HongKongNepali.com, The Next Media

Friday
Jun 23rd
Home हङकङ समाचार १० औं स्याङ्जा कप पर्वत टिमले उचाल्यो

१० औं स्याङ्जा कप पर्वत टिमले उचाल्यो

E-mail Print PDF
AddThis Social Bookmark Button

तुल्सी राना मगर

३० अप्रिल २०१७

स्याङ्जा जनसेवा समिती हङकङले आयोजना गरेको १० औं स्याङ्जा कप पुरुष भलिबल प्रतियोगिताको उपाधी पर्वत क्लव हङकङले जित्न सफल भएको छ । फाइनल खेलमा पर्वत क्लवले सनराइज क्लवलाई सोझो ३-० सेटमा हराएर ११,१११ डलर नगद राषी सहित बिजेताको कप र मेडल हात पार्न सफल भएको छ । दोश्रो हुने सनराइज कल्वले ६,६६६ डलर नगद सहित उपबिजेताको कप, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । घान्द्रुक समाज, सनराइज क्लव, आँधीखोला स्पोर्ट्स् ,हलेसी क्लव ,बाग्लुङ समाज,पर्वत क्लव ,पुन क्लव र सङ्खुवासभा समाज गरेर जम्मा ८ टिमको सहभागिता रहेको थियो । पर्वतले बाग्लुङलाई र सनराइजले स्याङ्जालाई सेमीफाइनलमा जितेर फाइनल प्रवेस गरेका थिए ।

भलिबल खेललाई रोचक बनाउनुका साथै नेपालका भलिबल खेलाडीहरुको उच्चमनोबल् बढाउनको लागी यो पटक स्याङ्जाले पश्चिमाञ्चल टिम बाट खेल्ने घनश्याम चौधरीलाई हङकङमा निमन्त्रणा गरेको थियो । त्यसैको बाबजुद खेलमैदानमा दर्शकहरुको बाक्लो उपस्थिती रहेको थियो । नेपाल बाट आमन्त्रित घनश्याम चौधरी बिहान मात्र हङकङ अाइपुगेका थिए । आँधीखोला स्पोर्टस् क्लव स्याङ्जालाई हलेसी क्लवले वाकोभर दिए पछी सनराइज क्लव सँग सेमीफाइनल खेलमा ३-२ को सेटमा कदाप्रतिस्प्राधाका बिच फाइनल प्रवेस गर्न चुकेका थिए । नेपाल बाट हङकङ आउना साथ सिधै एअर्पोर्ट बाट खेलमैदान पुगेर अनिदो हुँदा हुँदै पनी राम्रो खेल प्रदर्शन गरेको देख्दा दर्शकहरुले घनश्याम चौधरीको खेल कौसलतालाई सबैले तारिफ गरेका थिए ।

 

महिला तर्फको भलिबल प्रतियोगिता अन्तर्गत घान्द्रुक टिमले पर्वत टिमलाई जितेर प्रथम पुरुस्कार ३,००० डलर कप, मेडल र बिजेताको प्रमाण पत्र घान्द्रुकले हात पार्न सफलभएको छ । दोश्रो हुने पर्वत टिमले २,००० हङकङ डलर कप,मेडल र उपबिजेताको प्रमाण पत्र प्राप्त गरेका छन् । महिला तर्फ घान्द्रुक,पर्वत, स्याङ्जा र लिम्बुवान गरेर जम्मा ४ टिमको सहभागिता रहेको थियो ।

फाइनल खेल शुरु हुनु भन्दा अगाडी औपचारिक कार्यक्रम मार्फत शिक्षा तर्फ समिक्षा गुरुङ पत्रकारीता तर्फ हङकङ नेपाली डटकमका तुल्सी राना मगर साथै आँधीखोला साँझ सफलपार्न महत्वोपूर्ण योग्दान दिने नेपाली महिला संघकी अध्यक्ष श्रीमती टिका गुरुङ, नेपाल बाट आमन्त्रित खेलाडी घनश्याम चौधरी सम्मानित भएका थिए । अध्यक्ष इश्वर गुरुङको अध्यक्षतामा सम्पन्न औपचारिक कार्यक्रमलाई सचिव रविन थापा मगरले सन्चालन गरेका थिए भने प्रमुख अतिथी हङकङ नेपाली महासंघकी अध्यक्ष श्रीमती रिता गुरुङ रहेकी थीईन् ।

रेफ्रीहरु यम गुरुङ, राजकुमार गुरुङ,रबिन्द्र थापा, लालकाजी गुरुङ र चिन गुरुङले सन्चालन गरेका थिए । झन्डै ९० हजार हङकङ डलर खेल सम्पन्न गर्नको लागी प्रायोजकहरु बाट सङ्कलन गरेका थिए । खेलको समापन पस्चात बिजेता तथा उपबिजेताहरुलाई पुरुस्कार बितरण समारोहमा प्रमुख अतिथी रिता गुरुङ , स्याङ्जा जनसेवा समितीका अध्यक्ष इश्वर गुरुङ , आँधिखोला स्पोर्टस्का अध्यक्ष शंकर गुरुङ  , ताउलेक समाजका अध्यक्ष जङ्ग बहादुर गुरुङ र अकलादेबी समाजका अध्यक्ष भान्बिर गुरुङले कप तथा मेडल बितरण गरेका थिए ।

 

 

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News