिता भब्य तथा सभ्य तवरले सम्पन्न् होस् भन्दै ५५,२३२ हङकङ डलर सङ्कलन गरेका छन् । अध्यक्ष इश्वर गुरुङको अध्यक्षतामा सचिव रविन थापाले सन्चालन गरेको कार्यक्रममा समाजका सल्लाहाकार तथा जिल्लाका क्षेत्रिय संघ सस्थाका अध्यक्ष तथा तिनका प्रतिनिधीहरुले कार्यक्रमको भब्य सफलताको शुभकामना दिएका थिए ।

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News