HongKongNepali.com, The Next Media

Wednesday
Sep 20th
Home हङकङ समाचार भुकम्प बाट क्षतिग्रस्त बिधालय भवन निर्मानार्थ सहारा साँझ तेश्रो हङकङमा भब्यरुपमा सम्पन्न

भुकम्प बाट क्षतिग्रस्त बिधालय भवन निर्मानार्थ सहारा साँझ तेश्रो हङकङमा भब्यरुपमा सम्पन्न

E-mail Print PDF
AddThis Social Bookmark Button

तुल्सीराज राना मगर

४ जुन २०१७ हङकङ

भुकम्प बाट क्षतिग्रस्त सिन्धुपाल्चोक हैबुङ ६मा अवस्थित बिधालय भवन निर्माण तथा कठिन परिस्थिति एवम् बालबालिकाहरुको सहयोगार्थ सहारा क्लव हङकङले सहारा साँझ तेश्रो कार्यक्रम भब्यरुपमा सम्पन्न गरेको छ । सहारा साँझ तेश्रोलाई ईन्द्र बराह ज्योलरीले मुख्य प्रायोजन गरेको थियो भने सह-प्रायोजन समाजसेवी तथा कानुन ब्यावसायी देव गुरुङले गरेका थिए ।

याउमातेइ स्थित कम्युनिटी हलमा भएको कार्यक्रममा नेपाल बाट आएका  चर्चित गायक सुगम पोख्रेल र चर्चित गायिका समृद्धि राईले आफुले पाउने पारिश्रमिक मार्फत दुबै जनाले ५०-५० हजार रुपैया भुकम्प बाट क्षतिग्रस्त सिन्धुपाल्चोक हैबुङ ६ बिधालय भवन निर्माणको निम्ती सहयोग गरेका छन् । सोही अवसरमा सुकुटी ग्रुप हङकङले पनी एक लाख एघार हजार एकसय एघार (१,११,१११) रुपैयाको चेक् सहारा क्लव पोखराको निम्ती  नेपालका अध्यक्ष बिरभद्र अाचर्यलाई हस्तान्तरण गरेका छन् ।

मनोरन्जनात्मक कार्यक्रमको पहिलो प्रस्तुती रुक्सना पुनको राम्री पनी भाकी छु भन्ने बोलको गीतमा नाचेर कार्यक्रम शुरुवात गरेकी थीईन् । सहारा साँझको निम्ती नेपाल बाट आमन्त्रित द्रिष्टीबिहिन गायिका सरिता अधिकारीले जहाँ छन् बुद्धका आँखा,बनमा फुल्यो फुलै फुल भन्ने गीत गाएर दर्शकहरुलाई मनोरन्जन गराएकी थीईन् । नेपाल बाट आएका डान्सर मिन गुरुङ र नायिका उर्मिला गुरुङको युगल जोडीले तिमी छौ र पो बाचेको छु भन्ने गीतमा नृत्य गरेका थिए । सुन साइला भन्ने गीतको कभरसङ् गाएर चर्चामा आएका प्रियागुरुङले सुन साइला भन्ने गीत साथै  आस्था राउतको चौबन्दीमा पटुकी भन्ने गाएकी थीईन् । प्रतिभासाली बालगायक बेगेन्द्र बुढाले आफ्नै गीत आमा तिम्ले जन्म दियौ,पानी तिम्रो क्या राम्रो बानी भन्ने गीत गाएका थिए ।

प्रतिभाशाली कलाकार समृद्धि राईको आफ्नै स्वर,संगित र शब्द भएको गीत प्रयास र म चै नेपाली भन्ने गीत गाएकी थीईन । उनले म चै नेपाली भन्ने गीतको शब्दमा अलिकती बिबादमा आएको भए पनी राष्ट्रिय गीतमा सयौ थुङ्गा फुलका हामी एउटैमाला नेपाली भन्ने भावनामा लेखेको गीत हो भनीन्। शायद कसैलाई शब्द मन नपरेको हुन सक्छ भन्दै म चै नेपाली भन्ने गीत गाएका थिए ।

कार्यक्रमको अन्त्य तिर पालो पाएका चर्चित गायक सुगम पोख्रेलले आफ्नो चर्चित गीत फेरी त्यो दिन सम्झन्न चाहन्न भन्ने गीत गाउदै  दर्शकहरु माझ झुमेका थिए । चलचित्र प्रेम गीतको म यस्तो गीत गाउछु जुन प्रेम गीत बनोस् भन्ने गीतमा पनी दर्शकहरु मज्जाले रमेका थिए ।

कार्यक्रममा सहारा क्लब पोखरा नेपालका अध्यक्ष बिरभद्र अाचार्य प्रमुख अतिथीको रुपमा आसिन थिए भने बिशेष अतिथीको रुपमा सहारा युकेका अध्यक्ष मिन बहादुर गुरुङ, सहारा अस्ट्रेलियाका अध्यक्ष राजमान थकाली साथै सहारा क्लव हङकङका प्रमुख सल्लाहाकार तुल्सीकुमार गुरुङ लगायत बिभिन्न संघ सस्थाका गान्यमान्य ब्याक्तीहरुको उपस्थिती रहेको थियो । सचिव बिल तमाङले सन्चालन गरेको औपचारिक कार्यक्रमलाई सहारा क्लव हङकङका अध्यक्ष दिपक गुरुङले औपचारिक कार्यक्रम समापन भएको घोषणा पस्चात नेपाल बाट आएका गायक तथा उद्घोसक जय कुमार पारीयारले दोश्रो चरणमा  साङ्गितिक कार्यक्रम सन्चालन गरेका थिए ।

 

 

 

 

Add your comment

Your name:
Subject:
Comment: