HongKongNepali.com, The Next Media

Friday
Aug 18th
Home हङकङ समाचार सहारा साँझ तेश्रोले बिधालय र बिपन्न बर्गका बालकहरुलाई सहयोग गरीने

सहारा साँझ तेश्रोले बिधालय र बिपन्न बर्गका बालकहरुलाई सहयोग गरीने

E-mail Print PDF
AddThis Social Bookmark Button

तुल्सी राना मगर

१४ अप्रिल २०१७, हङकङ

साहारा क्लव हङकङले ४ जुनका दिन साहारा साँझ तेश्रो याउमातेइ स्थित हेनेरी जि ल्योङ कम्युनिटी हलमा आयोजना गर्ने भएको छ । "आत्मा साक्षी राखी मन, वचन र कर्मले सामाजिक सेवा गरौ" भन्ने मुल मन्त्र साहारा साँझ तेश्रो कार्यक्रमको रहेको छ । भुकम्प बाट क्षतिग्रस्त सिन्धुपाल्चोक हैबुङ ६ का माध्यामिक बिधालय भवन निर्माण तथा कठिन परिस्थिती एवम् बिपन्न बर्गका बालकहरुको सहयोगार्थ साहारा साँझ तेश्रो हुने भएको छ । जोर्डन स्थित कङ्गन रेष्टुरेन्टमा आयोजित जानकारी सभा मार्फत औपचारिक रुपमा उक्त कार्यक्रमको जानकारी दिदै कार्यक्रमको पोस्टर सार्वजनिक गरेका थिए ।

 

साहारा क्लवका अध्यक्ष दिपक गुरुङले सहारा साँझ पहिलो र दोश्रो कार्यक्रम गरेर सहारा एकेडेमीलाई आर्थिक सहयोग गरीएको जनाउदै साहारा साँझ तेश्रोले पोखरा भन्दा बाहिर सहयोग गर्न गैरहेको बताएका छन् । कतिलाई लाग्न सक्छ साहारा क्लव पोखराको हो र यस्ले पोखरालाई मात्र सहयोग गर्छ भन्ने भ्रम हुन सक्छ तर यो होइन हामीले भुकम्प, पहिरो पीडित, अग्नी पीडितहरुको लागी धेरै ठाउँमा सहयोग गरीसकेको बताए । सहारा तेश्रो कार्यक्रमको दुई लक्ष मध्य पहिलो लक्ष अन्तर्गत सिन्धुपाल्चोक हैबुङ ६ का माध्यामिक बिधालय भवन निर्माणको निम्ती साहारा क्लव हङकङ, साहारा क्लव युके र साहारा क्लव अस्ट्रेलिया मिलेर गर्ने भएको हुँदा हामीहरुले हङकङमा यो कार्यक्रम गर्न गैरहेको हौ भने ।

तेश्रो सहारा साँझको कलाकार चयन अन्तर्गत आफुहरुले बेसहरा कलाकारहरुलाई पनी प्राथमिकता दिएर कलाकारहरुलाई प्लेटफ्रम दिने उदेश्य रहेको हुँदा यस् पटक द्रिष्टी बिहिन गायिका सरिता अधिकारीलाई चयन गरीएको बताए । अन्य कलाकारहरु: पप् गायक सुगम पोख्रेल,पप् गायिका सम्रिद्धी राइ, बहुप्रतिभासाली बालकलाकार बेगेन्द्र बुढा,डान्सर मिन गुरुङ, गायिका प्रियाा गुरुङ र गायक तथा प्रस्तोता जय कुमार पारीयार नेपाल बाट कार्यक्रमको लागी आउने भएका छन् ।

साहारा साँझ तेश्रोको मुख्य आयोजक ईन्द्र बराह् ज्योलरी रहेको छ भने सह प्रायोजक समाजसेवी तथा कानुन ब्यावसायी देब गुरुङ रहेका छन् ।

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News