HongKongNepali.com, The Next Media

Saturday
Nov 18th
Home हङकङ समाचार गैर-आवासीय नेपाली संघ हङकङले बाग्लुङ जिल्लामा स्वास्थ्य शिविर सन्चालन गर्ने

गैर-आवासीय नेपाली संघ हङकङले बाग्लुङ जिल्लामा स्वास्थ्य शिविर सन्चालन गर्ने

E-mail Print PDF
AddThis Social Bookmark Button

तुल्सीराज राना मगर

४ मे २०१७ हङकङ

गैर-आवासीय नेपाली संघ हङकङले बाग्लुङ जिल्लामा आङ खस्ने महिलाहरुको निम्ती निशुल्क स्वास्थ्य शिविर सन्चालन गर्ने भएको छ । बाग्लुङ जिल्लाको पैयु थन्थाप स्थित श्री जनता माध्यामिक बिधालयमा जेठ महिनाको (१५- १६) दुई दिने स्वास्थ्य शिविर सन्चालन गरीने भएको छ । जोर्डन स्थित बगैचा रेष्टुरेन्टमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य शिविर सन्चालन गर्ने बारे जनकारी गराएका थिए ।

 

गैर-आवासीय नेपाली संघ हङकङको आयोजनामा शिविर सन्चालन गर्न सम्योजकको रुपमा हङकङ बाट एमएससी नर्स टिका राना नेपाल जाने भएका छन् । लगभग ४०० जना महिलाहरुलाई सेवा दिने उदेश्य सहित् दुई दिने शिविर सन्चालन गर्न १० देखी १५ लाख रुपैया खर्च लाग्ने बताएका छन् । सोही सिविरको लागी गैर-आवासीय नेपाली संघ हङकङले ६ मे का दिन जोर्डनको सङ्रिलाकरी हाउसमा च्यारेटी डिनरको आयोजना पनी गर्ने भएको छ । उच्च जोखिम भएका बिरामीहरुको लागी उपचारको निम्ती  अन्यत्र लैजानु परे त्यसको खर्च पनी आयोजकले बेहोर्ने जनाएका छन् ।

गैर-आवासीय नेपाली संघ हङकङका अध्यक्ष ललित सुब्बा, प्रबक्ता किसान राई र स्वास्थ्य शिविर सम्योजक टिका रानाले कार्यक्रमको बारेमा बोलेका थिए ।

स्मरण रहोस् :युनाइटेड नेसन पपुलेसन फन्डको तथ्याँक्क अनुसार  नेपालमा आङ खस्ने महिलाहरुको सङ्ख्या ६ लाख भन्दा धेरै रहेको  देखाएको छ ।

 

 

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News