HongKongNepali.com, The Next Media

Wednesday
Sep 20th
Home हङकङ समाचार राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ भारतीय गोर्खा भुपु साँझ भब्यरुपमा सम्पन्न

राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ भारतीय गोर्खा भुपु साँझ भब्यरुपमा सम्पन्न

E-mail Print PDF
AddThis Social Bookmark Button

भारतीय गोर्खा भुपु साँझ भब्यरुपमा सम्पन्न

तुल्सी राना मगर

२८ मे २०१७, हङकङ

महाबीर पुनद्वारा सञ्चालित नेपाल राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ भारतीय गोर्खा भुतपुर्व सैनिक संघ हङकङको आयोजनामा भारतीय गोर्खा भुपु साँझ - २०१७ भब्यरुपमा सम्पन्न भएको छ । युनलोङ थियटर हलमा भएको कार्यक्रममा नेपाल बाट ९ जना कलाकारहरुको जम्बो टिमलाई निमत्रणा गरेर कार्यक्रम सफल बनाएका छन् । मुख्य प्रायोजक र सह-प्रायोजकहरु बाट मनग्य सहयोग पाएको भुपु साँझले दर्शकहरुको साथ पनी मज्जाले साथ पाएको थियो ।

 

हङकङकै स्थानिय बाल कलाकार मनिष गुरुङको सुन्दर नृत्य बाट सास्कृतिक कार्यक्रमको शुरुवात भएको थियो। त्यस पछी पहिलो पटक हङकङमा आएका लोकदोहरी गायक डम प्रकाश पुनले आफ्नो गीत दर्शक सामु पस्केका थिए । हङकङको स्टेजमा पहिलो पटक पाइला राख्ने क्रमश:गायक सुनज तिगेला,लोकदोहरी गायिका तिर्सना घर्ती मगरले पनी आफ्नो चर्चित गीत गाएर दर्शकहरुलाई मनोरन्जन गराएका थिए भने आरुषी मगरको धमाकेदार नृत्यले दर्शकको मन जित्न सफल भएको थियो ।

हङकङमा पहिलै अाइसकेका कलाकारहरु क्रमश: गायिका सरला राई, गायिका शान्ती गुरुङ,लोकदोहरी गायक मिलन लामा,लोकदोहरी गायिका शर्मिला गुरुङ र चर्चित गायक शिव परीवारले पनी आफ्ना चर्चित गीतहरु पस्केर दर्शकहरुलाई मनोरन्ज गराएका थिए । नेपाल बाट आएका ९ जना कलाकारहरु मध्य नयाँ कलाकारलाई दुईओटा गीत र पुराना कलाकारहरुलाई ३ वटा गीत गाउने समय दिएका थिए । प्रतेक गायक तथा गायिकाहरुले धेरै भन्दा धेरै गीत गाउने इच्छा भए पनी  समय अभाव भएको हुँदा गाउन नपाएको भन्दै दर्शकहरुको माया पाए फेरी अर्को कार्यक्रममा भेट्ने भन्दै बिदा मागेका थिए । कार्यक्रमको अन्त्यमा मिलन लामा र शर्मिला गुरुङले दोहरी गाएर दर्शकहरुलाई नचाएका थिए ।

बरिष्ठ गायक तथा संगीतकार चेतमान गुरुङ सहितको सप्तरङ्गी समूहले प्रतक्ष दोहोरी गीतमा मिलन लामा र शर्मिला गुरुङलाई बाद्यबादनमा साथ दिएका थिए । स्थानिय डान्सर प्रितीका थापा र कस्मिना गुरुङले पनी मनमोहक नृत्य प्रस्तुत गरेका थिए ।

स्टेजभरी आतिथीहरुको लर्को लगाएर गरीएको औपचारिक कार्यक्रम केही ढिलो सन्चालन भएको थियो । सचिव दुर्जधन लिम्बुले सन्चालन गरेको कार्यक्रममा प्रमुख अतिथीको रुपमा भारतीय गोर्खा भुपु संघका सस्थापक अध्यक्ष जङ्ग बहादुर गुरुङको आतिथ्यता रहेको थियो । अध्यक्ष जजिन चाम्लिङ र कार्यक्रम सम्योजक मुककाजी गुरुङले कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्रायोजक,सह-प्रायोजक, दर्शक लगायत सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रम रातको १२ बजे सम्म चलेको थियो ।

 

Add your comment

Your name:
Subject:
Comment: