HongKongNepali.com, The Next Media

Monday
Jul 24th
Home हङकङ समाचार मगर लगानी समुह(MIG)हङकङमा लगानीकर्ताहरुको आकर्षण तिब्रगतीमा अगाडी बढ्दै

मगर लगानी समुह(MIG)हङकङमा लगानीकर्ताहरुको आकर्षण तिब्रगतीमा अगाडी बढ्दै

E-mail Print PDF
AddThis Social Bookmark Button

तुल्सी राना मगर

१ मे २०१७ हङकङ

मगर समुदायको समग्र आर्थिक बिकास गर्ने उदेश्यले स्थापना भएको मगर लगानी समुह हङकङले आफ्नो स्थापनाको दोश्रो वार्षिक कार्यक्रम सम्पन्न गरेको छ । ब्याक्ती धनी हुनु भन्दा समग्र मगर समुदाय आर्थिक रुपले सवल र सम्पन्न बनाउनु उत्तम् हो भन्ने अभिप्रायले २०१४ सालमा केही सचेत मगरहरुको समुहले शुरु गरेको अभियानमा अहिले ३०३ जना लगानीकर्ता अवद्ध भै सकेका छन्। आफु लगायत आफ्नो सन्तानको सुन्दर भबिस्य सुनिस्चित्ताको निम्ती एउटै घरको ११ जनाको सदस्य, भर्खरै जन्मेका ७ दिनको बच्चा देखी ७० नाघेका उमेरले परिपक्क जेष्ठनागरिकहरुको पनी यो समुहमा आवद्ध हुनु आकर्षणको मुख्य प्रमाण बनेको छ । पहिलो चरणमा हङकङ बाट १००० जनालाई शेयर धनी बनाए पछी अझै द्रुत गतीमा विश्वभर यस्को बिस्तार गर्दै जलबिद्युत, होटेल, पर्यटन,रियल स्टेट र बैन्किङ प्रणाली द्वारा लगानीकर्ताहरुलाई आकर्षित गर्दै जाने रहेको छ ।

भविश्यमा विश्वको टप १० लिस्टेड कम्पनीमा सुचिकृत हुने लक्ष सहित् अग्रसर मगर लगानी समुहले छोटो समयमै जोर्डन स्थित गोफुको टावरको १७ तल्लामा आफ्नो निजी कार्यालय स्थापना गरीसकेको छ । ब्याक्ती धनी हुनु भन्दा मगर समुदायको समग्र आर्थिक बिकास हुनु जरुरी छ भन्दै मगर लगानी समुहका अध्यक्ष सुमन थापाले मगर लगानी समुहका लगानीकर्ताहरुलाई बिस्वस्त बनाउदै यदी १ डलर पनी रकम तलमाथी हिनामिना भए आफु फासी चढ्न् पछी नहट्ने बताए ।अहिले हामीले यो बिउ मात्र रोप्न शुरु गरेका छौ यस्को प्रतिफल निस्चित केही बर्षको अन्तरालमा फलको रुपमा प्राप्त गर्ने छौ भन्दै सामुहिक लगानीमा अग्रसर हुन सबैलाई अव्हान पनी गरेका छन् ।

अल्फा ट्राभलको ५० प्रतिशत शेयर किनेर मगर लगानी समुहले ब्यावासयिक साझेदारी गरीसकेको छ भने छिट्टैनै मिगले बैंकिङ प्रणाली बिस्तार गर्ने भएको छ । याउमातेई स्थित कम्युनिटी हलमा आयोजित कार्यक्रममा मगर लगानी समुहको अर्थ बिभाग प्रमुख भिम थापा मगर र सम्पूर्ण आर्थिक कारोबार सम्हालेका चाटर्ड एकाउन्टेण्ट ईन्द्र पुन मगरले बर्ष भरीको आय ब्याय प्रस्तुत गरेको थियो । अहिले  सम्म लगानी कर्ताहरुको इक्विटी ४ करोड भन्दा धेरै पुगेको छ । हाल ३ जना कर्मचारीलाई मगर लगानी समुहले रोजगार दीइरहेको छ । मगर लगानी समुह अन्तर्गत योङ लिडरशिप समुहले युवाहरुमा भएको प्रतिभा प्रस्फुटन गर्ने हेतुले ब्यक्तित्व बिकास साथै ब्यापार ब्यवसायमा कसरी अग्रसर हुने भन्ने बिषयमा तालिम तथा छलफल चलाऊने गरेका छन् ।

गैर आवसिय नेपाली संघ(यनआरयन) हङकङका अध्यक्ष लल्लित लिम्बु प्रमुख अतिथी रहेको कार्यक्रममा बिशेष अतिथीहरुमा हङकङ नेपाली ब्यापार संघबाट श्रीमती टिका गुरुङ, आदिवासी जनजाती महासंघ हङकङका अध्यक्ष यम बी थापा मगर लगायत बिभिन्न संघ सस्थाका अध्यक्ष तथा तिनका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा सबै भन्दा काम उमेरको शेयर होल्डर, सबै भन्दा जेठो उमेरको शेयर होल्डर, एउटै परिवार बाट सबै भन्दा धेरै शेयर होल्डर बन्ने, ५ जना भन्दा धेरै शेयर होल्डरलाई मिगको बारेमा जानकारी दिएर शेयर होल्डर बनाउनेहरुलाई सम्मान पनी गरेका थिए ।


 

Add your comment

Your name:
Subject:
Comment:

Latest News