HongKongNepali.com, The Next Media

Sunday
Jun 25th
Home हङकङ समाचार सुमुधुर साँगीतिक सौगात २०१६ बाट उठेको रकम ३ रोगीलाई हस्तान्तरण

सुमुधुर साँगीतिक सौगात २०१६ बाट उठेको रकम ३ रोगीलाई हस्तान्तरण

E-mail Print PDF
AddThis Social Bookmark Button

हङकङमा सहयोगको नाममा गरीने बिभिन्न कार्यक्रम मध्य चांगेधर्ती आमा कोष सस्था हङकङ र हङ्री अाइ रेष्टुरेन्ट एण्ड बारको संयुक्त आयोजनामा सम्पन्न सुमुधुर साँगीतिक सौगात २०१६ बाट उठेको रकम ३ रोगीलाई हस्तान्तरण गरेका छन् । जोर्डन स्थित हङ्री अाई रेष्टुरेन्ट एण्ड बारमा आयोजित जानकारी सभा मार्फत ८ लाख ६० हजार नेपाली रुपैया ३ जना रोगीहरुलाई हस्तान्तरण गरीएको बताएका छन् । एउटै कार्यक्रम गरेर यतिको ठुलो रकम सहयोग गर्नु हङकङङेली नेपाली समुदायको लागी एउटा उदाहरणिय कार्य बनेको छ । बिभिन्न बहनामा सहयोगार्थ स्वरुप भनेर हप्तै पिच्छे गरीने कार्यक्रमका आयोजकहरुलाई यो एउटा शिक्षा र पारदर्शिताको पाठ चाङ्गेधर्ती आमा कोष सस्था हङकङ र हङ्री अाइ रेष्टुरेन्टले सिकाएको छ ।

 

सहयोग रकम मध्य पथ्थरी साथै फोक्सो र कालेजो सङ्क्रमित धरमपुर झापाकी सिता देबी मेन्याङ्बो योहाङलाई रु ३ लाख २५ हजार सस्थाको प्रतिनिधी पदम गुरुङ द्वारा हस्तान्तरण गरेको । अर्को बिरामी कन्चनपुर महेन्द्र नगरका हंस विश्वकर्मा जस्को कम्मर मुनिको भाग नचल्ने र दुई पटक अप्रेशन परेको बिरामीलाई  चाङ्गेधर्ती आमा कोष सस्था हङकङका सल्लाहकार अबिनाश आङ्बुहाङ लिम्बुको हात बाट रु २ लाख १० हजार हस्तान्तरण गरेको । फुलबारी ताप्लेजुङ् निवासी पाठेघरको क्यान्सर बाट पीडित बेलमाया आङ्बुहाङ(एकल महिला) साथै दुई बालबच्चाकी आमालाई चांगेधर्ती आमा कोष सस्था उद्दार समिती ताप्लेजुङ्का अध्यक्ष बिमला लिम्बुको हात बाट रु ३ लाख २५ हजार प्रदान गरेको जानकारी दिएका थिए ।

चांगेधर्ती आमा कोष सस्था हङकङका अध्यक्ष भद्रकला आङ्बुहाङ राईले कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्रायोजक, दर्शक तथा नेपाल बाट कार्यक्रमको निमन्त्रणा स्विकार गरेर आउने सम्पूर्ण कलाकारहरुलाई धन्यवाद ब्याक्त गरेकी थीईन । भविश्यमा पनी यस्तै परोपकारका कार्यक्रम गर्ने योजना रहेको भन्दै हङकङबासी नेपालीहरु बाट यस्तै सहयोगको अपेक्षा राखेकी थीईन । हङ्री अाई रेष्टुरेन्ट एण्ड बारका निर्देशक बिष्णु गुरुङले पनी कार्यक्रम भब्य तथा सफल तुल्याउन सहयोगी सम्पूर्णलाई धन्यवाद सहित् आभार ब्याक्त गरेका थिए । कार्यक्रमलाई साहित्यकार तथा समाजसेवी बज्र कुमार थुलुङ् राइले सन्चालन गरेका थिए । 

स्मरण रहोस् सुमुधुर साँगीतिक सौगात २०१६ गत बर्ष सेप्तेम्बर १८ गते याउमातेई कम्युनिटी हलमा सु-सम्पन्न भएको थियो ।

 

 

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News