HongKongNepali.com, The Next Media

Friday
Jun 23rd
Home हङकङ समाचार च्यारेटी हाइकिङ गरेर उठेको एक लाख भन्दा धेरै रकम एकिकृत सिर्जनशिल समाज नेपाललाई सहयोग

च्यारेटी हाइकिङ गरेर उठेको एक लाख भन्दा धेरै रकम एकिकृत सिर्जनशिल समाज नेपाललाई सहयोग

E-mail Print PDF
AddThis Social Bookmark Button

तुल्सी राना मगर

२० अप्रील हङकङ

भुकम्प पीडित, द्वन्द पीडित र गरिव तथा असाहाय बालबालिकाहरु राज्यको नजरमा पर्न नसके पनी जुनु पुन बाट सन्चालित एकिकृत सिर्जनशिल समाज नेपालका अनाथ बालबालिकाहरुको निम्ती हङकङमा च्यारेटी हाइकिङ गरेर १०७,६७० (एक लाख सात हजार छसय सत्तरी) रुपैया सहयोग सङ्कलन भएको छ । सामाजिक कार्यमा सधैं अग्रसर जुनु रानाको अगुवाईमा १६ अप्रिलको दिन युनलोङ देखी टाइतोङ कन्ट्रीपार्क सम्मको च्यारेटी हाइकिङ गरेर उक्त सहयोग रकम सङ्कलन गरेकी थीइन् । परोपकारी कार्यको प्रसंसा गर्दै च्यारेटी हाइकिङमा सहभागी हुन नसक्नेहरुले पनी आर्थिक सहयोग गरेका थिए ।

च्यारेटी हाइकिङ सम्पन्न भए लगतै जुनु रानाले उक्त रकम आफ्ना बाबा आमा मार्फत एकिकृत सिर्जनशिल समाज नेपालका सन्चालिका जुनु पुनलाई हस्तान्तरण गरेका थिए । उक्त सहयोग रकम अनाथ बालबालिकाहरुको स्कुल भर्ना फीसको लागि स्कुलमा डिपोजिट गर्ने जानकारी जुनु पुनले दिएकी छिन् ।

खुशीको छण भन्दै फेसबुक मार्फत सम्पुर्ण मनकारी सहयोगदाताहरूलाई जुनु रानाले हृदय देखि आभार ब्यक्त गरेकी छिन् । च्यारेटी हाइकिङको साथ साथमा स्वास्थ्य समन्धी सचेतना स्वरुप निशुल्क सुगर,प्रेसर,बडीको तौल लगायत स्वास्थ्य परिक्षण टीका रानाको नेतृत्वमा इथ्निक माइनोरिटी हेल्थ एन्ड एजुकेसन सर्भिस हङकङले गरेको थियो ।

स्मरण रहोस् : एकिकृत सिर्जनशिल समाज नेपालका सम्पूर्ण अनाथ बालबालिकाको लालन पालन साथै शिक्षाको निम्ती देश तथा बिदेश बाट प्राप्त सहयोगी हात बाटै निर्भर रहेको छ । राज्यको तर्फ बाट कुनै सहयोग प्राप्त नभए पनी जुनु पुनको एकल प्रयासले सम्पूर्ण अनाथ बालबालिकाहरुलाई छोराछोरी समान शिक्षा दिनुका साथै लालन पालन गर्दै अाइरहेकी छिन् ।

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News