HongKongNepali.com, The Next Media

Wednesday
Sep 20th
Home हङकङ समाचार सगरमाथा आरोही निशा अधिकारी सङ्गै हङकङमा हाइकिङ

सगरमाथा आरोही निशा अधिकारी सङ्गै हङकङमा हाइकिङ

E-mail Print PDF
AddThis Social Bookmark Button

तुल्सी राना मगर

२८ मे २०१७ हङकङ

वि विल राइज फाउन्डेसनले दोश्रो पटक हङकङमा ७ किलोमिटर दुरीको हाइकिङ कार्यक्रम सम्पन्न गरेको छ। लायन रक हिलको हाइकिङ वङताइसिन बाट शुरु भएर लायन रक कन्ट्री पार्कमा समापन भएको थियो । नेपाल बाट सगरमाथा आरोही तथा नायिका निशा अधिकारीलाई उक्त कार्यक्रमको निम्ती आमन्त्रण गरीएको थियो ।

नेपाली, चाइनिज र फिलिपिनीहरुको समुह रहेको हाइकिङमा लगभग चार सय जनाले सहभागिता जनाएका थिए । वङताइसिन मन्दिरको प्राङ्गण बाट शुरु भएको यात्राालाई हङकङ नेपाली महावाणिज्य दुतावासका बाणिज्यदुत कमल प्रसाद भट्टराईले हाइक फर नेपाल लेखिएको ब्यानर खोलेर पदयात्राको शुभराम्भ गरेका थिए । कार्यक्रममा अर्का सगरमाथा आरोही (हङकङका स्थानिय चाइनिज) जोन चाङको पनी बिशेष उपस्थिती रहेको थियो ।

पदयात्रा शुभाराम्भ हुनु अगाडी वि विल राइज फाउन्डेसनका सस्थापक तुल्सीकुमार गुरुङले माउन्ट एभरेष्ट डे को अवसरमा उक्त हाइकिङ कार्यक्रमको आयोजन गरेको बताएका थिए । उनले स्वास्थ्य र सुरक्षा सबै भन्दा महत्वपूर्ण भएको भन्दै यदी कसैलाई अस्वास्थ्य भएको महसुस भए हाइकिङ नजान सुझाब दिएका थिए ।

सोही दिन बेलुकी चिमसाचुइ स्थित शेराटन होटेलमा च्यारेटी डिनरको कार्यक्रम पनी राखेको थियो । नेपालमा दुई बर्ष अगाडी गएको बिनासकारी भुकम्पको क्षतीले तहस नहस भएको हाम्रो भावनात्मक समन्धलाई जोड्न देश तथा बिदेशमा रहेका सम्पूर्ण नेपालीहरुलाई हामी उठ्ने छौ(वी विल् राइज) फाउन्डेसनले भावनात्मक पुलको काम गरेको छ । यो फाउन्डेसनले अहिले सम्म स्कुल,चिल्ड्रेनपार्क, आस्थाइ टहरो,स्टेशनरी तथा खेलकुदका सामाग्री,क्रीकेट, फुटबल, लगायत बिभिन्न चर्चित खेलाडीहरुलाई सम्मानित गरेसकेको जानकारी सहितको पूस्तिका पनी बितवण गरेका थिए ।

 

Add your comment

Your name:
Subject:
Comment: