HongKongNepali.com, The Next Media

Saturday
Nov 18th
Home हङकङ समाचार ब्यावसायिक रुपले पहिलो पटक हङकङको मल्टीप्लेक्स हलमा नेपाली चलचित्र प्रदर्शन हुँदै

ब्यावसायिक रुपले पहिलो पटक हङकङको मल्टीप्लेक्स हलमा नेपाली चलचित्र प्रदर्शन हुँदै

E-mail Print PDF
AddThis Social Bookmark Button

तुल्सी राना मगर

२७ अप्रिल 2017

ब्यावसायिक रुपले हङकङमा प्रदर्शन गर्न गैरहेको नेपाली चलचित्र 'लप्पन छप्प्न" पहिलो पटक हङकङको मल्टीप्लेक्स हलमा दर्शकहरुले हेर्न पाउने भएको छ । D 2 इन्टरटेण्मेन्टले नेपाली चलचित्रका दर्शकहरुलाई राम्रो र गुणस्तरीय मनोरन्जन प्रदान गर्ने हेतुले पहिलो प्रयास स्वरुप जुन २ का  दिन हुङहाम स्थित व्हाम्पो प्लाजामा अवस्थित सिनेमा हलमा चलचित्र "लप्पन छप्पन" प्रदर्शन गरीने जानकारी दिएको छ । याउमातेइ कम्युनिटी हल र युनलोङ थियटर हलमा जस्तो कुनै भाषण र आसन ग्रहण बिना ठीक बेलुकी ९:३० मा चलचित्र प्रदर्शन हुने हुँदा समयमै दर्शकहरुलाई हलमा पुग्न आवहान् पनी गरेका छन् ।

 

जोर्डन स्थित स्पोर्टस् क्लवमा आयोजित जानकारी सभामा हङकङको युनलोङ थियटर हल र याउमातेई कम्युनिटी हलमा  अहिले सम्म जे जती नेपाली चलचित्रहरु प्रदर्शन भए वास्तवमा त्यो हल सिनेमाको लागी उपयुक्त होइन । त्यसैले गुणस्तरीय मनोरन्जन प्रदान गर्ने हेतुले हङकङको मल्टीप्लेक्स हलमा चाइनिज, अग्रेजी, हिन्दी, कोरीयन मात्र किन ? हामीले हाम्रो नेपाली चलचित्र पनी चलाऊन किन सकिन्न ? भन्ने कौतुहलता र इच्छाशक्तीले गर्दा नै D2 इन्टरटेण्मेन्टका धर्मराज थापाले नेपाली चलचित्र प्रदर्शन गर्ने जमर्को गरेको बताएका छन् ।

बेल्जियममा छायाङ्कन गरीएको "लप्पन छप्पन" नेपाली चलचित्र उध्योगको एउटा महङ्गो बजेटमा निर्माण भएको चलचित्र हो । चैत्र ११ गते यो चलचित्र नेपालमा प्रदर्शन भैसकेको छ । चलचित्रमा कलाकारहरु दयाहाङ राई, अर्पन थापा, सौगात मल्ल,बर्षा शिवाकोटी र प्रकाश जङ् शाहको भूमिका देख्न सक्नुहुने छ ।

 

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News