HongKongNepali.com, The Next Media

Wednesday
Sep 20th
Home हङकङ समाचार हङकङको शिक्षा प्रणाली र अभिभावकहरुले खेल्नु पर्ने भूमिका समन्धि शैक्षिक कार्यशाला गोष्ठी सम्पन्न

हङकङको शिक्षा प्रणाली र अभिभावकहरुले खेल्नु पर्ने भूमिका समन्धि शैक्षिक कार्यशाला गोष्ठी सम्पन्न

E-mail Print PDF
AddThis Social Bookmark Button

तुल्सीराज राना मगर

११जुन २०१७ हङकङ

हङकङ नेपाली महासंघको आयोजना हङकङको शिक्षा प्रणाली र अभिभावकहरुले खेल्नु पर्ने भूमिका समन्धि शैक्षिक कार्यशाला गोष्ठी याउमातेइ कम्युनिटी हलमा सम्पन्न गरेको छ । गृह मामिला बिभाग बाट प्रायोजित उक्त कार्यक्रममा हङकङमा रहेर शिक्षा क्षेत्रमा लामो समय सम्म आवद्ध रहेर काम गरीरहेका देबराज राई र अमोद राई बक्ताको रुपमा आसिन थिए । हङकङको शिक्षा प्रणाली र अभिभावकहरुले झेल्नु परिरहेको यावत समस्या, किन्डरगार्टेन, प्राइमेरी, सेकेन्डरी, युनिभर्सिटीहरुमा हाम्रा बालबच्चाहरुले शिक्षा लिने बिषयमा साथै अभिभावकहरुले खेल्नु पर्ने भूमिकाको बारेमा बोलेका थिए ।

 

देबराज राईले बोल्ने क्रममा हामीले नेपालका कैयौ किड्नी रोगीहरुको किड्नी फेरीदियौ । बिभिन्न बहानाबाजीमा आर्थिक सहयोग सङ्कलन अभियान चलायौ अब हङकङमै हाम्रो नेपालीहरुको अत्याधिक जनघनत्व भएको स्कुलहरुमा हाम्रा अभिभावकहरु अाइएमसी र पिटीए मेम्बरमा आएर स्कुल प्रशासनको माहोल बुझ्न् अनुरोध गरेका छन् । हङकङको नेपाली समुदायमा आफ्नो बालबच्चा अग्रेजी माध्याममा पढाउने कि चाइनिज माध्याम बाट पढाउदा उचित होला भन्ने अन्योल्ताको बिषयमा हङकङमा अध्यान गरेका नेपाली बिधार्थीहरु चाइनिज माध्याम भन्दा अग्रेजी माध्याम बाट पढेका हाम्रा बिधार्थीहरु धेरै सङ्ख्यामा युनिभर्सिटी प्रवेस गरेको तथ्याङ्कले देखाएको बताएका थिए । हामीलाई हङकङमा बसेर चाइनिज भाषा सिक्यौ भने नोकरी पाईन्छ भन्ने मानसिकता बोकेर क्यान्टोनिज भाषा सिकाउनु भन्दा बरु म्यान्डरिन भाषा सिकाउन सके उत्तम हुने बताएका छन् । आफ्ना बालबच्चाहरु कहिले हङकङ कहिले इन्डिया कहिले नेपाल पठाएर स्कुल परिवर्तन गरेर बालबच्चाहरुको भविस्य माथी खेलवाड हुने धारणा ब्याक्त गर्दै नेपालमा , हङकङमा अथवा इन्डियामा नै निरन्तर उनिहरुको पढाईलाई निरन्तरता दिए राम्रो हुने सुझाब दिएका थिए । यदी आफ्नो बालबच्चाहरुलाई यहाँको स्कुलमा भर्ना गर्नु परेको खन्डमा एक बर्ष अगाडी नै भर्नाको लागी प्रक्रिया थाल्नु पर्ने सुझाब दिएका छन् ।

अर्का बक्ता अमोद राईले अब हामीले शिक्षालाई अझै गौण तरिका बुझ्नु पर्ने आवश्यकता आएको बताएका थिए । हाम्रो शिक्षा प्रणाली भनेको किताब बोक्ने स्कुल जाने पास भएर प्रमाण पत्र लिने र जागिर खाने र रोजगारी गरेर जीवन यापन गर्ने मात्र नभै अवको नयाँ पिडीले शिक्षा बाट समाजलाई परिवर्तन गर्दै लैजानु पर्छ भनेका छ्न । भोलीको दिनहरुमा समाजलाई हाँक्न सक्ने दक्ष युवाशक्तीहरु शिक्षा प्रणाली द्वारा स्थापित गर्दै लैजानु पर्ने बताउदै यो क्षेत्रमा हामी भन्दा अमेरिकन र युरोपियनहरुको शिक्षा प्रणाली सवल भएको बताएका थिए ।

हङकङको शिक्षा प्रणालीमा स्कुलको ब्यावस्थापनमा सबै भन्दा ठुलो समस्या रहेको छ । राम्रो शिक्षा र स्कुल सवल हुनको लागी अभिभावक, बिधार्थी, शिक्षक र ब्यावस्थापनको तालमेल राम्रो भएको खन्डमा शिक्षा पद्दतीमा सुधार गर्दै लग्न सकिने बताएका थिए । अहिले बिधार्थीहरु बिच आत्महत्याको सङ्ख्या बढ्दै जानु यस्को एउटा समस्याको उदाहरण बनेको छ । हाम्रो बालबालिकाहरु अत्याधिक स्कुल बाट ड्रपअाउट हुनुको मुख्य कारण स्कुलमा उस्ले राम्रो अध्यान नगरेको कारण नभै उस्को घरयासी,सामाजिक,आर्थिक,परिवारीक,सास्कृतिक,भाषिक लगायत बिबिध समस्याको  कारणहरुले गर्दा हुन सक्छ त्यो पक्षमा पनी हाम्रो ध्यान जानु पर्ने बताएका थिए ।

कार्यक्रमको अन्त्यमा हङकङका बिभिन्न स्कुलहरुमा अध्यापन पेशामा अवद्ध शिक्षकहरु बाट पनी हङकङको शिक्षा प्रणालीको बारेमा बोलेका थिए । कार्यक्रममा आएकाहरु मध्य बाटै यस्तो खालको शिक्षा मुलक कार्यक्रम हङकङ नेपाली महासंघले अझै थप् गर्दै लैजानु पर्ने सुझाव दिएका थिए ।

 

 

 

Add your comment

Your name:
Subject:
Comment: